शुक्रबार, चैत्र २१, २०७६

    स्कुल-कलेज

    त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायको पठनपाठन शुरु गर्ने

    सोमबार, फागुन २१, २०७४ साल
    चितवन, २१ फागुन ९ त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ ।  सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन ।  जिल्लामा नै कृषि शिक्षा पढाउने उद्देश्यका साथ निरन्तर लागेको त्रिविले यसवर्ष भने पूर्वी चितवनको खैरहनीमा कृषि स्नातक..

    बागलुङमा संस्कृत विद्यालय दानका भरमा चल्न बाध्य

    सोमबार, फागुन २१, २०७४ साल
    बागलुङ, २० फागुन । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ ।  धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र दैनिक रु पाँच हजार खर्च लाग्ने विद्यालय दानदाताकै सहयोगमा चलेको प्रधानाध्यापक  शान्ति ज्ञवालीले बताए  ।  “व्यक्ति र संघसंस्थाले दिने दान..

    तेह्रथुममा एक समाजसेवीद्वारा स्थानीय विद्यालयलाई कम्प्युटर प्रदान

    बुधबार, फागुन १६, २०७४ साल
    तेह्रथुम, १६ फागुन।  फदाप गाउँपालिका–१, सिम्लेका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन्  ।  विद्यालयको संस्थापक सदस्यसमेत रहेका फेदाप गाउँपालिका–१, सिम्लेका लक्ष्मीसुन्दर निङ्लेकुले आमा जोगमायाको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेका छन्  ।  उनले विद्यालयलाई नगद रु ५० हजारसमेत सहयोग गर्नुभएको छ । विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले निङ्लेकुले पुस्तक खरिद गरी पुस्तकालय स्थापना गरिदिएका..

    जग्गा अतिक्रमणको चपेटामा पर्यो बर्दिबास–२ स्थित जनता मावि

    मंगलवार, फागुन १५, २०७४ साल
    महोत्तरी , १५ फाल्गुन  ।  बर्दिवास नगरपालिकाको पुरानो विद्यालयको जग्गा अतिक्रमणको चपेटामा परेको छ । बर्दिबास–२ स्थित जनता माविको नगर क्षेत्रभित्रकै २१ बिघा जग्गामध्ये नौ बिघा जग्गा अतिक्रमणमा परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । बर्दिवासको शाखसँग जोडिएको सो विद्यालयका नाउँमा दर्ता रहेको २१ बिघा जग्गामध्ये अहिले १२ बिघा मात्र भोगचलन हुनसकेको छ ।  छ महिना पहिलेसम्म १० बिघा मात्र भोगमा रहे पनि..

    भूतपूर्व विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

    सोमबार, फागुन १४, २०७४ साल
    राइनास, लमजुङ, १४ फागुन।  लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् ।  राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताए ..

    सबै प्रदेशमा नमूना बहुप्राविधिक शिक्षालय निर्माण गरिनुपर्नेमा जोड

    आईतवार, फागुन १३, २०७४ साल
      भक्तपुर, १३ फागुन  ।    शिक्षा सचिव मधुप्रसाद रेग्मीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिीटिइभिटी)ले सीपयुक्त जनशक्ति निर्माणका लागि क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने बताएका छन् ।    सिटिइभीटीको ३० औं  वार्षिकोत्सवमा उनले श्रम बजारमा सहजै बिक्न सक्ने र पूँजी निर्माणमा सहयोग गर्न सक्ने जनशक्ति उत्पादन गरी देशलाई समृद्घ बनाउन सिटिइभिटीको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए  । “अब सिटिइभिटीले आवश्यकता पहिचान र म्यापिङ..

    डडेल्धुरामा विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

    आईतवार, फागुन १३, २०७४ साल
    डडेल्धुरा, १३ फागुन ।  डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।  प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकालाई गाउँपालिकाको लगानीमा विभिन्न प्राविधिक शिक्षा अध्ययन गर्नका लागि सहयोग पुर्याउने भागेश्वर गाउँपालिका अध्यक्ष कौशीकुमारी भट्टले जानकारी गराए  ।  हरेक वर्ष..

    त्रि विद्वारा स्नातकोत्तर (एमबिएस) दोस्रो वर्ष २०७३ को परीक्षाफल प्रकाशित

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन ।  त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक-मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।  परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ भने MBS (space)..

    राजधानीमा पर्सीदेखि शिक्षासम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन हुँदै

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौं, फागुन ९ ।  यही फागुन ११ र १२ गते राजधानीमा ‘संघीय व्यवस्थामा गुणस्तरीय शिक्षा’ विषयमा अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनमा हुन लागेको सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, नेदरल्यान्ड्स, स्पेन, बंगलादेश, भारत, भियताम, मलेसिया र थाइल्यान्ड लगायत देशका शिक्षाविद्हरुको सहभागिता रहनेछ । बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेशकुमार सिलवालले देश संघीयतामा गइसकेका..

    म्याग्दीको बेनीस्थित जयन्ती माविको भवनका लागि १५ लाख सहयोग

    सोमबार, फागुन ७, २०७४ साल
    बाबियाचौर, म्याग्दी, ७ फागुन ।  बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन निर्माणका लागि बेल्जियमको एक संस्थाले रु पन्ध्र लाख सहयोग गरेको छ ।  बेल्जियमको हिमालयन प्रोजेक्टले समुदायको अगुवाइमा निर्माण हुन लागेको भवनका लागि उक्त सहयोग गरेको हो । संस्थाका पाउल भान्द्रेले बेल्जियमबाट पठाएको उक्त रकम अन्नपूर्ण गाउँपालिका–६ चित्रेका दीपक पुनमार्फत वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनलाई आइतबार हस्तान्तरण गरे ।  चित्रेकी..

    विद्यालयको शैक्षिक पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

    आईतवार, फागुन ६, २०७४ साल
    नगरकोट, ६ फागुन  ।  शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिएका छन्  ।  भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र प्रविधिका विषयमा स्थानीय पाठ्यक्रममा राख्न सकिने विषयवस्तुबारे प्रस्तुतीकरण..

    सप्तरीको सुरुङ्गामा बालभित्ते पत्रिका लेखन प्रतियोगिता सम्पन्न

    आईतवार, फागुन ६, २०७४ साल
    लहान, ६ फागुन  ।  बाल क्लबस्तरीय बालभित्ते पत्रिका लेखन प्रतियोगिता सप्तरीको सुरुङ्गा नगरपालिकामा सम्पन्न भएको छ ।  कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीले जिल्लाका विभिन्न २७ वटा बाल क्लबमा आवद्ध बालबिालिकाबीच बालभित्ते पत्रिका लेखन प्रतियोगिता गराएको हो ।  सुरुङ्गा नगरपालिकास्थित मोतिलाल माविमा आयोजित बालभित्ते पत्रिका लेखन प्रतियोगितामा नवज्योति बाल क्लब कुशहा–८ प्रथम भएको छ भने सनराइज बाल क्लब हरिपुर–५ द्धितीय र भबिष्य निर्माण..

    म्याग्दीको बेनीमा बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रावास

    शुक्रबार, फागुन ४, २०७४ साल
    बाबियाचौर, म्याग्दी, ४ फागुन ।  बेनी नगरपालिका–५, बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ ।  प्लान इन्टरनेशनल नेपालको सहयोगमा अपांग संघ, म्याग्दीद्वारा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत तीनकोठे भवन निर्माण भएको हो । प्लान इन्टरनेशनलको रु ५५ लाख ६२ हजार १८ सहयोग र समुदायको रु दुई लाख पाँच हजार ७९३ बराबरको श्रमदानमा भवन निर्माण भएको..

    प्रथम शहीद लखन थापाको जीवनी पठनपाठन हुनुपर्नेमा जोड

    बिहिवार, फागुन ३, २०७४ साल
    पाल्पा, ३ फागुन ।  नेपालका प्रथम शहीद लखन थापाको जीवनीसहित विद्यालय तहमा पाठ्यक्रम तयारी गरी पठनपाठन सञ्चालन गर्नुपर्नेमा यहाँको एक कार्यक्रमका सहभागीले जोड दिएका  छन्  ।  प्रथम शहीद लखन थापाको १४२ औँ स्मृति दिवसका अवसरमा नेपाल मगर संघ, पाल्पाद्वारा मंगलबार तानसेनमा आयोजित शालिकमा माल्यार्पण कार्यक्रममा प्रथम शहीद थापाको योगदान ठूलो रहेको सहभागीले बताए  ।  नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टा मगरले काठमाडौँको..

    हिमाल पारीको जिल्ला मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु

    बुधबार, फागुन २, २०७४ साल
    ठिनी, मुस्ताङ, २ फागुन।  मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ ।  मुस्ताङ जिल्लाको उपल्लो भागका केही वि द्यलयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिका रहेका नौ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा..

    गाईघाटस्थित 'त्रिवेणी उच्च मावि', कटारीको स्वर्ण महोत्सव शुरु

    बुधबार, फागुन २, २०७४ साल
    गाईघाट, उदयपुर, २ फागुन ।  उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव कार्यक्रमको आयोजना गरेको छ ।  उक्त सप्ताहव्यापी स्वर्ण महोत्सवको उद्घाटन एक औपचारिक कार्यक्रमबीच कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गरेका थिए भने फागुन ८ गते यसको समापन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको आयोजकले बताएका छन् ।  स्वर्ण महोत्सवको पहिलो दिन कटारी नगरपालिका..

    म्याग्दीको रघुगंगामा बाआमाका नाममा १ एक लाखको अक्षयकोष स्थापना

    आईतवार, माघ २८, २०७४ साल
    म्याग्दी, २८ माघ  ।  रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना  गरेका छन् ।  पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रधानाध्यापक तोरणबहादुर खत्रीलाई हस्तान्तरण गरे  । कोषबाट प्राप्त ब्याजबाट विद्यालयमा पढ्ने जेहन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति..

    प्रदेश नं ५ मा सांसद पन्थीद्वारा स्थानीय क्याम्पसलाई रु १५ लाख सहयोग

    आईतवार, माघ २८, २०७४ साल
    जितपुर, कपिलवस्तु, २८ माघ।  प्रदेश नं ५ कपिलवस्तुका सांसद विष्णु पन्थीले यहाँको एक क्याम्पसलाई शनिबार रु १५ लाखभन्दा बढी सहयोग गरेका छन्  ।  वाणगंगा–४ बुंची सिद्धार्थ क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले जारी महायज्ञको दोस्रो दिन सांसद पन्थीले रु १५ लाख १५ हजार सहयोग गरेका हुन्  । सांसद पन्थीले क्याम्पसको स्तरोन्नतिका साथै आजको युगमा प्राविधिक शिक्षाको अनिवार्य आवश्यता भएको हुँदा प्राविधिक शिक्षाका..

    त्रिविको ३ वर्षे 'शिक्षा शास्त्र संकाय' तर्फको परीक्षाफल प्रकाशित

    शुक्रबार, माघ २६, २०७४ साल
      काठमाडौँ, २६ माघ  ।  त्रिभुवन विश्वविद्यालयले गत असार-साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ ।   ..

    ललितपुरमा स्कुले विद्यार्थीलाई सडक नियम सिकाउँदै महानगरीय ट्राफिक प्रहरी

    बिहिवार, माघ २५, २०७४ साल
    ललितपुर, २५ माघ ।  जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ ।  ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले गत साताबाट ‘विद्यालयमा शिक्षा’ कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको हो । एक सातामा नौवटा विद्यालयमा कार्यक्रम गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए। उनले भने , “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्यसंगै जानकारीमूलक भिडियो र बालबालिकासँग अन्तरक्रिया गरेर..

    ताप्लेजुङमा स्नातकोत्तर तह सञ्चालनका लागि महायज्ञ गरिंदै

    बिहिवार, माघ २५, २०७४ साल
    ताप्लेजुङ, २५ माघ  ।  ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले क्याम्पसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो ।  अर्थ संकलनका लागि जिल्लामा गरिएको यो पहिलो महायज्ञ हो । करिब रु दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्यका साथ शुरु..

    शैक्षिक बजेट बढाउन अन्तर्राष्ट्रिय मञ्चमा नेपालले गर्यो प्रतिबद्धता

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २४ माघ  ।  शिक्षा क्षेत्रमा पछिल्ला वर्षमा न्यून बजेट देखिएका बेला शिक्षाका लागि विश्वव्यापी साझेदारी (जिपिई) को अन्तर्राष्ट्रिय वित्त सम्मेलनमा नेपालले लगानी बढाएर कूल बजेटको २० प्रतिशतसम्म पुर्याउने प्रतिबद्धता जनाएकोे छ ।  संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्य (एसडिजी) को लक्ष्य नं ४ पूर्तिका लागि शिक्षामा लगानी अपर्याप्त भई सार्वजनिक शिक्षाको गुणस्तर खस्केकामा आम चिन्ता देखिएका बेला शिक्षा मन्त्रालयले उक्त प्रतिबद्धता जनाएको..

    विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौँ, २४ माघ ।  विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।  अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् ।  सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै अनेरास्ववियूका अध्यक्ष नवीना लामा, अखिल..

    म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थी लक्षित पुस्तकालय स्थापना गरिने

    मंगलवार, माघ २३, २०७४ साल
    म्याग्दी, २३ माघ । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो ।  क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक अध्ययनरत छन् । अपांगता भएका विद्यार्थीका..

    सप्तरीको भारदहमा दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ प्रभावित

    मंगलवार, माघ २३, २०७४ साल
    राजविराज, २३ माघ ।   सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ ।  करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा अन्य सामुदायिक विद्यालय तथा नीजि बोर्डिङ स्कुलभन्दा बढी विद्यार्थीको चाप यस विद्यालयमा भएपनि विद्यालयमा विद्यार्थीअनुसार..

    राष्ट्रपतिबाट मकवानपुरको जनकल्याण माविको स्वर्ण महोत्सव उद्घाटन

    आईतवार, माघ २१, २०७४ साल
    दामन, मकवानपुर, २१ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले थाहा नगरपालिका वडा नं ३ स्थित जनकल्याण माविको विद्यालयको स्वर्ण महोत्सवको आज आइतबार उद्घाटन गरेकी छिन् ।  विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन गरे ।  समारोहमा नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरेको छ । राष्ट्रपति भण्डारी यहाँ आइपुग्नुहुँदा प्रदेश नं ३ का प्रमुख सचिव रेश्मीराज पाण्डेलगायतले..

    बैतडीमा अपुग बजेटका कारण तीन महिनादेखि शिक्षकले तलब पाएनन्

    शुक्रबार, माघ १९, २०७४ साल
    बैतडी, १९ माघ  ।  नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् ।  नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै आएका शिक्षकले चालू आर्थिक वर्षको पहिलो चौमासिकको तलब नगरपालिकाबाट पाएका थिए ।..

    शिक्षा ऐन र नियमावलीमा असन्तुष्टी जनाउदै शिक्षकहरु आन्दोलित

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौं, माघ १८ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रस्तुत गरेको शिक्षा ऐन र नियमावलीमा आपत्ति जनाउँदै शिक्षकहरु आनदोलित बनेका छन् । नगरका शिक्षक संगठनको अगुवाइमा बुधबारदेखि शिक्षकहरुले हातमा कालोपट्टि बाँधेर अध्यापन गरिरहेका छन् ।  गत माघ १५ गते तिलोत्तमा नगरभित्रका सम्पूर्ण पेशागत शिक्षक संगठनहरुले नगरपालिकामा ज्ञापनपत्र पेश गरी निर्णय सच्चाउन माग गरेपनि नगरपालिकाको तर्फबाट कुनै सम्वोधन नभएपछि बाध्य भई आन्दोलनमा उत्रनु परेको शिक्षकहरुको..

    राजर्षी जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध

    बिहिवार, माघ १८, २०७४ साल
    राजविराज, १८ माघ।  महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको यहाँ विरोध गरिएको छ ।    नेपाल प्राध्यापक संघ मविब क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीको बृहत् बैठकमा वक्ताले उक्त निर्णय नसच्याइए प्राध्यापक तथा कर्मचारीले आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।    नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको..

    म्याग्दीमा विद्यालयलाई भौतिक पूर्वाधार निर्माणमा रु साढे सात करोड

    बिहिवार, माघ १८, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १८ माघ  ।  जिल्ला शिक्षा कार्यालयले म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात करोड ३८ लाख ५० हजार उपलब्ध गराएको छ ।  नौ वटा चार कोठे, तीन वटा तीन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि उक्त बजेट वितरण गरिएको कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले जानकारी दिए  । उन का अनुसार १५..
    Results 886: You are at page 27 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast