आईतवार, भाद्र १, २०७६

    स्कुल-कलेज

    अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौँ, माघ  २ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।  त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो ।  विश्वविद्यालयका प्रा डा विनित अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक..

    चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौँ, ३० पुस : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ ।  उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको नम्बरबाट १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।..

    शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति : प्रधानमन्त्री देउवा

    शनिबार, पौष २९, २०७४ साल
    भीमदत्तनगर, २९ पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।  कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताए ।  उनले सर्वसुलभ शिक्षा राज्यको..

    झापामा विद्यालयीय विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण

    शुक्रबार, पौष २८, २०७४ साल
    दमक, २८ पुस ।  यहाँस्थित हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ ।  प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए । बिहीबार सम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक..

    शिक्षामा चिट चोर्नै नपर्ने खुला किताबी परीक्षाको अवधारणा

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौँ, पुस २७ ।  आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्र्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् ।  विद्यार्थीको यस्तो त्रास अन्त्यका लागि उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षाको अवधारणा अघि सारेको छ । नेपालमा माध्यमिक शिक्षा परीक्षा वा विश्वविद्यालयका परीक्षा मर्यादित बनाउन परीक्षा..

    पर्वतमा अंग्रेजी माध्यम र खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे

    बिहिवार, पौष २७, २०७४ साल
    फलेवास, पर्वत, २७ पुस।  कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२÷७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो ।  २०६१-६२ मा ५०० को हाराहारीमा रहेका विद्यार्थी वर्षेनी घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा झर्यो । ०५३ मा माविको स्थायी अनुमति पाए पनि विद्यार्थी संख्याकै कारण मर्ज हुने स्थितिसम्म आएपछि शिक्षक र अभिभावक चिन्तित हुन थाले । विद्यालयलाई..

    पाल्पामा विद्यालयलाई आर्थिक सहयोग प्रदान

    बुधबार, पौष २६, २०७४ साल
    रामपुर, पाल्पा, २६ पुस । जनशान्ति माध्यमिक विद्यालय, रामपुर नगरपालिका–९, पाल्पालाई रु तीन लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।  ब्रिटिस गोर्खा संस्थाले विद्यालयको फर्निचर खरिदका लागि सो रकम सहयोग गरेको हो । विद्यालयमा फर्निचरको अभावमा पठनपाठनमा केही समस्या परेपछि ब्रिटिस गोर्खा संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चौहान र प्रधानाध्यापक ढकबहादुर सिंजालीलाइ फर्निचर खरिदका लागि सो रकम प्रदान गरेको छ ।   ..

    शैक्षिक विकेन्द्रीकरणको नमुना बन्दै ईलाम, प्रविधीमा विद्यार्थी आकर्षण बढ्दो

    शुक्रबार, पौष २१, २०७४ साल
    मंगलबारे, इलाम, २१ पुस  ।  प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक विषय अध्ययन गरेर चाँडो जागिर पाउनका लागि पनि विद्यार्थीको यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।  इलाम नगरपालिका–१ स्थित साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा पशु विज्ञान विषयमा विद्यार्थीको सङ्ख्या अघिक छ । पढाइ शुरु भएकै पहिलो वर्षमा विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्यन गर्न आएका छन् । हेटौँडामा बसेर पढ्दै..

    मुलुकको शिक्षाको यथार्थ तस्विर : शिक्षकको तलब मासिक रु एक हजार !

    शुक्रबार, पौष २१, २०७४ साल
    कञ्चनपुर, २१ पुस । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ ।  तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै आएका छन् । विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शाहीले थोरै..

    नेपालमा स्वयम्सेवा गर्दै हङ्कङका विद्यार्थीहरु

    शुक्रबार, पौष २१, २०७४ साल
    धुलिखेल, १९ पुस ।  युनिभर्सिटी अफ हङ्कङका विद्यार्थीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा स्वयंमसेवा गरिरहेका छन् ।  ‘सर्भिस ट्रिप टु नेपाल’ नाम दिएर पुस १४ गते विद्यालयमा पुगेका २३ जना विद्यार्थीले पुस २० गतेसम्म बसेर स्वमंसेवा गर्ने भएको विद्यालयले जनाएको छ ।  “हङ्कङका विद्यार्थी आएर हालसम्म सरसफाइ, डेक्स बेञ्च रंगरोगन र पढाउने कामसमेत गरिरहेका छन्,” विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले भने  । नेपालको..

    बैतडीका २२४ विद्यालय दरबन्दीविहीन, पठनपाठन अस्तव्यस्त बन्दै

    बुधबार, पौष १९, २०७४ साल
    बैतडी, १९ पुस  ।  बैतडीमा २२४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९ सामुदायिक विद्यालयमध्ये शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षकले पठनपाठन गरिरहेका छन् ।  दरबन्दी नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत खस्कँदै गएको छ । समुदायले विद्यालय स्थापनाका लागि माग गर्दा जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको तर विद्यालयमा दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएका छन् ।  बैतडीका..

    विद्यालय आउदा अनिवार्य पानी लिएर आउन विद्यार्थीलाई विद्यालयको निर्देशन

    मंगलवार, पौष १८, २०७४ साल
    रामेछाप, पुस १८ । रापेछापको मन्थली नगरपालिका–३, स्थित ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयले सबै विद्यार्थीलाई विद्यालय आउँदा अनिवार्य खानेपानी लिएर आउन निर्देशन दिएको छ । लामो समयदेखि खानेपानीको अभाव बेहोर्दै आएको त्यस विद्यालयले पानीको अभाव पूरा गर्न नसकेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई आफ्नो लागि आवश्यक पर्ने खानेपानी विद्यालय आउँदा अनिवार्य रुपमा लिएर आउन निर्देशन दिएको हो ।  विद्यालयको निर्देशनपछि विद्यालयमा अध्यनरत विद्यार्थी पानी लिएर..

    अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादनः प्रधानमन्त्री

    आईतवार, पौष १६, २०७४ साल
    ललितपुर, १६ पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय रहेको छ ।”  मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा..

    भूकम्पले भत्किएको पुनःनिर्माणपछि विद्यालय भवन हस्तान्तरण

    बुधबार, पौष १२, २०७४ साल
    भक्तपुर, १२ पुस ।  सूर्यविनायक नगरपालिका–८ नैचालस्थित सरस्वती आधारभूत निम्न माध्यामिक विद्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ ।  भूकम्पले भत्किएको उक्त विद्यालयको भवन मानवीय आस्था नेपालले पुनःनिर्माण गरेको हो । नवनिर्मित विद्यालय भवन मानवीय आस्था नेपालको संस्थापक संरक्षक एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन्  ।  मानवीय सहयोग र भक्तपुरको विकास गर्ने उद्देश्यले भूकम्प गएको भोलिपल्ट अर्थात् २०७२ वैशाख १३ गते..

    पूर्वी नेपालका ग्रामीण भेगमा जाडो बढेसँगै नियमित विद्यालय आउने घटे

    मंगलवार, पौष ११, २०७४ साल
    दमक, ११ पुस ।  जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ ।  पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबालिकाको पठनपाठनमा समस्या हुँदै गएको छ ।  जाडोले गर्दा नै दुर्गम बस्तीका कतिपय त्यस्ता विद्यालयमा यतिबेला आधाभन्दा बढी नै विद्यार्थीको..

    रुट टु रिड र बेस नेपाल द्वारा पाल्पाका २५ पुुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण

    मंगलवार, पौष ११, २०७४ साल
    पाल्पा, ११ पुस   । रुम टु रिड र बेस नेपाल, पाल्पाद्वारा सञ्चालित २५ पुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  पाल्पा जिल्लामा एकीकृत साक्षरता कार्यक्रमअन्तर्गत पहिलो चरणमा सञ्चालित २५ पुस्तकालय विद्यालयलाई नै हस्तान्तरण गरिएको हो । हस्तान्तरण अघि पुस्तकालयको देखदेख तथा व्यवस्थापन रुम टु रिड र बेस नेपालले हेर्दै आएका थिए ।  जिल्ला शिक्षाको सहकार्यमा सन् २०१४ देखि सञ्चालित कार्यक्रमको समय अवधि सकिएपछि..

    कन्चनपुरमा शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

    सोमबार, पौष १०, २०७४ साल
    कञ्चनपुर, १० पुस  ।  कृषि क्षेत्रमा दक्ष प्राविधिकको अभाव पूर्ति गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको बाली विज्ञान(पिजेटिए) विषय शहरका विद्यार्थी गाउँमा बसेर पढ्न थालेका छन् ।  प्राविधिक बाली विज्ञान विषयको पढाइ गाउँकै विद्यालयमा सञ्चालन भएपछि धनगढी, महेन्द्रनगर, बैतडीलगायत क्षेत्रका विद्यार्थी झलारीमा रहेको विद्यालयमा पढ्न थालेका छन् । थोरै शुल्कमा प्राविधिक शिक्षा पढेर सहजै सरकारी र गैरसरकारी संस्थामा..

    कठ्याङ्ग्रिँदो जाडोमा महोत्तरीका विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

    सोमबार, पौष १०, २०७४ साल
    गौशाला, १० पुस । महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् ।  जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा विद्यालयमा टेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा..

    दरबन्दी अभावले जाजरकोटका सामुदायिक विद्यालयलाई समस्या

    शुक्रबार, पौष ७, २०७४ साल
    जाजरकोट, ७ पुस । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गरेका छन् ।  नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । जिल्लाभर झण्डै आठ सय दरबन्दी अपुग रहेको उनले बताए । दरबन्दी अभाव भएका..

    कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता सार्वजनिक हुने

    बिहिवार, पौष ६, २०७४ साल
    भक्तपुर, ६ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ ।  बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले आज उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण,..

    त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३ औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए  ।  समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा..

    चिसो बढेसँगै मनाङका विद्यालयहरु बन्द, फागुनमा मात्र खुल्ला हुने

    शुक्रबार, मंसिर २९, २०७४ साल
    लमजुङ, मंसिर २९ ।  चिसो बढेसँगै हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चालु शैक्षिक सत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको र अब फागुनमा नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र सन्चालनमा आउने..

    परीक्षा रद्द गर्न माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

    बिहिवार, मंसिर २८, २०७४ साल
    विराटनगर, मंसिर २८ ।  परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् । विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् । विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट गरिएको भन्दै पुनः..

    त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर ।  त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।  त्रिवि सूचना शाखाका अनुसार भ्रमणमा उपकुलपति खनियाँले त्रिविले हालै अवलम्बन..

    संघिय संरचना अनुसार शैक्षिक पुर्वाधार निर्माणका लागि १ अर्ब रकम विनियोजन

    मंगलवार, मंसिर १९, २०७४ साल
    मंसिर १९, काठमाडौँ । सरकारले  प्रादेशिक संरचना अनुसार शैक्षिक कार्यक्रम संञ्चालन गर्न १ अर्ब रुपैयाँको नायँ कार्यक्रम तयार गरेको छ । प्रादेशिक संरचनाअनुसार आधाभन्दा बढी शैक्षिक कार्यक्रम स्थानीय तहमा जाने भएपछि सरकारले पूर्वाधार तयारीका लागि नयाँ कार्यक्रम अन्र्तगत रकम छुट्याएको हो ।  सरकारले देशको प्रादेशिक र स्थानीय संरचना अनुसार शिक्षालाई बिकेन्द्रीकरण गर्ने नीतिअनुसार चालू आर्थिक वर्षमा २१ वटा नयाँ कार्यक्रमका लागि १..

    कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौं, मंसिर १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उत्र्तीण..

    कानून स्नातकोत्तर प्रथम परीक्षाफल प्रकाशित

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौँ, १५ मंसिर । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ÷फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।  उक्त परीक्षाको परीक्षाफल वेबसाइट धधध।भमगकबलवब।िअयm, र धधध।तग।लतअ।लभत।लउ मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ । रासस ..

    आर्थिक अनियमितताविरुद्ध विद्यार्थीद्वारा कलेजमा तालाबन्दी

    बिहिवार, मंसिर १४, २०७४ साल
    लहान, १४ मंसिर । प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन् ।  प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीले बताएका छन् ।  कलेजले आफुखुशी बिना विज्ञापन..

    राजधानी : सार्वजनिक यातायातका यात्रुहरु उभिएरै यात्रा गर्न बाध्य

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौं, १२ मंसिर । देशको अति ब्यस्त सहर राजधानी अनि त्यो व्यस्तता भित्रको यहाँका मानिसहरुको जीवनचर्या र दैनिकी । देशको ३ करोड जनसंख्या मध्ये झन्डै ५० लाखलाई थेगेको यो सहर नै काठमाडौं हो । चाहे बि एम डब्ल्यु चढ्ने हुन् या त सडक पेटी हुँदो भिख माग्दै दिन काट्ने हुन्, अनि जिन्दगी बनाउन आउने हुन् या त जिन्दगी  बिगारेर फर्किने हुन्,..

    कालोसूचीमा नरहेका बंगलादेशका कलेजमा नेपाली विद्यार्थी जान सक्ने

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, मंसिर ११ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ ।  सोमबार पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो ।  शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमितरुपमा नेपाली विद्यार्थी जान सक्ने..
    Results 746: You are at page 24 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast