बुधबार, कार्तिक ६, २०७६

    राज्य-समाज

    नयाँ राष्ट्रिय सुरक्षा र प्रतिरक्षा नीतिको आधार तयार

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन  सरकारले नयाँ सुरक्षा नीति, प्रतिरक्षा नीति र राष्ट्रिय सुरक्षा परिषद् ऐन निर्माण गर्न नीतिगत एवं कानूनी सुधारको आधार तयार गरेको छ । रक्षा मन्त्रालयबाट एक वर्षमा सम्पादित मुख्य कार्यबारे जानकारी दिँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नयाँ राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षा नीति, २०७३ लाई पुनरावलोकन गर्न गठित समितिले..

    राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन  राष्ट्रियसभाको आइतबारको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।  सभाको आइतबारको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने..

    मौसम बदलीसँगै हल्का वर्षा र हिमपात, कहिले सम्म ?

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन  पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आइतबार पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ ।  सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही..

    भरतमोहन अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन  उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।  अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको..

    नेकपा कर्णाली प्रदेश प्रमुख सचेतकमा गुलाबजंग शाह

    शनिबार, फागुन १८, २०७५ साल
    सुर्खेत, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह नियुक्त हुनुभएको छ ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकमा नियुक्ति गर्नुभएको हो । दलको सचेतकमा प्रदेशसभा सदस्य सीता नेपालीलाई नियुक्ति दिइएको दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहीले बताउनुभयो ।  प्रमुख सचेतक शाह नियुक्त शाह वनगाड..

    ‘मौसमी बेलुन’ को नियमित उडान शुरु, विश्व बैंकको सहयोग

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन : मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ ।  मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान शुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय..

    सरकारको एक वर्ष : द्विपक्षीय श्रम सम्झौता र समझदारी प्राथमिकतामा

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन  वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको प्रमुख श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीलाई प्राथमिकता दिएको छ ।  श्रममन्त्रीका रुपमा गोकर्ण विष्टले मन्त्रालय सम्हाल्लेलगत्तै प्रमुख श्रम गन्तव्य मुलुकसँग नेपाली श्रमिकको हकहित तथा सेवासुविधा सुनिश्चित हुने गरी श्रम सम्झौता तथा समझदारी गरिने बताउनुभएको थियो ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा तत्काली नेकपा (एमाले)..

    वामदेव भन्छन् - रवीन्द्रको निर्वाचन क्षेत्रसँग नाम जोडेर चरित्र हत्या गरियो

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौं १८ फागुन  नेकपा सचिवालय सदस्य वामदेव गौतमले असमायिक निधन भएका रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन् । केही अनलाइन मिडियाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका नेकपा प्रतिनिधिसभा सदस्य अधिकारीको निर्वाचन क्षेत्रमा वामदेवले उम्मेदवारी दिने तयारी गरेको भन्दै समाचार लेखेपछि विज्ञप्ति सार्वजनिक गर्दै गौतमले आपत्ति जनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य..

    वाइडबडी प्रकरणमा अधिकारी निर्दोष थिए : प्रधानमन्त्री

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौं, १७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।  हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार..

    पर्यटनमन्त्रीको अन्त्येष्टि - श्रीमती र छोराले दिए दागबत्ती

    शुक्रबार, फागुन १७, २०७५ साल
    पोखरा, १७ फागुन  हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको यहाँको रामघाटमा शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले दागबत्ती दिनुभयो ।  दिवङ्गत अधिकारीप्रति नेपाली सेनाको एक टोलीले सलामी दिएको थियो । त्यसअघि उहाँको पार्थिव शरीर नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । हजारौँ सर्वसाधारणको..

    नेकपाको संसदीय दलद्वारा शोक प्रस्ताव पारित

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति शोक प्रस्ताव पारित गरेको छ ।  बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बसेको बैठकमा सो शोक प्रस्ताव पारित गरेको हो । नेकपाका प्रमुख सचेतक देव गुरुङले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत..

    अधिकारीको स्वास्थ्य अवस्था गम्भीर, छोराछोरीलाई नेपाल बोलाइयो

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।  गत माघ २४ गतेदेखि  धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था अझ बिग्रिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार अधिकारीको १५ दिनदेखि ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था अझ बिग्रँदो अवस्थामा रहेको बताइएको छ। ‘बिहीबारदेखि अवस्था अझ बिग्रिएको छ।’  अधिकारीलाई गत पुस २३ गते ललितपुरस्थित मेडिसिटी अस्पतालमा..

    हेलिकप्टर दुर्घटना : ४ को पशुपति आर्यघाटमा दाहसंस्कार

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार शुक्रबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो..

    शोकमा डुब्यो टुँडिखेल, जब नयाँ पुस्ताका अग्रणी नेता देशले गुमायो

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे ।  नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसहित सातजनालाई अन्तिम श्रद्धाञ्जलि दिन आएका आफन्तजन तथा..

    सङ्क्रमणकालीन न्यायमा द्वन्द्वपीडितलाई सहभागी गराउन आग्रह

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  द्वन्द्वपीडित साझा चौतारीले सङ्क्रमणकालीन न्यायको प्रक्रियामा द्वन्द्वपीडितलाई सहभागी गराउन आग्रह गरेको छ ।  चौतारीको यही फागुन १४, १५ र १६ गतेको विस्तारित बैठकले सङ्क्रमणकालीन न्याय प्रक्रियाको कार्यतालिका, विद्यमान कानूनको संशोधन, परिपूरणलगायतका नीति र आयोगको पुनःसंरचनामा द्वन्द्वपीडितलाई सहभागी गराउन आग्रह गरेको हो ।  बैठकपछि चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा ऐन संशोधन भएर करीब एक महीना बितिसक्दा पनि सरकारका तर्फबाट ठोस कदम..

    “संसद्मामा बहुमत छैन, अब सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिन्छ”

    शुक्रबार, फागुन १७, २०७५ साल
    उर्लाबारी, १७ फागुन  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताउनुभएको छ ।  पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।”  अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर..

    मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने [८ फोटो]

    शुक्रबार, फागुन १७, २०७५ साल
    पोखरा, १७ फागुन  हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।  काठमाडौँबाट शुक्रबार मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।  मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल,..

    श्रद्धाञ्जलिका लागि शव टुँडिखेलमा, राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि अर्पण

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उहाँहरुको शव टुँडिखेलमा ल्याइएको छ ।  त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।  श्रद्धाञ्जलि दिन सातै जनाको शव टँुडिखेलमा राखिएको छ । दुर्घटनामा निधन भएका..

    कांग्रेस सांसद गगन थापाको नजरमा दिवङ्गत रवीन्द्र अधिकारी

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौं, १७ फागुन ।  रवीन्द्र अधिकारीको सबभन्दा ठूलो खुबी भनेकै उनको सक्रियता थियो। आफूलाई लागेको विषयमा निरन्तर रूपमा जुधिरहने। उनलाई भित्रैदेखि त्यस्तो जाँगर आउँथ्यो। मलाई सबैभन्दा बढी याद आउने कुरा चाहिँ नेकपा एमाले पार्टी फुटेको बेलामा वामदेवजीले नेतृत्व गरेको माले पार्टी रवीन्द्र अधिकारीले नेतृत्व गरेको विद्यार्थी सङ्गठनको सक्रियतामा सिङ्गो एउटा पार्टी टिकेको, अडेको, बाँचेको अवस्था थियो। मैले उनलाई रवीन्द्र दाइ नै भनेँ..

    कैलालीको राजधानी गोदावरीमा उपयुक्त छैन : देउवा

    बिहिवार, फागुन १६, २०७५ साल
    धनगढी, १६ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताउनुभएको छ ।  नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा विहिबारआयोजिना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भन्नुभयो, “गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन ।” उहाँले वर्तमान दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाउनुभयो ।  प्रधानमन्त्री..

    टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जली सभा भोलि बिहान मात्र हुने

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौँ, १६ फागुन ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि आजै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको छ । सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ। यद्यपी सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले बिहिबारका लागि निर्धारित कार्यक्रम भोलि..

    सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन, रवीन्द्र नामकरण !

    बिहिवार, फागुन १६, २०७५ साल
    चिप्लेढुङ्गा, १६ फागुन  पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो ।  बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा–५ निवासी..

    प्रतिनिधिसभाको बैठक स्थगन, मन्त्री अधिकारीको जवाफ दिने कार्यसूची थियो

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौँ, १६ फागुन  बिहिबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहिबार एक सूचनामार्फत् बिहिबारको बैठक स्थगन भएको जानकारी दिनुभयो ।  बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले बिहिबार राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको..

    सातै जनाको शव काठमाडौं ल्याइँयो, टुँडिखेलमा श्रद्धाञ्जली दिइने [फोटा सहित]

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौं, १६ फागुन ।  हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उहाँको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।  घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको थियो..

    अध्यक्ष दाहालद्वारा मृतकका परिवारलाई भेटेर समवेदना प्रकट

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौँ, १६ फागुन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई बिहिबार बिहान भेट गरी समवेदना प्रकट गर्नुभएको छ ।  उहाँले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना प्रकट गर्नुभएको दाहालको सचिवालयले जनाएको छ ।  त्यसैगरी अध्यक्ष प्रचण्डले आजै बिहान व्यवसायी आङछिरिङ..

    मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने

    बिहिवार, फागुन १६, २०७५ साल
    पोखरा, १६ फागुन : हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ ।  कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।  मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएको हो..

    हेलिकप्टर दुर्घटना प्रकरणः जिल्ला सुरक्षा समिति बैठक जारी

    बिहिवार, फागुन १६, २०७५ साल
    सुकेटार, १६ फागुन : दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभएको छ । उहाँका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।  ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको..

    दुर्घटनाको शोकमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइँदै

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौँ, फागुन १६  : सरकारले हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत भएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । मन्त्री अधिकारीको निधनको शोकमा आज अर्थात् बिहीबार राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दुर्घटनाको समाचार लगत्तै प्रधानमन्त्रीको निर्देशनमा बोलाइएको आकस्मिक बैठकले उक्त निर्णय पारित गरेको हो । बैठकले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक..

    अस्ताए युवामन्त्री अधिकारी, यस्तो रह्यो उनको जीवन संघर्ष..

    बुधबार, फागुन १५, २०७५ साल
    पोखरा, १५ फागुन  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उहाँको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ ।  बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कस्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो । दुर्घटना र उहाँको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना सत्य सावित नहोस् भन्दै कामना गरिरहेका थिए ।..

    बिहीवार राष्ट्रियशोक ! अधिकारीको राजकीय सम्मानसाथ अन्तिम बिदाई हुने

    बुधबार, फागुन १५, २०७५ साल
    काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्याने गरी बुधवार पूर्वी नेपालको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । बैठकले भोलि अर्थात् बिहिबार राष्ट्रियशोक मनाउने निर्णय गरेको छ।   मन्त्रिपरिषद्ले दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने एवम् घटनाबारे थप यथार्थ बुझ्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत गरेको छ। संस्कृति, पर्यटन..
    Weather Forecast