बिहिवार, चैत्र २७, २०७६

    स्कुल-कलेज

    राज्यमन्त्री गोकुल बाँस्कोटाद्वारा बनेपामा १० लाखको शैक्षिक अक्षयकोषको शुभारम्भ

    शनिबार, बैशाख १, २०७५ साल
    धुलिखेल, १ वैशाख सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले रु १० लाखको शैक्षिक विकास अक्षयकोषको शुभारम्भ गरेका छन्  । शनिबार काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे सेवा समाज साउदी अरबको प्रथम वार्षिकोत्सवको अवसरमा उनले सो कोषको शुभारम्भ गरेका हुन्  । कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले विदेशी भूमि साउदी अरबमा बसेर जीवनको मूल्यबाट जम्मा गरेको रकमबाट राष्ट्रको नाममा स्थापना गरिएको अक्षयकोषबाट काभ्रेपलाञ्चोक र देशको शैक्षिक विकासको लागि उल्लेखनीय..

    कक्षा ८ सम्मपनि नपढ्नेलाई दुःखद खबर, शिक्षा मन्त्रालयको यस्तो घोषणा !

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर आएको छ । अब आठ कक्षा सम्म नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत गर्न पाइने छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरिरहेको बेला नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो । कम्तिमा आठ..

    पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान, प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तह अभियानमा !

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरुले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यसपटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता हुन लागेको हो । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली..

    प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाबाट वञ्चित:मुख्यमन्त्री लालबाबु राउत

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    जनकपुरधाम २९ चैत प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाको पहुँचभन्दा टाढा रहेकाले भर्ना अभियान आवश्यक रहेको बताए छ ।  सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यार्थी भर्ना अभियान २०७५ तथा पाठ्यपुस्तक उपलब्धतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशमा जनचाहनानुसारको शिक्षा प्रणालीमा जोड दिँदै विद्यार्थी भर्नाका साथै तिनलाई कक्षामा कसरी टिकाउने भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए..

    शिक्षक दरबन्दी मिलानमा अन्योल, धेरै विद्यार्थी संख्या हुने विद्यालयलाई मर्का

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    रुकुम, ३० चैत : जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पुर्याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न/नगराउन आदेश दिएपछि अन्योलता बढेको छ ।  लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो । “हामीले उक्त विषय अन्तिम चरणमा पुर्याएका थियौ,”..

    युनेस्को क्लबद्वारा बालबालिका विद्यालय भर्नाका लागि आर्थिक सहयोग

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    नेपालगन्ज, ३० चैत : नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई रु एक/एक लाख सहयोग उपलब्ध गराइएको छ ।  विद्यालय जानबाट वञ्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहनस्वरुप सो सहयोग उपलब्ध गराइएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले शुक्रबार एक कार्यक्रमबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।  क्लबका अध्यक्ष परबेजअली सिद्दिकीले वडा बाल संरक्षण..

    निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्ने : पुष्पकमल दाहाल‘प्रचण्ड’

    बिहिवार, चैत्र २९, २०७४ साल
    चितवन, २९ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको बिहिबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताउँदै भने, “निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर जानुपर्छ, सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनेतर्फ सरकारको जोड रहनेछ ।” शिक्षा नीतिमा..

    सरकारद्वारा जिल्ला शिक्षा कार्यालय खारेज, समन्वय एकाइ स्थापना

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई बिहिबारदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो । मन्त्रालयले जिल्ला शिक्षा..

    त्रिवि एलुम्नाइको सदस्यता वितरण शुरु, आर्थिक एवं प्राज्ञिक सहयोग मिल्नसक्ने अपेक्षा

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई संगठित गर्दै विश्वविद्यालयको उन्नयन तथा शैक्षिक र अनुसन्धानमूलक कार्यक्रमहरू विस्तारमा हातेमालो गर्न त्रिवि एलुम्नाइ एशोसिएशन गठन गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार प्रा डा सुनिती हाडा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । एशोसिएशनको पहिलो सदस्यता त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रदान गरिएको छ भने दोस्रो र तेस्रो सदस्यता क्रमशः..

    दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि...

    बुधबार, चैत्र २८, २०७४ साल
    जुम्ला, २८ चैत जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ । बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ । तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला सरकार र विद्रोही दुवै पक्षबाट दुर्गम..

    त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाको अध्ययन प्रतिवेदन हस्तान्तरण

    बुधबार, चैत्र २८, २०७४ साल
    कीर्तिपुर, २८ चैत : त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाका लागि गठित अध्ययन समितिले त्रिवि उपकुलपतिसमक्ष संस्थान गठनको प्रारुप र प्रक्रियासम्बन्धी राय–सुझाव सहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।  अध्ययन समितिका संयोजक आयुर्वेद क्याम्पस, कीर्तिपुरका प्रा डा चन्द्रराज सापकोटाले उपकुलपति प्रा डा तीर्थराज खनिया र शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई संयुक्तरुपमा बुधबार उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।  चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत कीर्तिपुरमा रहेको एक मात्र..

