शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    नवलपरासी पूर्वका ४० जना क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण

    मंगलवार, असोज २३, २०७५ साल
    नवलपरासी,  २३ असोज  नवलपरासी पूर्वका ४० जना क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको छ । सोमवार कावासोतीमा औपचारिक कार्यक्रमको आयोजना गरेर ज्याकेट वितरण गरिएको हो । कामप्रति बफादार रहन र कामलाई थप सुरक्षित बनाउनेतर्फ ज्याकेट प्रयोग हुने पत्रकारहरुको भनाइ छ ।  देशको चौथो अंगका रुपमा रहेका पत्रकारका लागि केहि गर्नुपर्छ भन्ने भावना आफुमा पहिलेदेखि नै रहेको र संजोगबस नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका..

    विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रको आग्रह

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौँ, २३ असोज  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।  संवैधानिक तथा कानून पत्रकार मञ्चले मंगलबार बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उनले भने, ‘विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु ।’ उनले प्रत्येक निकायमा सुधारको आवश्यकता भएको उल्लेख गर्दै..

    'आम निर्वाचनमा पराजित वामदेव गौतमलाई संसदमा लैजान खोज्नु जनमतको अपमान !'

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौं, २३ असोज, गत वर्ष सम्पन्न आम निर्वाचनमा बर्दिया-१ बाट पराजित वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउनकै लागि रामवीर मानन्धरलाई राजीनामा दिन लगाइएको जानकारहरू बताउँछन् । फलस्वरूप काठमाडौं-७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानन्धरले पार्टी सचिवालयमा राजीनामा बुझाएपछि नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री गौतम सांसदको उम्मेदबार बन्ने विषयले पुनः चर्चा पाएको छ । एमाले नेता गौतम गत निर्वाचनमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७५३ मतले पराजित..

    कर्णाली विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय विकास साझेदार प्रतिबद्ध

    मंगलवार, असोज २३, २०७५ साल
    सुर्खेत, २३ असोज  कर्णालीको विकासमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन् ।  प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारको विकास साझेदार निकाय युरोपियन युनियन, विश्व बैंक, डिएफआइडी र युएनडिपीसँगको बैठकबाट यहाँको विकासमा सहयोग हुने औपचारिक प्रतिबद्धता प्राप्त भएको जनाए । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा..

    प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य, ५२ बैठकमा १२ विधेयक पारित

    मंगलवार, असोज २३, २०७५ साल
    विराटनगर, २३ असोज  प्रदेशसभाको दोस्रो अधिवेशन बुधबारदेखि अन्त्य भएको छ ।  बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए ।  समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा..

    सरकारी प्रतिवेदनप्रति निर्मलाका बाबुआमा असन्तुष्ट, भन्छन् - के नै नयाँ आएको छ र ?

    मंगलवार, असोज २३, २०७५ साल
    कञ्चनपुर, २३ असोज कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७४औं दिनमा सार्वजनिक प्रतिवेदनप्रति उनका बाबु आमाले असन्तुष्टि व्यक्त गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन् । समिति सदस्यले समेत अपराधी किटान गरेरै प्रतिवेदन लेख्ने आश्वासन दिएकाले उनी झनै विश्वस्त..

    जनताको अधिकारविरुद्ध कुनै पनि गतिविधि स्वीकार नगरिने : मुख्यमन्त्री राउत

    मंगलवार, असोज २३, २०७५ साल
    धनुषा, २३ असोज : मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई प्रदेश सरकारले रु एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।  महोत्तरी पिपरा गाउँपालिका–५ रतौलीमा सोमबार आयोजित मधेश आन्दोलनका घाइतेको सम्मान कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।  प्रदेश सरकारले मधेश आन्दोलन क्रममा घाइते भएकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएअनुरुप प्रथम मधेश आन्दोलनका क्रममा गम्भीर..

    आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ : पूर्वमन्त्री भण्डारी

    मंगलवार, असोज २३, २०७५ साल
    दमौली, २३ असोज : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गरेका छन् ।  काङ्ग्रेस भानु नगरसमिति–१२ ले  कवाजितमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले पार्टीभन्दा ठूलो कोही हुन सक्दैन भन्दै पार्टीलाई बलियो बनाउने गरी कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।  विगतका कमजोरीलाई सुधार गर्दै आपसी छलफलबाट पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले भने,..

    सर्वोच्च अदालतद्वारा गुण्डा नाइके बस्नेतलाई थुनामुक्त गर्ने निवेदन खारेज

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ ।  न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले मंगलबार बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च..

    गान्धीको १५०औँ जयन्ती २ वर्षसम्म मनाइने, 'प्रकृतिलाई बचाएर अन्य काम गरिनुपर्छ'

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  गान्धी दर्शनको महत्व वर्तमान सन्दर्भमा अझ बढेर गएकामा जोड दिइएको छ । गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा  यहाँ आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले उनको योगदानको मूल्याङ्कन गर्दै संयुक्त राष्ट्र सङ्घले २ अक्टोबरलाई विश्व अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको सुनाए ।  “प्रकृतिलाई बचाएर अन्य काम गरिनुपर्छ भन्ने गान्धी दर्शनको मूल भाव हो,..

    प्रदेशसभामा राजधानी अध्ययन समितिको प्रतिवेदन पेस : प्रदेश ३ को ५ जिल्ला राजधानी तोक्न सिफारिस

    सोमबार, असोज २२, २०७५ साल
    हेटौंडा, २२ असोज  प्रदेश ३ को सोमबार बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस भएको छ ।  उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएको जिल्लाको जिल्लागत विवेचना र विश्लेषण राखिएको बताए । राजधानीको विषय देशको विकास र जनताको सेवालाई हेरेर..

    जिल्ला कारागार डडेल्धुरामा कैदीले ७ बुँदे माग राखेर आमरण अनशन थाले

    सोमबार, असोज २२, २०७५ साल
    पर्शुराम, २२ असोज  जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आईतबारदेखि आमरण अनशन थालेका छन् ।  डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह ऐरले ७ बुँदे माग राखेर आमरण अनशन शुरु गरेका हुन् । चालचलन ठिक भएका तथा सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीलाई ६० प्रतिशत माफी मीनाहाको पुरानै व्यवस्थालाई यथावत राखी लागू गरिनुपर्ने, प्रहरी सङ्गठनमा मौलाउदै गएको..

    सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनता पार्टी (राजपा)को चेतावनी

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौं, २२ असोज राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राजपाले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको गुनासो..

    नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गरिने सभामुख महराको भनाई

    सोमबार, असोज २२, २०७५ साल
    लमही, २२ असोज सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।  सोमबारदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उनले भने ।  उनले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने बताए । यसले विमानस्थल नियमित बनाउन..

    प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर भएको नेता शेखर कोइरालाको भनाई

    सोमबार, असोज २२, २०७५ साल
    चितवन, २२ असोज नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् ।  सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताए । उनले भने, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उनले संसदीय दल कमजोर..

    आयोगमा रिक्त पदको दरबन्दी विवरण लोकसेवा आयोगलाई पठाउन ढिलाइ

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ ।    आगामी असोज ३१ गतेबाट आयोगले नयाँ पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यतालिका भए पनि मन्त्रालयले विवरण उपलब्ध गराउन ढिलाइ गरेको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । मन्त्रालयका ढिलाइका कारण पदपूर्तिका लागि रिक्त पदमा विज्ञापन गर्नसमेत समस्या..

    कांग्रेसद्वारा सरकारलाई आग्रह : निजगढमा रुख नकाट, बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौं, २२ असोज नेपाली कांग्रेसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल बाराको निजगढमा जंगलको रुख तत्काल नकाट्न आग्रह गरेको छ । आइतबार राति सकिएको पार्टीको बैठकले विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाको रुख काट्न लागिएको भन्दै कांग्रेसले यसमा आफूहरुको विमति रहेको बताएको छ । ‘विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति छ । आवश्यक..

    नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी, नेता नेपालको असन्तुष्टिमा पनि छलफल हुने

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  नेपाल कम्युनिष्ट पार्टीको को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा भ्रमणका अवसरमा विभिन्न मुलुकसँगको द्वैपक्षीय सम्बन्ध विस्तारसमेत भएको जानकारी दिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए..

    काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक : नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ । नेविसङ्घमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै..

    निर्मला हत्या प्रकरणः थप २ प्रहरी निलम्बित, अनुसन्धान जारी, बढ्दो जनआक्रोश

    सोमबार, असोज २२, २०७५ साल
    भीमदत्तनगर, २२ असोज : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र..

    एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय अब प्रदेश नं ३ को मातहतमा

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज  : केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।  भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको  उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक संसदमा पेश गर्न लागिएको जानकारी दिए । उनले भने,..

    स्थानीय तहका विकासका काम पारदर्शी र कानूनका अधीनमा रही गर्न अख्तियारको आग्रह

    आईतवार, असोज २१, २०७५ साल
    रसुवा, २१ असोज  विकास निर्माणसम्बन्धी सम्पूर्ण बजेट स्थानीय तहबाट खर्च हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब भ्रष्टाचार न्यूनीकरणका लागि सो तहका पदाधिकारीलाई सचेतना गराउने कार्य शुरु गरेको छ ।  आयोगको कार्यालय हेटौँडाले आईतबार धुञ्चेमा रसुवाका पाँच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमेत भेला गराई स्थानीय तहमा गरिने सबै खाले विकासका काम पारदर्शी र ऐन कानूनका अधीनमा रही अगाडि बढ्न..

    स्वतन्त्र मधेसको वकालत गर्दै आएका सीके राउत रौतहटबाट पक्राउ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ भदौ स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीका कार्यालय रौतहटले राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए। ‘उनीहरूसँग सोधपुछ भइरहेको छ,’ थापाले भने। राउत मधेस छुट्टै देश बनाउनुपर्छ भन्दै अभियान चलाइरहेका छन्। यसअघि पनि प्रहरीले उनलाई पटक पटक नियन्त्रणमा..

    आईजीपी सर्वेन्द्र खनाल भन्छन्– गल्ती गर्ने प्रहरीलाई कडा भन्दा कडा कारवाही हुन्छ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् ।  प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उनले..

    नेकपाको प्रदेश नं ३ संसदीय दलको बैठकमा राजधानीको विषयले प्रवेश पाएपछि ...

    आईतवार, असोज २१, २०७५ साल
    हेटौँडा, २१ असोज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।  उक्त दलको मुख्यमन्त्री निवासमा आइतबार बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताए ।  उनले यो विषयमा अहिले सबैको चासो भएकाले छिटै प्राथमिकतामा राखिने धारणा व्यक्त गरे ।..

    पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि, अब मासिक २४ हजार ३ सय ७५ रुपैयाँ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज सरकारले पत्रकारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले पत्रकारहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५ सयबाट बढाएर २४ हजार ३ सय ७५ पुर्‍याएको हो । साथै बैठकले उखु किसानहरूको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।..

    जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् ।   प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ । भारतबाट उनी बराती (जन्ती) भएर आउने भएका छन् ।  नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् ।  विवाहपञ्चमीको दिन भारतबाट..

    प्रधानमन्त्री केपी ओलीबाट कुलपति उप्रेतीले लिए पद तथा गोपनीयताको शपथ

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी आजै उक्त पदमा नियुक्त भएका थिए । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र..

    काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, विद्यार्थी सङ्घ र पार्टीको विधान लगायतका विषयमा छलफल हुने

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आईतबार बस्दैछ ।  बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा समिति संयोजक एवं महामन्त्री..

    वातावरण संरक्षण र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज  राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताएका छन् । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आईतबार आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान..
    Weather Forecast