बिहिवार, चैत्र २०, २०७६

    स्कुल-कलेज

    कम्प्युटर शिक्षामा रुकुमका विद्यार्थीको आकर्षण बढ्यो

    आईतवार, भाद्र १८, २०७४ साल
    रुकुम ।  रुकुमको दुर्गम भेगका विद्यालयहरुमा निःशुल्क कम्प्युटर शिक्षा सञ्चालन गरिएको छ । रुकुमका विभिन्न विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगी पठनपाठन अवरुद्ध भइरहेको बेलामा जिल्लाको एक माध्यमिक विद्यालयमा भने निःशुल्क कम्प्युटर शिक्षा सञ्चालन गरिएको हो । जिल्लाको मुसीकोट नगरपालिका–१३ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालय छिवाङको कक्षा १ देखि १० सम्म निःशुल्क कम्प्युटर शिक्षा शुरू गरिएको छ । यो विद्यालयमा कक्षा १ का बालबालिकालाई..

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    आईतवार, भाद्र १८, २०७४ साल
    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।  बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कुल एक लाख ९३ हजार १ सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७ सय ५८ उत्तीर्ण भएको र ७७ जना निष्कासनमा परेको जानकारी दिए । त्यसैगरी..

    बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध

    मंगलवार, श्रावन ३१, २०७४ साल
    नेपाल विद्यार्थी संघले नेपालका बाढी पीडितलाई सहयोग गर्न संयुक्त राष्ट्र संघलाई अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्क पुगेको प्रतिनिधि मण्डलमा सहभागी नेबिसंघ अध्यक्ष नैनसिंह महरले नेपालमा ठूलो विपत्ती आइपरेको भन्दै सहयोगको आग्रह गरेका हुन् । महरले संयुक्त राष्ट्र संघको युवा सभामासम्बोधन गरेका थिए । त्यस्तै, अमेरीकास्थित जनसम्पर्क समितिको छुट्टाछुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघका..

    बिद्यार्थी संगठनहरुले बाढी पीडितको उद्धार र राहतमा सम्पूर्ण जनशक्ति परिचालन गर्ने

    मंगलवार, श्रावन ३१, २०७४ साल
    बिभिन्न राजनीतिक दलनिकट संयुक्त बिद्यार्थी संगठनहरुले हालै तराईका विभिन्न जिल्लामा आएको बाढी र डुवानमा रहेका तराईका जिल्लाहरुमा राहत र उद्धारका लागि जनशक्ति परिचालन तीव्र बनाउने भएका छन् । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा बसेको संयुक्त बिद्यार्थी संगठनको बैठकले बाढी प्रभावित २६ जिल्लालाई केन्द्रित गरी राहत र उद्धारका लागि आ(आफ्नो संगठनमार्फत परिचालित हुने निर्णय गरेको हो । त्यस्तै, पीडितलाई तत्काल..

    डाक्टरले दादागिरी गरेको भन्दै युवा संघ सडकमा

    मंगलवार, श्रावन १७, २०७४ साल
    बाँके, साउन ४ गते ।  बाँकेको कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराईलाई बैशाख २९ गते उपचारका लागि नेपालगन्जको माँ जानकी अस्पतालमा भर्ना गरियो ।  माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवले भट्टराईको उपचार गरेका थिए । पछि डा. श्यामसुन्दर यादवले अन्यत्र रिफर गरेपछि उनलाई भारतको लखनउका बिभिन्न अस्पताल हुदै, नेपालगन्ज मेडिकल कलेज र अन्त्यमा राजधानीको बि एण्ड बी अस्पतालमा..

    आरोपित भन्छन–बिरामीको पक्षमा बोल्दा सार्वजनिक अपराधको मुद्दा

    मंगलवार, श्रावन १७, २०७४ साल
    नेपालगन्ज, साउन ४ । डा. श्यामसुन्दर यादवलाई हातपात भएको र माँ जानकी अस्पतालमा तोडफोड भएको दावी गर्दै नेपाल चिकित्सक संघ भेरीले मंगलबारदेखि ईमरजेन्सी बाहेकका सम्पुर्ण सेवा बन्द गरी अस्पताल ठप्प पारेका छन् । लिखित उजुरीका आधारमा प्रहरीले ५ जनाबिरुद्ध सार्वजनिक अपराधको मुद्धा मंगलबार नै दर्ता गरिसकेको छ । कोहलपुरका कुस्माखर बस्याल, सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल र कमल शाहीबिरुद्ध..

    मनसराको उपचारका लागि नेपालगन्जमा सहयोग संकलन

    मंगलवार, श्रावन १७, २०७४ साल
    बाँके, असार ६ –    आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी चार वर्षिया बालिका मनसरा लुहारको उपचारका लागि नेपालगन्जमा पनि सहयोग सहयोग जुट्न थालेको छ । लुहारका आफन्त र नेपाली युवाको अन्तर्राष्ट्रय सञ्जाल मिसन बेटर नेपालले संयुक्त रुपमा आर्थिक अभावका  कारण उपचार नभएको भन्दै उपचारमा सहयोगका लागि अपिल गरेको सार्वजनिक भएपछि नेपालगन्जमा पनि सहयोग संकलन सुरु भएको हो ।  क्विन भिएस किङ्ग आरआर..

    गगन थापाको निर्देशनमा भारतीय लगानीको मणिपाल अस्पताललाई स्पष्टिकरण

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः मुस्ताङको कागबेनीमा शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण सोधेको छ ।  स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा भारतीय लगानी रहेको मणिपाललाई पत्र काटिएको हो । पत्र बुझेको २४ घन्टाभित्र स्पष्ट कारण र आधारसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । संविधानको धारा ३५ उपधारा १ मा ‘प्रत्येक नागरिकलाई आकस्मिक स्वास्थ्य..

    नर्भिक अस्पतालले पाँच बर्षभित्र दुईसय शैय्याको सुविधा सम्पन्न भवन बनाउने

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः नर्भिक अस्पतालले पाँच वर्षभित्र दुईसय शैय्याको सुविधा सम्पन्न भवन बनाई सेवा दिने जानकारी दिएको छ । अस्पतालले सय शैय्याको क्यान्सर अस्पताल आमा र बच्चाका लागि उच्चस्तरीय शल्यक्रियासहितको सेवा तत्काल सुरु गर्ने जनाएको हो ।  आफ्नो २४औँ वार्षिकोत्सकको कार्यक्रममा अस्पतालले ‘नर्भिक भिजन २०२२’अन्तर्गत सुविधासम्पन्न भवन बनाउन लागेको बताएको हो । अस्पतालको बार्षिकोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख आतिथि थिए ।  अस्पतालका अध्यक्ष बसन्त..

    क्यान्सरको उपचारका लागि अब पाँच लाख दिने तयारी, अर्को बर्षदेखि सबैको स्वास्थ्य बिमा

    मंगलवार, बैशाख ५, २०७४ साल
    भक्तपुरः स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने तयारी गरेको सार्वजनिक गरेका छन् । उनले बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताए ।  नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको नवनिर्मित स्मृति भवनको साँचो हस्तान्तरण कार्यक्रममा उनले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा ५० हजार रुपियाँ सहयोग..

    स्वास्थ्यमन्त्रीको नयाँ सालको अभियान: ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वास्थ’

    बिहिवार, चैत्र ३१, २०७३ साल
    काठमाडौँ: सरकारले जनतालाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन आगामी वर्ष २०७४ लाई ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानका रुपमा मनाउने भएको छ । आज आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने बताए । अभियानको सुरुआत प्रधानमन्त्रीले स्थानीय दशरथ रङ्गशालाबाट गर्ने कार्यक्रम छ । मन्त्री थापाले भन्नुभयो, ‘‘अहिले जीवनशैलीमा आधारित रोगहरूको..

    निःशुल्क उपचारबारे जनता अझै अनभिज्ञ

    बिहिवार, चैत्र २४, २०७३ साल
    काठमाडौँ: सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग दिँदैआएको छ ।      बर्सेनि अर्बौं रुपैयाँ यस्ता रोगको उपचारमा खर्च हुने भए पनि लक्ष्यित जनताले निर्दिष्ट सुविधा पाउन सकेका छैनन् भन्ने गुनासो पनि सुनिँदै आइएको छ ।     मधुमेह, उच्च रक्तचापले समस्या हुन थालेपछि थानकोटका भीमबहादुर परियारको दैनिकी अस्पताल..

    अब फरक रक्त समूह भए पनि मिर्गौला प्रत्यारोपण सम्भव

    शनिबार, चैत्र १९, २०७३ साल
    काठमाडौँ: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ । अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले यही चैत ९ गते सफल प्रत्यारोपण गरेको हो..

    ‘कास्की र सुनसरीमा बर्डफ्लुः चितवनमा उच्च सतर्कता’

    आईतवार, चैत्र १३, २०७३ साल
    नारायण अधिकारी चितवन: कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ । काठमाडौँ,..

    विशिष्टहरुलाई बाहिर उपचार गर्न नदिने तयारी भइरहेको गगन थापाको खुलासा

    शनिबार, चैत्र १२, २०७३ साल
    रौतहटः विशिष्ट व्यक्तिहरुको उपचारको नाममा राज्यकोषबाट ठूलो रकम बाहिरिरहेको बेला स्वास्थ्यमन्त्री गगन थापाले त्यस्ता व्यक्तिहरुलाई उपचारका लागि विदेश जानबाट रोक्ने तयारी भइरहेको खुलासा गरेका छन् ।  बृहत स्वास्थ्य शिविर अनुगमनका क्रममा शुक्रवर गौर आइपुगेका थापाले विशिष्टहरुको उपचारका लागि बाहिर जाने संस्कृति अन्त्य गर्न जरुरी रहेको भन्दै त्यसका लागि नेपाली सेनाको अस्पतालमा रहेको विशिष्ट उपचार कक्षलाई स्तरोन्ती गरी नेपालमै उनीहरुलाई स्वास्थ्य सेवा..

    काठमाडौंका ४५० क्लिनिक दर्ता भए, अझै आधा दर्ता हुन बाँकी

    सोमबार, चैत्र ७, २०७३ साल
    काठमाडौंः अवैधरुपमा सञ्चालन भएका निजी स्वास्थ्य संस्थालाई जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुन फागुन मसान्तसम्म दिएको म्याद सकिए पनि नयाँ निवेदन आउने क्रम जारी छ ।  सरकारले उपत्यकासहितका देशभरका निजी स्वास्थ्य संस्थालाई सम्बन्धित जिल्ला जनस्वास्थ्यमा दर्ता हुन र दर्ता भएर नवीकरण नभएका संस्थालाई नवीकरणमा आउन फागुन मसान्तसम्म समय दिएको थियो । फागुनपछि नवीकरण र नयाँलाई अनुमति दिन पाइने छैन ।  काठमाडौं जनस्वास्थ्य कार्यालयमा..
    Results 886: You are at page 30 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30
    Weather Forecast