बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    नेपाली कामदारलाई शून्य लागतमा लैजान युएई र ओमन खुशी, यस्तो छ प्रस्ताव !

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिमण्डलसँगको भेटमा दुवै देशले नेपाली कामदारलाई शून्य लागतमा लैजान सकारात्मक भएका हुन् ।  ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा विदा दिनुपर्ने माग राखिएको छ । महिला कामदारको हकमा विशेष व्यवस्था गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिण्डिकेट हुन नहुने जस्ता..

    राष्ट्रपति भण्डारीद्वारा न्युयोर्क र जेनेभाका स्थायी राजदूत नियुक्त

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले अमृतबहादुर राईलाई संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि नेपालको राजदूत-स्थायी प्रतिनिधि पदमा सोमबार नियुक्त गर्नुभएको छ ।  नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राईलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यसैगरी राष्ट्रपतिले मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको राजदूत-स्थायी प्रतिनिधि पदमा आजै नियुक्त गर्नुभएको राष्ट्रपति..

    हजारेको अनसनमा डा. केसीको समर्थन ! पत्र लेख्दै जनाए ऐक्यबद्धता

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौं, २१ माघ प्रजातन्त्र संस्थागत गर्न र भ्रष्टाचारविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै डा केसीले ऐक्यबद्धता जनाएका छन् । विगत ६ दिनदेखि अनसन बसिरहेका भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेको अनसनमा डा गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै हजारे अनसन बसेका हुन् । डा केसीले पत्रमा अन्ना हजारले उठाएको लोकपाल..

    अमेरिकासँग टक्कर लिँदै नेकपा : 'भेनेजुएलामा अमेरिकी हस्तक्षेप अनुचित'

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफूलाई पुरानै अडानमा राखेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा आफूलाई अमेरिकाको पक्षमा उभ्याएको भोलिपल्ट नेकपाले यस्तो धारणा दोहोर्‍याएको हो । सोमबार बसेको नेकपा सचिावलय बैठकले भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेबारे पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते निकालेको विज्ञप्तिकै अडानमा आफूलाई उभ्याएको हो ।  दाहालले..

    राष्ट्रलाई समृद्ध बनाउन पहिचान स्वीकार्न आवश्यक – उपसभामुख तामाङ

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौं, २१ माघ प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले राष्ट्रलाई समृद्ध बनाउन राष्ट्रभित्रका सबै समुदायको पहिचानलाई स्वीकार्न आवश्यक रहेको बताएकी छिन् । नेपाल तामाङ समाजद्वारा काठमाडौंमा आयोजीत सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपसभामुख तामाङले राष्ट्रभित्र विविध जातजाती तथा समुदायहरुको छुट्टछुट्टै इतिहास, सस्कार तथा चाडपर्वहरु रहेको उल्लेख गर्दै सबै समुदायको पर्वलाई समान रुपमा अंगिकार गर्न जरुरी..

    लालपूर्जाविहीन काडामाण्डौँवासी, नेपाल एकीकरणको इतिहास हेर्दा जे देखीयो !

    सोमबार, माघ २१, २०७५ साल
    डोटी, २१ माघ  नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो ।  मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग गर्ने हकसमेत दिएर उहाँ जानुभयो । उहिलेका ५३ परिवार अहिले करीब ४०० परिवार पुगे..

    नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, भेनेजुएला प्रकरणबारे छलफल

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौ, माघ २१  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । लामो समयपछि बसेको सचिवालय बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।  पार्टी एकताका विषयमा बाँकी विषय टुंग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा..

    चुलियो सदरमुकाम विवाद, रुकुमकोटमा अनिश्चितकालीन निषेधाज्ञा जारी

    सोमबार, माघ २१, २०७५ साल
    रुकुम पूर्व, २१ माघ  सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम ९पूर्व०ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो ।  रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न/गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल..

    महाभारतबाट गृहमन्त्रीको उद्घोष - देशको सुरक्षा व्यवस्था कडा पारिने

    सोमबार, माघ २१, २०७५ साल
    काभ्रेपलाञ्चोक, २० माघ : गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आइतबार बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ केन्द्रीय सरकारले सुरक्षा व्यवस्था कडा पार्न योजना अपनाउने जानकारी दिनुभयो ।  गृहमन्त्री थापाले देशीविदेशी शक्ति पुरानै व्यवस्थालाई ब्युँताउन तल्लीन देखिएका छन्..

    तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै, खेल १० ओभरको मात्र !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौं, २० माघ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपाललाई यूएईले टस जितेर पहिले ब्याटिङको निम्तो दिएको हो । २ बजेर ४५ मिनेटमा सुरु हुनुपर्ने खेल वर्षा भएपछि केही घन्टा रोकिएको थियो । जसले गर्दा खेल १० ओभरमा छोट्याइएको छ । वर्षाका कारण मैदान चिसो भएकाले पहिले ब्याटिङ गर्ने नेपाललाई रन जोड्न..

    ‘विप्लव’देखि संसदीय राजनीतिमा रहेका दलहरुसँग कमल थापा 'फायर' (पूर्णपाठसहित)

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ राप्रपाका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’देखि संसदीय राजनीतमा रहेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका छन् ।  आजबाट काठमाडौमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा थापाले प्रस्तुत गरेको ६ बुँदे राजनीतिक प्रतिवेदनमा विप्लव नेतृत्वको नेकपासहित अन्य प्रमुख राजनीतिक दलहरुप्रति खनिएका हुन् । उनले आफ्नो प्रतिवेदनमा पछिल्लो समय प्रमुख राजनीतिक दलहरुकै कारण मुलुक विखण्डनको दिशामा गएको भन्दै त्यसको जिम्मेवारी प्रमुख दलहरुले लिनुपर्ने..

    डा. केसीको अनसनसँगै संसदमा कांग्रेसको अवरोध सकियो, विरोध प्रदर्शन फिर्ता नहुने !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौंँ, २० माघ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, काँग्रेस नेताका नाममा रहेका अस्पताललाई प्रदेश सरकार मातहत राख्ने सरकारी निर्णय र विपक्षी दलका नेताको अनुपस्थितिमै संवैधानिक निकायमा नियुक्ति लगायतका विषयलाई लिएर काँग्रेसले माघ २१ लाई तय गरेको देशव्यपी विरोध प्रदर्शनलाई यथावत राख्ने भएको छ ।  यसअघि, आफ्ना नेताको नाममा खोलिएका तत्कालिन सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गर्न खोजिएको विरोध..

    उपसचिव तहका कर्मचारी समायोजन आजदेखि, यस्तो छ प्रक्रिया र व्यवस्था

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ सरकारले आईतबारदेखि संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई सरकारले आइतबारदेखि समायोजनपत्र दिने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्नेछन् । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार..

    अस्ट्रेलियामा कति छन् नेपाली ? दूतावासद्वारा गणना शुरु, यसरी भर्नुहोस् आफ्नो विवरण !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौं, २० माघ   पराराष्ट्र मन्त्रालय अन्तर्गत अष्ट्रेलियास्थित नेपाली दूतावासले प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरू गरेको छ । यस भेगका मुलुकमा नेपालीको उपस्थिति कति छ भनेर अझसम्म यकिन हुन सकेको छैन । त्यसका लागि हचुवाका आधारमा लाख र सवा लाखका कुरा गरिन्छ । तर, यकिन गर्न भने अस्ट्रेलियन सरकारको पुरानो डाटामा सिमित हुनुपरेको छ । राजदूतावासले अष्ट्रेलियालगायत न्युजिल्याण्ड, फिजी, पपुवान्यूगिनी, भानुआटु,..

    समृद्धिको सपना यही सरकारले पूरा गर्छ, तपाईंहरु धैर्य गर्नुस् : प्रधानमन्त्री

    शनिबार, माघ १९, २०७५ साल
    लहान, १९ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउनुभएको छ ।  सदरमुकाम सिरहामा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गरीबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाईंहरु धै¥र्य गर्नुस्, तपाईंहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”  प्रधानमन्त्री ओलीले व्यवहारिकरुपमा मुलुकको गरीबी र..

    पत्रकार सम्मेलन गरी डा. केसीले तोडे अनसन, अब फरक तरीकाले लड्ने

    शनिबार, माघ १९, २०७५ साल
    काठमाडौं, १८ माघ २४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् ।  अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था..

    राजीनामा दिँदै राजदूत शेर्पाले भनिन् - एक दिन मर्नुपर्ने जीवनमा इमान्दारिता बाट चुक्दिनँ

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ,  १८ माघ :  दुई महिनादेखि विवादै विवादमा फसेकी अस्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार राजीनामा दिएकी छन् ।  बिहीबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी राजदूत लक्की शेर्पाले आफ्नबारे 'न्यायिक फैसला' हुने अपेक्षासहित राजीनामा दिएर बाटो खोलिदिएको जिकिर गरेकी छन् ।  उनले भावुक हुँदै विज्ञप्ति निकालेकी छन् । 'एक दिन मर्नुपर्ने जीवनमा इमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिनँ र कहिल्यै चुक्ने पनि छैन',..

    सभापति देउवाले डा. केसीलाई भने – अनसनबाट उठ्नुस्, लामो लडाई लड्नु छ !

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।  डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो ।  सरकार भने निकै अशंवेदनशील देखिएको उनले बताए । देउवाले भने, ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’ आफू..

    अन्तत: दुई राप्रपाबीच एकता सम्पन्न, कमल थापा ‘एक्लै’ ! [विज्ञप्ति सहित]

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीले पार्टी एकताको समझदारीपत्रमा बिहिबार हस्ताक्षर गरेका छन् ।  बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गर्ने र बिहीबार नै दुवै पार्टीका अध्यक्षहरुले एकताको समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम अनुसार नै सम्पन्न भएको छ । पार्टी एकताको घोषणा भने शुक्रबार गर्ने तयारी छ । नयाँ पार्टीले राजासहितको..

    कांग्रेसको अवरोधबीच राष्ट्रियसभाबाट पारित भयो चिकित्सा शिक्षा विधेयक

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ। प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत..

    काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ ।  सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो ।  सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याउनुभएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गर्नुभयो ।  “डा गोविन्द..

    प्रतिनिधि सभा बैठक सुरु, यस्तो छ कार्यसूची, विधेयक पास गर्न नदिने कांग्रेसको तयारी

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद् भवनमा जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । जारी बैठक विभिन्न विधेयक प्रस्तुत गर्ने उल्लेख गरिएको छ । सो बैठकमा विपक्षी सांसदहरुले सरकारको कार्यशैलीको विरोध गरिरहेका छन् । राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेस र राजपाले संशोधन दर्ता गरेका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार विधेयकमा..

    प्रधानन्यायाधीश जबराको एक्सन : ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बित

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडाैँ, १७ माघ ।  आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्याय परिषदले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन गरेको हो । ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले शपथ गरेको भोलिपल्ट परिषद्को निगरानी संयन्त्रले पहिलो अनुगमन ललितपुर जिल्ला अदालतमा गरेको थियो ।  अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर..

    प्रहरी महानिरीक्षक खनालद्वारा पदोन्नति भएका ४१ प्रहरीलाई दज्र्यानी चिह्न प्रदान

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।  गृह मन्त्रालय सचिवस्तरीय निर्णयअनुसार पदोन्नति भएका ४१ मध्ये ३८ प्रहरी अधिकृतलाई खनालले बुधबार दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । तीन जना भने संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रहेकाले दज्र्यानी चिह्न प्रदान गर्न बाँकी छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक..

    देउवाको नाम जोडिए पनि वाइड बडीमा मौन छैनौं, गहिरो छानबिन होस् : कांग्रेस

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी जहाज खरीदमा भएको अनियमितता छानबिनको माग गर्दै थप दबाब सिर्जना गर्ने जनाएको छ ।  बुधबार पत्रकार सम्मेलन गरेर कांग्रेसले जहाज खरिदमा भएको भ्रष्टाचारमा गम्भीर र गहिरो छानबिन गर्न सरकार तयार हुनुपर्ने बताएको छ। 'वाइड बडीमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्ने समिति बनेको छ। त्यसले सत्यको जगमा उभिएर सत्यको खोजी गरोस्,'..

    जनगणना–२०७८ को तयारी शुरु, अब सातै प्रदेशबाट आएका विचारलाई समेट्ने

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ  राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।  राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय..

    अब अधिकारका लागि शहीद हुनु पर्दैन : प्रधानमन्त्री, मुख्यमन्त्रीद्वारा शहीद दिवसको शुभकामना

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ ।  प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई..

    सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाद्वारा पदभार ग्रहण

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १५ माघ  सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गर्नुभएको छ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौलाको नाम अनुमोदन गरेपछि मंगलबार पदभार ग्रहण गर्नुभएको हो । न्याय सेवा आयोगको सिफारिशलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने कानूनी व्यवस्था रहेको छ ।  निरौला यसअघि न्याय परिषद्को सचिव हुनुहुन्थ्यो । न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता र दक्षताका आधारमा मुख्य रजिष्ट्रारमा बढुवाका लागि..

    भेनेजुएला संकटबारे नेपाल सरकारको जवाफ – बाह्य हस्तक्षेपबिना समस्या समाधान हुनुपर्छ

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ ।  सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।  परराष्ट्र मन्त्रालयले मंगलबार एक वक्तव्य जारी गर्दै भनेको छ, “कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन, आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक मापदण्ड र..

    नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो, प्रदेश तहमा तीव्रता

    मंगलवार, माघ १५, २०७५ साल
    लमही, १५ माघ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रदेश नं ५ का १०९ वटा स्थानीय तहमध्ये ७५ स्थानीय तहको पार्टी एकता टुङ्ग्याएर शपथ पनि गराइसकिएको छ ।..
    Weather Forecast