मंगलवार, चैत्र २५, २०७६

    स्कुल-कलेज

    एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ, शिक्षा ऐनअन्तर्गत कारवाही गरिने

    सोमबार, चैत्र १२, २०७४ साल
    लहान, १२ चैत माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सोमबार सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाको छुट्टाछुट्टै परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई पक्राउ गरिएको छ । परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत र सोनवर्षा मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक शैलेश यादवलाई पक्राउ गरिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले..

    शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री पोखरेल

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमार्डौ, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताक छन् ।  आज नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँचपुर्याउनका लागि ऐन बनाउने बताए । उनले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने..

    स्थानीय निकायमा शिक्षाका कर्मचारी गएनन्, बजेट अरुमा नै खर्च हुन थाल्यो

    आईतवार, चैत्र ११, २०७४ साल
    ललितपुर, ११ चैत शिक्षाका अधिकांश कार्यक्रम स्थानीय निकायको जिम्मेवारीमा गइसके पनि जिल्लाका स्थानीय निकायमा शिक्षाका कर्मचारी गएका छैनन् । शिक्षाका कर्मचारी नजाँदा स्थानीय निकायमा काम अघि बढाउन अन्योल रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेम पोखरेलले बताए । जिल्लामा एउटा महानगरपालिका, दुईवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी छवटा तह छन् । सबैभन्दा बढी विद्यालय भएको ललितपुर महानगरपालिकामा अघिल्लो वर्ष एक उपसचिव, तीन अधिकृत..

    एसइईको अंग्रेजी प्रश्नपत्रमा भेटियो गल्ती, आखिर किन लापरवाही ?

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत : फलामे ढोका भनिने एसइई बिहीबारबाट शुरु भएको छ । बिहीबारबाट शुरु भएको एसइईको परीक्षाको पहिलो दिनकै परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । अंग्रेजी विषयको परीक्षामा प्रश्न नम्बर तीनको ‘ए’ का प्रश्नपत्र छपाइमा गल्ती भएका कारण विद्यार्थी अलमलमा परे । खालि ठाउँ भर भन्ने हुनुपर्नेमा ठीक-बेठीक छुट्टाउ भनेर प्रश्न सोधिएको थियो । ५ नम्बरको यस प्रश्नले विद्यार्थीहरु अलमलमा..

    एसइई परीक्षा : सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

    बिहिवार, चैत्र ८, २०७४ साल
    लहान, ८ चैत ।  आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ ।  इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष..

    आजबाट शुरु भएको एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

    बिहिवार, चैत्र ८, २०७४ साल
    भक्तपुर, ८ चैत : माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ ।  आज बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।  यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको..

    बिहीबारदेखि एसइइ परीक्षा सुरु, गणितबाहेकका विषयमा प्रयोगात्मक

    बिहिवार, चैत्र ८, २०७४ साल
    भक्तपुर, ८ चैत : बिहीबार बिहान ८ बजेदेखि  माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको सुरु भएको छ । परीक्षा देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको हो । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी हिजो नै परीक्षा केन्द्रमा पुगेका थिए । आज बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा दिंदै विद्यार्थीहरु । शिक्षामन्त्री गिरीराजमणी..

    काठमाडौँ महानगरपालिकामा चालू आर्थिक वर्षमा बाह्र नयाँ विद्यालयका लागि आवेदन

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत।   काठमाडौँ महानगरपालिकामा चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि आवेदन परेको छ।   कक्षा थपका लागि भने १०० निवेदन परेको छ । त्यसका लागि कामपाले नयाँ शैक्षिक सत्र शुरु हुनुभन्दा तीन महिना पहिले गत पुस मसान्तदेखि माघ समान्तसम्म निवेदन आह्वान गरेको थियो । प्रचलित शिक्षा ऐन, नियमावली र निर्देशिकामा रहेर कामपाले नयाँ विद्यालय खोल्न आवश्यक छ कि छैन भन्दै भौतिक..

    दाङमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीबाट विद्यार्थीलाई जागरण

    मंगलवार, चैत्र ६, २०७४ साल
    तुलसीपुर, दाङ, ६ चैत  ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा एकाबिहानै ज्ञानज्योति कलेज तुलसीपुर आफ्ना सहकर्मीका साथ पुग्दा शुरुमा विद्यार्थी आश्चर्यचकित भए ।  उनी सो कलेजमा कुनै विषयको अनुसन्धान गर्न गएका  होइनन्  । केही क्षणमै सबै विद्यार्थी सभाकक्षमा जम्मा भए, अनि उनले लागुऔषधका बारेमा विद्यार्थीसँग छलफल गर्न शुरु गरे  ।  इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले एक..

    एसइई परीक्षा : पाँच लाख परीक्षार्थीको लागि ६४ हजार जनशक्ति

    सोमबार, चैत्र ५, २०७४ साल
    भक्तपुर, ५ चैत यही चैत ८ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक सञ्चालन हुन लागेको परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी..

    विद्यालय पुनः निर्माण अभियानका क्रममा विभिन्न क्षेत्रबाट रु ५० लाख संकलन

    सोमबार, चैत्र ५, २०७४ साल
    म्याग्दी, ५ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय को पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न थालेका हुन् ।  आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान..

    बस्तीबाट विद्यालयको दूरी टाढा भएपछि तीन घण्टा पैदल हिँडेर विद्यालयजान बाध्य

    आईतवार, चैत्र ४, २०७४ साल
    पर्वत, ४ चैत ।  सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् ।  पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययनका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नु छ । पाखापानीमा माध्यमिक..

    गुरुकुल पाठशाला निर्माणकालागि कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा महायज्ञ गरिंदै

    आईतवार, चैत्र ४, २०७४ साल
    रामपुर, पाल्पा, ४ चैत ।  गुरुकुल पाठशाला तथा प्राकृतिक चिकित्सालय निर्माणका लागि कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा महायज्ञ शुरु भएको छ ।  पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी र स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाको संगमस्थल कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा महायज्ञ सञ्चालन गरिएको छ । शनिबार श्रीराम कथा ज्ञानविज्ञान महायज्ञ—२०७४ को एक हजार आठ स्वामी लोकानन्दले उद्घाटन गरे ।  उनले महायज्ञको उद्घाटन गर्दै रामतपोभूमिका रुपमा परिचित यस क्षेत्रमा धार्मिक एवं पर्यटकीय..

    एसइई परीक्षामा बैतडीमा पाँच हजार ८०० बढी परीक्षार्थी सहभागी हुँदै

    बिहिवार, चैत्र १, २०७४ साल
    बैतडी, १ चैत  ।  यस वर्षको एसइई परीक्षामा बैतडीमा पाँच हजार ८०० बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने उक्त एसइई परीक्षामा दुई हजार ७३६ छात्र र तीन हजार १५८ छात्रा गरी पाँच हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिए ।  तीमध्ये नियमिततर्फ दुई हजार ५७३ छात्र, दुई हजार ८१६..

    पर्वतका युवाले गरे 'आफ्नै विवाह भोजको रकम' विद्यालय अक्षयकोषमा दान

    बुधबार, फागुन ३०, २०७४ साल
    फलेवास, पर्वत, ३० फागुन ।  पछिल्लो समय विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।  भोजलाई मानिसले प्रतिष्ठाको विषय नै बनाउने गरेका छन् । तर यहाँका एक युवाले विवाह भोजमा गरिने खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।  पर्वतको कुश्मा नगरपालिका–१२ का युवा मिलन पौडेलले सोमबार भएको आफ्नो विवाहको भोजको रकमले स्थानीय जनता सुदर्शन उच्च माविमा रु एक..

    कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ शुरु

    बुधबार, फागुन ३०, २०७४ साल
    भक्तपुर, ३० फागुन ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ ।  आगामी वैशाख १४ गतेदेखि शुरु..

    पुल्चोक इञ्जीनियरिङ क्याम्पसका विधार्थीद्वारा दोषीलाई कारबाही गर्न माग, राजनीतिक हस्तक्षेप गर्न नहुने भन्दै खबरदारी

    मंगलवार, फागुन २९, २०७४ साल
    काठमाडौँ, २९ फागुन पुल्चोक इञ्जीनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यही फागुन १६ गते पर्सामा बालिकामाथि भएको बलात्कारमा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न माग गर्दै मंगलबार विरोध प्रदर्शन गरेको छ । युनियनले पीडितलाई उपचारका साथै आवश्यक संरक्षणको व्यवस्था गर्न आग्रह गर्दै उक्त क्याम्पसका विद्यार्थीले यौनशोषण रोक्न खबरदारी तथा धर्ना दिएका हुन् । करिब १० बजेदेखि शुरु गरिएको धर्ना एक घण्टापछि विद्यार्थीले त्यस आसपास क्षेत्रमा..

    रु एक्काइस लाखको लागतमा विद्यालय भवन निर्माण, पढाईमा सहज हुने विश्वास

    मंगलवार, फागुन २९, २०७४ साल
    पर्वत, २९ फागुन । करिव रु. २१ लाखको लागतमा पर्वतको लिमिठाना माविमा दुईकोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ । विद्यालयमा भवनको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयस्तरमा विद्यालय तथा बालबालिकाको क्षेत्रमा काम गर्ने दातृ निकायको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको परिचालनमा भवन निर्माण सम्पन्न भएको हो । गुड..

    संघीयतामा शिक्षा : घोकन्ते शिक्षा प्रणालीलाई त्याग्दै व्यावहारिक शिक्षामा जोड दिन सुझाब

    मंगलवार, फागुन २९, २०७४ साल
    पोखरा, २९ फागुन । अभिभावक संघ नेपाल कास्कीद्वारा सोमबार आयोजित संघीयतामा शिक्षा विषयको अन्तक्र्रियामा शिक्षा समयसापेक्ष गुणस्तरीय अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बन्नुपर्नेमा जोड दिइएको छ । ‘संघीयतामा शिक्षा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षाका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै घोकन्ते शिक्षा प्रणालीलाई त्याग्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए।  अभिभावक संघ नेपाल कास्कीका अध्यक्ष हेमराज बरालले गुणस्तरीय..

    अवधी भाषाको पठन सामग्री निर्माण, २२ अवधी लेखकका लागि ६ दिने कार्यशाला शुरु

    सोमबार, फागुन २८, २०७४ साल
    खजुरा बाँके, २८ फागुन नेपालगञ्जमा अवधी भाषाको पाठ्यपुस्तक पठन सामग्री निर्माण शुरु गरिएको छ । नेपालमै पहिलो पटक अवधी भाषा (मातृभाषा) को विद्युतीय सफ्टवेयरमा पठन सामग्री निमार्ण गर्न लागिएको हो । विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले सो सामग्री निमार्णका लागि २२ अवधी लेखकका लागि छदिने कार्यशाला शुरु गरेको छ । कार्यशालामा अवधी भाषाका २०० पाठ्यसामग्री तयार पारिने छ । कार्यशालाको उद्घाटन गर्दै..

    विद्यार्थी संघद्वारा विश्व विद्यालयमा शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौँ, २८ फागुन  । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रािन्तकारी) ले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।  तीनवटै संगठनका अध्यक्षले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघि त्रिभुवन विश्वविद्यालयमा मात्रै हुँदै आएको सो निर्वाचन अन्य शैक्षिक स्थलमा पनि गर्न माग गरिएको छ ।  विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयका केही कलेजमा निर्वाचन सम्पन्न भएको थियो भने आन्तरिक..

    पर्वतको कुश्मामा एउटै विद्यालयमा दुई प्रधानाध्यापक, संयोग कि लापरवाही ?

    आईतवार, फागुन २७, २०७४ साल
    फलेवास, पर्वत, २७ फागुन।  शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् ।  कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् ।  एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई..

    क्याम्पसका लागि रु एक करोडको जग्गा दिने घोषणा, भौतिक संरचना निर्माण गरिंदै

    आईतवार, फागुन २७, २०७४ साल
    नुवाकोट, २७ फागुन । तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको शंखादेवी माविमा स्नातकतहको अध्ययन व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समितिले पहल थालेको छ । हाल कक्षा १२ सम्म अध्ययन हुदै आएको उक्त विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि गाउँ छाडेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गराउन क्याम्पस चलाउन प्रक्रिया र पहल अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम शर्माले जानकारी दिए । क्याम्पसका लागि..

    माध्यमिक तहसम्म अनिवार्य एवम् निःशुल्क शिक्षाबारे गृहकार्य हुँदै

    शुक्रबार, फागुन २५, २०७४ साल
    ललितपुर, २५ फागुन : सरकारले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गराउन गृहकार्य गर्दैछ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) को बाह्रौँ राष्ट्रिय साधारणसभाको उद्घाटन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले छ महिनाभित्र पात्रोमा आधारित भएर नयाँ शिक्षा नीति र कार्ययोजना बन्ने जानकारी दिए । सीपमूलक र व्यावहारिक शिक्षा सरकारको प्राथमिकतामा रहेकोे बताउँदै उनले भने, “सामान्य विषयमा ३० र प्राविधिक विषयमा ७०..

    दुई सय नेपाली विद्यार्थीलाई ‘स्वर्ण वर्ष छात्रवृत्ति’ प्रदान, आफ्नो सीप र क्षमता प्रयोग गर्न आग्रह

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन नेपालस्थित भारतीय राजदूतावासले नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट शुक्रबार दुई सय नेपाली विद्यार्थीलाई पुरस्कृत गरेको छ । नेपालको उच्च शिक्षाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई मासिक रु तीन हजारदेखि रु चार हजारसम्मको छात्रवृत्ति प्रदान गरिएको हो । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले..

    एक हजार विद्यालयमा स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै, करिब एक हजार शिक्षकको जागिर अन्योलमा

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौँ, फागुन २४  फागुन संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो । आगामी चैतभित्र जिल्ला शिक्षा कार्यालयसमेत खारेज हुँदैछन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले..

    म्याग्दीमा 'लायन्स क्लब' चार करोड ५० लाखको लागतमा विद्यालय भवन बनाउँदै

    बिहिवार, फागुन २४, २०७४ साल
    बेनी, म्याग्दी, २४ फागुन ।  मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ ।  जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु दुई करोड..

    म्याग्दीमा विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या

    बिहिवार, फागुन २४, २०७४ साल
      बाबियाचौर, म्याग्दी, २४ फागुन ।  धौलागिरि गाउँपालिका–३, मुनामा रहेको धौलागिरि आधारभूत विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।  फागुन २० गते राति जोडले चलेको हावाहुरीले दुईकोठे भवनको छनो उडाएको थियो । जस्तापाताको छानो हावाहुरीले उठाएपछि कक्षा ७ र ८ को पठनपाठन सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक मनबहादुर पुनले बताए  ।  वैकल्पिक कक्षा कोठा नहुँदा विद्यार्थी छानो उडाएकै भवनमुनि बसेर पढ्न..

    त्रिभुवन विश्व विद्यालयस्थित केन्द्रीय पुस्तकालयमा करीब ४लाख पुस्तक संकलन

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन ।  त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयमा अहिलेसम्म करिब चारलाख पुस्तक संकलन गरिएको छ । विगत ५८ वर्षदेखि हालसम्म संकलन गरिएका विभिन्न विषयका पाठ्यसामग्री तथा अन्य कृति पुस्तकालयमा समावेश गरिएका छन् ।  पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय तहमा अध्यापन गराइने सबै विषयका पुस्तक रहेको जानकारी दिँदै पर्याप्त स्थान नभएका कारण व्यवस्थापनमा समस्या देखिएको बताए  ।  विसं २०२१ मा स्थापना भएको उक्त पुस्तकालयमा सबै..

    बागलुङमा लोपोन्मुख कला ‘बुट्टेनली’ बचाउन तालीम लिंदै बहिरा विद्यार्थी

    बुधबार, फागुन २३, २०७४ साल
    बागलुङ, २३ फागुन ।     बहिरा विद्यार्थीलाई सीपयुक्त बनाउन यहाँ ‘बुट्टेनली हस्तकला तालीम’ शुरु भएको छ ।    उद्योग वाणिज्य संघ बागलुङले सञ्चालन गरेको तालीममा धौलागिरि आवासीय बहिरा माविका २१ विद्यार्थी सहभागी छन् । बागलुङको पहिचानका रुपमा चिनिने बुट्टेनली बनाउने सीप विकासका लागि तालीम सञ्चालन गरिएको संघका अध्यक्ष जयराम भारीले बताए  । तालीममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पुल्चोक, ललितपुरको समेत सहयोग रहेको छ ।    तालीमको..
    Results 886: You are at page 26 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast