आईतवार, भाद्र १, २०७६

    स्कुल-कलेज

    सिद्धलेक गाँउपालिकाका माध्यमिक विद्यालयहरुको अनुगमन

    बिहिवार, चैत्र १४, २०७५ साल
    धादिङ, १४ चैत नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो ।  भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्थाबारे अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र यसको प्रयोगबारे अवलोकन गरिएको..

    एसइई परीक्षा : २ निरीक्षक निष्कासित, ११ परीक्षार्थीको परीक्षा रद्द !

    बुधबार, चैत्र १३, २०७५ साल
    लहान, १३ चैत  माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत बुधबार सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई निष्कासित गरिएको छ । एघार परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।  परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेकाले परीक्षा अनुगमन टोलीले चन्द्र मावि र सारस्वर मावि परीक्षा केन्द्रका निरीक्षकलाई निष्कासित गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख डोलराज पाण्डेले जानकारी दिनुभयो । परीक्षाको मर्यादा विपरित कार्य..

    जुम्लामा शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

    बुधबार, चैत्र १३, २०७५ साल
    खलङ्गा, १३ चैत   जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।    बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् ।    शैक्षिकस्तर न्यून भएका बालबालिकालाई पढाइ शिविरमार्फत उनीहरुको सिकाइ..

    अब १० वर्ष भित्र निजी क्षेत्रका विद्यालय हटाउनुपर्ने प्रस्ताव

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौं, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले मंगलबार समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको प्रतिवेदनमा सरकारी विद्यालयको सुधार गर्ने वित्तिकै निजी क्षेत्रका विद्यालयको आवश्यक्ता नै नपर्ने निष्कर्ष निकालिएको छ । शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा पेश गरिएको उपसमितिका संयोजक श्रेष्ठले जानकारी दिए । प्रतिवेदनमा..

    आदर्श माध्यमिक विद्यालय लायकूको निर्माणाधीन नयाँ भवन शिलान्यास

    मंगलवार, चैत्र १२, २०७५ साल
    भक्तपुर, १२ चैत मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको शिलान्यास गरिएको छ ।  प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा आज विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । लायकूअर्थात् तलेजु दरबार परिसरमा रहेको उक्त विद्यालयमा परम्परागत एवं मल्लकालीन शैलीमा विद्यालय भवनको निर्माण हुने छ ।  मध्यपुरथिमि नगरपालिकाको रु एक करोड..

    ब्रेललिपिका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या

    सोमबार, चैत्र ११, २०७५ साल
    हुम्ला, ११ चैत बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन  समस्या भएको छ ।  प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरुलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरुलाई सहयोगीको भरमा परीक्षा दिनुपर्ने वाध्यता रहेको छ ।  जिल्लाको मानसरवर मावि परीक्षा केन्द्रबाट ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका..

    निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी

    सोमबार, चैत्र ११, २०७५ साल
    डोटी, ११ चैत जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थी हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित भएको सामुदायिक विद्यालयका शिक्षकको दाबी छ ।  विगतकोभन्दा केही फरक तथा शिक्षाको गुणस्तर पनि राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्न थालेको भूमिराज मावी सलेनाका पूर्वप्रधानाध्यापक जगतबहादुर बलायरले बताउनुभयो ।  उहाँले भन्नुभयो, “यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइ तथा..

    शान्तिपूर्णरुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म सहभागी

    सोमबार, चैत्र ११, २०७५ साल
    भक्तपुर, १० चैत : देशभर आइतबार एकैसाथ शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा देशभर शान्तिपूर्णरुपमा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म पहिलो दिन आइतबार अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको र देशभर शान्तिपूर्ण, सौहार्द वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।  देशभर एक हजार ९६९ परीक्षा केन्द्रमा कुनै अप्रिय घटना..

    कलेजको लापरवाही ! इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

    आईतवार, चैत्र १०, २०७५ साल
    नवलपरासी, १० चैत  कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गौडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।  विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो र पाँचौँ सेमेस्टरको प्रोजेक्ट वर्कको..

    एसइई परीक्षा हुँदै, आज अङ्ग्रेजी, ४ लाख ७५ हजार परीक्षार्थी

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा  पहलो दिन अङ्ग्रेजी विषयको परीक्षा हँुदै छ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय..

    एसईई भोलिदेखि, छात्रा धेरै, घट्दै परीक्षाको हाउगुजी

    शनिबार, चैत्र ९, २०७५ साल
    काठमाडौँ, ९ चैत  आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्रा परीक्षार्थी बढी देखिएका छन् । मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो । कुल परीक्षार्थीमा छात्रा..

    शत्प्रतिशत नतिजा : सेनाको महाविद्यालयबाट ७५ जना एमबिबिएस पास

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत  : नेपाली सेनाले आफ्नो स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट एमबिबिएस दोस्रो समूहको अध्ययन पूरा गरेका सफल विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ ।  सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा उक्त संस्थानमा अध्ययन पूरा गरेका ७५ जना चिकित्सकलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।  सो अवसरमा प्रधानसेनापति थापाले करीब पाँच वर्षको लामो अध्ययन अवधि पूरा गरी प्रथम पटकमा नै शत्प्रतिशत..

    कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

    शुक्रबार, चैत्र ८, २०७५ साल
    सुर्खेत, ८ चैत्र   यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् ।  नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले जानकारी दिनुभयो । “दश जिल्लामा १६९ केन्द्र छन्”, निर्देशक..

    घट्दै एसइई परीक्षाको हाउगुजी, प्रदेशस्तरबाट प्रश्नपत्र सोधिने

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत   अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ ।  जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको प्रवेशिका (एसएलसी) मा जस्तो विद्यार्थी र अभिभावकमा त्रास र डरको भार घटेको पाइएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको मान्यता दिएपछि कक्षा १० को एसइई परीक्षाले..

    सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ ।  पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ ।  कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा..

    एसईईकालागि ४ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदै

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौं, ७ चैत ।  एसईई परीक्षा नजिकै आईसकेको छ । विद्यार्थीहरू कम्मर कसेर तयारी गरिरहेका छन् । चैत १० गते आइतबार हुने यस वर्षको एसईई परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदैछन् । तर यसवर्षदेखि प्रश्नपत्र बोर्डले तयार पारेको भए पनि परीक्षाको व्यवस्थापन प्रदेश सरकारले गरेको छ ।..

    जङ्गलबाट दाउरा जुटाएर परीक्षाको तयारी !

    मंगलवार, चैत्र ५, २०७५ साल
    जाजरकोट, ५ चैत  करीब २० जना परीक्षार्थी बस्नका लागि चार वटा कोठा छ, त्यो पनि भाडामा । उनीहरु जङ्गलबाट आफैँले खोजेर ल्याएको दाउरामा भात पकाएर खान्छन् । होटलमा खान–बस्न सक्ने उनीहरुको आर्थिक हैसियत नभएकाले स्थानीयवासीको घरमा सामूहिक रुपमा मिलेर बस्छन् । पिउनेपानी र शौचालयको पनि राम्रो प्रबन्ध छैन ।  आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को तयारीका लागि उनीहरु अहिले दुःख,..

    जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

    मंगलवार, चैत्र ५, २०७५ साल
    धम्बोझी, ५ चैत नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन् ।  अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअ‍ोभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनअध्यापन हुने..

    सत्तारुढ नेकपाका विद्यार्थी संगठनले लगाए त्रिविमा ताला

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत सत्तारुढ दल निकटका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । गण्डकी मेडिकल कलेज र किस्ट कलेजमा भइरहेको मनपरिलाई टुलुटुलु हेरेर बसेको भन्दै सत्तारुढ नेकपाका दुई विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनले त्रिविमा तालाबन्दी गरेका हुन् । मेडिकल कजेजमा भाइरहेको मनपरिलाई हेरेर बसेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन कार्यालयका साथसाथै परीक्षा नियन्त्रण कार्यालय तालाबन्दी गरिएको अनेरास्ववियुका..

    बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो ।  उहाँका अनुसार विकास, प्रबन्धन, सुशासन र चेतनालगायत विषयवस्तु समेटिएको पाठक्रम तयार गरी आगामी..

    अब नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिइने

    सोमबार, चैत्र ४, २०७५ साल
    ललितपुर, ४ चैत  ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ ।  नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।  महानगर क्षेत्रभित्र १८२ निजी..

    अङ्ग्रेजी माध्यममा पढाइ शुरु, विद्यार्थी सङ्ख्या ह्वातै बढ्यो

    सोमबार, चैत्र ४, २०७५ साल
    पोखरा, ४ चैत  अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ ।  चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ,..

    चितवनमा प्रहरीले खोल्यो प्रदेश स्तरीय विद्यालय, नयाँ वर्षबाट पठनपाठन

    आईतवार, चैत्र ३, २०७५ साल
    चितवन, ३ चैत  प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ ।    नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ ।  शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो..

    अष्ट्रेलियाका हजारौ विद्यार्थीद्वारा प्रदर्शन, यस्तो छ कारण..

    शुक्रबार, चैत्र १, २०७५ साल
    क्यानबेरा, अष्ट्रेलिया, १ चैत अष्ट्रेलियाका हजारौ विद्यार्थीहरुले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् ।  जलबायु परिवर्तनसम्वन्धी समस्या न्यूनिकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको छ ।  देशभरी झण्डै ५० ठाउँमा विद्यार्थीहरुले बृहत ¥याली निकालेर वातावरण संरक्षणको पक्षमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् ।  जलवायु प्रदुषणको विषयमा ध्यानाकर्षण गराउदै विद्यार्थीहरुले प्रदर्शन गरेको सन् २०१८ नोभेम्बर पछिको यो दोस्रो पटक..

    एसइईमा ३४ परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

    शुक्रबार, चैत्र १, २०७५ साल
    पाल्पा, १ चैत   आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ ।  विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् ।  नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१..

    विद्यालयमा बालबालिकालाई शारीरिक तथा मानसिक सजाय

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन    विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ ।    साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार महीनामा विभिन्न सञ्चारमाध्यममा चार वटा शारीरिक सजायका घटना सार्वजनिक भएका छन् । यी सजायका..

    प्याब्सनको नेतृत्वमा सहमति, पुरी अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ, २९ फागुन : निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन० को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।  नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई हलमा प्रस्तुत गरिने तयारी भएको छ ।..

    कोरियाली भाषा परीक्षा आगामी जेठमा, कोटा पनि बढ्यो

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलबार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।  आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै..

    भूकम्पमा क्षतिग्रस्त भएकामध्ये ४ हजार विद्यालय पुनःनिर्माण

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी..

    प्याब्सनको १४औँ महाधिवेशन, विद्यालयलाई सेवामुखी बनाउन पहल

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन  निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ ।  निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको अभिभावक र विद्यार्थीको आलोचना भएपछि सरकारले भविष्यमा सेवामुखी रूपमा मात्र निजी विद्यालय खोल्न पाउने नीति ल्याउने तयारी गरेकाले विद्यालय सञ्चालकमा लगानीको सुरक्षाको प्रश्न उठेको हो । सरकारले समाजवदोन्मुख संविधान कार्यान्वयनका..
    Results 746: You are at page 9 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast