सोमबार, मंसिर २, २०७६

    राज्य-समाज

    निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नुस् : आयोग

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर । निर्वाचन आयोगले यही मङ्सिर १४ गते उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न-नगराउन निर्देश गरेको छ । निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६-७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारीलगायतका  कार्यक्रममार्फत योजना छनोट र बजेट बाँडफाँट नगर्न भनेको हो । आयोगद्वारा जारी प्रेस..

    भारत अतिक्रमित कालापानीको 'कहानी' : ‘नेपाली अस्तित्व' गुमाएका ४ गाउँ !

    सोमबार, मंसिर २, २०७६ साल
    काठमाडौँ, २ मङ्सिर । भारतले २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापनी (लिम्पयाधुरा र लिपुलेकसमेत) क्षेत्रसमेत आफ्नोतिर पार्ने कदमले नेपाली सीमा अतिक्रमणका कथा एकपल्ट पुनः सहतमा आएका छन् । कहानी हो भारत अतिक्रमित कालापानी, जहाँका चार गाउँले नेपाली अस्तित्व गुमाएका छन् । कुटी, नावी, गुन्जी र गर्ब्याङ जुन अहिले भारतीय प्रशासनको अतिक्रमणमा छन्, ती नेपाली गाउँ !   काली नदी..

    डोजर प्रकरण : चालक जेल चलान

    आईतवार, मंसिर १, २०७६ साल
    बैतडी, १ मङ्सिर जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आज आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिनुभयो..

    नेकपा सचिवालय बैठक : प्रवास समन्वय कमिटी इञ्चार्जमा पाण्डे

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इञ्चार्जमा वृन्दा पाण्डेलाई चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै पाण्डेलाई इञ्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो । त्यस्तै कमिटीको अध्यक्षमा युवराज चौलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा रुकु विकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि पार्टी..

    उपनिर्वाचनले पनि नेकपाको पक्षमा जनउभार ल्याउँछ : प्रचण्ड

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यका साथ आफूहरुले पार्टी एकता गरेको पुनःस्मरण गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उहाँले राष्ट्रिय आवश्यकताका आधारमा गरिएको एकतालाई जीवन्त बनाउन र आम जनताको बीचमा लैजान युवालाई आग्रह गर्नुभयो । उहाँले एकीकृत पार्टीलाई थप समृद्ध बनाएर लैजान युवा नेतृत्वले विशेष..

    कालापानी नेपालको भूभाग हो : माधवकुमार नेपाल

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताउनुभएको छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको भएको उहाँले उल्लेख गर्नुभयो ।    “सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल नेपाली भूमि फिर्ता ल्याउनुपर्छ”, नेता नेपालले भन्नुभयो । नेपाल वैकल्पिक अध्ययन समाजले आज यहाँ..

    सोमबार मन्त्रिपरिषद् पुनगर्ठन हुँदै ! नामहरु अझै टुंगो लागेन

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौं, १ मंसिर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्य भन्छन्, ‘नामहरु टुंगो लागेको छैन । भोलि विहानसम्म तय होला ।’..

    उपनिर्वाचन २०७६ : स्थानीय तहका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर । स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मङ्सिर १४ गते शनिवार हुने  उपनिर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ । स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूूर्यप्रसाद गौतमले जानकारी दिनुुभयो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारबाट निर्वाचन प्रचार प्रसार शुुरु भएको छ । स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका..

    सरकार कालापानीबाट भारतीय फौज फिर्ता गराउन र मिचिएका भू–भाग फिर्ता लिन सक्षम छ : प्रधानमन्त्री

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सेना कालापानीबाट फिर्ता लैजान भारतलाई आग्रह गर्नुभएको छ । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतीय फौज कालापानीबाट फिर्ता गराउन र अतिक्रमित भूमि फिर्ता लिन सक्षम समेत रहेको जिकिर गर्नुभयो ।  नेपालको एक इञ्च भूमि पनि कसैलाई मिच्न नदिने बताउँदै प्रम ओलीले भारतलाई कालापानीबाट आफ्नो..

    प्रधानमन्त्री ओली र क्रिकेटर सचिन तेन्दुलकरबीच भेट

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए । आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन् ।   युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन् । तेन्दुल्करले बालबालिकाको अधिकार..

    पोलिटव्यूरो गठन गर्दै नेकपा, १४७ सदस्यीय पोलिटव्यूरोमा को–को ?

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर एकताको १८ महिनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोलिटब्यूरो गठन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे डाकिएको सचिवालय बैठकले पोलिटब्युरो गठन गर्न लागेको स्रोतले जानकारी दिएको छ ।  पार्टी एकता भएको १८ महिना पूरा भइसक्दा पनि नेकपाका सबै कमिटीहरु पूर्ण बन्न सकिरहेका छैनन् । नेकपाको पार्टी विधानमा नै कुल केन्द्रीय सदस्य संख्याको एक तिहाइ सदस्य..

    मेडिकल कलेज विद्यार्थीको रगत चुस्ने लामखुट्टे : प्रधानमन्त्री ओली

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर आइतबार राजधानीमा भएको राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मेडिकल कलेजले विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्नुपर्ने बताएका छन् ।  उनले भने, “सरकारले कर लागतलाई हेरेर पहिलाको रकममा मूल्यवृद्धि गरे पनि त्योभन्दा बढी रकम असुलेको देखिएको छ ।” मेडिकल कलेजहरुले लामखुट्टे बनेर विद्यार्थीको रगत चुस्ने भाडो बनाएका छन्, त्यस्तो गर्नु नहुने उनले टिप्पणी गरे..

    उपनिर्वाचनमा ४ हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चांैडी नगरपालिका–४ मा मङ्सिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।   मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जिल्ला निर्वाचन..

    कालापानी लगायतका सीमाको सुरक्षा गर्न पूर्वाधार र जनशक्तिको अभाव छ : सशस्त्र प्रहरी

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौं, १ मंसिर ।  सशस्त्र प्रहरीले भारतीय अतिक्रमणको चपेटामा परेको कालापानी लगायतका क्षेत्रको सुरक्षामा खटिन आफूहरु तयार रहेको तर त्यसका लागि स्रोत साधन, पूर्वाधार र जनशक्तिको अभाव रहेको स्पष्ट पारेको छ ।  आहा खबरसँग कुरा गर्दै सशस्त्र प्रहरीका प्रवक्ता सुरज कुमार श्रेष्ठले भन्नुभयो, "२०५८ को ऐनमै स्पष्टसँग सशश्त्रलाई सीमा नाकाको रक्षा गर्न खटाइने भन्ने उल्लेख भएकाले हामीलाई अन्य कुरा भन्दा पनि स्रोत..

    ‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर ।   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ ।   काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान मत्वपूर्ण हुने उल्लेख गर्नुभयो । पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी सङ्गठन तत्पर रहेको उल्लेख गर्दै प्रहरी..

    मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

    आईतवार, मंसिर १, २०७६ साल
    ठिनी, १ मङ्सिर राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ ।  जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो ।  प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्ने निर्णय गरेको..

    भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

    शनिबार, कार्तिक ३०, २०७६ साल
    चितवन, ३० कात्तिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गर्नुभएको छ । नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उहाँले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पु¥याइदिन उहाँले आग्रह गर्नुभएको हो ।  नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको..

    उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिएको छ ।  निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।..

    निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको छः देउवा

    शनिबार, कार्तिक ३०, २०७६ साल
    धनगढी, ३० कात्तिक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले  आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ कैलालीले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा अचारसंहिताको अक्षरशः पालना हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार जनभावना विपरीत गएको आरोप लगाउँदै उहाँले यसको विरुद्धमा सशक्त भएर काम..

    भारतले राखेको बोर्ड उखेलेर फ्याँकियो, नेपालको झन्डा फहराइयो

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।  पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध..

    समाजवादी पार्टी सरकारबाट तत्काल नबाहिरिने

    शनिबार, कार्तिक ३०, २०७६ साल
    रौतटह, ३० कात्तिक समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । संघीय परिषद् र केन्द्रिय सदस्यहरुले संविधान संसोधन प्रक्रिया अघि नबढेको भन्दै सरकारबाट बाहिरिन दिएको सुझाव वेवास्ता गर्दै समाजवादीले सरकारमै रहेर संविधान संसोधनको विषय कार्यान्वयन गर्न थप प्रयास गर्ने भएको छ । यदि उक्त प्रक्रिया अघि नबढे त्यसपछि मात्र सरकार छोडेर आन्दोलन गर्ने भएको हो । बिहीबार (कात्तिक २८) बसेको संघीय परिषद् र शुक्रबार..

    अन्तत जेलमै पुगे आलम, वरिष्ठ वकिलको पनि केहि चलेन !

    शनिबार, कार्तिक ३०, २०७६ साल
    रौतटह, ३० कात्तिक रौतटह जिल्ला अदालतको इतिहासमा पहिलो पटक देशका वरिष्ठ कानुन व्‍यवसायीले वकालत गरेको यो नै पहिलो घटना हुनुपर्छ। कानुनतर्फका सम्पूर्ण शक्ति नै रौतहटमा होमिएको थियो।  रौतहटको राजपुरमा बम विष्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित संसद महमद अफताब आलमको तर्फबाट पूर्व-महान्याधिवक्तादेखि नेपाल बारका पूर्व २ अध्यक्ष तथा अन्य वरिष्ठ कानुन व्‍यवसायीले वकालत गरेका थिए। तर पनि आलमलाइ जेल..

    वाग्मती सफाइ महाअभियानमा पाँच दूतावासका प्रतिनिधि उपस्थित !

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक वाग्मती सफाइ महाअभियानमा नेपालस्थित पाँचवटा राजदूतावासका प्रतिनिधि पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका छन् । वाग्मती सफाइ महाअभियानको ३४०औँ हप्तामा थापाथली पुलपारी ललितपुरतर्फको नदी क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अमेरिका, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधि सहभागी भएर सक्रियता देखाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।  सफाइमा २५ वटा संस्थाका ७००..

    स्वास्थ्य फलोअपका लागि प्रधानमन्त्री ग्रान्डी अस्पतालमा, पिसाब नलीमा राखिएको ‘स्टेन्ट’ निकालिने

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक  प्रधानमन्त्री ओली नियिमित स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल  पुगेका छन् । आहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच भइरहेको र उनी आजै बालुवाटार  फर्कने सचिवालयका एक सदस्यले बताए । ‘बाहिर हल्लामा आएजस्तो डायलासिस गर्ने भन्ने होइन’, ती सदस्यले  भने, ‘फ्लोअपका लागि जानुभएको हो, आजै निवास फर्कने कार्यक्रम छ।'प्रधानमन्त्री ओलीको मिर्गौलामा राखिएको स्टेन्ट निकाल्ने र अन्य जाँच पनि हुने जनाइएको छ । पिसाब..

    ७२९ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण, प्रचारप्रसार तीव्र

    शनिबार, कार्तिक ३०, २०७६ साल
    बाँके, ३० कात्तिक । सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक सङ्घीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।  बाँकेमा कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । दलहरुले उपनिर्वाचनको प्रचारप्रसार तीव्र बनाएका छन् । निर्वाचन..

    सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ ।  महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा..

    प्रधानमन्त्रीको ग्रान्डी हस्पिटलमा तेस्रो डायलासिस आज

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौं, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक डायलासिस हुन लागेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागेको हो । यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि..

    महरासँगै आलम !

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौं, ३० कार्तिक  जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई शनिबार काठमाडौं ल्याइने भएको छ । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको उनलाई डिल्लीबजार सदरखोर कारागारमा राखिने प्रहरी स्रोतले जनाएको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई काठमाडौं ल्याउन लागेको बताएको हो। १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहम्मद अफताब..

    स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    काठमाडौँ, २९ कात्तिक   निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य आज सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष..

    बम काण्डका आरोपित आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    रौतहट, २९ कात्तिक   रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएपछि आज जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।    मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जना कानून व्यवसायीहरुले बहस गरेका..
    Weather Forecast