बुधबार, कार्तिक ६, २०७६

    स्कुल-कलेज

    नेपालमा चिनियाँ भाषाकाे आकर्षण बढ्दै, उपत्यकामा यी निजी विद्यालयले पढाउँछन्

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार । नेपालमा चिनियाँ भाषा प्रतिकाे आकर्षण बढ्दै गएकाे छ । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६३ वटा निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ।विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका हुन् ।  काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा..

    त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लगाउँदै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाएपछि अख्तियारले त्यसमा ठाडो हस्तक्षेप गर्दै कारबाही गर्न थालेको हो । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म पनि चलखेल भएको अख्तयारले निष्कर्ष निकालेको छ  ।  साथै, त्रिवि सेवा आयोगले विभिन्न प्रशासनिक तथा..

    समस्याग्रस्त पुल्चोक इञ्जिनीयरिङ क्याम्पसका सहायक प्रमुख भन्छन्- जनशक्ति र आर्थिक अभाव छ

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार ।  पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभाव छ। इञ्जिनीयरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक क्याम्पस जनशक्ति र आर्थिक समस्याले ग्रसित बनेकाे हाे। क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश लिइरहेको तर तुरुन्त नयाँ नियुक्ति गर्न नसकिएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताए। त्रिभुवन विश्वविद्यालयले समयमा नै पदपूर्ति नगर्दा क्याम्पसमा सधैँ जनशक्ति अभाव भोग्नु परिरहेको उनकाे भनाइ छ।  क्याम्पसमा..

    अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

    बुधबार, आषाढ १८, २०७६ साल
    विराटनगर, १८ असार    विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ ।   पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन शुरु भइरहेकामा यस वर्षदेखि विज्ञान विषयको पनि अध्यापन हुने र यसका..

    एसईईको पूरक परीक्षा साउन २६ गतेदेखि सञ्चालन हुने

    बुधबार, आषाढ १८, २०७६ साल
    असार १७ काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो । मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी..

    अनिश्चितकालका लागि तालाबन्दी भएको सिञ्जाका बन्द २२ विद्यालय खुले

    बुधबार, आषाढ १८, २०७६ साल
    खलङ्गा, १८ असार । आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताउनुभयो । विद्यालयमा तालाबन्द गरी..

    के तपाईको एसइईमा कम नम्बर आयो ? राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेड वृद्धि गर्न यस्तो सुविधा ! [सुचानासहित]

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले को असार १४ को निर्णय अनुसार गत चैत्र महिनामा सञ्चालित एसईई परीक्षामा नियमित समूहबाट परीक्षामा सामेल भएका विद्यार्थीले बढीमा दुई विषयसम्म सैद्धान्तिक तर्फ सी वा सी भन्दा तल ग्रेड प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीको परीक्षा यही साउन २६ र २७ हुने जनाएको छ । बोर्ड  ग्रेडवृद्धीको लागि साउन १५ भित्र प्रवेश पत्र..

    हदैसम्मको लापरबाहीः कृषि विश्वविद्यालयमा मानविकीमा पिएचडी

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  कृषिमा विशिष्ट जनशक्ति उत्पादनका लागि सरकारकै लगानीमा स्थापना भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयले मानविकीअन्तर्गतका कार्यक्रम चलाउँदै आएको छ । आफ्नै ऐनविपरीत विश्वविद्यालयको प्रस्तावनामा समेत नसमेटिएको संकायअन्तर्गतका विषयमा कृषिले पिएचडी (विद्यावारिधि) कार्यक्रम सञ्चालन गरेको हो । यो विश्वविद्यालयमा मानविकीका विषयविज्ञसमेत छैनन् ।  कृषि विश्वविद्यालयमा झन्डै पाँच वर्षदेखि ‘डेभलपमेन्ट स्टडिज’मा पिएचडी कार्यक्रम सञ्चालनमा छ । तत्कालीन उपकुलपति प्रा. कैलाशनाथ प्याकुरेलले..

    अंक थपेर तीन विषयमा डिग्री दिएको त्रिविद्वारा स्वीकार

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर, यो संस्थागत नभई व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीले तर्क गरेका छन् ।९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको..

    विदेश जान चाहन्छन् इञ्जिनीयरिङका उत्कृष्ट विद्यार्थी

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार । तीनै तहका सरकारले प्राविधिक जनशक्ति बढाउने योजना बनाइरहँदा क्याम्पसमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थी विदेशिरहेका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययन गरेकामध्ये उत्कृष्ट अङ्क ल्याएकामध्ये थोरै मात्रै विद्यार्थी देशमा नै बस्ने चाहेको पाइएको पुल्चोक इञ्जिीनियरिङ क्याम्पसले जनाएको छ ।  विगतमा पास गरेकाहरु वैदेशिक अध्ययनमा गइरहेको र अहिले अध्ययनरत् पनि पास हुनासाथ विदेश नै जाने योजना बनाएको सहायक क्याम्पस प्रमुख..

    ४ करोडको लागतमा विद्यालय भवन निर्माण

    सोमबार, आषाढ १६, २०७६ साल
    विदुर, १६ असार नुवाकोटको लिखु गाउँपालिका–३ ठूलोडाँडामा रु चार करोड ५० लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको छ । ठूलोडाँडास्थित नव प्रकाश माविको सो भवनको सांसद बहादुरसिहं लामाले आज एक कार्यक्रमबीच उद््घाटन गर्नुभयो ।  विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्केको थियो । त्यसयता टहरामा पठनपाठन गरिँदै आएको थियो । अहिले १३ कोठे भवन निर्माण गरिएको हो ।..

    २२ विद्यालयमा अनिश्चितकालीन तालाबन्दी, विद्यार्थीकाे भविस्य अन्याेलमा

    सोमबार, आषाढ १६, २०७६ साल
    जुम्ला,१६ असार । जुम्लाका २२ नीजि विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन्। जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको हाे। एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर..

    एसइई उत्तीर्ण भन्छन् – प्राविधिक क्षेत्रमा जान विज्ञान पढ्छु

    सोमबार, आषाढ १६, २०७६ साल
    पोखरा, १६ असार   एसइईको नतिजा सार्वजनिक भएसँगै यतिखेर प्राप्त जिपिएका आधारमा विद्यार्थीले कुन विषय पढ्ने भन्ने धारणा बनाउन थालेका छन् ।   शैक्षिक यात्रामा फलामे ढोकाका रुपमा लिने गरिएको एसइईमा प्राप्त नतिजाले सामान्यतः जो कोहीको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुई मत छैन । यसैको जगमा टेकेर अभिभावकले पनि आफ्ना बालबच्चाको शैक्षिक उन्नयनका लागि गरिने लगानी तय गर्ने गर्दछन् ।   सरकारले विगतमा कक्षा..

    एसईईमा पास भएर कुन ग्रेड आएकोले कुन बिषय पढ्न पाउने ?

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले यससम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म..

    एसईई रिजल्ट- यी हुन् उत्कृष्ट नतिजा ल्याउने सरकारी स्कुल

    शनिबार, आषाढ १४, २०७६ साल
    १४ असार, काठमाडौं ।  असार १४ गते शनिबारका पत्रपत्रिकामा एसईईमा अब्बल नतिजा ल्याउने सामुदायिक विद्यालयहरुको समाचार प्रकाशित भएका छन्। नागरिक दैनिकमा आज विभिन्न जिल्लाका सामुदायिक स्कुलहरुको नामाबली र उनीहरुको नतिजासहितकाे समाचार मुख्य पृष्ठमा छ । काठमाडौंको बाफलस्थित ज्ञानोदय मावि, ललितपुरको श्रमिक शान्ति मावि, भरतपुरको नारायणी नमुना मावि, विराटनगरका पोखरिया र आदर्श मावि, पोखराका अमरसिंह नमुना उच्चमावि, शीतलादेवी, बालमन्दिर मावि, गोरखाको सरस्वती, तनहुँको सत्यवती, बुटवलको कालिका ज्ञान..

    त्रिभुवन विश्वविद्यालयले प्रहरीसँग सहकार्य गर्ने

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार त्रिभुवन विश्वविद्यालयले विभिन्न प्रकारका अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई सहयोग गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच प्राज्ञिक एवं व्यावहारिक साझेदारी सम्भाव्यता सम्बन्धमा आज यहाँ आयोजित कार्यक्रममा विश्वविद्यालयले विविध अनुसन्धान र विषयवस्तुप्रतिको गहन अध्ययनका लागि सहयोग गर्ने जनाएको छ ।  कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले अपराध अनुसन्धानका साथ सुरक्षित समाज निर्माण गर्ने उद्देश्यअनुरुप नेपाल प्रहरीको अवधारणालाई..

    ग्रीन हाउसको सरसफाइमा यसरी जुटे उपराष्ट्रिपति पुन

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असार। उपराष्ट्रिपति नन्दबहादुर पुन आफ्नै कार्यालयको सरसफाईमा जुटेका छन्। ग्रीन हाउस लैनचौरमा सरेको उपराष्ट्रपतिको कार्यालय हातामा आज उनले सरसफाई गरे। बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको थियो। उनी शुक्रबार बिहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीसहित ग्रीनहाउस परिसरको सरसफाईमा जुटेका थिए। उनी कार्यालय परिसरमा झार उखेल्नेदेखि कोदालोले जमिन सम्याउने काम गरिरहेका थिए। यसै क्रममा उनले आफु प्रत्येक..

    ‘एसइई’को रिजल्टमा निजि विद्यालयलाई टक्कर दिने यी सामुदायीक विद्यालय !

    शुक्रबार, आषाढ १३, २०७६ साल
    बुटवल, १३ असार।  राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ‘एसइई’को परीक्षाफल बिहीबार सार्वजनिक गर्यो। उक्त नतिजा अनुसार केहि सामुदायिक विद्यालयको रिजल्टले नीजि स्कुलसँग प्रतिस्पर्धा गर्यो। रूपन्देहीका सामुदायिक विद्यालयको नतिजा यस वर्ष उत्साहजनक देखिएको छ। नमूना विद्यालयले यस वर्षको एसईई नतिजामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका छन् । कतिपय निजी स्कूललाई नै टक्कर दिने सामुदायिक विद्यालयको नतिजा छ । बुटवलस्थित कालिका..

    ‘एसइईको हाउगुजी अन्त्यका लागि प्राविधिक शिक्षामा प्राथमिकता’

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार  माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । बिहीबार सार्वजनिक २०७५ सालको एसइईको परीक्षाफलमा सार्वजनिक विद्यालयका विद्यार्थीको नतिजा सन्तोषजनक नभएको सन्दर्भमा वक्ताले शिक्षामा अति राजनीतिकरण रोक्न र सीपमुखी शिक्षामा लाग्न सुझाएका हुन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बुद्धिजीवी डा सुरेन्द्र केसीले..

    उँभो लागेन सरकारी विद्यालयको गुणस्तर !

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार   माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ ।   सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत अङ्क (जिपिए) ल्याउँदै आएका छन् ।    २०७५ सालको एसइई परीक्षामा कूल सहभागी चार लाख ९५ हजार २७५ विद्यार्थीमध्ये सार्वजनिक विद्यालयबाट ७० दशमलव..

    जापानी राजदूतद्वारा कृषि विश्वविद्यालयको निरीक्षण

    बिहिवार, आषाढ १२, २०७६ साल
    चितवन, १२ असार  नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले यहाँको कृषि तथा वनविज्ञान विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ । राजदूत साइगोले विश्वविद्यालयको निमन्त्रणामा निरीक्षण एवं भेटघाट गर्नुभएको आज जारी विज्ञप्तिमा जनाइएको छ । राजदूत साइगोले विश्वविद्यालयका प्रयोगशाला, पशु फार्म, बीउ उत्पादन कार्यक्रमको निरीक्षण गर्नुभएको थियो । अनुगमन निरीक्षणपछि विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल, रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपति, योजना..

    एसईईमा नेकपाकी सांसद शान्ता चौधरीभन्दा छोरी अब्बल

    बिहिवार, आषाढ १२, २०७६ साल
     काठमाडौं, १२ असार । नेकपाकी सांसद शान्ता चौधरी एसईई परीक्षामा उत्तीर्ण भएकी छिन्। बिहीबार सार्वजनिक भएको एसईई नतिजा उनुसार सांसद चौधरीले बी ग्रेड ल्याएर उत्तीण गरेकी हुन्। दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी सांसद चौधरील बी ग्रेडमा उत्तीर्ण भइन भने चौधरीसँगै एसईई दिएकी उनकी छोरी बिनु चौधरीले बी प्लस ल्याएर उत्तीर्ण भएकी छिन्। १७ वर्षीया छोरी बिनुले बाल सिर्जनालय सेकेण्डेरी..

    अब छोरीले स्तातकोत्तरसम्म निःशुल्क पढन पाउने

    बिहिवार, आषाढ १२, २०७६ साल
    बेझाड, १२ असार । बेझाडको रामपुर नगरपालिकाले छोरीलाई स्नातकोत्तर तहसम्मको शिक्षा निःशुल्क उपलब्ध गराउने भएको छ। नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको हो। पाँचौँ नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६र७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने जानकारी दिइएको छ। नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने..

    एसइईको नतिजा सार्वजनिक, विभिन्न सेवाबाट यसरी हेर्न सकिनेछ नतिजा

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ । भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक सो नतिजाको विस्तृत विवरण आउन बाँकी छ । गत चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । कार्यालयले केही वर्षयता अक्षराङ्कन पद्धतिमा परीक्षाफल प्रकाशन गर्दै आएको..

    एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बोलाइयो, आजै प्रकाशित हुँदै

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार ।  एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको जानकारी छ । अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त..

    व्यावहारिक शिक्षामा विद्यार्थीलाई अभ्यस्त बनाउन एक विद्यार्थी एक तरकारी उत्पादन अभियान

    बुधबार, आषाढ ११, २०७६ साल
    स्याङ्जा, ११ असार कालीगण्डकी गाउँपालिका–६ दब्छेमा रहेको ध्रुव ज्योति माध्यमिक विद्यालयका विद्यार्थी सैद्धान्तिक ज्ञानमा मात्र नभएर व्यावहारिक ज्ञानतर्फ आकर्षित हुन थालेका छन् । विद्यालयले एक विद्यार्थी एक तरकारी उत्पादनको अभियान चलाएपछि यहाँका विद्यार्थी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।  विद्यार्थीले विद्यालयमा मात्रै नभएर विद्यालय बिदाको दिनमा घरघरमा पनि तरकारी लगाउन थालेका छन् । विद्यालयले चलाएको यो अभियानले विद्यार्थीमा श्रम गर्नुपर्छ भन्ने भावनाको..

    ४४ डिग्री तापक्रम पुगेपछि नगरक्षेत्रका विद्यालय ३ दिन बन्द

    बुधबार, आषाढ ११, २०७६ साल
    गाईघाट, ११ असार । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको..

    एसइई नतिजा आजै सार्वजनिक गर्ने तयारी, बोर्डले निर्णय लिन्छः परीक्षानियन्त्रक

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार या बिहीबार सार्वजनिक गर्ने तयारी भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  बोर्डअन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको छ । ‘बुधबार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर बुधबारै या बिहीबारसम्ममा नतिजा..

    पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस् : शिक्षामन्त्री

    सोमबार, आषाढ ९, २०७६ साल
    भक्तपुर, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गर्नुभएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा सोमबार मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने बताउनुभयो ।  मन्त्री पोखरेलले भन्नुभयो, “शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र..

    मुख्यमन्त्री पौडेलद्वारा वन विज्ञान सङ्काय शैक्षिक भवनको शिलान्यास

    सोमबार, आषाढ ९, २०७६ साल
    हेटौँडा, ९ असार प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौँडाको शैक्षिक भवनको सोमबार एक समारोहबीच शिलान्यास गर्नुभयो ।कृषि तथा वन विज्ञान विश्वविद्यालयको रु १३ करोडको लागतमा निर्माण हुने उक्त भवन २० कोठासहितको पाँचतले हुनेछ । हेटौँडा १० स्थित फरेष्ट्री कलेजको हातामा करीब दुई कट्ठा जमीनमा सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ ।  कृषि..
    Results 818: You are at page 6 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast