मंगलवार, चैत्र २५, २०७६

    राज्य-समाज

    ओली सरकारको दुई वर्ष : सपना धेरै, उपलब्धि सुस्त

    शनिबार, फागुन ३, २०७६ साल
    काठमाडाैं ३ फागुन। २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । ओली सरकारको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ ।   यद्यपि, विकास निर्माणका धेरै आधार निर्माण हुन थालेको दाबी सरकारको छ । यस्तै, यस अवधिमा मुलुकमा सुशासनका लागि मानकको थालनी भएको दाबीसमेत सरकारी पक्षको छ..

    महाकालीवासीको पीडाः वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

    शनिबार, फागुन ३, २०७६ साल
    काठमाडाैं ३ फागुन। चौबिस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरुको इच्छा अझै अधुरै छ । महाकाली नगरपालिकाका किसानले अहिलेसम्म आफ्नै घर आँगनमा बगिरहेको महाकालीको पानी सिँचाइ गर्नका लागि प्रयोग गर्न नपाएकोमा निकै चिन्तित छन् ।   “राज्यले पहल नगर्दा हामी दशकौँदेखि सिँचाइ सुविधाबाट वञ्चित भएका छौँ”,  महाकाली..

    चीनबाट फर्किएका नेपालीलाई आमाबाबुसँग भेट्न नदिइने

    शुक्रबार, फागुन २, २०७६ साल
    काठमाण्डौ, २ फागुन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चीनको वुहानबाट नेपाली ल्याउने तयारी पूरा भएको छ । स्वास्थ्य मन्त्रालयले नेपाली सेना, शहस्त्र प्रहरी, नेपाल प्रहरीसहित चिकित्सक टोलीको संयुक्त प्रयासमा वुहानबाट नेपालीलाई ल्याइने जनाएको छ । नेपालीलाई ल्याउनका लागि नेपाल एयरलाइन्सको विमान शनिबार जाने भएको छ । कोरोनाको संक्रमण अन्यत्र फैलन नदिन र वुहानबाट आएकाहरुको उपचारको ख्याल गर्दै उनीहरुलाई छुट्टै ठाउँमा राखिने स्वास्थ्य..

    परराष्ट्रमन्त्री ज्ञवाली बंगलादेश जाने

    शुक्रबार, फागुन २, २०७६ साल
    काठमाडौं, २ फागुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने बंगलादेशको भ्रमणको सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमणमा परराष्ट्र सचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी हुनेछन्। भ्रमणका बेला बंगलादेशका समकक्षीसँग उनले द्विपक्षीय वार्ता गर्ने परराष्ट्र..

    चीनका नेपालीलाई शरीरको तापक्रम जाँचेर मात्रै पठाइने

    शुक्रबार, फागुन २, २०७६ साल
    काठमाडौं, २ फागुन चीनको वुहान, जहाँ कोरोना भाइरस संक्रमणको चर्को असर छ । त्यस क्षेत्रका नेपालीलाई नेपालले फिर्ता गर्ने तयारी गरेको छ । चीनले भने ती नागरिकको शरीरमा ३७ दशमलब ३ डिग्री सेन्टिग्रेड भन्दा बढी भएको पाइएमा स्वदेश फर्कन नदिने जनाएको छ । बेइजिङस्थित नेपाली दूतावासलाई चीन सरकारले यस्तो संकेत दिइसकेको हो । हुबेइ प्रान्तमा रहेका एक सय ८२ नेपालीलाई स्वदेश फर्काउने..

    चीनले दियो उहानबाट १ सय ८२ जना उद्धार गर्न नेपाललाई ‘फ्लाइट क्लियरेन्स’

    शुक्रबार, फागुन २, २०७६ साल
    काठमाडौं, २ फागुन चीनले कोरोना भाइरस (कोभिड-१९) प्रभावित हुबेई प्रान्तको राजधानी उहानमा रहेका १ सय ८२ नेपालीलाई उद्धार गर्नका लागि नेपाललाई ‘फ्लाइट क्लियरेन्स’ (उडान अनुमतिपत्र) दिएको छ। बेइजिङस्थित नेपाली दूतावासले बिहीबार बिहान नेपालले पठाएको ‘फ्लाइट डिटेल’ (उडान विवरण) सहितको पत्र चिनियाँ विदेश मन्त्रालयमा बुझाउँदै उडान अनुमति मागेको थियो। पत्र बुझाएको ३६ घण्टापछि स्थानीय समयानुसार शुक्रबार साँझ चीनले नेपाललाई उद्धार गर्न उडान अनुमति दिएको..

    प्रधानमन्त्रीको संसद संबोधन : सरकारको दुई वर्षे समिक्षा

    शुक्रबार, फागुन २, २०७६ साल
    काठमाडौं, २ फागुन । सरकार बनेको दुईवर्षको अवधिमा भए गरेका कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हाे ।  आज २ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने उल्लेख गरिएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि सरकार बनेको दुई वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्न..

    प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

    बिहिवार, फागुन १, २०७६ साल
    ‌काठमाडौं, १ फागुन नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ। बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेसले नेकपा अध्यक्ष दाहालले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अर्थहीन ढंगले प्रस्तुत गरेको भन्दै आपत्ति जनाएको हो। २५ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम..

    माओवादी सशस्त्र विद्रोह सुरुआतको २५ वर्षः विद्रोहको औचित्यमाथि प्रश्न

    बिहिवार, फागुन १, २०७६ साल
    काठमाडौं, फागुन १ मार्क्सवादी विज्ञानको चुरोका आधारमा चलेको भनिएको १० वर्षे माओवादी सशस्त्र युद्धको स्मरणमा तत्कालीन माओवादीले मात्र मनाउँदै आएको जनयुद्ध दिवस बिहीबार नेकपा एकतापछि संयुक्तरुपमा दोस्रोपटक मनाइएको छ । तर, नेपालको सामाजिक, आर्थिक, राजनीतिक तथा कूटनीतिक क्षेत्रमा कहिल्यै नमेटिने द्वन्द्वको घाउ खाटा बस्दा नबस्दै राज्यविरुद्धको विद्रोहमा हतियार उठाएकाहरु भने अहिले छिन्नभिन्न अवस्थामा छन् । बृहत् शान्ति सम्झौतापछि जारी सशस्त्र युद्धमा पूर्णविराम लागेको..

    माओवादी समाप्त हुने डरले शान्ति प्रकृयामा आयाैं : प्रचण्ड

    बिहिवार, फागुन १, २०७६ साल
    काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । उनले भने, 'शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको हाे।' पेरु, श्रीलंका, भारतलगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको चर्चा गर्दै उनले माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको र नगराइएको भए समाप्त हुने बताएका हुन् । अहिले कतिपयले..

    भ्रष्टाचार मुद्दामा ‘फरार’ गच्छदारलाई प्रहरीबाटै १३ सहयोग

    बिहिवार, फागुन १, २०७६ साल
    काठमाडाैं १ पुष। बालुवाटार जग्गा अनियमितता प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारलाई अख्तियारले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको छ । कानुनी रूपमा फरार रहेका उनको सेवामा नेपाल प्रहरीका १३ जना खटिएका छन् । उनको घरमा खाना पकाउनेदेखि गाडी चलाउनेसम्म प्रहरी छन् । पूर्वगृहमन्त्रीको हैसियतमा उनले यसरी सुरक्षाकर्मीको दुरुपयोग गरेका हुन् । भ्रष्टाचार मुद्दा दायर भइसकेपछि पनि उनको घरमा खटिएका प्रहरीलाई..

    यस्ताे छ, बिहीबार काठमाण्डौमा तरकारीको मुल्यसुचि

    बिहिवार, फागुन १, २०७६ साल
    काठमाडाैं १ पुष। आज बिहीबार काठमाण्डौमा  सबै भन्दा बढि उच्च मुल्यमा सेलरी र पार्सल प्रतिकिलो ४५० मा किनबेच भइरहेको छ। यस्तै  कालीमाटी तरकारी बजारका अनुसार आज सबैभन्दा कम मुल्य प्रतिकिलो ४० रुपैयामा सेतो मुला ,काउली तराई ५० रुपैया प्रतिकिलो,गाजर तराई प्रतिकिलो४० रुपैया,गोलभेडा ४० रुपैया प्रतिकिलोमा  किनबेच भइरहेको छ । कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य..

    चीनकाे वुहानबाट शनिबार राति काठमाडौँ उड्नेछन् १ सय ८७ नेपाली

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडौँ, २९ माघ  नेपालले चीन वुहानस्थित कोरोना प्रभावित क्षेत्रबाट उद्धार गर्ने नेपालीहरुको लागि शनिबार दिउँसो ४ बजेर ४५ मिनेटमा उडानका लागि प्रस्ताव गरेको छ। बुधबार नेपालले चिनियाँ पक्षलाई उद्धार उडानका लागि विस्तृत विवरण पठाउँदै त्यससम्बन्धी दिउँसो पौने ५ बजे (चिनियाँ समयअनुसार साँझ ७ बजे) समय प्रस्ताव गरेको हो। चीनले उद्धार उडानका लागि तीन दिनअघि नै बिस्तृत विवरण पठाउन नेपाललाई आग्रह गरेको थियो।..

    पूर्वसचिव कार्कीकी श्रीमती मृत्यु प्रकरण, मृतकका परिवारबाट प्रहरीमा जाहेरी

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडौँ, २९ माघ  पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।  पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । उनका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह..

    सिन्धुपाल्चोकको गुम्बागाउँमा फैलिएको सामान्य रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

    बुधबार, माघ २९, २०७६ साल
    काठमाण्डाै, २९ माघ  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा फैलिएको संक्रमण मौसमी फ्लु भएको जनाएको छ । गुम्बागाउँमा अहिलेसम्म २ सय जनाजति संक्रमित भएका र उनीहरुमा सामान्य रुघाखोकी तथा ज्वरोको समस्या रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । गएको २३ गतेदेखि अहिलेसम्म संक्रमण देखिएको तर गम्भीर तथा अस्पताल राख्नुपर्ने अनि ज्यानै जानेगरी भयावह अवस्था नआएको उहाँको भनाइ..

    एमसीसी संशोधन: अमेरिकाकाे असमझदारी

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडाैं २९ माघ। अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन्। कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए– ‘अबको परिवर्तन अमेरिकालाई मान्य हुँदैन।’ सत्तारुढ दल..

    फागुन ३ मा चीनबाट नेपाली ल्याइने

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडाैं २९ माघ। कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते..

    फलफूल तथा तरकारी किन्दै हुनुहुन्छ ? यस्ताे छ आजको मुल्यसुची

    बुधबार, माघ २९, २०७६ साल
    काठमाडाैं २९ माघ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले माघ २९ गतेको फलफूल तथा तरकारीको मुल्य सूची सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मुल्य सूची अनुसार आजको फलफूल तथा तरकारीको मुल्य यसप्रकार रहेको छ ।      दैनिक थोक मूल्य विवरण माघ  २९, २०७६ कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८ ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८ गोलभेडा सानो के.जी. १० १५ १२ गोलभेडा सानो(टनेल) के जी १० १५ १२ गोलभेडा सानो(भारतीय) के जी २० ३० २५ गोलभेडा सानो(तराई) के जी १५ २० १८ अालु रातो के.जी. ३५ ३८ ३६ आलु रातो(भारतीय) के जी ३३ ३५ ३४ प्याज सुकेको भारतीय के.जी. ७२ ७५ ७३ गाजर(लोकल) के.जी. ३० ३५ ३३ गाजर(तराई) केजी २० ३० २५ बन्दा(लोकल) के.जी. २५ ३० २८ बन्दा(तराई) केजी २५ ३० २८ बन्दा(नरिवल) केजी २५ ३० २८ काउली स्थानिय के.जी. २५ ३० २८ स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८ काउली तरार्इ के.जी. १५ २० १८ मूला सेतो(लोकल) के.जी. १५ २० १८ सेतो..

    भ्रष्टाचारमा निर्लज्जता थपिएको छ: प्रधानमन्त्री ओली

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौँ, २८ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रशंसा गरेका छन्। मंगलबार आयोगको २९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले आयोगले पछिल्लो समयमा उल्लेख्य सफलता पाएको बताएका छन्। आयोगले हालै ललिता निवास जग्गा प्रकरणमा तीन जना पूर्व मन्त्रीसहित १७५ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। सो प्रशंगलाई उल्लेख्य उपलब्धिका रुपमा प्रधानमन्त्रीले चर्चा गरेका हुन्। उनले भने, ‘मेरो विचारमा अख्तियारले केही महत्वपुर्ण..

    मुना कार्कीको अन्त्येष्टि छोरीहरू नेपाल आएपछि मात्र

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौँ, २८ माघ पूर्वसचिव अर्जुन कार्की पत्नी मुनाको शव अन्त्यष्टिको टुङ्गो लागेको छैन। अध्ययनका सिलसिलामा विदेशमा रहेका दुई जना छोरी आइनपुगेपछि कहिले शवको अन्त्यष्टि गर्ने भन्ने टुङ्गो नलागेको हो। कार्की दम्पत्तीको एक छोरी संयुक्त राज्य अमेरिका र एक जना अस्ट्रेलियामा छन्। छोरा भने घरमै छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष तामाङका अनुसार दुवै जना छोरी चाँडै नेपाल आइपुग्ने..

    हल्लैहल्लाबीच ४ महिना २५ दिनका लागि नयाँ आईजिपी

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौँ, २८ माघ सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले एकैपटक प्रहरी निरिक्षक-इन्सपेक्टर पदका लागि प्रतिस्पर्धा गरेका थिए। तर ज्ञवालीको नाम निस्कियो-वैकल्पिकमा। खनाल २०४६ साल माघ २९ गतेदेखि लागु हुने गरि नेपाल प्रहरीमा प्रहरी निरिक्षक पदमा नियुक्त भए। एक वर्षभित्र दरबन्दी रिक्त भए वैकल्पिकले अवसर पाउँथे। यही कारण ज्ञवालीले पनि अवसर पाए तर खनालले जागिर सुरु गरेको करिब पाँच महिनापछि। ज्ञवालीसहित वैकल्पिक सूचीका केही उमेद्धवारले..

    नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौं, २८ माघ । प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे  उमेर हदका कारण अवकाश पाउने भएपछि नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। ठाकुर ज्ञवाली मंगलबार २७ औं प्रहरी महानिरीक्षक भएका हुन् । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले डिआइजी ज्ञवालीलाई आइजिपी बनाएको हो। आजकै मितिदेखि आइजिपी खनालसँगै तीन एआईजी र १८ डिआइजीले एकैपटक सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । प्रदेश नम्बर..

    अख्तियारका प्रमुख आयुक्तविरुद्ध महाअभियोग लगाउन माग

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौं, २८ माघ । समाजवादी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध महाअभियोग लगाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको विषेश समयमा बोल्दै समाजवादी पार्टीकी सचेतक सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा राजनीतिक प्रतिसोधपूर्ण रहेको भन्दै महाअभियोग लगाउनसक्ने व्यवस्थाको प्रयोग गर्न कांग्रेसलाई सुझाव दिएकी हुन् । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइएको स्मरण..

    सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम गर्दैन : प्रधानमन्त्री

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम नगर्ने बताएका छन् । निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने  बताएका हुन् । प्रधानमन्त्री ओलीले उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्न आग्रह गर्दै सरकार सदैव सहयोग गर्न तयार रहेकाे बताए । सत्ताका स्वार्थका लागि मुलुकका कुनै पनि..

    मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडाैं २८ माघ। मेलम्चीको पानी असारसम्म काठमाडौं ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको हो । मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रोले कामलाई तीव्र बनाएको मेलम्ची खानेपानी विकास समितिका..

    मसानघाटकाे जग्गामा पनि प्लटिङ

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडाैं २८ माघ। बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाटसमेत बाँकी राखेन । उनीहरुले किर्ते गरेर मसानघाटको जग्ग प्लटिङ गरेको पाइएको छ । आयोजनासँगै बारा भित्रिएका भूमाफियाहरुले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गसमेत किर्ते गरेर बेचबिखन..

    अध्यक्ष दाहाल भन्छन: त्रिदेशीय साझेदारीको खाँचो छ

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडाैं २८ माघ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताएका छन् । सोमबार नुवाकोटको विदुर नपा–७ तुप्चेमा आयोजित पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको ६१ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उक्त भनाइ राखेका हुन् । “रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाए..

    कांग्रेसले संसद खोल्ने, अख्तियार सरकारको दबाब र प्रभावमा परेको ठहर

    सोमबार, माघ २७, २०७६ साल
    काठमाडौँ, २७ माघ प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले ललिता निवास प्रकरणमा अख्तियारले सरकारको दबाब र प्रभावमा मुद्दा दायर गरेको निष्कर्ष निकालेको छ। कांग्रेसले लगातार केही दिनदेखि अवरुद्ध संसद बैठक मंगलबारदेखि खोल्ने सहमति पनि गरेको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार कांग्रेसले अवरुद्ध संसद भोलि मंगलबारदेखि खोल्ने सहमति गरेको हो। केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा अख्तियारले ललिता निवास प्रकरणमा..

    गच्छदारले भने - प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको हुँ

    सोमबार, माघ २७, २०७६ साल
    काठमाडौं, २७ माघ  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको जग्गा प्रकरणका बारेमा आफूले प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको बताएका छन् ।  कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा करिब एक घण्टा बोलेका उपसभापति गच्छदारले आफूलाई पूर्वाग्रह राखेर फसाएको दाबी गरेका छन् । गच्छादारलाई उदृत गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले भने, "सरकारले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई फसाएको छ । प्रधानमन्त्रीकै निर्देशनमा..

    गच्छदार विरुद्धको मुद्दा राजनीतिक र कानुनीरुपमा सामना गर्छौंः शर्मा

    सोमबार, माघ २७, २०७६ साल
    काठमाडौं, २७ माघ  नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानूनी रुपमा सामना गर्ने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानूनी दुवै ढंगले सामना गर्ने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए। उनले बलुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छाया बनेको निष्कर्ष कांग्रेसको..
    Weather Forecast