    भरतपुर र चिनियाँ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता, छात्रवृत्ति प्रदान गर्ने सहमति

    मंगलवार, चैत्र २७, २०७४ साल
    चितवन, २७ चैत भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । सोसम्बन्धी सम्झौतामा महानगरपालिकाका तर्फबाट महानगर प्रमुख रेणु दाहाल र..

    शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान, अशिक्षालाई समाप्त गर्ने उद्देश्य

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गदिदिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । मन्त्री,..

    पाकिस्तानद्वारा नेपाललाई छात्रवृत्ति दोब्बर गरिएको घोषणा

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत : पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ ।  पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गर्नुभएको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ । पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली..

    चर्को शुल्क लिने विद्यालयलाई कारवाही गरिने : महानगर

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत : तीन विद्यार्थी संगठनले निजी विद्यालयको चर्को शुल्कवृद्धि तत्काल रोक्न माग गर्दै देशभरका ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।  अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले निजी विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै त्यसलाई रोक्न माग गरी आज एकसाथ ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।  सोअनुसार मंगलबार नै काठमाडौँं महानगरपालिकाका प्रमुख विद्यासुन्दर..

    सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

    मंगलवार, चैत्र २७, २०७४ साल
    वालिङ, स्याङ्जा, २७ चैत : स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ ।  स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो । “आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार हामीले विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने नियम पारित गरेका छौँ” नगर..

    देशको बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे

    सोमबार, चैत्र २६, २०७४ साल
    नगरकोट, २६ चैत : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताएका छन् ।  भक्तपुर मध्यपुरठिमीको लायकूस्थित आदर्श माध्यामिक विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गराउन नहुने भएकाले समुदायसँगै शिक्षकले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।  उनले देशको समसामयिक परिस्थितिबारे विद्यार्थीलाई जानकारी दिँदै विद्यार्थीलाई आलोचनात्मक तरिकाले..

    विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नियमित विद्यार्थीलाई मासिक रु २०० दिइदै

    आईतवार, चैत्र २५, २०७४ साल
    बेनी, म्याग्दी, २५ चैत : बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ ।  विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी मासिक रु दुई सयसहित पाठ्य साम्रगी उपलब्ध गराउन थालिएपछि बीचमा नै विद्यालय..

    नयाँ शैक्षिकसत्र २०७५ का लागि वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिदै

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत : सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ ।  आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए ।  उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते..

    चर्को शुल्क लिने निजी विद्यालयलाई कारबाही गरिने, शिक्षा ऐनको दशौँ संशोधनको माग !

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले लिएको चर्को शुल्क खारेज गर्न माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चैत २२ गते  ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले सरकारले तोकेको मापदण्ड र विधिको ठाडो अवज्ञा गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्कवृद्धि खारेज गर्न मन्त्री पोखरेललाई आग्रह गरेका हुन् । अनेरास्ववियु (क्रान्तिकारी)..

    तालाबन्दीका कारण ‘‘ल क्याम्पस’’ मा भर्ना अवरुद्ध, प्रवेश परीक्षाको नतिजासमेत प्रकाशन हुन सकेन

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत त्रिवि कानुन संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ । डीन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली लागु गरेपछि त्यसविरुद्ध अनेरास्ववियुले तालाबन्दी गरेका कारण भर्ना प्रक्रिया रोकिएको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिए । ‘‘यतिबेला भर्ना प्रक्रिया सकिएर पढाइ सञ्चालन गर्ने समय हो’’, उनले भने,‘‘तर डीन कार्यालयमा तालाबन्दी..

    सरकारी सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

    बुधबार, चैत्र २१, २०७४ साल
    बाजुरा, २१ चैत : बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो ।  सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो । निर्णयसँगै यसै शैक्षिक सत्रबाट सरकारी कर्मचारी, शिक्षक,..

    बेल्जियममा नेपाली पाठशाला : ३५ बालबालिकाले सिक्दैछन् क,ख,ग

    मंगलवार, चैत्र २०, २०७४ साल
    लिस्बन, पोर्चुगल, २० चैत युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो । बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा बोल्न र लेख्न समस्या देखिएपछि बेल्जियम सरकारसँग स्वीकृति लिएर..

    विद्यालयमा शिक्षक नहुँदा गुणस्तरमा ह्रास, विद्यालय क्षेत्र विकास कार्यक्रम प्रभावकारी विहिन

    सोमबार, चैत्र १९, २०७४ साल
    तौतिहवा, कविलवस्तु, १९ चैत : सामुदायिक विद्यालय सुधार्न सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम लागू गरे पनि जिल्लामा १०० भन्दा बढी विद्यालयमा शिक्षक दरबन्दी नहुँदा शैक्षिक गुणस्तर प्रभावित बनेको छ ।  जिल्लाका ४३१ सामुदायिक विद्यालयमध्ये प्राथमिक तहमा १००, आधारभूत तहमा ५५ र माध्यमिक तहमा १७ गरी कूल १६७ शिक्षक दरबन्दी अपुग देखिएको छ । माथिल्लो तहमा शिक्षक अभाव हुँदा तल्लो तहका र निजी..

    सामुदायिक पुस्तकालय स्थापना गरिंदै, शिक्षाको दायरा फराकिलो हुने विस्वास

    सोमबार, चैत्र १९, २०७४ साल
    रत्ननगर, चितवन, १९ चैत : चितवनको रत्ननगरस्थित सुब्बाचोकमा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।  स्काइराइडर आवासीय माध्यामिक विद्यालयले समुदायलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालय स्थापना गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए ।  विद्यालयका संस्थापक दीपेन्द्र क्षेत्रीको स्मृतिमा स्थापना गरिएको पुस्तकालयमा हाल धार्मिक, साहित्यिक, सामाजिक तथा समय सान्दर्भिकलगायत विभिन्नखाले पुस्तक पढ्न पाइने विद्यालयले जनाएको छ ।  झण्डै रु २० लाखको लागतमा पुस्तकालय स्थापना..

    यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

    शनिबार, चैत्र १७, २०७४ साल
    भक्तपुर, १७ चैत : कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा  शनिबार सम्पन्न भएको छ ।  यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।  देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएको उनले..

    रोल्पामा स्थानीय अंश समावेश गरी पाठ्यक्रम तयार, शिक्षालाई व्यावहारिक बनाउने जमर्को

    शुक्रबार, चैत्र १६, २०७४ साल
    रोल्पा, १६ चैत रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय अंशसमेत समावेश गरी पाठ्यक्रम तयार गरी लागू गर्ने भएको छ । नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप र कृषिजस्ता पक्षलाई समेटेर पाठ्यक्रम तयार गर्न लागिएको नगर शिक्षा समितिले जनाएको छ ।  शैक्षिक सत्र २०७५ देखि लागू हुने गरी हरेक विद्यालयले १०० पूर्णांक..

    प्राज्ञिक विद्यार्थी परिषद्को सातौं राष्ट्रिय अधिवेशन पोखरामा हुने, एक हजार भन्दा बढी विद्यार्थी प्रतिनिधि सहभागी हुने पक्का

    बिहिवार, चैत्र १५, २०७४ साल
    पोखरा, १५ चैत प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेश यही १७ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ । अधिवेशनले मुलुकको संघीय संरचनाअनुसार शैक्षिक नीति निर्माणका लागि शैक्षिक, सामाजिक, आर्थिक एवं राजनीतिलगायत समसामयिक प्रस्ताव पारित गर्ने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनमा ओखलढुंगाका सफल कृषक लोचन बस्नेतलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा सम्मानित गरिने र अधिवेशनमा ७७ जिल्लाका एक..

    २३ गतेका लागि तोकेको अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैन : शिक्षामन्त्री पोखरेल

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताएका छन् ।  समसामयिक विषयमा ध्यानाकर्षण गराउन गएको नेपाल शिक्षक महासंघको प्रमण्डलसँग मंगलबार शिक्षामन्त्री पोखरेलले भने –“शिक्षा ऐनको आठौँ र नवौं संशोधनलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएकाले त्यसैअनुसार प्रक्रिया अघि बढ्नेछ ।”  महासंघका अध्यक्ष बाबुराम थापाका अनुसार शिक्षामन्त्री पोखरेलले..

    बुटवलका कालिका मावि र मानवज्ञान मावि गाभिए, अठासी करोडको गुरुयोजनामा शिक्षाको गुणस्तरमा वृद्धि गर्ने अपेक्षा

    मंगलवार, चैत्र १३, २०७४ साल
    बुटवल, १३ चैत अठासी करोडको गुरुयोजनासहित बुटवल १० मा रहेका कालिका मावि र मानवज्ञान मावि औपचारिक रुपमा गाभिएर कालिका मानवज्ञान मावि बनेको छ । दुई विद्यालय गाभिएपछि शिक्षाको गुणस्तरमा अझै वृद्धि हुने अपेक्षा विद्यालयले गरेको कालिका माविका प्राचार्य घनश्याम पाठकले जानकारी दिए । बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालय गाभिएपछि आगामी पाँच वर्षभित्र आठ हजार पाँच सय विद्यार्थी संख्या पुर्याउने लक्ष राखिएको..
    Results 886: You are at page 25 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast