आईतवार, भाद्र १, २०७६

    स्कुल-कलेज

    एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

    सोमबार, आषाढ २, २०७६ साल
    भक्तपुर, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको..

    पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘रेल्वे इञ्जिनीयरिङ’ अध्यापनको तयारी

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार   देशको आवश्यकताअनुसार विषय थप गर्ने क्रममा पुल्चोक इञ्जिनीयरिङ क्याम्पसले स्नातकोत्तर तहमा ‘रेल्वे इञ्जिनीयरिङ’ विषयको अध्यापन गर्ने भएको छ ।    यो सङ्काय थप्नका लागि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परीषद् र नेपाल इञ्जिनीयरिङ परिषद्को अनुमोदन बाँकी रहेको क्यामम्पस प्रशासनले जनाएको छ । क्याम्पसले स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ सङ्काय थप्नका लागि पनि तयारी शुरु भएको सहायक क्याम्पसप्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । दुवै निकायले अनुमोदन..

    अचाक्ली गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द गरिँदै

    आईतवार, आषाढ १, २०७६ साल
    बर्दिवास, १ असार । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”,..

    काठमाडौँका निजी विद्यालयमा आज बिदाः सञ्चालकको मनोमानी

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।  निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् । उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा १ असार आइतबारका दिन काठमाडौंका सबै निजी विद्यालय बिदा गर्ने निर्णय गरेका छन् ।..

    शिक्षाको एउटै धार बन्ने गरी नीति, कार्यक्रम र बजेट माग

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ । हाल शिक्षा दुई धारबाट सञ्चालन हुँदा दुई थरी जनशक्ति उत्पादन भइरहेकाले एकै किसिमको हुने गरी नीति, कार्यक्रम र बजेट बन्नुपर्नेमा जोड दिइएको छ ।  सङ्घीय संसद्, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि विनियोजित रकममाथि  मन्तव्य व्यक्त गर्दै नेपाली काङ्ग्रेसका सांसद उमेश श्रेष्ठले पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने र सरकारी विद्यालयमा पनि..

    शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय, विद्यालयको पढाइ नै ठप्प

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    बाजुरा, ३० जेठ  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो ।  ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध गरेपनि स्वयम् शिक्षिकाहरुले नै यो कुरालाई नमानेको..

    विदेश अध्ययनमा कडाइ, अस्ट्रेलिया र जापान जाने मर्कामा

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ। शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ। निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए। उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो। विश्वविद्यालयमा..

    सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता : प्रधानमन्त्री ईश्वर पोखरेल

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालय गुणस्तर अभिवृद्धि दशक सञ्चालन..

    कक्षा ६ का २६ विद्यार्थीको भट्टराईले गरे अभिभावकत्व ग्रहण

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काभ्रेपलाञ्चोक, २९ जेठ सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद तथा केही सर्वसाधारणले भर्ना अभियानअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका बेला पनौती नगरपालिका–७ अघाटोलका युवा अच्युत भट्टराईले स्थानीय एक विद्यालयको कक्षा ६ मा अध्ययनरत् सबै विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।  उहाँले पनौतीस्थित पुण्य माध्यमिक विद्यालयको कक्षा ६ का २६ विद्यार्थीको हालै अभिभावकत्व ग्रहण गर्नुभएको हो । भट्टराईले कक्षा ६ का विद्यार्थीको भर्ना, विद्यालय पोशाक (ट्रयाकसूट समेत)..

    डिभी भरे शिक्षकको जागिर चट !

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवसीय अनुमति लिन आवदेन दिए पनि उनीहरुको जागिर चट हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार परेको राष्ट्रिय शिक्षा एने–२०७६ को मस्यौदामा सो व्यवस्था गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ। मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त..

    स्कुल बन्द गरेर नेताका भतिजको बिहे भोज

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ। स्कुलमा नेता लक्ष्मी महतोले भतिज सचिनको विवाहको प्रीतिभोज गरेका हुन्। भोजमा नेता, कार्यकर्ता, गाउँले, प्रहरी, प्रशासन सबै आमन्त्रित थिए। भान्से भरत साहले बिहानैदेखि स्कुलमा भोज पकाउन सुरु गरेको बताए।   गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय..

    मुलुकको सङ्घीय संरचना अनुकूल नयाँ पाठ्यक्रमको परीक्षण

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ  मुलुकको सङ्घीय संरचना अनुकूल निर्मित नयाँ पाठ्यक्रम विद्यालय तहमा परीक्षण शुरु भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा सातै प्रदेशमा दुई जिल्लाका दरले १८ जिल्लाका १०३ विद्यालयमा नमूना परीक्षण शुरु गरेको हो ।  प्रदेश नं ३ अन्तर्गत काठमाडौँ उपत्यकाका थप तीन जिल्लालाई परीक्षणमा समावेश गरिएको छ । केन्द्रले प्रारुपअनुसार कक्षा १ को..

    उच्च शिक्षा पढ्न पाँच लाख ऋण दिँदै भक्तपुर

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ । भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ । मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण..

    कोरियाली भाषा परीक्षामा ४६ हजार सहभागी, ४ हजार परीक्षार्थी अनुपस्थित

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २५ जेठ । सन् २०१९ को कोरियाली भाषा परीक्षामा शनिबार पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । शनिबारको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षामा अमर्यादित गतिविधि..

    'ए, बी, सी, डी' पढ्न कक्षा एकमा पुगे शिक्षामन्त्री गिरिराजमणि पोखरेल

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    विराटनगर, २४ जेठ चैत पहिलो साता शिक्षामन्त्री गिरिराजमणि पोखरेल जागृति आधारभूत विद्यालयमा छड्के अनुगमन गर्न पुगेका २–४ जना मात्र विद्यार्थी थिए । शिक्षक थिएनन् । दुई महिनापछि त्यही विद्यालयमा पुग्दा १५० विद्यार्थी भेटेपछि शिक्षामन्त्री पोखरेल दंग परे । स्कुलले गरेको मेहनतबारे चासो मात्र दिएनन्, दुई घन्टा विद्यार्थी बनेर कक्षामा बसे । शिक्षामन्त्री पोखरेल विद्यार्थी बनेर बस्दा शिक्षक भने कक्षा १ कि एक..

    ‘विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण’ विषयमा सम्मेलन हुँदै

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।  सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सहित अमेरिका, बेलायत, फिनल्याण्ड र जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापकको सहभागीता रहनेछ ।  सम्मेलनबाट आएका सुझावलाई  त्रिविको नीति निर्माणमा समावेश..

    कोरियन भाषा परीक्षा दिनेको संख्यामा बृद्धि, महिला १४ हजार ९ सय

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडाैँ, २४ जेठ ।  गत वर्षको तुलनामा यस वर्षकाे इपिएस कोरियन भाषा परीक्षा दिनेको संख्यामा बृद्धि भएको छ । यो वर्ष कोरियन भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएकोमा यो वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । इपिएस अन्तरगत यही जेठ २५..

    सामुदायिक विद्यालयका शिक्षकलाई प्रारम्भिक कक्षा पठनसीप तालीम

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    विदुर, २४ जेठ प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पु¥याउने हेतुले कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालीम प्रदान गरिएको छ ।  रुम टु रिडको आर्थिक सहयोगमा पढ्नका लागि कोठाको प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको साक्षरता कार्यक्रमअन्तर्गतका ७८ सामुदायिक विद्यालयका शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालीम प्रदान गरिएको हो । साक्षरता कार्यक्रम लागू भएका ७८ विद्यालयका शिक्षकलाई पाँचदिने आधारभूत..

    ‘एएफयु’ का निजी क्याम्पसका विद्यार्थीको रजिष्ट्रेशन हुने

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    चितवन, २३ जेठ  कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसमा अध्ययनरत विद्यार्थीले मान्यता पाउने भएका छन् । ती क्याम्पसले सर्वोच्च अदालतको साहरामा विद्यार्थी भर्ना गराएका थिए ।  सर्वोच्च अदालतले भर्ना लिएका विद्यार्थीको रजिष्ट्रेशन गर्न विश्वविद्यालयलाई आदेश गरेपछि उनीहरुले मान्यता प्राप्त गर्ने भएका हुन । यससँगै विश्वविद्यालय ती विद्यार्थीको रजिष्ट्रेशन गर्न बाध्य भएको..

    धर्म र विज्ञानको जननी मानिने संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    गलेश्वर, २३ जेठ ।  पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो ।  समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै गएको अवस्थामा..

    मेडिकल कलेजको शुल्क बढाउन दबाब

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क असुल्दै आएको स्वीकारेका छन्। प्रतिनिभिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा छानबिनका लागि गठित उपसमितिले बुधबार डोकेको छलफलमा उनीहरूल शुल्क बढाउन माग गरे।  जवाफमा सांसदहरूले तोकेभन्दा बढी रकम उठाउनेको सम्बन्धन खारेज गर्न सरकारलाई निर्देशन दिने चेतावनी दिए। विश्वविद्यालय र मेडिकल कलेजहरूको छाता संगठनकै निर्णयमा बढी शुल्क लिने गरिएको सञ्चालकहरूको भनाइ छ।  काठमाडौं विश्वविद्यालयको..

    सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने

    बुधबार, जेष्ठ २२, २०७६ साल
    मेलम्ची, २२ जेठ   शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।   जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याइन लागिएको हो । भेलामा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता कार्यान्वयन गर्न सहयोग गर्ने बताएका..

    दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    बुधबार, जेष्ठ २२, २०७६ साल
    बाँके, २२ जेठ   राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।    वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।    बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने..

    बागलुङमा विद्यार्थीलाई कम्प्युटर शिक्षाको अवसर

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    बागलुङ, २१ जेठ   बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् ।   कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।”   कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार..

    दायरा बढाउँदै कृषि विश्वविद्यालय, स्नातक र स्नातकोत्तर तहमा थप ३ विषय

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    चितवन, २१ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ ।  विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इञ्जिनीयरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ ।  हर्टिकल्चर रामपुरमा वा..

    मुहार फेरिएको कर्णाली स्कूल, प्रगतिले स्थानीयवासी खुशी

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ । टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै  कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी ।  विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा  विपन्नका छोराछोरी मात्रै विद्यार्थी  छन् । नजीकै जोडिएको टोलका बासिन्दाले समेत विद्यालयको नाम सुनेका छैनन् । उनीहरुका छोराछोरी बोर्डिङ स्कूलमा पढ्छन् ।..

    प्राविधिक शिक्षाको पहुँच बढ्दै : ८३ हजारलाई सीपमूलक तालीम, ५ सय ९ स्थानीय तहमा स्थापना

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ । नेपाल सरकारले देशभर प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य लिएपछि ५०९ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको पद बहालीपछि सम्पन्न पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयनका क्रममा ती स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका हुन् ।  ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न र बढ्दो बेरोजगारी घटाउन सरकारले..

    शिक्षा र स्वास्थ्यलाई सहज र सर्वसुलभ बनाउनुपर्छ : जयपुरी घर्ती

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौं, २० जेठ ।   प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘शिक्षा तथा स्वास्थ्यसम्बन्धी वार्षिक प्रतिवेदन २०७५÷०७६’ पेश भएको छ ।  शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले बैठकमा सो प्रतिवेदन पेश गर्दै शिक्षा र स्वास्थ्य सहज, सहुलियत र सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो ।..

    ५४ विद्यालयका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदै

    सोमबार, जेष्ठ २०, २०७६ साल
    रामपुर, २० जेठ पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले  गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई आफ्नो भाषा नै बिर्सने डरले तालीम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु गर्ने भएका कारण सो तालीम चलाइएको हो ।  भाषा आयोग काठमाडौंको आयोजना तथा गाउँपालिकाको संयोजनमा भएको तालीममा पाल्पाको विकट भेग मगर समुदायको बाक्लो बस्ती रहेको गाउँमा नै भाषासम्बन्धी..

    विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक\शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्ना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई  विभेद् गरेको बताउनुभयो । सांसद  डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।  सांसद..
    Results 746: You are at page 5 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast