आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    नेपाल-मलेसिया श्रम वार्ता सहमति ! कामदारको भिसा खर्च रोजगारदाताले व्यहोर्ने

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौं, १२ असोज    नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।   मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् ।   नेपाल–मलेसिया श्रम सम्बन्धको विगत १७ वर्षे इतिहासमा दुई देशका अधिकृतबीच श्रम सम्झौताको मस्यौदामाथि निर्णायक छलफल हुन लागेको यो पहिलोपटक हो ।श्रम सम्झौताका लागि नेपाल र मलेसियाबीच..

    राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज  ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताएका छन् ।  राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा उनले आयोजनाका लागि आवश्यक रकमको व्यवस्थापन र प्राप्त गर्ने सम्भावनाबारे नै छलफल नभएको अवस्थामा पैसाको चलखेल भएको भनी सांसदबाटै आरोप लगाउनु शोभनीय नभएको धारणा व्यक्त..

    माधव नेपालको 'स्थायी कमिटीका सदस्यको भेला'लाई वामदेव गौतमले दिए 'ग्रीन सिग्नल'

    शुक्रबार, असोज १२, २०७५ साल
     काठमाडौं, १२ असोज नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको स्थायी कमिटीका सदस्यको भेलामा अर्का शीर्षनेता वामदेव गौतम पनि सहभागी भए । भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसमेत सहभागी थिए । तर, नेता गौतमले चाहिँ दुई/चार शब्द बोलेरै माधव नेपाललाई साथ दिए । नेता नेपालको अगुवाइमा भएको भेलालाई ‘चियापान कार्यक्रम’ को नाम दिइएको छ । एक सहभागी नेताका..

    प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी राख्ने प्रस्ताव दुई तिहाईले पारित

    शुक्रबार, असोज १२, २०७५ साल
    धनगढी, १२ असोज  प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधप्रदर्शन भइरहेको बेला राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव नै बहुमतले पारित भएको छ । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने  भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको..

    सङ्घीयता सफल बनाउने जिम्मेवारी सबैको हो : मुख्यमन्त्री राई

    शुक्रबार, असोज १२, २०७५ साल
    इटहरी, १२ असोज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा सङ्घीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । मुख्यमन्त्री राईले गाउँपालिका महासङ्घ नेपालको प्रदेश नं १ को इटहरीमा शुक्रबार आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सङ्घीयता सफल तुल्याउने जिम्मेवारीलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले सङ्घीय, प्रादेशिक..

    गोविन्द केसीले दिए १६ औं अनशन शुरू गर्ने चेतावनी, मागे शिक्षामन्त्रीको राजीनामा

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज चिकित्सक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । ‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका..

    महात्मा गान्धी स्वच्छता सम्मेलन भाग लिन खानेपानी मन्त्री मगर भारत प्रस्थान

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौं, १२ असोज   खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन् । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन् । सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनमा..

    परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी, यस्ता विषयहरुमा भए छलफल ...

    शुक्रबार, असोज १२, २०७५ साल
    न्यूयोर्क, १२ असोज  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार संयुक्त राष्ट्र सङ्घको महासभा बाहिर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मन्त्रिपरिषद्स्तरमा एक अनौपचारिक दिवाभोजको आयोजना गरे । उक्त भोजमा सार्क सदस्य मुलुकका विदेशमन्त्रीहरूको सहभागिता रहेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त भोजको आरम्भमा मन्त्री ज्ञवालीले सार्कका प्रक्रिया यस क्षेत्रका जनताको भलाइका लागि प्रभावकारी तथा नतिजामूलक..

    दुवै अध्यक्ष देशबाहिर भएका बेला माधव नेपालले बोलाए स्थायी समिति बैठक, किन गरे सरकारको विरोध ?

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौं, १२ असोज  सत्तारूढ नेकपामा केपी ओली र पुष्पकमल दाहालपछि तेस्रो वरीयताका नेता हुन्, माधव नेपाल ।  नेकपाका दुवै शक्तिशाली अध्यक्ष देशबाहिर भएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति बैठक बोलाएका छन् । शुक्रबार दिउसो ३ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने गरी नेता नेपालले स्थायी समिति सदस्यलाई बोलाएका हुन् । भेलामा सरकारको काम कारबाही र पार्टी एकताका विषयमा छलफल हुने..

    भारतका पेट्रोलियम तथा ग्यासमन्त्री प्रधान नेपालमा, पाइपलाइन विस्तारबारे छलफल

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रबार भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।  कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री..

    प्रदेश नं ७ को स्थायी राजधानी गोदावरी राख्न दिइएको सुझावको विरोधमा उत्रियो धनगढी

    शुक्रबार, असोज १२, २०७५ साल
    धनगढी, १२ असोज  प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि शुक्रबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।  प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिकाको तेघरीमा..

    प्रमको सम्बोधन - वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ, यस ज्वलन्त उदाहरण नेपाल !

    शुक्रबार, असोज १२, २०७५ साल
    न्यूयोर्क, १२ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले  भएको बताएका छन् ।  उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए ।  संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने..

    बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणबाट जोगाउन चुनौती, उधोग मुख्य कारण

    शुक्रबार, असोज १२, २०७५ साल
    बुटवल, १२ असोज  बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रलाई प्रदूषणको चपेटाबाट जोगाउन सचेत हुनुपर्नेमा जोड दिइएको छ ।  लुम्बिनी र बुद्धको जीवनीसँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीको रामग्रामलगायतका क्षेत्र खुल्ला सङ्ग्रहालयको रुपमा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक वस्तुहरुको प्रदूषणबाट जोगाउन समयमै ध्यान जानुपर्नेमा समेत जोड दिइएको छ ।  नेपाल वातावरण पत्रकार समूहले ‘लुम्बिनीमा औद्योगीक प्रदूषण : सञ्चार बहस’ विषयमा शुक्रबार लुम्बिनीमा..

    सरकारले जनताको चाहना अनुसार विकासको लहर ल्याउन सक्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

    शुक्रबार, असोज १२, २०७५ साल
    चरिकोट, १२  असोज : पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले विकासको लहर ल्याउनुपर्ने बताएका  छन् ।  पर्यटन दिवसका अवसरमा दोलखाको जिरीमा आयोजित एक कार्यक्रममा उनले भने, “सानातिना समस्याको समाधान गरी जनताको चाहना अनुसार सरकारले विकासको लहर ल्याउन सक्नुपर्छ ।”  नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका  पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विधमान समस्या र चुनौतीको निराकरण गरी स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर विकास र समृद्धिमा..

    ३३ किलो सुन प्रकरण : पूर्वडिआईजी गोविन्द निरौलालार्इ पनि छाड्ने अादेश

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौं, ११ असोज   ३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा  रिहा भएका छन् । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको हो । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।  पूर्व डिआइजी निरौलालाई..

    संघीय संसद्को बजेट अधिवेशन सकियो, १ सय ३५ बैठक, १८ विधेयक पारित

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौं, ११ असोज   संघीय संसदको दोश्रो अधिवेशन बिहिबार मध्यरातीदेखि समाप्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्तमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।  बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आजै बिहिबार रातीदेखि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम..

    प्रदेश १ को राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने मुख्यमन्त्री शेरधन राईको प्रतिबदता

    बिहिवार, असोज ११, २०७५ साल
    धनकुटा, ११ असोज  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताएका छन् । आज यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य र प्रदेशका जनताको भावनालाई सम्बोधन हुने गरी नाम तथा राजधानी तोकिने बताए । सरकारको उद्देश्य प्रदेश..

    उपत्यकावासीको १८ वर्ष लामो प्रतिक्षा : अब ६० दिनभित्र मेलम्ची खानेपानी आइपुग्ने

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए ।  कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ..

    पछिल्लो ५ महीनामा लैङ्गिक हिंसाका घटनामा वृद्धि, जबजस्ती करणी देखि अवैध गर्भपतन सम्म

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  पछिल्लो पाँच महीनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । विसं २०७५ वैशाखदेखि भदौ महीनासम्म जबजस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार ४१७ र अवैध गर्भपतन १० वटा घटना प्रहरीकहाँ दर्ता भएका थिए ।  प्रतिनिधिसभा, महिला र सामाजिक समितिको बिहिबारको बैठकमा महिला,..

