राज्य-समाज
मंगलवार, कार्तिक २६, २०७६ साल

बनेपा, २६ कात्तिक
प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका भवनहरु समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
काभ्रेपलाञ्चोकको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आज भएका अन्तरक्रियामा उहाँले निर्माण व्यवसायीहरुलाई तोकिएको समयमा काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “बजेट भएपनि माग्न नआएका कारण यसअघि रकम फ्रिज हुने गरेको..
मंगलवार, कार्तिक २६, २०७६ साल
.jpg)
काठमाडौँ, २६ कात्तिक
आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि भोलि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा यही कात्तिक २० गते स्थापना..
मंगलवार, कार्तिक २६, २०७६ साल

निजगढ, २६ कात्तिक
निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ ।
नयाँ अवधारणाअनुसार सेना आफैँले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्य पुल आफै निर्माण गर्ने भएको हो । द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएको २५ किलोमिटर क्षेत्र कालोपत्र तत्काल थालिने र..
मंगलवार, कार्तिक २६, २०७६ साल

हेटौँडा, २६ कात्तिक
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कालापानी सदियौँकालबाट नेपालको भूभाग भएको बताउनुभयो । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उहाँले कालापानीको..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौँ, २६ कात्तिक
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका विशिष्ट अतिथिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बङ्गलादेशले हातेमालो गर्दै..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौँ, २६ कात्तिक
सर्वोच्च अदालतले कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने नेपाल कानून व्यवसायी परिषद्को गत साउन ७ गतेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज शर्माको संयुक्त इजलासले आज परिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा लागेका आठजना अधिवक्ताहरु सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौँ, २६ कात्तिक
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विधि र कानूनअनुसार चल्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन समारोहमा उहाँले विधिको शासनबाट मुलुक अगाडि बढ्न नसकेको बताउनुभयो । “व्यक्तिबाट होइन विधिअनुसार मुलुक सञ्चालन हुनुपर्छ”, उहाँले भन्नुभयो ।
दुई तिहाइको जनमत पाएको वर्तमान सरकार दुई तिहाइको बलमा सबै संस्थालाई नियन्त्रण गर्ने दिशामा..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौँ, २६ कात्तिक
नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ ।
नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गर्नुभएको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिबद्ध भएको भन्दै राजदूत..
मंगलवार, कार्तिक २६, २०७६ साल

चितवन, २६ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताउनुभएको छ । नेकपा भरतपुर महानगर वडाकमिटीको आज यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा सबैको एकमत भएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ । यो..
मंगलवार, कार्तिक २६, २०७६ साल

भक्तपुर, २६ कात्तिक :
आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।
उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र भक्तपुर नगरपालिका–१० को एक वटा गरी १० वटा मतदानस्थल संवेदनशील रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
यहाँका भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा, यसअघिका..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौं, २६ कार्तिक ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार नेपाली सेनाको सम्मान गारत अर्पण गरेको छ ।
सो अवसरमा राष्ट्रपति हमिदले विमानस्थलमा नेपाली सेनाको एक टुकडीले अर्पण गरेको २१ तोपको सलामी ग्रहण गरेका छन् ।
४ दिने नेपाल भ्रमणका लागि १ बजे काठमाडौं आएका हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्।
उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौँ, २६ कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन् ।
उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन् ।
५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई सेनाको टुकुडीले सम्मान..
मंगलवार, कार्तिक २६, २०७६ साल

पोखरा, २६ कात्तिक
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।
कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा भन्नुभयो, “सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौ, २६ कार्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणका लागि आउँदैहुनुहुन्छ ।
मंगलबारदेखि हुने बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल भ्रमण मूलतः यो सद्भावना भ्रमण हुने भएकाले नयाँ सम्झौता नहुने तर पुराना मुद्धाहरुमा भने छलफल हुने बताइएको छ ।
स्वतन्त्रतापछि बंगलादेशलाई मान्यता दिने आठौँ मुलुक नेपालले जनवरी १९७२ मा बंगलादेशलाई मान्यता..
मंगलवार, कार्तिक २६, २०७६ साल
.jpg)
डडेल्धुरा, २६ कार्तिक ।
अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था निक्कै नाजुक बनेको जिल्ला अल्पताल डडेल्धुराले जनाएको छ ।
अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी अनसनको आज नवौं दिन पुगेको छ ।
आजबाट उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जिल्लामा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । नागरिक आन्दोलन संघर्ष समितिको अगुवाइमा हस्ताक्षर अभियान सुरु गरिएको हो ।
आज सुदूरपश्चिमकै ठूलो उग्रतारा मेला परेकाले अन्य आन्दोलनका..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौँ, २६ कात्तिक
काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहर राख्ने स्थान नहुँदा थुपारिएको फोहरलाई व्यवस्थापन गर्न..
मंगलवार, कार्तिक २६, २०७६ साल

बैतडी, कात्तिक २६ ।
बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो ।
मंगलबार बिहान ७ः४५ बजे भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएको छैन ।
..
मंगलवार, कार्तिक २६, २०७६ साल

काठमाडौँ, २६ कात्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ ।
पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको छ । सोमबार..
मंगलवार, कार्तिक २६, २०७६ साल

वीरगञ्ज, २६ कात्तिक
प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताउनुभयो । यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित..
मंगलवार, कार्तिक २६, २०७६ साल

भीमदत्तनगर, २५ कात्तिक
भारतसँग सीमा जोडिएको वडा हो, कञ्चनपुरको पुनर्बास नगरपालिका–९ बिचफाँटा । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष चुनिनुभएका नारायणप्रसाद जैशीले गाउँ छेउमै रहेको प्यारातालपारि (भारततर्फको) मुख्य सीमा स्तम्भ नं १९५ अवलोकन गर्न पाउनुभएको छैन ।
भारतले लामो समयदेखि पुनर्बासमा रहेको प्यारातालमा स्वामित्व खोजिरहेको भए पनि प्यारातालभन्दा झण्डै ५०० मिटर वर (भारततर्फ) सीमा स्तम्भ नं १९५ छ ।
स्तम्भ नं १९६ गायव !
झण्डै डेढ..
मंगलवार, कार्तिक २६, २०७६ साल
.jpg)
काठमाडौं, २५ कात्तिक।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबारदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्नुहुने भएको छ ।
बंगलादेशका राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको..
सोमबार, कार्तिक २५, २०७६ साल

काठमाडौँ, २५ कात्तिक
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नं १(क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ ।
कास्की क्षेत्र नं २..
सोमबार, कार्तिक २५, २०७६ साल
.jpg)
अमरगढी, २५ कात्तिक
डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिनुभएको छ । आज बिहान स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएका मुख्यमन्त्री भट्टले डा केसीसँगै टेलिफोनमा कुराकानी गर्दै अनशन तोड्न आग्रह गर्नुभएको हो ।
डा केसीका सकारात्मक मागलाई सङ्घीय सरकारमा पु¥याउन सुदूरपश्चिम प्रदेश सरकार पहल गर्न तयार रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा सरकारी चिकित्सकको व्यवस्था..
सोमबार, कार्तिक २५, २०७६ साल

काठमाडौँ, २५ कात्तिक
नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको थियो ।
भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने..
सोमबार, कार्तिक २५, २०७६ साल

रौतहट, २५ कात्तिक
राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।
विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका..
सोमबार, कार्तिक २५, २०७६ साल

धम्बोझी, २५ कात्तिक
खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले देशैभरिको सबै स्थानीय तहसँगको सहकार्यमा खानेपानी र सरसफाइसम्बन्धी गुरुयोजना बनाउन लागेको बताउनुभएको छ । स्थानीयस्तरमा खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीसम्बन्धी आज बर्दिया सदरमुकाम गुलरियामा आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो, “सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्ने गरी गुरुयोजना बनाउन लागिएको हो ।”
उहाँले अल्पकालीन र दीर्घकालीनरुपमा खानपानीको समस्या हल गर्न सबै स्थानीय तह..
सोमबार, कार्तिक २५, २०७६ साल

भक्तपुर, २५ कात्तिक
भारतले गरेको नेपालको भूमि अतिक्रमणको विरुद्धमा नेपाल मजदूर किसान पार्टीले देशव्यापी विरोध चर्काएको छ । नेमकिपाले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा देशव्यापी रुपमा विरोध अभियान शुरु गरेको हो ।
भक्तपुरबाट शुरु गरेको देश बचाउ अभियानमा भारतले आफ्नो नक्सामा राखेको भूमि फिर्ता गर्न र भारतले जारी गरेको नयाँ नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै..
सोमबार, कार्तिक २५, २०७६ साल

काठमाडौँ, २५ कात्तिक
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सहितका काजजात अदालतमा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालासले आज इआइएसहित सो सम्बन्धमा भएका कागजात पेश गर्न आदेश जारी गरेको हो । “परियोजनाका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनसहित यस सम्बन्धमा निर्णय भएका फाईल सम्बन्धित सरकारी वकिलमार्फत इजलासमा पेश..
सोमबार, कार्तिक २५, २०७६ साल

काठमाडौँ, २५ कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबारदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्नुहुने भएको छ ।
राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सि बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति..
सोमबार, कार्तिक २५, २०७६ साल

काठमाडौँ, २५ कात्तिक
फरहदवा नरसंहार आरोपमा पक्राउ परेका मोहम्मद आफताव आलमको थुनछेक बहस मंगलबार पनि जारी रहने भएको छ ।
सोमबार अदालती समयमा बहस नसकिएपछि मंगलबार पनि बहस जारी रहने गरी आलमलाई प्रहरी हिरासतमै फिर्ता पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।
सोमबार आलमका तर्फबाट ५ जना कानून व्यवसायीहरुले बहस गरेका पराजुलीले बताए ।
सोमबार आलमको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी,..
Results 8118: You are at page 11 of 271