शुक्रबार, आषाढ २६, २०७७

    राज्य-समाज

    म्याग्दी पहिरो अपडेट: ३ जनाको मृत्यु, ३१ बेपत्ता

    शुक्रबार, आषाढ २६, २०७७ साल
    पोखरा, २६ असार । लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । रघुगंगा गाउँपालिका- ६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता..

    भदौबाटै बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा आउने

    शुक्रबार, आषाढ २६, २०७७ साल
    काठमाडौं, २६ असार । सरकारले आउँदो भदौबाट बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउने तयारी गरेको छ । पेमेन्ट गेट-वेका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले भदौबाट सञ्चालनमा ल्याउन सकिने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा प्रविधि प्रत्रकार मञ्च नेपालले शुक्रबार आयोजना गरेको वेबनार कार्यक्रममा बोल्दै पौडेलले यसबारेको पछिल्लो अपडेट गराएका..

    सरकारले अनुमति दिए पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक बस्दै

    शुक्रबार, आषाढ २६, २०७७ साल
    काठमाडौं, २६ असार । सरकारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यस्ता सवारीसाधन गुडेका छैनन् । ब्यवसायीका माग बेवास्ता गर्दै सरकारले एकहोरोरूपमा बिहीबार निर्णय सुनाए पनि आजैदेखि गाडी कुदाउने अवस्था नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । ‘सरकारले निर्णय त गर्‍यो तर ४ महिनादेखि थन्किएर बसेका गाडी एक्कासी सडकमा निस्कने अवस्था छैन,’ महासंघका वरिष्ठ..

    नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित

    शुक्रबार, आषाढ २६, २०७७ साल
    काठमाडौं, २६ असार । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत..

    ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको 'ज्योतिष' अर्जुन क्षत्री पक्राउ

    शुक्रबार, आषाढ २६, २०७७ साल
    काठमाडौँ, २६ असार । ‘ज्योतिष’ अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।  आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो ।  स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए..

    ९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षणनै छैन

    शुक्रबार, आषाढ २६, २०७७ साल
    काठमाडाैं, २६ असार। नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएका ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । पछिल्लो तथ्यांकअनुसार ०.३ प्रतिशत (एक हजार जनामा तीन जना) संक्रमितमा मात्रै लक्षण देखिएको छ । यो तथ्यांक मुलुकमा हालसम्म देखिएको १५ हजार ७८२ जना संक्रमितको तथ्यांकमा आधारित हो । लक्षण नदेखिएका व्यक्तिहरू सामान्यजस्तै अवस्थामा हुने भएकाले प्रयोगशाला परीक्षण नगर्दासम्म संक्रमणबारे थाहा हुँदैन । ‘पछिल्लो तथ्यांकले मुलुकमा प्राय:जसो..

    म्याग्दीमा पहिरोले घर बगाउँदा दुई परिवारका ७ जना बेपत्ता

    शुक्रबार, आषाढ २६, २०७७ साल
    बेनी ,२६ असार । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । भिरालो..

    नेपालमा भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाइएको हो। च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए। शर्माले विदेशी न्युज च्यानल..

    'सरिता गिरीको विषयमा मोहना अन्सारीको टिप्पणी खेदजनक'

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ। अन्सारीले यही असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकामा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन्। आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति..

    आजदेखि भारी वर्षाः ‘हाई अलर्ट’मा सरकार

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा (हाई अलर्टमा) रहेको छ। राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ। आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर..

    सडक प्रदर्शन रोक्न नेकपाका दोस्रा तहका नेताहरुको अपिल

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको विवाद मिलाउन दोस्रो तहका नेताहरुले फेरि सक्रियता बढाएका छन्। नेकपाका दोस्रो तहका नेताहरुले बिहीबार सिंहदरबारमा दोस्रो पटक छलफल गरेका छन्। उनीहरुले सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न नेतृत्वसँग माग गरेका छन्। छलफलमा नेताहरुले सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोप र सडक प्रदर्शनले वातावरणलाई थप बिगार्नेप्रति चिन्ता व्यक्त गरेका छन्। छलफलमा सहभागी नेकपा नेता टोपबहादुर रायमाझीका अनुसार..

    जसपाले पायो निर्वाचन आयोगबाट आधिकारिकता, केन्द्रीय अध्‍यक्षमा ठाकुर र यादव

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ। जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो। आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएका छ। गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने..

    उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा

    बिहिवार, आषाढ २५, २०७७ साल
    मेलम्ची। सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी-पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले बाह्रबिसे नगरपालिका-५ स्थित जम्बु खोलामा गएराति आएको बाढी-पहिरोमा परी घाइतेहुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताए। सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी..

    सरिता गिरीको सांसद पद रिक्त

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। संघीय संसद् सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ। समाजवादी पार्टीले संसद् गिरीलाई पार्टीको सबै जिम्मेबारीबाट हटाइएको पत्र संसद् सचिवालयलाई दिएपछि सांसद गिरीलाई पदमुक्त गरिएको हो। संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद् सचिवालयले जनाएको छ। समाजवादी पार्टीका प्रमुख सचेतकले सांसद गिरीलाई प्रतिनिधिसभा सदस्य पदबाट हटाउने पार्टीले..

    'भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोजिन्छ'

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ। सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए। सञ्चारकर्मीले नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए। खतिवडाले मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताए।..

    सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय, यस्ता छन् मापदण्ड

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं। सरकारले आवश्यक सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन गर्न दिने भएको छ। सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक सवारी सञ्चालन गर्न दिइने भएको हो। लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर एकबाट अर्को जिल्लामा चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन। काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिइने र अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय..

    ८ जना प्रहरीको हत्यामा संलग्न डन विकास दुबे पक्राउ

    बिहिवार, आषाढ २५, २०७७ साल
    एजेन्सी। भारतको कानपुरमा ८ प्रहरीको हत्यामा संलग्न मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन् । उनलाई प्रहरीले मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरेको हो ।  प्रहरीले उनी पक्राउ परेको जानकारी दिए पनि त्यसबारे थप जानकारी दिन अस्वीकार गरेको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउ परेको पुष्टि गरेका छन् । दुबेलाई पक्राउ गर्नु मध्यप्रदेश प्रहरीको ठूलो सफलता भएको उनको भनाइ छ..

    नवनियुक्त आईजीपी शैलेश क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं, २५ असार । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गृहसचिव महेश्‍वर न्यौपानेले क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले क्षेत्रीलाई नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । थापाले आजबाटै कार्यभार सम्हाल्नेछन् ।..

    धुलिखेलबाटै फर्कियो सभामुखलाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडाैं, २५ असार । सभामुख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ। प्रतिकूल मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ। गए राती सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएको भन्दै सभामुख सापकोटा सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबीसेतर्फ उडेका थिए। ‘सभामुखसहितको टोली बाह्रबीसेका लागि हेलिकप्टरमा उडेकोमा अनुकूल मौसम नहुँदा धुलिखेलको आकाशबाट फर्किनुपर्‍यो। अनुकूल मौसम पर्खंदै छौं,’..

    बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडाैं, २५ असार । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरू अवस्था बुझ्र सभामुख अग्नि सापकोटासहितको टोली हेलिकोप्टरमार्फत् त्यसतर्फ जाने भएको छ । सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारीमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  बाह्रबिसे नगरपालिका-५ जम्बुमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना बेपत्ता भएका छन् । बाढीले अरनिको राजमार्गमा समेत क्षति पुर्‍याएको..

    कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला

    बिहिवार, आषाढ २५, २०७७ साल
    कञ्चनपुर, २५ असार ।  कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ ।  'सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ', इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, 'जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।' बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी..

    कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज

    बिहिवार, आषाढ २५, २०७७ साल
    सुर्खेत, २५ असार । कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको..

    कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध

    बिहिवार, आषाढ २५, २०७७ साल
    कम्बोडिया । कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो ।  यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ ।  तर यहाँ कुकुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रुपमा कुकुर..

    प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’

    बिहिवार, आषाढ २५, २०७७ साल
    काठमाडौं, २५ असार । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बुधबार तिक्त संवाद भएको छ । पार्टी एकतामा गम्भीर संकट देखिएको भन्दै सहमतिको विकल्प पहिल्याउन ओली–प्रचण्डको तीन दिनदेखिको ‘वान अन वान’ वार्ता पछिल्लोपटक तिक्ततामा रूपान्तरण भएको हो । छलफल निष्कर्षमा पुर्‍याउने उद्देश्यले बुधबार डाकिएको स्थायी कमिटी बैठक चौथो पटक शुक्रबारसम्म स्थगित गरेर सहयोगी नेताहरूविनै सहमति पहिल्याउन उनीहरूले संवादलाई निरन्तरता दिए..

    सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा

    बुधबार, आषाढ २४, २०७७ साल
    लहान। डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढेकोलगायतका आरोप लगाउँदै १४ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन्। जनमत पार्टी सिरहाका पूर्वजिल्ला..

    संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा आज आयोजित ‘कोभिड–१९ र श्रमको संसारः उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताएका हुन्। प्रधानमन्त्री ओलीले विश्वव्यापी..

    अबको चार दिन यो वर्षकै बढी वर्षा, यी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ। असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी..

    ओली-प्रचण्डबीच झण्डै २ घण्टा छलफल, आज के भयो ?

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको ‘वान टू वान’ संवाद सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै २ घण्टा कुराकानी भएको थियो। छलफल सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। तर दुई अध्यक्षबीच भएको आजको संवादबाट ठोस निष्कर्ष भने निस्कन सकेन। सोमबार र मंगलबार भएका छलफल सकारात्मक..

    लकडाउनमै छापियो साढे तीन लाख लाइसेन्स

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं। यातायात व्यवस्था विभागले लकडाउनमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। यो आर्थिक वर्षको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ। झण्डै दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ। गएको पुस मसान्तसम्म नयाँ अनुमतिपत्रको लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणको लागि आएका अनुमतिपत्र छापिएको छ। असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। विभागले लकडाउनकै केही हप्तासम्म..

    काँग्रेस महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीले गर्‍याे ५ वर्षे कारवाही

    बुधबार, आषाढ २४, २०७७ साल
    काठमाडौं, २४ असार । अनुशासन उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ ।  सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निस्कासनको कारवाही गरेको हो ।  उनलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको..
    Weather Forecast