बुधबार, माघ ८, २०७६

    स्कुल-कलेज

    विप्लव समूहद्वारा शैक्षिक संस्थामा बम बिष्फोट

    शुक्रबार, भाद्र २०, २०७६ साल
    इनरुवा, २० भदौ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।  सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।   सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ..

    नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने

    बुधबार, भाद्र १८, २०७६ साल
    सुर्खेत, १८ भदौ   मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ ।    अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको सहयोगमा एमयुले यससम्बन्धी पाठ्यक्रमको रुपरेखा तयार पारेको हो ।   विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले स्नातक तहको कृषि विज्ञान (बिएस्सी–एजी) अन्तर्गत आठ वटा सेमेष्टर रहने गरी अर्गानिक कृषिसम्बन्धी पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिनुभयो ।    उहाँका अनुसार..

    ‘शिक्षा क्षेत्रमा राजनीतिक आस्था हेर्नु हुँदैन, क्षमता हेर्नुपर्छ’

    बुधबार, भाद्र १८, २०७६ साल
    दमौली, १८ भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको बुधाबार यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण  शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताउनुभयो । राजनीतिक आस्थाका आधारमा विद्यालय र क्याम्पसमा पदाधिकारी..

    निर्धारित मितिमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा सञ्चालन गर्न आग्रह

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा शिक्षाका प्रवेश परीक्षा तोकिएको मितिमा सञ्चालन गर्न सबैसँग आग्रह गरेको छ ।  मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गरी चिकित्सा शिक्षाका लागि विभिन्न मितिमा गर्ने गरी तय भइसकेका प्रवेश परीक्षाहरु यथावत् रुपमा निर्बाध रुपमा गर्ने÷गराउने व्यवस्थाका लागि सम्बद्ध..

    चिकित्सा शिक्षा आयोग पूर्ण नहुँदा बल्झियो छात्रवृत्ति विवाद

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ । चिकित्सा शिक्षा आयोगको पूर्णतामा ढिलाइ भएपछि चिकित्सा शिक्षामा छात्रवृत्ति र शुल्क व्यवस्थापनको विषय पुनः बल्झिएको छ । एमबिबिएस प्रवेश परीक्षाको सम्मुखमा विद्यार्थीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का चिकित्सा अध्ययन संस्थान र परीक्षा सञ्चालन शाखामा शुरु गरेको तालाबन्दी तोडाउन यस बीचमा भएका वार्ता निष्कर्षविहीन भएका छन् । वार्ता सफल नभएमा यही भदौ २१ गतेदेखि हुने एमबिबिएस तहको प्रवेश परीक्षा प्रभावित हुने..

    खाजा कार्यक्रमको थालनी गरिएसँगै बढे विद्यार्थी

    मंगलवार, भाद्र १७, २०७६ साल
    पर्वत, १७ भदौ पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन् । गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थियो ।  बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे । जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ्यो, त्यसपछि विद्यालयमा थोरै मात्र विद्यार्थी बाँकी रहन्थे ।  खाजाखान घरमा गएका विद्यार्थी फर्किँदैन थिए..

    वार्ता गरी ताला खोल्न निर्देशन

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा लगाइएको ताला खोलि परीक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको छ । उहाँले  विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन दुवै विश्वविद्यालयका पदाधिकारीलाई आज निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो ।    उहाँले विद्यार्थीका माग पूरा गराउन तत्काल वार्ता समिति गठन गर्न दुवै..

    संसदीय समितिको ठहरः सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति बढेको औंल्याएको हो । समितिले मेडिकल कलेजको शुल्क विवादबारे अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन आइतबार पारित गरेको छ । मन्त्रिपरिषद् बैठकले २६..

    शैक्षिक संस्थामा हुने राजनीतिक भागबण्डा अन्त्य गर्न माग

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ नेपाली काङ्ग्रेसको भ्रातृ संङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा हुने भागबण्डा अन्त्य गर्न माग गरेको छ । नेविसङ्घले आज पछिल्लो समय राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्दा शिक्षा क्षेत्र आक्रान्त बनेको भन्दै भागवण्डा अन्त्य गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।   नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विश्वविद्यालयमा हुने नियुक्ति राजनीतिक भागवण्डामा भन्दा पनि प्रतिष्पर्धाका आधारमा हुनुपर्ने बताउनुभयो..

    गैसस सम्मेलनमा नेपालको प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड

    आईतवार, भाद्र १५, २०७६ साल
    जर्मनी, १५ भदौ  जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् ।जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा..

    ३ सय विद्यार्थी अध्ययनरत विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

    आईतवार, भाद्र १५, २०७६ साल
    कावासोती, १५ भदौ स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो ।  आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले बताउनुभयो । उक्त खोलाको बाढी पसेर विद्यालयको..

    क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन

    शनिबार, भाद्र १४, २०७६ साल
    जुम्ला, १४ भदौ शिक्षाको आधारभूत तहलाई विशेष ध्यान दिएर तातोपानी गाउँपालिका जुम्लाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ । गाउँपालिकाले हिमशिर मावि तातोपानी जुम्लामा हिजोदेखि पाँच दिने कार्यशाला सञ्चालन गरेको हो । मूलतः यस गाउँपालिकाको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न र शिक्षकलाई उनीहरुको पेशाप्रति जिम्मेवार बनाउन अभ्यासमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।  “पछिल्लो समयमा ग्रामीण..

    भाइरल ज्वरोका कारण शिक्षक बिरामी हुँदा स्कूल बन्द

    शुक्रबार, भाद्र १३, २०७६ साल
    भीमदत्तनगर, १३ भदौ कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताउनुभयो । “दैनिक २०० बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्”, उहाँले भन्नुभयो, “तीमध्ये..

    क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

    बिहिवार, भाद्र १२, २०७६ साल
    तेह्रथुम, १२ भदौ म्याङलुङ क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको तलब वृद्धिका लागि पटक पटक माग गरेपनि बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददीराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरिएको हो ।  तलब न्यून भएको भन्दै सेवा सुविधा वृद्धिका लागि क्याम्पस सञ्चालन समिति तथा क्याम्पस प्रमुखसँग पटक पटक माग गरेपनि सुनुवाइ नभएकाले आन्दोलन गर्नुपरेको आन्दोलन संयोजन समितिका..

    २१ दिनसम्म पनि खुलेन काठमाडौँ विश्वविद्यालयको ताला

    बुधबार, भाद्र ११, २०७६ साल
    बनेपा, ११ भदौ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन ।  प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको..

    परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट !

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ?, आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ ।  जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक..

    चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ   यस वर्ष चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेको छ ।   “आज हामी यहाँ बसेर सन् २०१९ मा चीनमा अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीहरूलाई बिदा..

    विद्यालयमा हडताल गरे ५ हजार जरिवाना !

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ ।बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन..

    १० वर्षभित्र सबै विद्यालय सुरक्षित !!

    मंगलवार, भाद्र १०, २०७६ साल
    सुर्खेत, १० भदौ । स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न भेलाले बृहत् विद्यालय सुरक्षा क्लब गठन गर्ने..

    १५ प्रतिशत विद्यालय मात्र पठनपाठनयोग्य

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परीक्षणपछि करिब ८५ प्रतिशत विद्यालय पठनपाठन गर्न अनुपयुक्त भएको निष्कर्ष निकालेको हो ।  शिक्षा पत्रकार सञ्जालले सोमबार आयोजना..

    आफ्नै पाठ्यपुस्तक पढाउँदै गाउँपालिका

    सोमबार, भाद्र ९, २०७६ साल
    सल्यान, ९ भदौ   त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरिएको हो ।      गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जानकारी..

    राष्ट्रिय शिक्षा दिवस : अब राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार नदिइने

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौं, ७ भदाैं । अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा दिइने पुरस्कार सम्बन्धी नयाँ वैज्ञानिक मापदण्ड तय गरिएको छ। विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्ष वैज्ञानिक मापदण्ड तय गरिएको हाे। राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय..

    त्रिविसहित ४ विश्वविद्यालमा कामु उपकुलपति

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ   त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु)उपकुलपतिको जिम्मेवारी दिइएको छ ।    विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु उपकुलपतिको जिम्मेवारी तोक्दै पत्र पठाउनुभएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो ।    उहाँका अनुसार त्रिविमा कामु उपकुलपतिमा शिक्षाध्यक्ष डा..

    अब जम्मा २५ सयमा बिए पढ्नुहाेस्, कम्युटर र पाठ्पुस्तक निःशुल्क

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडाैं, ५ भदाै ।  गुल्मीको धुर्कोट परमानन्द बहुमुखि क्याम्पसले भने जम्मा रु २ हजार ५ सय मा स्नातक अध्यापन गराउने भएकाे छ ।  उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले चर्को शुल्क तिर्नु परेको गुनासो बढीरहेको बेला क्याम्पसले यस्ताे घाेषणा गरेकाे हाे । विद्यार्थीलाई गाउँमै सस्तो शुल्कमा उच्च शिक्षा दिने उद्देश्यले क्याम्पसले जम्मा २ हजार ५ सयमा स्नातक अध्ययनको व्यवस्था गरेको हो । शुरुमा सो उक्त..

    त्रिविको उपकुलपति रिक्त, १० वर्षे भिजन उपलब्धि : खनियाँ

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ ।  त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताउनुभएको छ । त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो । डा खनियाँले जारी गर्नुभएको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी शिक्षक आन्दोलनमा रहेका समस्यमा आफूले जिम्मेवारी लिएको र हाल पुनःनिर्माण र..

    अन्तरराष्ट्रिय शिक्षा सम्मेलन शनिबारदेखि

    बुधबार, भाद्र ४, २०७६ साल
    ललितपुर, ४ भदौ    पाटनढोकास्थित रातोबङ्गला विद्यालयमा शिक्षा सम्मेलन हुने भएको छ । यही भदौ ७ देखि ९ गतेसम्म रातोबङ्गला परिषद्को आयोजनामा नेपालको शिक्षालाई थप गुणस्तरीय बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको हो ।    सो सम्मेलन आयोजक समितिका सदस्य बाबुराम पौडेलले ‘शिक्षा सबैको अधिकार हो’ भन्ने मूल नारालाई सार्थक बनाउँदै नेपालका दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित भइरहेकाले उनीहरुमा शिक्षाको पहुँच..

    विश्वविद्यालयलाई स्वायत्त र सिर्जनशील कसरी बनाउने ?

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ    “विश्वविद्यालयले आफ्नो उपकुलपति र प्राध्यापक आफैँ नियुक्त गर्न सक्नुपर्छ । राजनीतिक तहबाट नियुक्ति हुने प्रणाली नियन्त्रणमुखी हो । यसले दलीय हस्तक्षेपलाई रोक्न सक्दैन ।” त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ सङ्कायका पूर्वडीन प्रा डा राजेन्द्रध्वज जोशीले उच्चशिक्षा नीतिमा परिवर्तनको औचित्य दर्शाउँदै भन्नुभयो, “विश्वविद्यालयले सम्बन्धन दिने प्रणाली राखिरहन आवश्यक छैन । कलेजहरु आफैँले पाठ्यक्रम लागू गरेर परीक्षा लिन सक्नुपर्छ । शुल्क पनि..

    प्रदेश नं ३ ले विस्तार गर्‍याे एक विद्यालय एक नर्स कार्यक्रम

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ ।सामाजिक विकास मन्त्रालयले सो कार्यक्रमअन्तर्गत १३ जिल्लाका १०१ स्थानीय  तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ । यसअघि मन्त्रालयले सो कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको छ । मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार यसपटक ती..

    एसइईको ग्रेड वृद्धिको परीक्षा, विद्यार्थीभन्दा निरीक्षक धेरै

    मंगलवार, भाद्र ३, २०७६ साल
    घोराही, ३ भदौ ।   अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ ।    घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तिसुधा मावि,..

    काठमाडौँ विश्वविद्यालयको तालाबन्दी खोल्न वार्ता समिति

    सोमबार, भाद्र २, २०७६ साल
    काभ्रेपलाञ्चोक, २ भदौ   धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्टार र डिनका दुई वटा कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न काठमाडौँ विश्वविद्यालयले वार्ता समिति गठन गरेको छ ।    सङ्घले विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौता कार्यान्वयन नभएको जनाउँदै गत साउन २३ गते स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनीयरिङका डिन तथा साउन २६ गते उपकुलपति र रजिष्ट्रार तथा कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको..
    Results 869: You are at page 4 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast