सोमबार, माघ ६, २०७६

    स्कुल-कलेज

    जुम्लामा एमडिजीपी शैक्षिक कार्यक्रम रोकियो

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौँ, १३ असोज जुम्लामा पहिलो पटक विशेषज्ञ चिकित्सक उत्पादन गर्न तत्कालका लागि बाटो बन्द भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति÷स्वीकृतिपत्र नपाएपछि विशेषज्ञ तहमा चिकित्सक उत्पादन गर्न केही समयपछि धकेलिएको हो ।   राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हालै प्रतिष्ठानमा सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न थप अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउँदै तत्काल अनुमति÷स्वीकृतिपत्र नदिने..

    मेडिकल कलेजका मालिकको धम्की- शिक्षामन्त्रीलाई कुर्सीबाट निकाल्छाैं

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौं, १० असाेज । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारी निर्णयको विरोध गर्दै सरकारलाई नै मेडिकल कलेज चलाउन चुनौती दिएका छन्।  निजी मेडिकल कलेज एसोसिएसनले सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने अभिप्रायले कलेजहरुको सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट..

    तलब वृद्धिको माग गर्दै कञ्चनपुरका बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित

    शुक्रबार, असोज १०, २०७६ साल
    कञ्चनपुर, १० असोज । तलब नबढेकाे भन्दै कञ्चनपुरका बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित भएका छन् । तलव वृद्धिको माग गर्दै कञ्चनपुरमा सरकारी तथा गैरसरकारी विद्यालयका बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित भएका हुन् । सरकारले चालु आर्थिक वर्षमा अन्य कर्मचारीको तलब वृद्धि गरे पनि आफूलाई सम्बोधन नगरेको भन्दै भीमदत्त र कृष्णपुर नगरपालिकाका बाल विकासका शिक्षिका आन्दोलित भएका छन् । स्थानीय, प्रदेश र..

    सरकार र मेडिकल कलेजबीच अनौठो जुहारी

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौँ, १० असोज । निजी मेडिकल कलेजका सञ्चालकहरूले सरकारले निर्धारण गरेको शुल्कमा एमबीबीएसका विद्यार्थीलाई अध्ययन गराउन नसक्ने प्रष्ट पारेका छन् । सरकारले तोकेको मूल्यमा अध्ययन अध्यापन गराउन नसक्ने भन्दै उनीहरूले मन्त्रालयको नेतृत्वलाई नै चुनौती दिएका छन् ।   रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्माले सरकारले तोकेको शुल्कमा..

    डेढ अर्ब बढ्याे मेडिकल कलेजहरूकाे नाफा

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडाैं, ९ असाेज । आर्थिक वर्ष २०७४/०७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ ।  यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरु आफैंले स्वीकारेका पनि छन् । तर, विद्यालयबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेजसञ्चालकहरुले विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन् । सरकारले रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेसँगै उनीहरुले..

    विद्यार्थीको भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो

    बुधबार, असोज ८, २०७६ साल
    चितवन, असोज ८ । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६/७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।  प्रवेश परीक्षा सकिएर विद्यार्थी भर्ना हुने चरणमा रहेका बेला कलेज संचालकहरुले एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने अडान लिएका हुन् । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल..

    कक्षा ११ को नतिजा प्रकाशित, कसको कति जिपिए ?

    मंगलवार, असोज ७, २०७६ साल
    काठमाडौँ, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।    कति जिपिए ? नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२,..

    एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज   त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सर्वाेत्कृष्ट अङ्क अर्थात् ९५ प्राप्ताङ्क ल्याएका छन् ।    यसैगरी काठमाडाँै विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि..

    कक्षा ११ काे नतिजा भाेलि सार्वजनिक हुँदै

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौं, ६ असाेज । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार कुनै प्राबिधिक समस्या नआएमा प्रकाशित गर्ने तयारि गरेको छ । बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । उनले भने, ‘आज अन्तिम ट्याली गरिरहेका छौ भोली दिउसो परीक्षाफल प्रकाशित गर्ने तयारिमा छौ’ । बोर्डले विज्ञान,..

    चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, बढी शुल्क फिर्ता गर्ने !

    शनिबार, असोज ४, २०७६ साल
    भरतपुर, ४ असोज चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो ।   विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी..

    बढी शुल्क लिएको भए फिर्ता देऊ : त्रिविवि

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज  त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।  त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस  तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क आफूहरुसित कलेज प्रशासनले उठाएको भन्दै आन्दोलनरत छन् ।  त्रिविविले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान..

    पुस्तक आयात बन्द : कर फिर्ता लिन माग

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट०प्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् ।  मन्त्रालयले साउन १ गतेदेखि  आयातीत पुस्तकमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो । आयातीत पुस्तकको बिक्री मूल्यमा १० प्रतिशत कर तिनुपर्ने व्यवस्था भएपछि साउनदेखि विदेशी पुस्तक आयात बन्दसमेत गरिएको आयातकर्ताले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो..

    २ हजार विद्यार्थी अध्ययनरत चितवन मेडिकल कलेजमा १६ दिनदेखि पठनपाठन ठप्प

    बुधबार, असोज १, २०७६ साल
    चितवन, १ असोज । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।  त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन..

    ४० दिनपछि खुल्यो काठमाडौं विश्वविद्यालयको ताला

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडाैं, ३१ भदाै । काठमाडौं विश्‍वविद्यालयको ताला ४० दिनपछि खुलेको छ। विश्वविद्यालय ऐन, नियम र पद्धतिबाट सञ्चालन हुनुपर्ने, आर्थिक तथा नीतिगत अनियमिततालाई नियन्त्रण गर्न र प्राध्यापक र कर्मचारीको वृत्ति-विकास सम्बन्धी माग राखेर प्राध्यापक संघ र कर्मचारी संघले कार्यालय बन्द गरेका थिए । काठमाडौं विश्‍वविद्यालय प्राध्यापक संघ तथा कर्मचारी संघ र विश्‍वविद्यालय बीच सम्झौता भएपछि सोमबार उक्त ताला खोलिएको हो। वार्ताका लागि विश्‍वविद्यालय कार्यकारी परिषदले..

    मेडिकल शिक्षामा चर्को शुल्क असुली अझै हटेन

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । कलेजहरूले भने एउटै विद्यार्थीसँग दोब्बर शुल्क (८० लाख) सम्म असुल्दै..

    उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन गर्न त्रिविलाई राष्ट्रिय सूचना आयोगकाे निर्देशन

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौं, ३० भदौ ।  राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयलाई उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन गर्न निर्देशन दिएकाे छ। आयोगले विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि प्राप्त गर्दा लाग्ने शुल्क पुनरावलोकन गर्न निर्देशन दिएको हाे । त्रिविले विद्यार्थीसँग उत्तरपुस्तिकालगायतमा लिने शुल्क अव्यवहारिक, महँगो र अन्य शुल्कको दाँजोमा उच्च रहेको भन्दै आयोगमा नवलपरासीकी कल्पना भट्टराईले उजुरी गरेकी थिइन् । भट्टराईको उजुरीपछि शुल्क अव्यवहारिक भएको भन्दै पुनरावलोकन गर्न त्रिविले २०७१ असार २४ गते..

    किन कमजोर छन् एशियाका विश्वविद्यालयहरु ? नं १ मा अक्सफोर्ड

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ  जीवनका सबै क्षेत्रको नेतृत्व नै शिक्षाले गर्छ । अक्सफोर्ड, हार्भर्ड, कालटेक क्याम्ब्रिज ,स्ट्यान्डफोर्डजस्ता नाम र आधुनिक मन्दिर त्यसै विश्वविख्यात भएका होइनन् । यी शिक्षाका ती मन्दिर हुन् जहाँका विद्यार्थीले संसारलाई डोर्‍याउने काम गरेका छन् । भर्खरै र्‍यान्किङ टाइम्स हायर एजुकेसन’ले विश्वका विश्वविधालयको २०२० को र्‍यान्किङ प्रकाशित गरेको छ । यस र्‍यान्किङमा इङ्ल्यान्डको ‘यूनिवर्सिटी अफ अक्सफोर्ड’ले पहिलो स्थान प्राप्त गरेको..

    शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

    शुक्रबार, भाद्र २७, २०७६ साल
    रामपुर, २७ भदौ । पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका एक हजार ५०५ बालबालिका विद्यालयमा भर्ना भएका र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको प्रतिवेदनका आधारमा विद्यार्थी भर्ना गराउने गाउँपालिका जिल्लामा नै पहिलो भएको हो ।   गाउँपालिकाभित्र अहिले ३७ सामुदायिक विद्यालय पाँच निजी तथा..

    'मुलुकको विकासमा प्रविधियुक्त शिक्षा आवश्यक'

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौँ, २६ भदौ   मुलुकको विकासका लागि प्रविधियुक्त शिक्षा आवश्यक रहेको आज यहाँ आयोजिक कार्यक्रमका वक्ताले बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘रोबोटिक्स प्रदर्शनी तथा प्रमाणपत्र वितरण समारोहमा’का वक्ताले विज्ञान र प्रविधिमूलक शिक्षा प्रदान गर्दै मुलुकको विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको हो ।    कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीले प्रविधिको सुरक्षित तवरले प्रयोग गरी समुन्नत नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।..

    काठमाडौं विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार डिन कार्यालय १ महिनादेखि बन्द

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडाैं, २६ भदाै । १ महिनादेखि काठमाडौं विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार डिन कार्यालय बन्द अवस्थामा छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार डिन कार्यालय ३६ दिनदेखि बन्द हुदा पनि पठनपाठन र परीक्षा भने प्रभावित नभएको जनाएको छ। विश्वविद्यालय ऐन, नियम र पद्धतिबाट सञ्चालन हुनुपर्ने, आर्थिक तथा नीतिगत अनियमिततालाई नियन्त्रण गर्न र प्राध्यापकरकर्मचारीको वृत्तिविकाससम्बन्धी माग राखेर प्राध्यापक संघ र कर्मचारी संघले कार्यालय बन्द गरेका हुन्। प्राध्यापक संघका सभापति..

    स्थानीय तहमा प्राविधिक शिक्षा सरकारको प्राथमिकता

    बुधबार, भाद्र २५, २०७६ साल
    काभ्रेपलाञ्चोक, २५ भदौ   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन र स्वीस् सङ्घीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा आयोजित प्राविधिक, व्यावसायिक शिक्षा तथा तालीमसम्बन्धी दुईदिने अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “नेपाल सरकारले सबै स्थानीय तहमा प्राविधिक..

    सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण

    बुधबार, भाद्र २५, २०७६ साल
    मध्यपुरथिमि, २५ भदौ बिपी नेत्र प्रतिष्ठानले प्रदेश नं ३ अन्तर्गत छ जिल्लाका सामुदायिक विद्यालयमा आँखा परीक्षण अभियान शुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ र मकवानपुरमा सो अभियान शुरु भइसकेको  प्रतिष्ठानका तालिम संयोजक राम केसीले जानकारी दिनुभयो । अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम शुरु गरिएको र यसपछि  जिल्ला जिल्लामा विद्यालय छनोट गरी आँखा परीक्षण शुरु गरिने उहाँले..

    पढ्दा पढ्दै विद्यालय भत्किएपछि ...

    मंगलवार, भाद्र २४, २०७६ साल
    गलेश्वर , २४ भदौ पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । आज दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो । दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो (पर्खाल) भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताउनुभयो ।  विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका..

    शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ । ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।    विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले शिक्षा र संस्कृतिमाथि आक्रमण भइरहेको बताउँदै संरचनागत रुपमा कसरी जाने भन्नेमा खुला छलफल..

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने

    सोमबार, भाद्र २३, २०७६ साल
    धरान, २३ भदौ उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताउनुभएको छ । उहाँले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताउनुभयो ।  प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझजदारी र समन्वयको खाँचो रहेको उपप्रधानमन्त्री यादवले बताउनुभयो । उहाँले प्रत्येक वडामा..

    शिक्षामा आमूल परिवर्तनको खाँचो : उपप्रधानमन्त्री पोखरेल

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौँ, २२ भदौ   उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको जनशक्तिलाई विश्वप्रतिष्पर्धी बनाउन शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको औँल्याउनुभएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि शिक्षाको रुपान्तरण जरुरी रहेको उल्लेख गर्दै उहाँले उत्पादनमूलक, प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज राजधानीमा..

    राजनीतिक पहुँचका आधारमा जथाभाबी विश्वविद्यालय

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौं, २१ भदौ । धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबारे कुनै अध्ययन गरेको छैन । नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभाबी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।  मुलुकमा अहिले ११ वटा विश्वविद्यालय तथा तिनका आंगिक र सम्बन्धन गरी १४ सय ८ वटा क्याम्पस छन् । मानित विश्वविद्यालयका रूपमा चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् ।..

    अवकाशप्राप्त शिक्षकलाई अख्तियारको मुद्दा

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौं, २१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिनुभएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तीनै जनामाथि छुट्टाछुट्टै..

    सार्वजनिक शिक्षा सुदृढीकरणका लागि काठमाडौँ घोषणापत्र

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ संविधानतः विद्यालय शिक्षा सञ्चालनको कार्यक्षेत्र स्थानीय तहमा भए पनि सङ्घीय र प्रादेशिक सरकारले त्यसमा हस्तक्षेप गर्न नहुनेमा शिक्षामा कार्यरत् संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज सम्पन्न सार्वजनिक शिक्षामन्त्री छैटौँ राष्ट्रिय सम्मेलनले जोड दिएको छ । सम्मेलनमा जारी १५ बुँदे काठमाडौँ घोषणापत्रमा संविधानको अनुसूची ९ मा उल्लेख भएको शिक्षासम्बन्धी साझा अधिकारलाई व्याख्या गर्दा विद्यालय शिक्षामा सङ्घीय र प्रादेशिक..

    मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा  मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त नीतिको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेकाले चाँडै पारित हुने जानकारी दिनुभयो ।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको सार्वजनिक शिक्षाका लागि छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले नीति आएपछि सङ्घीय शिक्षा ऐन निर्माणको..
    Results 869: You are at page 3 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast