बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    प्रदेश नम्बर ३ : बुधबार शहिदको सम्मान स्वरुप सार्वजनिक बिदा

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ शहिद दिवसको अवसरमा प्रदेश ३ सरकारले भोली सार्वजनिक बिदा दिने घोषणा गरेको छ । माघ १६ गते शहिदको सम्मान स्वरुप बिदा दिने निर्णय भएको हो ।  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले परिवर्तनकोलागि लडेका वीर शहिदको सम्मान स्वरुप विदा घोषणा गरेको जनाएको छ । पछिल्लो समय संघिय सरकारले बिदा कटौती गरेको कारण शहिद दिवसको बिदा पनि कटौति..

    भ्रष्टाचारीको अनुहार नहेर्ने प्रधानमन्त्री ज्यू ‘यो तथ्यांक हेर्नुहोस्’ !

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देखावटीरुपमा मात्र नभई वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने दावी गर्नुभएछ । हो, प्रधानमन्त्री ज्यू तपाईको सोचलाई सलाम । तर तपाई प्रधानमन्त्री भएपछि भन्नुभएको यो कूरो सायद पहिलो नहुन पनि त सक्छ ।  दिनदहाडै भष्ट्राचारका अनेक शैलीहरु देखिएका छन् । यातायातसंग सम्वन्धीत कार्यालयहरुमा सेवाग्राही..

    द्वन्द्वकालमा मारिएका २ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा, धेरै नेपाल प्रहरीबाट !

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौं, १५ माघ सरकारले २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा निर्णय गरेका हो । सरकारले शहीद घोषणा गरेका सुरक्षाकर्मीमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट रहेका छन् । १ हजार ४४८ नेपाल प्रहरी, १ हजार १८ नेपाली सेना र ३१८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् । देशका लागि..

    जन्मदर्ता अभियान घरघरमा, गाउँगाउँमा घुम्ती शिविर

    मंगलवार, माघ १५, २०७५ साल
    जाजरकोट, १५ माघ जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको हो ।  कर्मचारीको चार समूह निमार्ण गरी घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख लालबहादुर महताराले बताउनुभयो । सो शिविरमार्फत नगरपालिकाले हालसम्म तीन हजार बालबालिकाको जन्मदर्ता गराएको छ । “जन्मदर्ता छुटेको भेटिएपछि अभियान थालिएको..

    दीपक मनाङेले लिए प्रदेश सांसदको सपथ, सरकारलाई सहयोग गर्ने प्रतिबद्धता

    सोमबार, माघ १४, २०७५ साल
    पोखरा, १४ माघ ।  दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले सोमबार साँझ पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथ खुवनए पछि सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाइ दिएका थिए । मनाङे मनाङको प्रदेशसभा ख बाट..

    राष्ट्रियसभाको बैठकमा चिकित्सा शिक्षा विधेयक टेबल, पेलेरै जाने सरकारको रणनीति

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ  राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गर्नुभयो ।  आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गर्नुभएको थियो । अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिनुभयो ।  यसपछि नेपाली काङ्ग्रेसका..

    निर्मलाको डीएनएसँग आमाको डीएनए म्याच, आयोगको त्रुटि कि प्रहरीको ल्याब रिपोर्ट ?

    सोमबार, माघ १४, २०७५ साल
    महेन्द्रनगर, १४ माघ :  बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको योनीबाट संकलन गरिएका भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइलसँग आमाको डीएनए प्रोफाइल मिलेको छ।  बालिका निर्मला पन्तको भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइल उनको हो होइन भन्ने पुष्टि गर्न आमा दुर्गादेवी पन्तको रगतको नमुना संकलन गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विज्ञहरु सहितको टोलीले अनुसन्धान गरी..

    गोठालोको खोजी गर्न सेना परिचालन गरिदै, हेलिकोप्टरसहित उपकरण जुटाईदै

    सोमबार, माघ १४, २०७५ साल
    धादिङ, १४ माघ  ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने भएका छन् ।  उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का गरिएको छ ।  प्रदेशसभा सदस्य जगत सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज..

    नेविसङ्घ नेता कार्यकर्ता घाइते, काङ्ग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्ने

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ : संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्तीरूपमा पारित गरेको भन्दै त्यसको विरोधमा भएको प्रदर्शनमा महामन्त्री कपिलेश्वर यादवसहितका नेता कार्यकर्ता घाइते भएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ ।  सङ्घका उपसभापति रामप्रसाद अधिकारीका अनुसार प्रदर्शनका क्रममा यादवसहित सुशील भट्ट, नीरञ्जन थापा, भीम महतलगायतका नेता कार्यकर्ता घाइते भएका छन् । अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको र..

    निर्मला हत्याकाण्ड : डीएनए परीक्षणका लागि लिएको ‘भजाइनल स्वाब’ संकलन नै त्रूटीपूर्ण

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौं, १३ माघ :   बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा नमुना संलकन र डिएनए परीक्षण विधि नै त्रुटीपूर्ण रहेको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्षसहितको प्रतिवेदन सकारलाई बुझाएको छ ।  आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनउपर आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चारबँदे सिफारिश एवं २४ बुँदे निर्देशनसहित आइतबार सरकारसमक्ष पेश गरेको..

