बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    नेपालको विकासमा सघाउने बेलायतको प्रतिबद्धता

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन  संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार उहाँकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको हो ।  नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको भेटवार्तामा बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएकामा मन्त्री ज्ञवालीले हार्दिक कृतज्ञता..

    रहेनन् प्रदेशसभा सदस्य ओली, पार्थीव शरीर दाङ लगिदै

    शुक्रबार, फागुन १०, २०७५ साल
    रुपन्देही, १० फागुन : प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।  गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहनुभएका ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी..

    ‘नेपाल हिन्दु, बौद्ध र किरातको उद्गम स्थल’

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौं, ९ फागुन  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वधर्मको रक्षा गर्दै भौतिकसँगै आध्यात्मिक विकास हुनुपर्नेमा जोड दिनुभएको छ ।  पार्टीको भ्रातृ सङ्गठन नेपाल सनातन धर्मसंस्कृति सङ्गठन केन्द्रीय कार्यालयको तीनकुनेमा उद्घाटन गर्दै उहाँले नेपाल हिन्दू, बौद्ध र किराँत धर्मको उद्गमस्थल भएको चर्चा गर्नुभयो ।  धार्मिक मूल्य, मान्यता र आस्थाका आधारमा नेपाल विश्वकै जेठो र सम्पन्न मुलुक भएको उल्लेख गर्दै उहाँले वैदिक मूल्य..

    बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।  डिएलएद्वारा बिहिबार यहाँ आयोजित ‘उम्मेदवारसँग पत्रकार अन्तक्र्रिया’ सँगै चुनावी..

    परिचयपत्र गैरआवासीय र विदेशीलाई नदिने, यस्तो छ व्यवस्था

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा जोड दिइएको छ ।  संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहिबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।  छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैर आवासीय नेपालीको नागरिकताको..

    मन्त्रिपरिषद् बैठकको २३ महत्वपूर्ण निर्णय (पूर्णपाठसहित)

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौं, ९ फागुन  मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ ।  सरकारले तीन मेडिकल कलेज खोल्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत स्थापना गरिने तीन वटा मेडिकल कलेज स्थापना गर्ने तयारी स्वरुप कर्मचारीको अस्थायी दरबन्धी सिर्जना गरिएको छ । मेडिकल कलेजका लागि भौतिक पूर्वाधार निर्माण विकास गर्नका लागि भन्दै मन्त्रि परिषदको बैठकले २०७६ असार मसान्तसम्मका लागि अस्थायी..

    समाजकल्याण परिषद्का ४ पदाधिकारी पदमुक्त, यस्तो छ कारण !

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानून विपरीत कार्यसमेत गरी परिषदलाई हानि पुर्याएको भनी निजहरुलाई पदमुक्त गरिएको छ ।  परिषद्मा भएका आर्थिक, प्रशासनिकलगायत अनियमितताका सम्बन्धमा प्रचलित कानूनबमोजिम थप अनुसन्धान गरी कानूनी कारवाही गर्न उक्त प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग..

    ३० वर्षपछि अष्ट्रियाली विदेशमन्त्री काठमाडौँमा

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा बिहीवार अपराह्न राजधानी आई पुग्नुभयो ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउनुभएका उहाँले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।  विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गर्नुभएको थियो । ..

    ​नेविसंघद्वारा कांग्रेस पार्टी कार्यालय घेराउ (फोटोफिचर)

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौं, ९ फागुन  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले आफ्ना पदाधिकारीको ३२ वर्ष उमेर हद कायम गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। बुधबार  नाराबाजी सहित पार्टी कार्यालय सानेपा घेराउ गरेका हुन्। उनीहरुले पार्टी उपाध्यक्ष विमलेन्द्र निधिले आफूहरुमाथि अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन्।  नेविसंघका नेताहरुले नाराबाजी गरेका हुन्। नेता निधि पार्टी कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघ नेता–कार्यकर्ताले नाराबाजी गरेपछि केहि समय धकेलाधकेल..

    ग्याँसको 'हाहाकार' हुने सम्भावना, उद्योगीद्वारा सरकारलाई यस्तो चेतावनी

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन ग्यास उद्योग संघले कमिसनको दर बढाउन माग गर्दै वृद्धिको माग गर्दै हड्तालका कार्यक्रम घोषणा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा संघले बिगत ६ वर्षदेखि कमिसनदर नबढेको भन्दै दबाबस्वरुप हड्तालका कार्यक्रम सार्वजनिक गरेको जनाएकोे छ । सरकारले कमिसनदरमा वृद्धि नगरे संघले फागुन १७बाट ग्यास खरिद गर्ने प्रक्रिया रोक्ने बताएको छ र फागुन २८ गतेबाट देशभरका उद्योग बन्द गरेर आपूर्ति..

    'अष्ट्रेलियामा नेपाली विद्यार्थी बिचल्ली पर्नु सरकारको दोष !'

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन विवेकशील साझा पार्टीले अध्ययनका लागि भनेर अनुमति नै नभएका अष्ट्रेलियाका कलेजमा पठाइएका १२०० नेपाली विद्यार्थीको बिचल्ली भएको समाचारप्रति चिन्ता प्रकट गर्दै सरकारसँग छानिवन गर्न माग गरेको छ ।  सो पाटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिचल्ली भएका विद्यार्थीहरुलाई तत्काल उद्धार गर्न तथा अष्ट्रेलियन सरकारसँगको समन्वयमा उनीहरुको अध्ययनका लागि प्रवन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।  सो पाटीले अष्ट्रेलियास्थित गैर..

    भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ८ फागुन : भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई बुधबार काठमाडौँ ल्याइएको छ ।  मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पु¥याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो ।  भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ..

    “हामी दुई वटा शेर एउटै जङ्गलमा मिलेर बसेका छौँ ।”

    बुधबार, फागुन ८, २०७५ साल
    धनगढी, ८ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ ।  नेकपाद्वारा बुधबार यहाँ आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला छैन भन्नुभयो ।  देश बनाउन, गरीबी हटाउन, देशलाई अल्पविकसित राष्ट्रबाट मुक्त पार्न, सबैलाई साक्षर बनाउने जस्ता काम..

    विभिन्न तहका २३ हजार कर्मचारी समायोजन

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन  सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ ।  समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिनुभयो ।  उहाँका अनुसार सङ्घमा १७ हजार २७९, प्रदेशमा दुई हजार ४४८ र स्थानीय तहमा तीन हजार १९० कर्मचारी समायोजन भएका छन्..

    अस्ट्रेलियामा नेपाली विद्यार्थी अध्ययनरत कलेजको दर्ता खारेज

    बुधबार, फागुन ८, २०७५ साल
    अस्ट्रेलिया, ८ फाल्गुन  अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार गर्ने बहस चलेको छ । सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको छ । कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् ।  सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका..

    ३ महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ ।  समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।  समितिले सङ्गठित संस्थाको आर्थिक कारोवार, सार्वजनिक खरीद प्रक्रियामा देखिएका..

    प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

    बुधबार, फागुन ८, २०७५ साल
      विराटनगर, ८ फागुन   प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ ।    प्रदेशसभाको बुधबर बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गर्नुभएको थियो । उहाँले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने..

    १७ औं अनसन बस्ने गोविन्द केसीको चेतावनी (विज्ञप्तिसहित)

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौं, ८ फागुन प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।  बुधबार एक  प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राखेका छन् ।  नागरिकले देशमा हुने गरेका दण्डहीनता र कुशासन विरुद्ध सडक र सामाजिक सञ्जालबाट सम्बन्धित निकायलाई जिम्मेवार..

    'ठूलो माछा' देखाउन अख्तियार पुगे विवेकशील साझाका कार्यकर्ता

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन विवेकशील साझा पार्टीका कार्यकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा अख्तियारले साना भ्रष्टचारीलाई मात्रै समातेको तर ठूला भ्रष्टाचारतर्फ चासो नदेखाएकोप्रति व्यङ्ग्य गरिएको थियो ।  बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका विवेकशील साझा पार्टीका ३० जना नेताकार्यकर्ता पक्राउ परेका छन् ।  “अख्तियार, सानो माछामात्र होइन, ठूलो पनि समाउ”..

    एकैपटक ६ सचिवको सरुवा, कसलाई कुन मन्त्रालयमा खटाईयो ?

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन सरकारले सात सचिवको सरुवा गरेको छ । अवकाशको समय नजिकै रहेको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ । यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले..

    ३० वर्षपछि अष्ट्रियाली विदेशमन्त्री नेपाल आउँदै

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन  अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका..

    ‘युवालाई राजनीतिमा आउने वातावरण बनाउनुपर्छ’

    मंगलवार, फागुन ७, २०७५ साल
    कावासोती, ७ फागुन : नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला शाखा नवलपुरले ६९औँ प्रजातन्त्र दिवसका अवसर पारी मंगलबार कावासोतीमा राखिएको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले अग्रजका योगदानलाई सम्मान गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।  अग्रजका योगदानलाई भुल्न नसकिने भन्दै उहाँले अग्रजको अनुभव र विगतका इतिहासलाई अनुसरण गर्दै अगाडि..

    नेकपाका शीर्ष नेता धनगढीमा, सम्बोधन समेत गर्ने !

    मंगलवार, फागुन ७, २०७५ साल
    अत्तरिया, ७ फागुन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आउनुभएको छ । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुग्नु भएको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।  भेलालाई नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले..

    मुस्लिम आयोगका प्रस्तावित अध्यक्षको कागजात अध्ययन गरिने

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ ।  समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपश्चात् नागरिकता, शैक्षिक प्रमाणपत्रको कागजात अध्ययन गर्ने भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सभापति कर्णका अनुसार नागरिकता, शैक्षिक प्रमाणपत्र र राजनीतिक दलको सदस्य रहेको उजुरी प्रस्तावित अध्यक्ष अन्सारीमाथि परेको छ । समितिले..

    नेपाल बारको निर्वाचनका लागि उम्मेदवारी घोषणा

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरेको छ ।  सो समूहको केन्द्रीय चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो समूहको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा अधिवक्ता रक्षा बस्याल (महिला), सात प्रदेशबाट एक-एक उपाध्यक्षमा प्रदेश–१ बाट मानबहादुर रुम्दाली, प्रदेश २..

    सर्वाेच्चको न्यायाधीश पद रिक्त, अब कसको पालो ?

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिनुभएकाले अदालतमा आजदेखि सो पद रिक्त भएको छ ।  नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वाेच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपति भण्डारीसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ । वरिष्ठतम विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष आज राजीनामा दिनुभएको हो ।  संसदीय सुनुवाइ..

    मुलुकको वेथितिप्रति पशुपतिको कोशिली “लुट्न सके लुट कान्छा”

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन संसदमा प्रतिपक्षी सांसद अमरेश कुमारले पशुपति शर्मालाई आफनो मासिक तलववाट २५ हजार रुपैयाँ दिने घोषणा गरेछन् । सांसद अमरेश कुमारले उक्त घोषणा गरेलगतै सत्तापक्षका एक साँसदले पनि त्यसको प्रतिबाध स्वरुप अमरेश कुमारलाई संसदमै उक्त गीत गाएमा आफूले पनि एक महिनाको तलब नै दिने घोषणा गरेछन् । यो त भयो अहिले चर्चामा रहेको गीतमाथि संसदमा चलेको चर्काचर्की । यहि गीतमाथि..

    निर्मला हत्या प्रकरण : डीएनए परीक्षणका लागि नमुना अमेरिका पठाइंदै

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौं, ७ फागुन बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको स्रोतले बतायो ।  यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न उठाएको थियो । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि..

    कमल थापाले बालुवाटार पुगेर राजसंस्था फर्काउने चलखेल गरेका हुन् ?

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच मंगलबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र थापाबीच ‘वान टु वान’ वार्ता भएको छ । ओली र थापाबीच ४५ मिनेट लामो भेटवार्ता भएको थियो। ओली र थापाबीच भएको वान टु वान वार्तापछि थापा नेतृत्वकै टोलीले प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राप्रपाको..

    प्रजातन्त्र दिवस : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सहभागी [फोटो फिचर]

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा मंगलबार दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको..
    Weather Forecast