    निर्मला पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याउने गृहमन्त्रीको दाबी

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिएका छन् ।  उनले भने, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । नतिजा (रिजल्ट) छिट्टै आउँछ ।” प्रतिनिधिसभा, महिला र सामाजिक..

    विगत ७ महिना यता देशको शान्तिसुरक्षा खस्किएको काङ्ग्रेस नेता गच्छदारको आरोप

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज सङ्घीय संसद्, प्रतिनिधिसभाको बिहिबारको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाए ।  नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हुँदै गएको बताए ।  नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र..

    प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री स्वराजको शिष्टाचार भेट

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले शिष्टचार भेट गरेका छन् ।  सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।  उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत..

    सरकारप्रति माधव नेपालको असन्तुष्टि : ‘कार्यको परिणाम हेर्न पाए बल्ल हाम्रो शिर ठाडो हुने थियो’

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौं, ११ असोज  पूर्वप्रधानमन्त्री तथा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक ठिकठाक ढंगले नचलिरहेको भन्दै असन्तुष्टी जनाएका छन्। प्रतिनिधिसभाको जारी अधिवेशनको अन्तिम बैठक विशेष सम्बोधन गर्दै नेता नेपालले दुई तिहाईको सरकारको अनुभूति जनतालाई दिनुपर्ने बताएका छन्।  ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही किनारा लगाइदेऊ देश बचाइदेऊ’ भनेर अधिवेशनको सुरुवातमा आफूले भनेका कुरा..

    प्रधानमन्त्री ओली र स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटबीच भेटवार्ता

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटसँग भेटवार्ता गरे ।  संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग प्रधानमन्त्री ओली तथा राष्ट्रपति बेर्सेट यहाँ छन् । सो अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । नेपालमा स्विट्जरल्याण्ड सरकारको सहयोगका विषयमा पनि छलफल भएको उहाँले जानकारी..

    काममा ढिलासुस्ती भएपछि मेयरले हाने लेखा अधिकृतलाई २ झापड, कर्मचारी आक्रोशित

    बिहिवार, असोज ११, २०७५ साल
    जनकपुरधाम, ११ असोज  महोत्तरी भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई काममा ढिलासुस्ती भएको भन्दै झापड हानेका छन् । कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ । मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । मेयरमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र दिने र अन्य कानूनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा..

    नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना, समझदारीपत्रमा हस्ताक्षर

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज  नेपाल र माडागास्करले बिहिबार औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् ।      परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे । यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए ।  माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो हिन्द महासागरमा अवस्थित..

    प्रदेश नम्बर ७ को राजधानी विवाद : धनगढी बिहानैदेखि अशान्त, गोदावरीमा स्वागत

    बिहिवार, असोज ११, २०७५ साल
    धनगढी, ११ असोज प्रदेश राजधानी सारिएको भन्दै बिहीवार विहानैदेखि धनगढी बजार बन्द गराइएको छ । प्रदेश नम्बर ७ को राजधानी गोदावरी नगरपालिकाको तेघरीमा सार्ने प्रस्तावको विरोधमा बिहीबार धनगढी बन्द गरिएको हो । एका बिहानै बजारमा आएका बन्दकर्ताले बजार बन्द गराएका छन् भने यहाँबाट चल्ने सार्वजनिक सवारी साधन बन्द भएका छन् । बिहान सञ्चालन हुने स्कुल कलेज पनि बन्द भएका छन् । राजधानी र..

    नेपाल वायु सेवा निगमको वाइडबडी खरीद प्रकरणमा अनियमितताबारे अध्ययन गरिने

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।  समितिको बिहिबारको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।  उनिहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए..

    मुलुकी ऐनको मस्यौदा देउवा नेतृत्वको सरकारले बनाएको हो तर अहिले काङ्ग्रेसबाटै विरोध छ - नेम्वाङ

    बिहिवार, असोज ११, २०७५ साल
    इलाम, ११ असोज    नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् ।    “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” बिहिबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने ।     अहिले..

    प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच न्यूयोर्कमा भेटवार्ता

    बिहिवार, असोज ११, २०७५ साल
    न्यूयोर्क, ११ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो ।  संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । उनले..
    Weather Forecast