    ‘नक्शाङ्कनका आधारमा मेडिकल कलेज खोल्न पाइने, अनशन समाप्त गर्न डा केसीलाई आग्रह’

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हालै प्रतिनिधिसभाबाट पारित भएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मा प्रा डा गोविन्द केसीसहित सबै पक्षसँग भएका सम्झौता तथा सहमतिको सार भएकाले अब उक्त विधेयक राष्ट्रियसभाबाट पारित गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आईतबार आयोजित साक्षात्कारमा शिक्षामन्त्री पोखरेलले सो विधेयकमा चिकित्सा शिक्षा आयोगले नक्शाङ्कन गरेका आधारमा मात्र मेडिकल कलेज खोल्न पाइने..

    विवेकशील साझाको राष्ट्रिय सन्देश भेला : लोकतन्त्रको नयाँ दिशा, यस्तो छ रणनीति

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ  विवेकशील साझा पार्टीले आफ्नो पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोहो¥याउँदै सुदृढ, रचनात्मक र एकताबद्ध बनाएर लैजाने घोषणा गरेको छ ।  भ्रष्टाचारविरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवद्र्धन अभियान, सामाजिक सद्भाव र एकताका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । शनिबार सम्पन्न भएको उक्त पार्टीको राष्ट्रिय सन्देश भेलाले नेपालको राजनीतिक र समृद्धमुखी रूपान्तरणलाई सुनिश्चित गर्ने दृढता..

    सरकारका कार्यशैलीको विरोधमा कांग्रेस आइतबारदेखि सडकमा, सभामुखको भूमिकाप्रति असन्तुष्ट !

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १२ माघ नेपाली कांग्रेसले आइतबारदेखि प्रदर्शन सुरु गर्ने भएको छ । तरुण दल, महिला संघ र नेविसंघले आइतबार राजधानीमा सरकारका कार्यशैलीको विरोधमा संयुक्त जुलुस निकाल्ने जनाएका छन् । सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति समेत कांग्रेस आक्रामक छ । बेल घेराउका बीच महराले शुक्रबार संसदीय कारबाही सुरु गरेकोमा कांग्रेस आक्रोशित बनेको हो । केन्द्रीय कार्यसमिति बैठकमा सभामुखको भूमिकामाथि छलफल हुने सहमहामन्त्री महतले..

    आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौँ, १२ माघ  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ ।  नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताउनुभयो ।  महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त..

    डाबोसबाट फर्किएका प्रधानमन्त्रीलाई नेविसंघद्वारा कालो झण्डा देखाइ स्वागत !

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौं, १२ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलभित्रै नेविसंघ कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ । विमानस्थलमा आयोजित पत्रकार..

    प्रधानमन्त्री ओली स्विट्जरल्यान्डबाट स्वेदश फिर्ता, विमनस्थलमा पत्रकार सम्मेलन

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौं, माघ १२ । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किनुभएको छ ।  स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले  त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलमा पत्रकार सम्मेलन गरेर विश्व आर्थिक मञ्चको ४९औं बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको बताउनुभयो । डाबोसमा आफूले नेपालको वर्तमान राजनीति अवस्था, पर्यटनको सम्भवना, विदेशी लगानी, दिगो विकासका लागि नेपालले लिएको..

    भारतको ७० औँ गणतन्त्र दिवस, नेपालका राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौँ, १२ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश..

    डा. केसीको अनसन जारी, प्रधानमन्त्रीको राजीनामा माग, आयोगको स्थापना र नयाँ व्यवस्था

    शनिबार, माघ १२, २०७५ साल
    काठमाडौँ, ११ माघ  चिकित्सा शिक्षा विधेयक पारित भएपछि डा गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा माग्दै अनसन जारी रहने बताएका छन् ।  प्रतिनिधि सभाको शुक्रबार बैठकले प्रतिपक्षको अवरोधका बाबजुद विधेयक पारित गरेको हो ।  आफ्नो सम्झौता विपरीतका प्रावधान घुसाएर विधेयक ल्याइएको भन्दै १७ दिनदेखि अनसन बसेका केसीले शुक्रबारै ५ बजे पत्रकार सम्मेलन गरी भने, 'अनसन जारी छ। प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।' सरकार आफैंले गठन गरेको..

    केवलकार नबनाए कसो होला प्रधानमन्त्री ज्यू ? जनता नै दुखी हुने विकासको के अर्थ !

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौँ, ११ माघ विकासको नाममा हुने बिनाशले जनता खुशी हुन सक्दैनन् भने त्यो बिकास हुनु र नहुनुको के अर्थ ? प्रसंग हो, नेपालको प्रसिद्ध धार्मिकस्थल पाथीभरादेवि जाने बाटोमा बनाउने भनिएको केबलकारको । ताप्लेजुङ आन्तरीक र बाह्य पर्यटकको प्रचुर संभावना बोकेको हिमाली जिल्ला हो । धार्मिक एवम् पर्यटकीयस्थल पाथीभरा देवीको महिमा र आस्था ज्यादा छ । यसै  देवीको मन्दिरमा जान सहजता होस्..

    नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका, ८ वटा मस्यौदालाई स्वीकृत गर्ने तयारी

    शुक्रबार, माघ ११, २०७५ साल
    पोखरा, ११ माघ पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गर्नुभएको थियो । सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको..

    अन्तत: संसद्‌मा पेस चिकित्सा शिक्षा विधेयक पारित, प्रतिपक्षी कांग्रेस चुप लाग्ला ?

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौं, ११ माघ : प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्‌बाट पारित भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद्‌मा पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न..

    वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति : लचिलो पार्न पूर्वपरराष्ट्र मन्त्रीहरुको सुझाव

    शुक्रबार, माघ ११, २०७५ साल
    ललितपुर, १० माघ :  नेपालका पूर्वपरराष्ट्रमन्त्रीहरुले राष्ट्रियहितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बलियो परराष्ट्र नीति बनाउन राष्ट्रिय चाख र कौतुहलताका विषयलाई अघि सार्नुपर्ने सुझाए दिए ।  ललितपुरमा  आयोजित ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति’ विषयक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीहरुले नेपालको परराष्ट्र नीति अन्य मुलुकको नीतिसरह सवल र दरिलो बनाउन आवश्यक रहेको बताए । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले मुलुकको राजनीति, संस्कार,..

    सञ्चारमन्त्रीको खरो जवाफ : चिकित्सा विधेयक फिर्ता हुँदैन, अनशन र सदनमा अवरोध चल्दैन

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ  सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताउनुभएको छ । सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सदनमा अवरोध कायम रहेको स्थितिमा सरकारले विधेयकलाई अघि बढाउने स्पष्ट गरेको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले पर्याप्त छलफल र सम्बन्धित समिति हुँदै अघि..

    मकवानपुरगढीमा विजयोत्सव : गढीको पर्यटकीय विकास गर्न राष्ट्रपतिबाट आह्वान

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौंडा, १० माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको ऐतहासिक महत्व बोकेको र विशेष महत्वपूर्ण धरोहर भएको बताउनुभएको छ । बङ्गालका मिरकासिमको फौजलाई गोरखाली सेनाले पराजय गरेको दुई सय ५६औंँ विजयोत्सवका उपलक्ष्यमा मकवानपुरगढी गाउँपालिकाले आज आयोजना गरेको विजयोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले गढी परिसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै नेपाल एकीकरण अभियानमा अतिमहत्वपूर्ण भूमिका निर्वाह गरेको स्थान मकवानपुरगढीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।  विसं १८१९ आजकै दिन..

    हजामदेखि पानीजहाज इञ्जिनीयरसम्मको जनशक्ति प्रक्षेपण गर्दै नेपाल सरकार

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ ।  राष्ट्र निर्माणका लागि हरेक क्षेत्रमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको अहम् भूमिका हुने भएकाले आगामी २५ वर्षका लागि त्यसको प्रक्षेपण गर्न नेपाल सरकारको कार्यदल सक्रिय छ । मन्त्रिपरिषद्को गत असोज २८ गतेको बैठकले शिक्षा, विज्ञान तथा..

    डा. गोविन्द केसीले अस्पतालबाटै 'माननीयहरू'लाई लेखे सामूहिक पत्र

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ अनसनरत डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा सदस्यहरूलाई इंगित गर्दै पत्र लेखेका छन्। बिहिबार पत्र लेख्दै उनले संसदीय समितिले गरेको त्रुटिलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्न सांसदहरूलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेछ।..

    सहिद दिवसमा सार्वजनिक बिदा दिने प्रदेश ३ सरकारको निर्णय

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौडा, १० माघ । माघ १६ गते  परेको सहिद दिवसका दिन प्रदेश नम्बर ३ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३ नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने  निर्णय गरेको हो ।   बैकठले आर्थिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको बिशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने  र नेपाल सरकारबाट प्रदान गरिने समपुरक..

    अन्तत: सर्वसाधरण कुट्ने २ प्रहरी जवानलाई निलम्बन, अनुसन्धान थालियो

    बिहिवार, माघ १०, २०७५ साल
    गलकोट, १० माघ : सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।  विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवै जनालाई निलम्बन गरिएको..

    प्रदेश नं ३ : यातायात व्यवस्था सेवा कार्यालय प्रारम्भ, छिट्टै लाइसेन्स पनि नवीकरण गर्ने

    बिहिवार, माघ १०, २०७५ साल
    हेटौँडा, ९ माघ    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ ।    प्रदेश कार्यालय स्थापना भएपछिको बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास गर्नुभयो ।    सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन..

    गोर्खा-मुगलयुद्धको २ सय ५६ वर्ष : मकवानपुरगढी विजयोत्सव, यस्तो छ इतिहास !

    बुधबार, माघ ९, २०७५ साल
    हेटौँडा, ९ माघ  गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन बुधबार नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो ।    शत्रु मारिएको दिन : इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा सबैभन्दा बढी एक हजार ७००..
    Weather Forecast