शुक्रबार, मंसिर २०, २०७६

    स्कुल-कलेज

    महानायक राजेश हमालद्वारा कपिलवस्तुमा विद्यार्थी भर्ना, बालकको अभिभावकत्व ग्रहण

    शनिबार, बैशाख ८, २०७५ साल
    जीतपुर, कपिलवस्तु, ८ वैशाख : नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराएका छन ।  हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका छन  ।  “मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले..

    छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुस्ः शिक्षामन्त्री

    शनिबार, बैशाख ८, २०७५ साल
    बर्दिवास, ७ वैशाख शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आपू कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गरेका छन् ।  महोत्तरी, भङ्गाहा नगरपालिका–४ थारुटोल वनरास्थित जनता आधारभूत बिद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सो विद्यालयका प्रधानाध्यापक कैलाश चौधरीसहित सबै शिक्षकसँग मन्त्री पोखरेलले यस्तो अनुरोध गर्नुभएको हो । पछिल्ला केही दशकयता सामुदायिक विद्यालयको शाख गिरेको अवस्था स्वीकार्दैत्यसलाई सुधार्ने मुख्य जिम्मेवारी शिक्षकले नै..

    विविध कार्यक्रमको आयोजना गर्दै नेपाल–जापान विद्यार्थी समाज

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौ, बैशाख ०७ ।  जपानमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको साझा संस्था नेपाल जापान विद्यार्थी समाजले संस्थाको दोश्रो वार्षिकोत्सवको अवसरमा यसै अप्रिल महिनाको २९ तारिखका दिन विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । सो अवसरमा जापानमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको संभावना तथा चुनौतीका बारेमा अन्र्तक्रिया समेत हुने बताइएको छ । त्यस्तै, सोही सिलसिलामा विविध रचनात्मक कार्यक्रमहरु जस्तैः विद्यार्थी डायरी भाग २ विमोचन, निबन्ध बाचन, अर्जुन..

    अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षामा जोड:मुख्यमन्त्री पौडेल

    शुक्रबार, बैशाख ७, २०७५ साल
    हेटौँडा, ७ वैशाख  प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकता दिने बतायका छन् ।  मकवानपुर, मनहरि गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माविमा भर्ना अभियानबारे अभिभावक र राजनीतिक दलका प्रतिनिधिबीच आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षकहरुले पनि राजनीतिमा लाग्ने काम बन्द गरी विद्यार्थीलाई अध्ययनमा अभिरुचि बढाउन मेहनत गर्नुपर्ने बताए ।  मुख्यमन्त्री पौडेलले प्रदेश..

    भक्तपुर नगरपालिकाद्वारा विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

    शुक्रबार, बैशाख ७, २०७५ साल
    भक्तपुर, ७ वैशाख भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो रहेको बताइएको छ ।  विद्यालयदेखि नै विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो ।  नगर प्रमुख सुनिल प्रजापतिले..

    केन्द्रीय बालकल्याण समितिले ७० बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने !

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख केन्द्रीय बालकल्याण समितिले सातै प्रदेशबाट अहिलेसम्म विद्यालय नगएका ७० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने भएको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नारालाई साकार पार्न समितिले सातवटै प्रदेशका १०÷१० जना बालबालिकाको अभिभावकत्वको ग्रहण गर्ने कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए । बुधबार सिरहा जिल्लामा भएको बालबालिकाको अभिभावकत्व ग्रहण कार्यक्रममा ऐक्यबद्धता जनाउँदै समितिका तर्फबाट निर्देशक..

    गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर: अध्ययन

    बिहिवार, बैशाख ६, २०७५ साल
    काठमाडौँ, ६ वैशाख सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ । उस्तै साझा प्रश्नका आधारमा अध्ययन गरिएकामध्ये..

    शिक्षाको विकासका लागि आर्थिक क्रान्तिको खाँचो : शिक्षा मन्त्री पोखरेल

    बिहिवार, बैशाख ६, २०७५ साल
    कलैया, ६ वैशाख : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् ।  बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा बिहिबार लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाको विकासका लागि अभियान देशभरि नै सञ्चालन गरिएको बताए ।  उनले देशभरिमा करीब तीन लाख बालबालिका विद्यालय..

    लालीगुराँस नगरपालिकाका नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

    बिहिवार, बैशाख ६, २०७५ साल
    तेह्रथुम, ६ वैशाख तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ ।  नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो ।  अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दो अवस्थामा रहेको अवस्थामा नगरपालिकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन..

    पूर्वरजिष्ट्रारको निधनको शोकमा त्रिवि बिहिबारका लागि बन्द

    बिहिवार, बैशाख ६, २०७५ साल
    काठमाडौँ, ६ वैशाख : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस बिहिबार बन्द हुने भएका छन् ।  त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्न लागेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।  क्याम्पस बन्द भएपछि पठनपाठन समेत नहुने भएको छ । तर नियमित परीक्षा भने सञ्चालन हुनेछ । पूर्व रजिष्ट्रार श्रेष्ठको गत चैत ३० गते निधन..

    प्रधानमन्त्री केपी ओलीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

    बुधबार, बैशाख ५, २०७५ साल
    लहान, ५ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत मंगलबार सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व..

    सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध : मुख्यमन्त्री भट्ट

    बुधबार, बैशाख ५, २०७५ साल
    कैलाली, ५ वैशाख : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा उनले भने, “विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ ।”  मुख्यमन्त्री भट्टले भर्ना अभियानलाई प्रभावकारी बनाउन उनले आफ्नी छोरीलाई कक्षा ८ मा..

    प्रधानमन्त्री ओली सिरहामा पनि १ बालिकालाई विद्यालय भर्ना गरिदिने !

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ  ५, बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाकी अर्की बालिकालाई पनि विद्यालय भर्ना गरिदिने भएका छन् । दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गरेका प्रधानमन्त्रीले कल्याणपुर– ११ स्थित रामदुलारी माविकी ५ वर्षीया मनीषकुमारी मल्लिक डोमलाई बुधबार विद्यालय भर्ना गर्न लागेका हुन् । बाबु इन्दरप्रसाद र आमा कालोदेवीकी छोरी मनीषाकुमारीको अभिभावकत्व पनि प्रधानमन्त्रीले ग्रहण गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले..

    विद्यार्थीले किताब सारेर परीक्षा दिन पाउनुपर्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीले परीक्षामा किताब सारेर र छलफल गरेर लेख्ने नीति ल्याउनुपर्ने बताएका छन् । अहिलेको शिक्षा नीतिले विद्यार्थीमा आतंक मच्चाएको भन्दै परीक्षामुखीभन्दा पनि व्यावसायिक शिक्षाको नीति ल्याउनुपर्ने उनले बताएका हुन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले काठमाण्डुमा गरेको कार्यक्रममा प्रचण्डले अबको शिक्षा समाजवादी शिक्षा हुनुपर्ने बताए । ‘पुँजीवादी शिक्षामा विद्यार्थीका लागि शिक्षा एउटा..

    दुई प्रतिशत बालबालिका अझै पनि विद्यालयको पहुँचभन्दा बाहिर !

    सोमबार, बैशाख ३, २०७५ साल
    नवलपरासी, ३ वैशाख  : नवलपरासी जिल्लामा हाल करीब दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको तथ्यांक रहेको छ ।  शिक्षा विकास तथा समन्वय इकाई (शिक्षा कार्यालयको परिवर्तन भएको नाम) नवलपरासीका अनुसार सो तथ्यांक रहेको कार्यालयले जनाएको छ । पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक लगायतका आवश्यक सामग्रीको आभावले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नहुने गरी यस वर्ष कार्य अघि बढाइएको जिल्ला शिक्षा अधिकारी..

    मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण, गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड

    आईतवार, बैशाख २, २०७५ साल
    पोखरा, २ वैशाख प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्  । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी..

    राज्यमन्त्री गोकुल बाँस्कोटाद्वारा बनेपामा १० लाखको शैक्षिक अक्षयकोषको शुभारम्भ

    शनिबार, बैशाख १, २०७५ साल
    धुलिखेल, १ वैशाख सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले रु १० लाखको शैक्षिक विकास अक्षयकोषको शुभारम्भ गरेका छन्  । शनिबार काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे सेवा समाज साउदी अरबको प्रथम वार्षिकोत्सवको अवसरमा उनले सो कोषको शुभारम्भ गरेका हुन्  । कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले विदेशी भूमि साउदी अरबमा बसेर जीवनको मूल्यबाट जम्मा गरेको रकमबाट राष्ट्रको नाममा स्थापना गरिएको अक्षयकोषबाट काभ्रेपलाञ्चोक र देशको शैक्षिक विकासको लागि उल्लेखनीय..

    कक्षा ८ सम्मपनि नपढ्नेलाई दुःखद खबर, शिक्षा मन्त्रालयको यस्तो घोषणा !

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर आएको छ । अब आठ कक्षा सम्म नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत गर्न पाइने छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरिरहेको बेला नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो । कम्तिमा आठ..

    पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान, प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तह अभियानमा !

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरुले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यसपटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता हुन लागेको हो । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली..

    प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाबाट वञ्चित:मुख्यमन्त्री लालबाबु राउत

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    जनकपुरधाम २९ चैत प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाको पहुँचभन्दा टाढा रहेकाले भर्ना अभियान आवश्यक रहेको बताए छ ।  सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यार्थी भर्ना अभियान २०७५ तथा पाठ्यपुस्तक उपलब्धतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशमा जनचाहनानुसारको शिक्षा प्रणालीमा जोड दिँदै विद्यार्थी भर्नाका साथै तिनलाई कक्षामा कसरी टिकाउने भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए..

    शिक्षक दरबन्दी मिलानमा अन्योल, धेरै विद्यार्थी संख्या हुने विद्यालयलाई मर्का

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    रुकुम, ३० चैत : जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पुर्याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न/नगराउन आदेश दिएपछि अन्योलता बढेको छ ।  लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो । “हामीले उक्त विषय अन्तिम चरणमा पुर्याएका थियौ,”..

    युनेस्को क्लबद्वारा बालबालिका विद्यालय भर्नाका लागि आर्थिक सहयोग

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    नेपालगन्ज, ३० चैत : नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई रु एक/एक लाख सहयोग उपलब्ध गराइएको छ ।  विद्यालय जानबाट वञ्चित त्यस वडाका बालबालिकालाई यो वर्ष विद्यालय भर्ना गराउन प्रोत्साहनस्वरुप सो सहयोग उपलब्ध गराइएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले शुक्रबार एक कार्यक्रमबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।  क्लबका अध्यक्ष परबेजअली सिद्दिकीले वडा बाल संरक्षण..

    निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्ने : पुष्पकमल दाहाल‘प्रचण्ड’

    बिहिवार, चैत्र २९, २०७४ साल
    चितवन, २९ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको बिहिबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताउँदै भने, “निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर जानुपर्छ, सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनेतर्फ सरकारको जोड रहनेछ ।” शिक्षा नीतिमा..

    सरकारद्वारा जिल्ला शिक्षा कार्यालय खारेज, समन्वय एकाइ स्थापना

    बिहिवार, चैत्र २९, २०७४ साल
    काठमाडौँ, २९ चैत सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई बिहिबारदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो । मन्त्रालयले जिल्ला शिक्षा..

    त्रिवि एलुम्नाइको सदस्यता वितरण शुरु, आर्थिक एवं प्राज्ञिक सहयोग मिल्नसक्ने अपेक्षा

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई संगठित गर्दै विश्वविद्यालयको उन्नयन तथा शैक्षिक र अनुसन्धानमूलक कार्यक्रमहरू विस्तारमा हातेमालो गर्न त्रिवि एलुम्नाइ एशोसिएशन गठन गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार प्रा डा सुनिती हाडा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । एशोसिएशनको पहिलो सदस्यता त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रदान गरिएको छ भने दोस्रो र तेस्रो सदस्यता क्रमशः..

    दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि...

    बुधबार, चैत्र २८, २०७४ साल
    जुम्ला, २८ चैत जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ । बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ । तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला सरकार र विद्रोही दुवै पक्षबाट दुर्गम..

    त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाको अध्ययन प्रतिवेदन हस्तान्तरण

    बुधबार, चैत्र २८, २०७४ साल
    कीर्तिपुर, २८ चैत : त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाका लागि गठित अध्ययन समितिले त्रिवि उपकुलपतिसमक्ष संस्थान गठनको प्रारुप र प्रक्रियासम्बन्धी राय–सुझाव सहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।  अध्ययन समितिका संयोजक आयुर्वेद क्याम्पस, कीर्तिपुरका प्रा डा चन्द्रराज सापकोटाले उपकुलपति प्रा डा तीर्थराज खनिया र शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई संयुक्तरुपमा बुधबार उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।  चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत कीर्तिपुरमा रहेको एक मात्र..

    भरतपुर र चिनियाँ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता, छात्रवृत्ति प्रदान गर्ने सहमति

    मंगलवार, चैत्र २७, २०७४ साल
    चितवन, २७ चैत भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । सोसम्बन्धी सम्झौतामा महानगरपालिकाका तर्फबाट महानगर प्रमुख रेणु दाहाल र..

    शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान, अशिक्षालाई समाप्त गर्ने उद्देश्य

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गदिदिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । मन्त्री,..

    पाकिस्तानद्वारा नेपाललाई छात्रवृत्ति दोब्बर गरिएको घोषणा

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत : पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ ।  पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गर्नुभएको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ । पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली..
    Results 842: You are at page 23 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast