शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    निर्मला हत्याकाण्डको छानबिन प्रतिवेदन : अनुसन्धानका कमीकमजोरीलाई समावेश

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।  अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति..

    आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको रचनात्मक क्षमताबारे प्रमले सन्देश दिने

    मंगलवार, असोज ९, २०७५ साल
    न्यूयोर्क, ९ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहेका बताएको छ ।  प्रमुख सल्लाहकार रिमालले रासस र नेपाल टेलिभिजनसँग कुरा गर्दै न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसकेका, अमेरिकी..

    नदीमा आएको बाढी महाकाली नगरपालिकामा पस्दा बस्ती जलमग्न

    मंगलवार, असोज ९, २०७५ साल
    भीमदत्तनगर, ९ असोज  सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा मंगलबार बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् ।  यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्न सुरक्षित स्थानतर्फ सरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।  नदीमा आएको बाढी गाउँ पस्दा बस्ती..

    अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी, समयसिमा नजिकिदो

    मंगलवार, असोज ९, २०७५ साल
    अत्तरिया, ९ अजोज  प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ ।  पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र गाउँपालिका गरी ६६ स्थानीय तहका जनप्रतिनिधिले हालसम्म कार्यालयमा सम्पत्ति विवरण नबुझाएको मुख्यमन्त्री..

    प्रदेश नं. ३ को राजधानी हेटौँडामै उपयुक्त छ : मुख्यमन्त्री डौरमणि पौडेल

    मंगलवार, असोज ९, २०७५ साल
    हेटौँडा, ९ असोज : प्रदेश नं. ३ का मुख्यमन्त्री डौरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताएका छन् ।  न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उनले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटाँैडामा राजधानी अत्यन्त उपयुक्त रहेको बताउँदै अब राजधानी सार्नु उपयुक्त नभएको जिकिर गरे ।  हेटौँडाबाट राजधानी सार्दा यहाँ विस्तार भइसकेका पूर्वाधार नरहने..

    ओली र क्यानडाका प्रधानमन्त्रीबीच भेटवार्ता, ट्रम्पको स्वागत समारोहमा पनि सहभागी

    मंगलवार, असोज ९, २०७५ साल
    न्यूयोर्क, ९ असोज : प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।  उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा..

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुषमा स्वराजबीच भेटवार्ता

    मंगलवार, असोज ९, २०७५ साल
    न्यूयोर्क, ९ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गर्नुभयो ।  संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको परराष्ट्र सचिव शङ्करदास..

    गण्डकी प्रदेशसभा : दोस्रो अधिवेशनमा विभिन्न १३ विधेयक पारित

    सोमबार, असोज ८, २०७५ साल
    पोखरा, ८ असोज  गण्डकी प्रदेशसभाको दोस्रो अधिवेशनले विभिन्न १३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाको बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना एवं व्यवस्थापन गर्न बनेको विधेयक, खोप सेवा सम्बन्धमा व्यवस्था गर्न बनेकोलगायतका विधेयक पारित भएका छन् ।  अधिवेशनका सम्बन्धमा जानकारी दिन सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले यस बैठकबाट प्रदेशको राजधानी एवं नामकरणलगायतका महत्वपूर्ण विषयमा निर्णय भएको..

    दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट, १० प्रतिशत गाडीभाडा बढ्ने !

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । पेट्रोलियम पदार्थमा..

    पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई अर्जुननरसिंह केसीको आह्वान

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए । “सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”,..

    दुर्गम क्षेत्र मानिने राप्ती सोनारी र बघौडा क्षेत्र विकासको प्राथमिकतामा !

    सोमबार, असोज ८, २०७५ साल
    नेपालगञ्ज (बाँके), ८ असोज जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी र बघौडा क्षेत्रको विकासका लागि यहाँका सांसदहरूले प्राथमिकता दिएका छन् ।  शहरको तुलनामा गाउँको विकासक्रम सुस्त भएकाले अबको प्राथमिकता ग्रामीण विकास भएको बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले बताए ।  ‘‘सदरमुकाम नेपालगञ्ज भन्दा राप्ती सोनारी र बघौडा क्षेत्रको नरैनापुर पचासौं वर्ष पछि परेको छ,’’ उनले भने,“यही गतिमा विकासक्रम अगाडि..

    गगनले पारे स्पष्ट - सरकारलाई संविधान कार्यान्वयनमा गुण र दोषका आधारमा सहयोग गर्ने

    सोमबार, असोज ८, २०७५ साल
    पाल्पा, ८ असोज  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् । उनले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले सरकारको विरोध र सहयोग गर्ने स्पष्ट गरे ।  नेपाल प्रेस युनियन पाल्पाद्वारा सोमबार बिहान तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सरकारले समयभित्र कानून बनाउने विषयमा नेपाली काङ्ग्रेसले मद्दत गर्ने बताए ।  यसैबीच प्रेस युनियन पाल्पाका नवनिर्वाचित..

    नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति !

    सोमबार, असोज ८, २०७५ साल
    पशुपतिनगर, ८ असोज इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए ।  सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापनाका लागि सरकारले स्वीकृत..

    केपी सरकारले ल्यायो यस्तो अपराध संहिता : विश्वासघात गरे अब ५ वर्षसम्म जेल !

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौं, ८ असोज  भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐनले विश्वासमाथि घात गर्नेलाई तीनदेखि पाँच वर्षसम्म जेल सजाय तोकेको छ । अपराध संहिताको दफा २५२ मा भएको त्यही व्यवस्थाका आधारमा अहिले प्रहरीमा उजुरी पर्न थालेका छन् । दफाअनुसार अरूलाई विश्वासमा पारी घात गरे  वा हानीनोक्सानी पुर्‍याए तीनदेखि पाँच वर्षसम्म जेल सजाय र ३० देखि ५० हजारसम्म जरिवाना हुन्छ । कसैलाई जिम्मा दिएको सम्पत्ति..

    सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा !

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज  सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै गठनका लागि आवश्यक कानूनसमेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी धु्रवराज पौड्यालले जानकारी दिए । जिल्लास्तरमा रहेको युवा समिति खारेज..

    नागरिकता ऐन संशोधनबारे झलनाथको धारणा : राष्ट्रिय हितलाई ध्यान दिऊँ

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताएका छन् । नागरिकता संशोधन विधेयकविरुद्ध आन्दोलन समन्वय समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर ऐन संशोधन गर्नुपर्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री खनालले भने, ‘कुनै पनि नेपाली नागरिकता पाउनबाट वञ्चित हुन हुँदैन, कुनै विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने..

    प्रचण्ड भन्छन् - ५ वर्षमा गर्ने काम लिस्ट बनाऊ, औद्योगिक क्षेत्र देखि क्रिकेट रङ्गशाला सम्म

    सोमबार, असोज ८, २०७५ साल
    चितवन, ८ असोज   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताएका छन् ।  जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको सोमबार यहाँ उद्घाटन गर्दै उनले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रङ्गशाला बनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्री तथा वर्तमान सांसद दाहालले जिल्लालाई..

    चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी उपराष्ट्रपति पुन स्वदेश फिर्ता [तस्वीर सहित]

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज  उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे । उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । उनको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र..

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी ओली न्युयोर्कमा

    सोमबार, असोज ८, २०७५ साल
    न्युयोर्क, ८ असोज :  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन् र उनको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी छन् । सोही अवसरमा न्युयोर्कमा सोधेका केही प्रश्नको उत्तरमा मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने..

    महिला सङ्घद्वारा बढ्दै गएको हिंसा र महङ्गीको चर्को विरोध, प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  : नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसा र महङ्गीको विरोध गरेको छ ।  नेपाल महिला सङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा आइतबार मुलुकमा पछिल्लो समय बढ्दै गएको बलात्कार, हत्या, हिंसा र बढ्दो महङ्गीको विरोध गरेको हो ।  बलत्कारीलाई कारबाही गर, बढ्दो महङ्गी नियन्त्रण गर, कानुनी राज्यको पालना गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता..

    सभामुख कृष्णबहादुर महराद्वारा नवनिर्वाचित सभापतिद्वय कर्ण र जैरुलाई शपथ, समितिको पूर्णता

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौं, ७ असोज  सभामुख कृष्णबहादुर महराले संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिलाई पद तथा गोपनीयताको शपथ दिलाएकान् छ ।  संसदीय सुनुवाइ समितिको सभापतिमा लक्ष्मणलाल कर्ण तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्क समितिको सभापतिमा निरादेवी जैरुलाई आईतबार बसेको तत् समितिको बैठकले निर्विरोध चयन गरेको..

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला तहको एकीकरण जिम्मा प्रदेशलाई दियो

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ ।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिइएको उल्लेख गरिएको छ ।  प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले..

    देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सभामुख महराको आग्रह

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गरेका छन् ।  उनले भने, “देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको ध्येय देश र जनता बलियो बनाउने हुनुपर्छ ।”  नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई आइतबार यहाँ सम्बोधन गर्दै सभामुख महराले प्रसारण पत्रकारिताको विकासमा..

    खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको ८ सय २५ बिघा जग्गा अतिक्रमण

    आईतवार, असोज ७, २०७५ साल
    बाँके, ७ असोज खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको आठ सय २५ बिघा जग्गा अतिक्रमण गरिएको छ । कपास खेती गर्ने गरिएको सो जग्गा २०५८ सालदेखि अतिक्रमण गरिँदै आएको छ ।  कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार सो जग्गा र भौतिक संरचना फिर्ता नगरिँदा कपास खेती विस्तारमा समस्या भएको छ । “मुलुकमा शान्ति स्थापना भइसक्दा पनि समितिले उक्त जग्गा..

    साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुको जोड

    आईतवार, असोज ७, २०७५ साल
    लमही, ७ असोज साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आईतबार यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घकी निर्देशक प्रतिमा शर्माले बताइन् । ‘‘सुस्तश्रवण भएकाका लागि आफ्नो कुरा व्यक्त गर्नेमाध्यम साङ्केतिक भाषा हो’ उनले भनिन्, ‘त्यसैले यो भाषालाई राष्ट्रियभाषा बनाउनुपर्छ ।’ बोल्न र आफ्ना कुरा व्यक्त गर्न..

    मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा पारित, खाद्यान्न मूल्यवृद्धि रोक्न माग

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गरेका सो विधेयक..

    गरीबी निवारण कार्यक्रममा राजनीतिक चासो र चलखेल, सामाजिक परिचालन कार्यक्रम कमजोर

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  गरीबी निवारण कोषको सामाजिक परिचालन कार्यक्रम कमजोर भएको र विकास रणनीति पनि स्पष्ट नभएको पाइएको छ ।  कोषको कार्यक्रमको प्रभाव, संरचनात्मक व्यवस्था र सञ्चालन प्रक्रियाकाबारे राष्ट्रिय योजना आयोगले गरेको मूल्याङ्कन प्रतिवेदनमा समूह विकासको प्रभावकारी अवधारणा नलिइनु तथा सामुदायिक संस्थाको गुणस्तर नहुनुलाई दुर्बल पक्षको रुपमा औल्याइएको छ ।  गरीब तथा पिछडिएका समूहलाई विकास प्रयासमा मूल बाहकको रुपमा संलग्न गराई बहिस्करणमा परेका..

    नेकपालाई काँग्रेसको चेतावनी ! जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सचेत गराएपछि...

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौं, ७ असोज  सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दीपकराज जोशीलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ ।  आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले महाभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अश्त्रको रुपमा लिन नहुने पनि स्पष्ट पारे । सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधिश जोशीमाथि महाभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले..

    नेपाल आयल निगम : इन्धन आपूर्ति सहज हुँदै, आजबाट ‘कोटा प्रणाली’ हट्याे

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  इन्धन अापूर्ति सहज हुँदै गएपछि नेपाल आयल निगमले पेट्राेल तथा डिजेल वितरणमा लागू गरेको कोटा प्रणाली आईतबारबाट हटाएको छ । केही दिन प्रेटाेल पम्पहरुमा बढेकाे भीड पनि अाजबाट सहज हुने अपेक्षा गरिएकाे छ । अब उपभोक्ताले मागेजति नै पेट्राेल तथा डिजेल पाउने निगमले जनाएकाे छ । केही दिन ट्यांकर ढुवानी व्यवसायी तथा सवारी चालकहरुले आन्दोलनले गर्दा इन्धन अापूर्तिमा कठिनाइ उत्पन्न..

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ ।  प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।  राष्ट्रपतिले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री..
    Weather Forecast