बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    प्रतिकूल मौसमका कारण शव सङ्कलन प्रभावित

    बुधबार, फागुन १५, २०७५ साल
    सुकेटार, १५ फागुन  प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ ।  काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसके पनि डोरीमा अड्काएर (पोको पारिएका) चार वटा शव सुकेटार विमानस्थलसम्म ल्याइएकामा अन्य शव ल्याउन कठिनाइ भएको छ । दुर्घटनास्थल ताप्लेजुङको दारेभिरमा हिउँ परेकाले थप शव ल्याउन कठिनाइ..

    अधिकारी निवासमा आफन्तजनको रुवाबासी, शव ल्याउन शुरु [फोटोफिचर]

    बुधबार, फागुन १५, २०७५ साल
    पोखरा, १५ फागुन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उहाँको निवासमा पुगेका छन् ।  दुर्घटनाको खबरसँगै स्तब्ध भएका कास्कीका बासिन्दा पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित अधिकारीको निवासमा पुगेका हुन् । शोकाकूल अवस्थामा रहेका अधिकारीका आमाबुबा एवं परिवारजनलाई सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्ताले सान्त्वना दिएका थिए । दुर्घटनाको खबरसँगै..

    ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको कारण मौसमको खराबी

    बुधबार, फागुन १५, २०७५ साल
    काठमाडौँ, १५ फागुन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिनुभयो ।  मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ..

    मेलम्ची आयोजनाको ढिलाइप्रति सरकारको ध्यानाकर्षण

    बुधबार, फागुन १५, २०७५ साल
    काठमाडौँ, १५ फागुन राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  सङ्घीय संसद्, राष्ट्रियसभाको बुधवार बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।  सांसद दिलकुमारी थापा रावलले भन्नुभयो, “अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौँसम्म किन आउन सकेन ?, किन अन्यौल भइरहेको छ, जतिसक्दो चाँडो काम सम्पन्न..

    भरतपुर महानगरमा भाडभैलो : “जागिर नदिँदा चरित्र हत्या भयो”

    बुधबार, फागुन १५, २०७५ साल
    चितवन, १५ फागुन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरी एकअर्काप्रति आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।  चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् । उपमेयर शाहले काठमाडौंमा पत्रकार सम्मेलन गरी आरोप लगाएपछि मेयर दाहालले बुधबार भरतपुर महानगरपालिकाको नियमित पत्रकार सम्मेलन भन्दै विहान कार्यक्रम राखिन् । महानगरका प्रशासकिय अधिकृत नेत्र सुवेदीलाई छेउमा राखेर मेयर दाहालले करिव डेढ..

    मौसम बदली : वर्षा र हिमपातको सम्भावना, शुक्रबारसम्म प्रभाव

    बुधबार, फागुन १५, २०७५ साल
    काठमाडौँ, १५ फागुन  पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भइरहेको बताउनुभयो..

    नेपाल-भारत सीमामा नागरिकको विवरण सङ्कलन शुरु

    बुधबार, फागुन १५, २०७५ साल
    धनगढी, १५ फागुन : तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँगै नाकामा आवागमन गर्नेहरूले यस्तो विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै कुन व्यक्ति के कामका लागि भारत गएको वा..

    ठेकेदारी गर्ने जनप्रतिनिधीलाई कारवाही : मुख्यमन्त्री पौडेल

    मंगलवार, फागुन १४, २०७५ साल
    नुवाकोट, १४ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताउनुभएको छ । विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाहीे गरिने बताउनुभयो ।  जनप्रतिनिधि भएर ठेकेदारी गर्न नपाउने भएका कारण..

    ‘मेची–महाकाली अभियान सरकार वा कुनै दल विरुद्ध होइन’

    बुधबार, फागुन १५, २०७५ साल
    बनियानी, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताउनुभएको छ ।  ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिनु यात्राको उद्देश्य रहेको बताउनुभयो ।  उहाँले प्रधानमन्त्री..

    ‘प्रदेश र स्थानीय तहको अधिकार खोसिएको छैन’

    मंगलवार, फागुन १४, २०७५ साल
    उर्लाबारी, १४ फागुन  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश र स्थानीय तहको अधिकार नखोसेको बताउनुभएको छ ।  मंगलबार दिउँसो बेलवारी नगरपालिका–११ मा चौलागाईं प्रतिष्ठान नेपालद्वारा आयोजित महायज्ञको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो भन्ने हल्ला मात्र रहेको बताउनुभयो ।  मोरङ क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका उहाँले नेपालमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि केही गर्न नसकिएको..

    ‘राष्ट्रपति होइन काँग्रेसको सभापति तथा प्रधानमन्त्री बन्ने लक्ष्य राखेको थिएँ’

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  पूर्व राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालिन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताउनुभएको छ ।  सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार र नेसनल ल कलेजका..

    बिआरआईबाट दक्षिण एशियाका जनता लाभान्वित हुने

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआई)’ परियोजनाबाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताउनुभएको छ ।  ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को संयुक्त आयोजनामा आजदेखि शुरु भएको बिआरआइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले आफू प्रधानमन्त्री हुँदा यो परियोजनामा हस्ताक्षर भएकाले आफूलाई गर्वको महसुस भइरहेको बताउनुभयो ।  उहाँका..

    सङ्घीयता अनुरुप समयमै कानुन, कार्यान्वयनमा किन ढिलाई ?

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन   नेपालको इतिहासमै यो वर्ष सबैभन्दा धेरै कानून बने । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि सङ्घीयता अनुरुप बनाउनुपर्ने र संशोधन गर्नुपर्ने धेरै कानून बनेका हुन् ।    तीनै तहको निर्वाचन सम्पन्न भए पनि सङ्घीयता अनुरुप कानून नहुँदा काम गर्न समस्या देखापर्यो । ‘कानून निर्माण वर्ष–२०७५’ नै घोषणा गरेर सरकार कानून तर्जुमा गर्न लागिपरेको हो । “कानून निर्माणमा यो ऐतिहासिक..

    महाकाली सन्धिमा किन पछी हट्दैछ भारत ? प्रमले दिए यस्तो निर्देशन !

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे छ ।  जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न सक्ने..

    बहिष्कारको चेतावनीपछि काङ्ग्रेस केन्द्रीय समिति बैठक स्थगित

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन ।  बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो । नेता पौडेलले अनुशासन समितिमा रहने व्यक्ति..

    भारत-पाकिस्तान तनाव बढेपछि नेपालमा उच्च सुरक्षा सतर्कता

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतीय वायुसेनाका विमानले बम खसालेको विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ। भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक..

    एनसेल बम काण्डमा संलग्नलाई कारबाहीको माग

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौं, १४ फागुन   प्रतिनिधिसभाका सांसदहरुले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन्।  मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले सो बम विष्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरिन्। उनले बम विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा..

    हिन्दूराष्ट्र कायम गराउन राप्रपाको मेची महाकाली यात्रा

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ ।  यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब..

    प्रतिनिधिसभा बैठक : शून्य समय - संसद् विभिन्न माग

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन सङ्घीय संसद्, प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गर्नुभयो ।  उहाँहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित प्रबन्ध गर्न, कृषिमा दिने..

    उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

    सोमबार, फागुन १३, २०७५ साल
    काठमाडौँ, १३ फागुन  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आईतबार शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ ।  सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको हो..

    चार्ल्स शोभराजको कैद छुटबारे सर्वोच्चले दियो परमादेश

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन : सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष..

    काङ्ग्रेस विधान परिमार्जनसहित पारित, सूचना विधेयकबारे चासो

    सोमबार, फागुन १३, २०७५ साल
    काठमाडौँ, १२ फागुन  नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आईतबार बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  बैठकले महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको..

    १४ एसएसपीको पदस्थापना र ९ जनाको सरुवा (सूचीसहित)

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौं १२ फागुन  गृह मन्त्रालयद्वारा १४ एसएसपीको सरुवा तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।  एसएसपी बसन्तबहादुर कुवँरलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान महाजगञ्जमा सरुवा गरिएको छ । एसएसपी मीरा चौधरीलाई दुई नम्वर प्रदेश प्रहरी जनकपुरमा पदस्थापना गरिएको छ । यसअघि चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा दरवन्दी थियो ।  मन्त्रालयको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी..

    राष्ट्रियसभा बैठक : सांसदद्वारा सरकारको ध्यानाकर्षण

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन  राष्ट्रियसभाको आइतबार  बैठकको विशेष तथा सून्य समयमा भाग लिने सांसदले मेलम्ची खानेपानी, एनसेनका टावरमा भएको आक्रमण, सार्वजनिक जग्गाको संरक्षण र असिना पानीबाट इँट्टा उद्योगमा भएको क्षतिलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै कमलाकुमारी वलीले केही दिनअघि भएको असिना पानीबाट इँट्टा उद्योगमा ठूलो क्षति भएकाले उद्योगीलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो,..

    एनसेल टावर पड्काउने जनता तर्साउने विप्लवले स्विकार्यो गल्ती !

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौं, १२ फागुन  ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको जिम्मेवारी नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ । शुक्रवार राति ६ वटा प्रदेशका २० जिल्लाका विभिन्न स्थानमा एनसेल टावर र भवनमा करीब करीब एकै समयको फेरोमा आक्रमण भयो ।  ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा राति ८ बजे भएको विस्फोटको घटनाले धेरैलाई त्रसित बनायो । सुरक्षित भनिएको राजधानी उपत्यकामै एक..

    चोरी सिकारी नियन्त्रणका लागी आवाज बुलन्द पार्दै युवाहरु

    आईतवार, फागुन १२, २०७५ साल
    कावासोती नवलपुर ,फागुन १२  चितवन राष्ट्रिय निकुञ्ज लामीचौर उपभोक्ता समिति नवलपुर अन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण ईकाइमा आवद्ध युवाहरु यतिखेर गाउँ-गाउँमा संरक्षणको आवाजलाई बुलन्द पार्दैछन् । समुदायस्तरमा संरक्षण हुनसक्यो भने मात्र दिगो हुने भन्दै अभियान्ता युवाहरु मध्यवर्ती क्षेत्रमा पर्ने अति दुर्लभ जैबिक बिबिधता तथा जनवारहरुको संरक्षण गरि यसबाट मनग्य आम्दानी गर्न सकिने भन्दै यसमा लागेका हुन् । मध्यवर्ती भित्र..

    प्रदेशबाट पुनः श्रम स्वीकृति पाएपछि युवाहरु खुशी

    आईतवार, फागुन १२, २०७५ साल
    टीकापुर, १२ फागुन प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ ।  गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महीनाको अवधिमा २५२ जनाले सेवा लिइसकेका छन् । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरु पनि खुशी भएका छन् । पहिले काठमाडौँसम्म पुगेर श्रम स्वीकृति लिन लाम लाग्नुपर्ने..

    पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा र हिमपात हुने !

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन  पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार नेपाल प्रवेश गरेको..

    नेविसंघभित्रको विवादले लियो चर्को रुप, पार्टी कार्यालयमै हात हालाहाल

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ। पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ। संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपरीत छ। संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन..

    प्रेसमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा

    आईतवार, फागुन १२, २०७५ साल
    पोखरा, ११ फागुन  नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा पुरस्कार वितरण समारोहको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले वर्तमान सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत रहेको आरोप लगाउनुभयो ।  सभापति देउवाले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा अन्योन्याश्रित भएको बताउनुभयो । वर्तमान सरकार..
    Weather Forecast