बुधबार, कार्तिक ६, २०७६

    स्कुल-कलेज

    पास हुन समेत नसक्नेलाई त्रिविले दियो ‘गोल्ड मेडल’ ! ९ नम्बरलाई ६९ बनाएर चलखेल

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार ।  त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् ।  पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको..

    कानून विश्वविद्यालय स्थापनाको तयारी हुँदै

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून क्षेत्रको विशिष्टीकृत अध्ययनका लागि विश्वविद्यालय स्थापनाको पहल भइरहेको बताउनुभएको छ । कानूनी क्षेत्रमा नयाँ ढङ्गले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने सोचसहितको कार्यक्रम अगाडि बढाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “कानून क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि उक्त सोच अगाडि सारिएको हो । त्यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ ।” प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक,..

    शैक्षिक हड्तालका कारण काठमाडौंसहित ११ जिल्लाका शैक्षिक संस्था बन्द [विज्ञप्तिसहित]

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार  । आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा शैक्षिक हड्ताल आह्वान गरेको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द..

    लायन्स क्लब अफ काठमाडौँले विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

    बिहिवार, आषाढ ५, २०७६ साल
    बनेपा, ५ असार   काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई लायन्स क्लब अफ काठमाडौँको आयोजनामा विद्यालय पोशाक, शैक्षिक तथा खेलकूदका सामग्री वितरण गरिएको छ । क्लबको आयोजनामा विद्यालयका २०० विद्यार्थीलाई ट्रयाक–सुट, कक्षा १ देखि १० सम्मका प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई स्टेशनरी तथा खेलकूद सामग्री वितरण गरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तेज केसीले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले..

    ‘कुमारी जब’ र ‘क्याम्पियन कलेज’बीच हातेमालो, सम्झौतापत्रमा हस्ताक्षर

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौं, ५ असार ।  कुमारी जब र क्याम्पियन कलेजबीच बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच ‘करियर वर्कशप’ र ‘प्लेसमेण्ड डे सेसन’ का लागि सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र क्याम्पियन कलेजकी प्रमुख मनीता ओलीले आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभयो ।   यही असार ११ गते सुरु हुने ‘करियर वर्कशप’ र ‘प्लेसमेण्ड डे सेसन’..

    जुम्लाका ५ विद्यालयमा विद्यार्थीलाई स्वास्थ्योपचार सेवा प्रदान

    बुधबार, आषाढ ४, २०७६ साल
    सिञ्जा, ४ असार जुम्लाका पाँच विद्यालयका दुई हजार ५४०  विद्यार्थीले स्वास्थ्योपचार सेवा पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोग र मुटुरोग सम्बन्धी उपचार पाएको कर्णाली माविका प्रधानाध्यापक मीनराज शर्माले जानकारी दिनुभयो । तीमध्ये चार विद्यार्थीलाई शल्यक्रिया गर्नुपर्ने, छ जनाले सामान्य औषधि खानुपर्ने र १०..

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नै निर्देशन उल्लङ्घन गरेको आरोप

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार   चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा आन्दोलनरत प्राध्यापकले निजी कलेजलाई विद्यार्थी भर्ना नगर्न आफँैले दिएको निर्देशन उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् ।    विश्वविद्यालयले पटकपटक सूचना प्रकाशित गरी निजी कलेजका लागि कुनै पनि भर्ना प्रक्रिया तथा कक्षा सञ्चालन नगर्न दिएको निर्देशन उल्लङ्घन गर्दै निजी कलेजलाई सम्बन्धनलगायत भर्ना गराउन प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।    विश्वविद्यालयको स्थापना दिवसको..

    लोकसेवा आयोगले थप्यो फारम भर्ने म्याद, अनलाइन भर्ने उम्मेदवारको चाप अत्यधिक (सूचनासहित)

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार । लोकसेवा आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ ।  लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने समायावधि थप गरेको छ । यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा एक साता थप गरिएको छ ।  आयोगले यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ ।  अनलाइन फाराम..

    जाल्पा क्लबले विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण

    मंगलवार, आषाढ ३, २०७६ साल
    विदुर, ३ असार देवीघाट जाल्पा क्लबले मालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । नुवाकोटको बेल्कोटगढी नगरपालिका–६ स्थित देउरालीमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका जेहेन्दार, विद्यार्थीलाई सोमबार झोला, कापी,  सिसाकलमगायत सामग्री वितरण गरिएको  क्लबका अध्यक्ष दीपेश चित्रकारले बताउनुभयो । चित्रकारका अनुसार अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण बालबालिका घरमा नै..

    अन्तर्राष्ट्रिय शिक्षाबारे शैक्षिक मेला हँदै

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘१३ औँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।  सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुहरि पाण्डेले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई त्यहाँको शिक्षाबारे जानकारी गराउन मेला आयोजना गरिएको बताउनुभयो ।  “यहाँबाट विदेशमा पढ्न जाँदा धेरै विद्यार्थी कुन विषय कहाँ पढ्ने भनेर अलमलमा पर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैले..

    एक मिनेटमा सयको आवेदन : धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो ।  आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा..

    शिक्षा समितिको निर्णय - गर्मीका कारण विद्यालय ३ दिन बन्द

    सोमबार, आषाढ २, २०७६ साल
    जीतपुर,२ असार । केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय सोमबारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।  अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।  यही असार ४ गतेसम्मका लागि सरकारी, निजी, सामुदायिक, धार्मिक विद्यालयका साथै मन्टेश्वरीमा गर्मी बिदा दिइएको..

    एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

    सोमबार, आषाढ २, २०७६ साल
    भक्तपुर, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको..

    पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘रेल्वे इञ्जिनीयरिङ’ अध्यापनको तयारी

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार   देशको आवश्यकताअनुसार विषय थप गर्ने क्रममा पुल्चोक इञ्जिनीयरिङ क्याम्पसले स्नातकोत्तर तहमा ‘रेल्वे इञ्जिनीयरिङ’ विषयको अध्यापन गर्ने भएको छ ।    यो सङ्काय थप्नका लागि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परीषद् र नेपाल इञ्जिनीयरिङ परिषद्को अनुमोदन बाँकी रहेको क्यामम्पस प्रशासनले जनाएको छ । क्याम्पसले स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ सङ्काय थप्नका लागि पनि तयारी शुरु भएको सहायक क्याम्पसप्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । दुवै निकायले अनुमोदन..

    अचाक्ली गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द गरिँदै

    आईतवार, आषाढ १, २०७६ साल
    बर्दिवास, १ असार । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”,..

    काठमाडौँका निजी विद्यालयमा आज बिदाः सञ्चालकको मनोमानी

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् । उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा १ असार आइतबारका दिन काठमाडौंका सबै निजी विद्यालय बिदा गर्ने निर्णय गरेका छन् ।..

    शिक्षाको एउटै धार बन्ने गरी नीति, कार्यक्रम र बजेट माग

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ । हाल शिक्षा दुई धारबाट सञ्चालन हुँदा दुई थरी जनशक्ति उत्पादन भइरहेकाले एकै किसिमको हुने गरी नीति, कार्यक्रम र बजेट बन्नुपर्नेमा जोड दिइएको छ ।  सङ्घीय संसद्, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि विनियोजित रकममाथि  मन्तव्य व्यक्त गर्दै नेपाली काङ्ग्रेसका सांसद उमेश श्रेष्ठले पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने र सरकारी विद्यालयमा पनि..

    शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय, विद्यालयको पढाइ नै ठप्प

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    बाजुरा, ३० जेठ  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो ।  ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध गरेपनि स्वयम् शिक्षिकाहरुले नै यो कुरालाई नमानेको..

    विदेश अध्ययनमा कडाइ, अस्ट्रेलिया र जापान जाने मर्कामा

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ। शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ। निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए। उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो। विश्वविद्यालयमा..

    सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता : प्रधानमन्त्री ईश्वर पोखरेल

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालय गुणस्तर अभिवृद्धि दशक सञ्चालन..

    कक्षा ६ का २६ विद्यार्थीको भट्टराईले गरे अभिभावकत्व ग्रहण

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काभ्रेपलाञ्चोक, २९ जेठ सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद तथा केही सर्वसाधारणले भर्ना अभियानअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका बेला पनौती नगरपालिका–७ अघाटोलका युवा अच्युत भट्टराईले स्थानीय एक विद्यालयको कक्षा ६ मा अध्ययनरत् सबै विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।  उहाँले पनौतीस्थित पुण्य माध्यमिक विद्यालयको कक्षा ६ का २६ विद्यार्थीको हालै अभिभावकत्व ग्रहण गर्नुभएको हो । भट्टराईले कक्षा ६ का विद्यार्थीको भर्ना, विद्यालय पोशाक (ट्रयाकसूट समेत)..

    डिभी भरे शिक्षकको जागिर चट !

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवसीय अनुमति लिन आवदेन दिए पनि उनीहरुको जागिर चट हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार परेको राष्ट्रिय शिक्षा एने–२०७६ को मस्यौदामा सो व्यवस्था गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ। मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त..

    स्कुल बन्द गरेर नेताका भतिजको बिहे भोज

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ। स्कुलमा नेता लक्ष्मी महतोले भतिज सचिनको विवाहको प्रीतिभोज गरेका हुन्। भोजमा नेता, कार्यकर्ता, गाउँले, प्रहरी, प्रशासन सबै आमन्त्रित थिए। भान्से भरत साहले बिहानैदेखि स्कुलमा भोज पकाउन सुरु गरेको बताए।   गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय..

    मुलुकको सङ्घीय संरचना अनुकूल नयाँ पाठ्यक्रमको परीक्षण

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ  मुलुकको सङ्घीय संरचना अनुकूल निर्मित नयाँ पाठ्यक्रम विद्यालय तहमा परीक्षण शुरु भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा सातै प्रदेशमा दुई जिल्लाका दरले १८ जिल्लाका १०३ विद्यालयमा नमूना परीक्षण शुरु गरेको हो ।  प्रदेश नं ३ अन्तर्गत काठमाडौँ उपत्यकाका थप तीन जिल्लालाई परीक्षणमा समावेश गरिएको छ । केन्द्रले प्रारुपअनुसार कक्षा १ को..

    उच्च शिक्षा पढ्न पाँच लाख ऋण दिँदै भक्तपुर

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ । भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ । मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण..

    कोरियाली भाषा परीक्षामा ४६ हजार सहभागी, ४ हजार परीक्षार्थी अनुपस्थित

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २५ जेठ । सन् २०१९ को कोरियाली भाषा परीक्षामा शनिबार पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । शनिबारको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षामा अमर्यादित गतिविधि..

    'ए, बी, सी, डी' पढ्न कक्षा एकमा पुगे शिक्षामन्त्री गिरिराजमणि पोखरेल

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    विराटनगर, २४ जेठ चैत पहिलो साता शिक्षामन्त्री गिरिराजमणि पोखरेल जागृति आधारभूत विद्यालयमा छड्के अनुगमन गर्न पुगेका २–४ जना मात्र विद्यार्थी थिए । शिक्षक थिएनन् । दुई महिनापछि त्यही विद्यालयमा पुग्दा १५० विद्यार्थी भेटेपछि शिक्षामन्त्री पोखरेल दंग परे । स्कुलले गरेको मेहनतबारे चासो मात्र दिएनन्, दुई घन्टा विद्यार्थी बनेर कक्षामा बसे । शिक्षामन्त्री पोखरेल विद्यार्थी बनेर बस्दा शिक्षक भने कक्षा १ कि एक..

    ‘विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण’ विषयमा सम्मेलन हुँदै

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।  सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सहित अमेरिका, बेलायत, फिनल्याण्ड र जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापकको सहभागीता रहनेछ ।  सम्मेलनबाट आएका सुझावलाई  त्रिविको नीति निर्माणमा समावेश..

    कोरियन भाषा परीक्षा दिनेको संख्यामा बृद्धि, महिला १४ हजार ९ सय

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडाैँ, २४ जेठ ।  गत वर्षको तुलनामा यस वर्षकाे इपिएस कोरियन भाषा परीक्षा दिनेको संख्यामा बृद्धि भएको छ । यो वर्ष कोरियन भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएकोमा यो वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । इपिएस अन्तरगत यही जेठ २५..

    सामुदायिक विद्यालयका शिक्षकलाई प्रारम्भिक कक्षा पठनसीप तालीम

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    विदुर, २४ जेठ प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पु¥याउने हेतुले कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालीम प्रदान गरिएको छ ।  रुम टु रिडको आर्थिक सहयोगमा पढ्नका लागि कोठाको प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको साक्षरता कार्यक्रमअन्तर्गतका ७८ सामुदायिक विद्यालयका शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालीम प्रदान गरिएको हो । साक्षरता कार्यक्रम लागू भएका ७८ विद्यालयका शिक्षकलाई पाँचदिने आधारभूत..
    Results 818: You are at page 7 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast