शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न उच्चस्तरीय समिति गठन

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले परिवर्तित सन्दर्भमा परिषद्को सचिवालयको सुदृढीकरण गर्न यसको पुनःसंरचना गर्ने..

    सरकारलाई नेविसंघको व्यङ्ग्य : बलात्कारी हत्याराविरुद्ध नबोलौ, अरिंगालले टोक्ला !

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौं, १ असोज  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले पीडितलार्इ न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नारावाजीसमेत गरेका थिए । केही दिनअघि एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारको बिरोध गर्नेहरूप्रति अरिंगाल जस्तै बनेर प्रतिवाद गर्न निर्देशन दिएका थिए ।..

    चितवनको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल बजार क्षेत्रपुरमा ब्यवस्थित रुपमा संचालन

    सोमबार, असोज १, २०७५ साल
    चितवन, १ असोज भरतपुर महानगरपालिकाले लायन्चोकको फलफूल तथा तरकारी थोक बजार हाटाउने भएपछि व्यवसायीले आफ्नै पहलमा करिब १४ करोड लगानीमा सुविधा सम्पन्न तरकारी बजार निर्माण गरेका हुन् । व्यवसायीहरूले कृषि प्रवद्र्धन बजार विकास प्रालि कम्पनी गठन गरेर सेयरमार्फत रकम संकलन गरी तीन बिगाहा जग्गामा बजार निर्माण गरेका छन् । चितवनमा सुविधासम्पन्न तरकारी तथा फलफूल बजार संचालनमा आएको छ । नारायणगढ बजारको लायन्सचोकमा..

    निर्मला पन्तका बाबु-आमालाई प्रधानमन्त्रीकै अगाडि गरियो अपमान, राष्ट्रपतिले पनि भेट्नै मानिनन्

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज आफ्नी छोरी निर्मला पन्तको न्यायका लागि भौतारिरहेका बाबुआमालाई प्रधानमन्त्री निवासमा अपमानजनक व्यवहार भएको छ । सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र दिन जाने क्रममा उनीहरु माथि अपमानजनक व्यवहार भएको हो । प्रधानमन्त्री ओलीसँग भेट गर्न जाँदा नेकपाका नेताहरुले नै अपमानजनक व्यवहार गरेको बाबुआमा सँगै पुगेकी मानवअधिकारकर्मी मिना भण्डारीले बताइन् । ‘नेकपाका नेता कर्ण थापाले हामी र निर्मलाका आमाबुवालाई अपमानजनक व्यवहार..

    संविधान दिवसले फोरममा तनाव : कालो दिवस नमनाउने केन्द्रको निर्णय [प्रेस विज्ञप्ति सहित]

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौं, १ असोज  आज भन्दा २ वर्षदेखि धनुषामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने मूल समारोह समितिले संविधान दिवस मनाउने गर्दथ्यो । जनताको स्तरमा मधेशमा संविधान दिवसको उत्सव नमनाएर कालो दिवसको रूपमा ‘ब्ल्याक आउट’ कार्यक्रम गरिन्थ्यो भने सरकारी स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित विभिन्न कार्यालय प्रमुखले एउटा कोठामा संविधान दिवसको उत्सव मनाउने गरेका थिए । प्रदेश कार्यसमितिकाे विज्ञप्ति उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी..

    ठूलो दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्स, चरा ठोक्किएपछि विराटनगरमा गरियो ग्राउन्डेड

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौं, १ असोज सोमबार चरा ठोक्किएको सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउन्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो । काठमाडौंबाट उड्ने बेला चरा ठाेक्किएकाे सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएको थियो । चालकले जहाज ल्याण्ड नगरी सिधै विराटनगर लगेका थिए..

    निर्मलाका आमाबाबु न्याय माग्न प्रधानमन्त्रीसँग - 'जुलुस नभए पनि राज्यले कानूनी कारवाही गर्छ'

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् ।  घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए..

    जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम संविधान, यसको विशेषता के हो ?

    सोमबार, असोज १, २०७५ साल
    पोखरा, १ असोज  एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ ।  संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ ।  विसं २००७ मा राणाशासनको अन्त्यपछि घोषणा गरिएको प्रजातन्त्रमै नेपाली जनताले संविधानसभामार्फत आफ्ना लागि आफैंले संविधान बनाउने..

    भारतीय सेना प्रमुख भन्छन् - नेपाल र भुटानलाई भारततिर नढल्की सुखै छैन

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौं, १ असोज  भारतीय सेनाका प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपाल र भुटानजस्ता मुलुक चीनतर्फ ढल्किन नसक्ने दाबी समेत गरेका छन् । सेना प्रमुख रावतले भारतसँगको भौगोलिक निकटताका कारण नेपाल र भुटानले भारतलाई नजरअन्दाज गर्न नसक्ने बताएको भारतको इन्डियन एक्सप्रेस पत्रिकाको अनलाइन संस्करणले जनाएको छ । दुबै मुलुकका लागि चीनसँगको झुकाव भौगोलिक कारणले अनुकूल नरहेको उनले बताएको समाचारमा जनाइएको छ। सेप्टेम्बर..

    संवैधानिक व्यवस्था : संघीय संसद्द्वारा मौलिक हक कार्यान्वयनसम्बन्धी १५ कानुन निर्माण

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौं, १ असोज  संघीय संसद्ले मौलिक हक कार्यान्वयनसम्बन्धी १५ कानुन निर्माण गरेको छ । मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन असोज ३ गतेभित्र बनाइसक्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभाले आइतबारसम्म सबै विधेयक पारित गरेका हुन् । व्यापक छलफलबिना हतारमा कानुन निर्माण गरिएकाले कार्यान्वयनमा जटिलता आउन सक्नेतर्फ कानुनविद्हरूले आशंका गरेका छन् । संविधान लागू भएको तीन वर्षभित्र बनाइसक्नुपर्नेमा सरकारले अन्तिम समयमा मात्रै विधेयकहरू..

    नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास आजबाट चीनको छेन्दूमा सुरु [भिडियो सहित]

    सोमबार, असोज १, २०७५ साल
    काठमाडाैँ, १ असोज  नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास आज (१ असोज)बाट सुरु हुदै छ । चीनको सिचुवान प्रान्त छेन्दूमा सुरु सैन्या अभ्यास १२ गतेसम्म चल्नेछ । बिम्स्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपालको सहभागितामा विवाद उत्पन्न भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले सेनालाई सहभागी हुनबाट रोक्नुभएको थियो । सेनाले पछिल्लो समय द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम र अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ र..

    सुडानमा विद्रोही समूहद्वारा नेपाली सेनाका जवानमाथि गोली प्रहार, स्वास्थ्य अवस्था खतरामुक्त

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज  संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।  आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी (एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले..

    निर्मला प्रकरण : अनुसन्धानको सम्पूर्ण जिम्मा अब कञ्चनपुर प्रहरीलाई नै

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौं, असोज १ । कञ्चनपुरकी तेह्र वर्षीया किशोरी निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई नै त्यसको सम्पूर्ण जिम्मेवारी दिइएको छ । यसअघि केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले भिन्ना-भिन्नै समिति गठन गरेको थियो । तर अहिले आएर छानबिनका लागि कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा..

    विप्लवका प्रवक्ता 'खड्गबहादुर विश्वकर्मा' लाई थुनामुक्त गर्न सर्वोच्चमा पुनः रिट दायर

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज : नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ । विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्र विश्वकर्माले आइतबार बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त गरी पाउँ भनेर निवेदन दर्ता गराएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।  यसअघि सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको निवदेनमा विश्वकर्मालाई भदौ १, ७, १८ र २९ गते..

    धातुका बिग्रिएका कवाडी सामग्री नफाल्नुस् ! कागेश्वरी मन्दिरमा १ हजार किलोग्रामको कागको मूर्ति बनाईने

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ   धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी गर्नुभएको छ भने नफाल्नुस् त्यसलाई कागेश्वरी नगरपालिका–१ मा दिए त्यो सम्पदा निर्माण उपयोग हुनेछ ।  राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी मन्दिरमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको हो । रमणीय शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी धाममा कागको ठूलो मूर्ति स्थापना गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न..

    नेपाल पत्रकार महासङ्घद्वारा देवानी ऐन संशोधनका लागि दबाबमूलक कार्यक्रम घोषणा

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ  नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ ।  महासङ्घले आईतबार एक विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको छ । महासङ्घले सञ्चार तथा सूचना..

    नेतृत्वमै सहमति हुन नसक्दा 'नेकपा'को जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बियो

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय सङ्गठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ । भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण लम्बिएको हो । दुवै पक्षले नेतृत्वमा दाबी गरेपछि एकताका लागि गठित कार्यदलले प्रतिवेदनसमेत बुझाउन सकेको छैन । मुख्य जनवर्गीय सङ्गठन युवा, विद्यार्थी र महिलामा नेतृत्वका विवादले एकता प्रक्रिया लम्बिएको..

    निर्मलाका परिवारले न्याय पाउने संकेत, डीअार्इजी धिरु बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ छानबिन समिति गठन

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्काे ‘शक्तिशाली’ समिति गठन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्काे समिति गठन गरिएको हो । घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीअार्इजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो । यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको..

    राष्ट्रियसभाको बैठकबाट मौलिक हकसँग सम्बन्धि विभिन्न ७ विधेयक पारित

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ राष्ट्रियसभाको आइतबारको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकले पारित गरेको हो ।  यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको  ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५’ र उद्योग वाणिज्य तथा..

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा कर्णाली क्षेत्रलाई गरिब बनाइएको आरोप !

    आईतवार, भाद्र ३१, २०७५ साल
    सुर्खेत, ३१ भाद्र  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गरेका छन् ।  मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर गरे ।  कर्णाली पछि पर्नुमा केही कारण दातृ निकाय तथा गैह्र सरकारी संस्था भएको सङ्केत गर्दै मुख्यमन्त्री शाहीले..

    सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उनले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताए ।  विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाका सम्बन्धमा छानबिन गर्न दुई समिति..

    उपत्यकामा कतै आपराधिक क्रियाकलाप त भएको छैन ? यी नम्बर मा खबर गर्नुहोस् !

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ  उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।  घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ ।  कार्यालयका अनुसार उपत्यकामा हुने..

    राष्ट्रियसभामा ४ विधेयक प्रस्तुत, प्रोटोकल हस्ताक्षरले अर्थतन्त्रलाई माथि उठाउने विश्वास

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ  राष्ट्रियसभाको आईतबारको बैठकमा मौलिक हकसम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका हुन् । विशेष समय प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा सांसद योगेश भट्टराईले नेपाल र चीन..

    शून्य समय : बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा सार्वजानिक गर्न सरकारसित माग

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ  प्रतिनिधिसभाको आईतबारको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न सरकारसित माग गरे ।  उनहरुले लमजुङ् जिल्लाको उत्तरी भेगमा भदौ २७ गते गएको पहिरोमा परी मृत्य भएका परिवारलाई राहतको व्यवस्था मिलाउन, सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयलाई स्तरोन्नति गर्न र नेपाली बैँकमा रहेको रु आठ करोड भारतीय नोट सटही व्यवस्था मिलाउन सदन मार्फत् सरकारको ध्यानाकर्षण..

    कोटेश्वर र कांडाघारीमा घुस सहित असई र जवान पक्राउ परेपछि प्रमुखको जिम्मेवारी एलिजालाई

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौं, ३१ भदौ  अख्तियार अनुसन्धान आयोगले राजधानीको कोटेश्वर र काँडाघारीबाट मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै घुस लिएकालाई अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारी नियन्त्रणमा लिएको थियो ।  नेपाल प्रहरीले दुई जना इन्सपेक्टरको सरुवा गरेको छ । काठमाडौंको कोटेश्वर र कांडाघारी प्रहरी प्रभागका असई र जवानलाई घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेपछि त्यसहाका ईन्चार्जलाई हटाइएको हो । प्रहरी मुख्यालयले कोटेश्वरका प्रमुख इन्स्पेक्टर..

    कालो झण्डा देखाएर अमेरिकामा बाबुरामविरुद्ध प्रदर्शन, लगाईयो 'गो ब्याक'को नारा

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौं, ३१ भदौ  नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई यतिबेला श्रीमती हिसिला यमीका साथ अमेरिका भ्रमणमा छन् । उनले आफ्नो अमेरिका भ्रमणलाई ‘ज्ञान आर्जन भ्रमण’ को संज्ञा दिएका छन् । अमेरिकामा उनले विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तरक्रिया गरेका छन् । बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् ।  डा. भट्टाराई एक कार्यक्रममा..

    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो, २ को मृत्यु, ९ घाइते

    आईतवार, भाद्र ३१, २०७५ साल
    रसुवा, ३१ भदौ  निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो..

    विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लाई प्रहरीले उदयपुर पुर्यायो

    आईतवार, भाद्र ३१, २०७५ साल
    गाईघाट, ३१ भदौ : नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडाँैबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।  काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए ।  यसअघि नै..

    संसदमा चुरे विनासदेखि चिकित्सक अभावसम्मका कुरा, बालबालिका सम्बन्धी विधेयक पारित

    शनिबार, भाद्र ३०, २०७५ साल
    काठमाडौँ, ३० भदौ  प्रतिनिधिसभाको शनिबारको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनिहरुले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन, पूर्वाधार निर्माणमा देखिएको लापरवाही र स्वास्थ्य सेवा विस्तारलगायतका विषय उठाए ।  बैठकमा सांसद अग्निप्रसाद सापकोटाले भूकम्पले क्षति पुर्याएको खासा क्षेत्रका चीनले सडकको पुनःनिर्माण गरिरहेको हुँदा भत्किएको मितेरीको स्थानमा बेलीब्रिज..

    योजना आयोगको भूमिका र औचित्यमाथि प्रश्नैप्रश्न, कार्यप्रगति निराशाजनक

    शनिबार, भाद्र ३०, २०७५ साल
    काठमाडौँ, ३० भदौ  राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको प्रगति सुनेपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आयोगको भूमिका र औचित्यमाथि प्रश्न गरेका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “केही भन्न, केही गर्न, योजना दिन, नियन्त्रण गर्न, यो राख भन्न, यो हटाउ भन्न, यहाँनेर कमजोरी छ..
    Weather Forecast