शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    प्रधानमन्त्री केपी ओली न्युयोर्क जाने क्रममा अबुधाबी विमानस्थलमा

    आईतवार, असोज ७, २०७५ साल
    अबुधाबी, ७ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ ।  अबुधाबी विमानस्थलमा उहाँलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गरे ।  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७३ औं..

    अपडेट : इरान सैन्य परेडका बेला आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २४, ५३ घाइते

    शनिबार, असोज ६, २०७५ साल
    तेहरान, इरान, ६ असोज इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे जनाएको छ ।  सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ ।  घटनामा ५३ जना घाइते भएको बताइएको छ..

    काङ्ग्रेसको विधान मस्यौदा ७ प्रदेशमा लगिने, विभिन्न जिल्लामा सुझाव सङ्कलनको कार्यक्रम !

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज  नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।  असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्ने शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव सङ्कलनको..

    उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो पार्न उपराष्ट्रपति पुनको आग्रह [तस्वीर सहित]

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज  चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे ।  यिपिन पोखरासँग यही असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसङ्ख्या भएको यिपिनलाई ‘रक्सी र बाँसको शहर’ भनेर चिनिन्छ ।  उपराष्ट्रपतिले शनिबार बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनीयरिङको भ्रमण..

    महासभामा भाग लिन प्रधानमन्त्री आज अमेरिका जाँदै, ट्रम्पसँग पनि भेट्ने

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, असोज ६ ।  प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् । विशेष गरी संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् । प्रमको १३ दिनसम्म चल्ने यस विदेश यात्राका क्रममा केही उच्चस्तरीय राजनीतिक भेटघाट पनि समेत हुने गरी कार्यक्रम तय गरिएको बिदेश मन्त्रालयले जनाएको छ । यस भ्रमणका क्रममा ओलीले..

    मुख्यमन्त्री लालबाबु राउतले संशोधन बिना संविधान स्वीकार्य हुन नसक्ने बताएपछि ...

    शुक्रबार, असोज ५, २०७५ साल
    जनकपुरधाम, ५ असोज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए । ‘संविधान संशोधनको लागि संघर्ष जारी छ । सबैले आ-आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ उनले भने, ‘अधिकारको लागि संघर्षलाई निरन्तरता..

    प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिको शपथ

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा शुक्रबार आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन् ।  शपथ लिनुहुनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका..

    शिक्षक पेशामा आबद्ध यि व्यक्ति २९ वर्षदेखि नागरिकताको लडाइँमा ...

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज दिवाकर क्षत्री ४५ वर्ष भए, उनी २९ वर्षदेखि नागरिकता प्राप्त गर्ने लडाइँमा छन् । हालसम्म पनि उनले नागरिकता पाएका छैनन् । नागरिकताको त के कुरा अहिले उनलाई गरिरहेको कामबाट पनि हात भिक्न दवाव आइसकेको छ ।  क्षेत्री काठमाण्डुकै निजी विद्यालयका शिक्षक हुन् । विद्यालयमा काम नगर भन्नुको मूल कारण नै क्षत्रीसँग नागरिकता नहुनु हो । ‘बुबाले म सानै..

    पेट्रोलियम अभावमा मातृकाको एक्सन, विक्री वितरणमा कोटा तोकियो, तेल ढुवानी सेनाले गर्ने !

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौं, ५ असोज सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ । निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ..

    उपराष्ट्रपति पुनको चीन भ्रमण - जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् ।  भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल ‘एक चीन नीतिप्रति’ प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए ।  उपराष्ट्रपतिले चीन र नेपालबीच..

    नेपाली काँग्रेस विधान परिमार्जन गर्दै, सातै प्रदेशमा राय तथा सुझाव लिने

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन..

    सुन्दरीजलको पुरानो सडक बन्द नगर्न मेलम्ची आयोजनासँग स्थानीयवासीको माग

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताए ।  अहिलेको सडक आयोजनाले अधिग्रहण गरेको जग्गाको बीचमा पर्छ ।..

    कांग्रेसकाे विकृतिबारे रामचन्द्रले गरे खतराको शंकेत, भन्छन् - शेरबहादुर देउवाबाट त्रुटि भएकै हो

    शुक्रबार, असोज ५, २०७५ साल
    लिस्बन, ५ असोज   नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । ‘मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ’, नेता पौडेलले भने, ‘राजनीतिक सङ्घर्ष सत्ता प्राप्तिका लागि नभएर नेपाली जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो ।’ नेपाली जनसम्पर्क समिति पोर्चुगलले..

    प्रधानमन्त्री ओली भोली न्युयोर्क जाँदै, राष्ट्रसंघको सम्बोधनदेखि ट्रम्पको स्वागतसम्म

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्ने छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् ।  असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो..

    प्रतिनिधिसभा अन्तर्गतको निर्वाचनमा सभापतिका लागि १-१ जनाको मात्र उम्मेदवारी

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ ।  कृषि, सहकारी..

    काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्न ब्रुमरयन्त्रको प्रयोग गर्ने

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ ।  ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ ।  ब्रुमर खरिदका लागि हालसम्म ६ वटा आशयपत्रका निवेदन कामपामा परेका छन् । हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने..

    राजीनामा दिन्नँ, महाअभियोग लगाए सामना गर्न तयार छु : दीपकराज जोशी

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौं, ४ असोज सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् ।  यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।  नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि एक पत्रकारले न्यायाधीश जोशीलाई अब के गर्नुहुन्छ भनी सोधेका थिए । जवाफमा न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।  जोशीले महाभियोग..

    अख्तियार आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मतले अनुमोदन

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।  समितिको बिहिबारको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।  समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि..

    जोशीविरुद्ध महाअभियोग दर्ता गर्न नेकपाको गृहकार्य, सांसदहरुको हस्ताक्षर संकलन

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौं, ४ असोज संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशी विरुद्ध नेकपाले महाअभियोग ल्याउने तयारी गरेको छ । न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले उनी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भएको हो । संसदीय समितिको निर्णय अवज्ञा गरेर संसदको मानहानी गरेको नेकपाको आरोप छ ।  नेकपा संसदीय दलको कार्यालयमा जोशीविरुद्ध महाअभियोग लगाउनेबारे बिहान छलफल भएको थियो । ‘संसदीय समितिको निणय..

    मन्त्रालयद्वारा स्थायीरुपमा नै प्रदेश र स्थानीय तहको सङ्गठन संरचना बनाइदै

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायीरुपमा नै प्रदेश र स्थानीय तहको सङ्गठन संरचना बनाइरहेको छ ।  यसभन्दा अगाडि अस्थायीरुपमा बनाइएको सङ्गठन संरचनामा सुझाव आएपछि स्थायीरुपमा प्रदेश र स्थानीय तहको सङ्गठन संरचना सर्वेक्षण तयार पार्न थालिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र अर्थमन्त्रालयका सहसचिवद्वयको सदस्य रहेको सङ्गठन संरचना सर्वेक्षण..

    दुई तिहाइ बहुमतको सरकारलाई दिएको आफ्नो समर्थनको दुरुपयोग भएको राजेन्द्र महतोको आरोप

    बिहिवार, असोज ४, २०७५ साल
    कैलाली, ४ असोज राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भएको आरोप लगाएका छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता महतोले संविधान संशोधन, बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता गर्नेलगायतका विषयका माग सम्बोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको तर अहिलेसम्म कुनै ठोस काम हुन नसकेको बताए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र..

    छिमेक कूटनीतिको प्रसंशा ! नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक  रहेको बताएका छन् ।  चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहिबार सम्बोधन गर्दै उनले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताए । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत..

    प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने सभामुखको भनाई

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।  नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे । विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकारवाला..

    निजगढ विमानस्थल : हचुवाका आधारमा रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे ।  सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेर मात्र निर्माण अगाडि बढाउन सरकारसित..

    सांसदद्वारा बलात्कारको घटना बढ्दै गएकोमा चिन्ता व्यक्त, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।  बिहिबारको बैठकको शून्य समयमा उनिहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गरे ।  सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं महिला हिंसा, बलात्कारको घटना..

    कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण, २ वर्षदेखि निमित्तको भर

    बिहिवार, असोज ४, २०७५ साल
    बाँके, ४ असोज  कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन् ।  समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा पदार्थको अभावमा खजुरामा रहेका अत्याधुनिक मेशिन प्रयोगविहीन रहेको कपास विकास समितिका..

    युरोप भ्रमणमा रहेका वरिष्ठ नेता पौडेल पोर्चुगल प्रस्थान, २६ सेप्टेम्बरमा स्वदेश फर्कने तयारी

    बिहिवार, असोज ४, २०७५ साल
    लिस्बन, ४ असोज  युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन् । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुगेका हुन् ।  वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायत..

    नेताहरूको विदेश मोह ! शीर्ष नेताहरूको ९ टोली विदेशमा, ३ टोली जाने तयारीमा

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौं, ४ असोज  अहिलेका सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा गएका छन् । त्यस्ता ३ वटा टोली जाने तयारीमा छन् । २ वटा टोली स्वेदश फर्किएका छन् । उपराष्टपति पुन १२ सदस्यीय टोलीसहित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन बुधबार चीन प्रस्थान गरेका हुन् । बेल्ट एन्ड रोडसम्बन्धी कार्यक्रममा समेत सहभागी हुने र सम्बोधन..

    चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गर्नुभएको छ ।  भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवं विविध..

    चीनका उपराष्ट्रपति वाङ क्वी सान र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    बुधबार, असोज ३, २०७५ साल
    काठमाडौँ, ३ असोज : चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग  भेट गरेका छन् ।  अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताएका थिए ।  मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरिएको..
    Weather Forecast