सोमबार, चैत्र १७, २०७६

    स्कुल-कलेज

    एसइई परीक्षाको प्राविधिक त्रुटि सच्चाइयो, छात्राको तुलनामा छात्र अगाडि

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार   माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् ।  परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत..

    सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमले विद्यार्थी संख्यासँगै गुणस्तरमा सुधार

    सोमबार, आषाढ ११, २०७५ साल
    पोखरा, ११ असार  पोखरा लेखनाथ महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएका कारण विद्यार्थी संख्यामा वृद्धि हुनाका साथै गुणस्तरीयता पनि बढ्दै गएको छ ।  समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोचका साथ अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन शुरु गरिएको विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार ८८ जनाले अध्ययन गरिरहेका छन् ।  अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएसँगै विद्यार्थी संख्यामा प्रत्येक..

    एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण : २४ घण्टापछि फेरियो परीक्षार्थीको नतिजा

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार  एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुनःडाउनलोड गर्न अनुरोध छ।’ आइतबार दिनभर विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयले ग्रेडसिट प्रिन्ट गर्दा..

    आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको भन्दै विप्लव समूहद्वारा निजी शैक्षिक संस्था बन्द

    आईतवार, आषाढ १०, २०७५ साल
    चितवन, १० असार  नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आईतबारदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् ।  प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।  विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् ।  क्रान्तिकारीका..

    दलित, जनजाति र जेहेन्दार विद्यार्थीलाई निःशुल्क सोलार वितरण

    आईतवार, आषाढ १०, २०७५ साल
    रोल्पा, १० असार  रोल्पापश्चिमका दुई गाउँपालिकामा अध्ययनरत दलित, जनजाति र जेहेन्दार विद्यार्थीलाई निःशुल्क रुपमा सोलार वितरण गरिएको छ ।  जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको सहयोग रहेको उक्त सोलार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा वितरण गरिएको हो । गाउँपालिकाभित्रका करीब ३०० विद्यार्थीलाई वितरण गरिएको सोलारको प्रतिसेट बजार मूल्य रु तीन हजार रहेको छ ।  जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाभित्र रहेका १२ माध्यमिक विद्यालयका कक्षा..

    एसईईको परीक्षाफल सार्वजनिक, नतिजा सजिलैसँग यसरी थाहा पाउनुस्...

    शनिबार, आषाढ ९, २०७५ साल
    भक्तपुर, ९ असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार  संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने..

    त्रिभुवन विश्वविद्यालय र भरतपुर महानगरबीच सहकार्य,रामपुरमा इञ्जिनियरिङ कलेज सञ्चालन हुँदै

    शुक्रबार, आषाढ ८, २०७५ साल
    चितवन, ८ असार : त्रिभुवन विश्वविद्यालय (त्रिविवि) र भरतपुर महानगरपालिकाबीच सहकार्य गरेर रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी थालिएको छ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले त्रिविको कृषि क्याम्पस सञ्चालन गरिएको स्थान कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिएपछि बाँकी रहने करीब ४० बिगाहा जग्गामा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारीमा रहेको बताए ।  उनका अनुसार कलेज सञ्चालनका लागि बजेट खोजी..

    बाघ संरक्षणका लागि चितवनको रत्ननगरमा स्कुल शिक्षा कार्यक्रम शुरु

    बिहिवार, आषाढ ७, २०७५ साल
    रत्ननगर, चितवन, ७ असार   चितवनको रत्ननगर नगरपालिकामा बाघ संरक्षणका लागि स्कूल शिक्षा कार्यक्रम शुरु गरिएको छ । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको बाघ संरक्षण उपसमितिले बाघ संरक्षणका लागि बिहिबार सो कार्यक्रम शुरु गरेको हो ।  रत्ननगरको कपरखोर माध्यामिक विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त कार्यक्रम शुभारम्भ गर्दै बालबालिकामार्फत तिनका अभिभावकलाई सचेत गराउन स्कूल शिक्षा कार्यक्रम प्रभावकारी हुने बताए ।  प्रायः जंगलमा..

    ठेक्कामा जग्गा उपभोग गर्नेले ठेक्का नबुझाउदा विद्यालयलाई समस्या

    मंगलवार, आषाढ ५, २०७५ साल
    सुरुङ्गा, झापा, ५ असार जिल्लाका कतिपय सामुदायिक विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयको नाममा रहेको जग्गाको मालपोत समेत बुझाउन सकेका छैनन् ।  सय बिगाह भन्दा बढी जमिन विद्यालयको नाममा भए पनि जग्गा ठेक्कामा लिएर उपभोग गर्नेले ठेक्का नबुझाउदा विद्यालयलाई अहिले मालपोत तिर्न समेत धौधौ छ भने जिल्लामा अर्को एउटा यस्तो सामुदायिक विद्यालय पनि जस्को नाममा दश धुर मात्रै जग्गा छ ।  जिल्लाकै नमूना..

    एसइईको नतिजा एक साताभित्र,परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी थिए

    सोमबार, आषाढ ४, २०७५ साल
    भक्तपुर, ४ असार  माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिए । उनले भने–“नतिजा प्रकाशनका लागि..

    त्रिभुवन विश्वविद्यालयले पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार  त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ ।  त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको हो । उनका अनुसार पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, खाद्य प्रविधि क्याम्पस धरान, पृथ्वीनारायण..

    अध्यक्ष नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने मागसहित हडताल

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार   नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आईतबार निजी विद्यालयमा हडताल भएको छ ।  सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो ।  हडतालका कारण काठमाडौँ उपत्यकालगायत अधिकांश स्थानका निजी (संस्थागत) विद्यालय बन्द भएको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन..

    विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दै

    शनिबार, आषाढ २, २०७५ साल
    काठमाडौँ, २ असार  कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ ।  नयाँ व्यवस्थाअनुसार कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य रहने छ । गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाई ऐच्छिक मात्र बनाउने नहुने तर्कसमेत आइरहेका बेला सरकारले भने..

    विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्नेमा जोड

    शुक्रबार, आषाढ १, २०७५ साल
    नवलपरासी, १ असार   विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवानासहितका कारबाही गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानूनसम्बन्धी विषयमा बिहीबार पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।  जिल्लाका शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोगबारे बालबालिकालाई कसरी टाढा राख्न सकिन्छ भन्ने र कानूनी प्रावधानका विषयमा छलफल गरिएको थियो ।  कार्यक्रममा..

    स्थानीय परिवेश र पहिचानका लागि विद्यालयमा बौद्ध शिक्षा लागू गरिने

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    बुटवल, ३० जेठ देवदह नगरपालिकाले स्थानीय परिवेश र पहिचानका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी नगरभित्रका विद्यालयमा लागू गरेको छ ।  गौतमबुद्धको मावलीस्थलमा रहेको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठ्यपुस्तक संस्थागत र सामुदायिक दुवै विद्यालयका कक्षा ६ र ७ मा लागू गरेको हो ।  गतवर्ष ६ कक्षामा मात्र शुरु भएको पाठ्यपुस्तक यसवर्ष नेपाली र अंग्रेजी दुवैमाध्यमबाट अध्यापन शुरु हुने..

    अत्यधिक गर्मीका कारण विद्यार्थी र अभिभावकको आग्रहमा विद्यालय बन्द

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    पर्सा, २९ जेठ  एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय मंगलबार देखि बन्द गरिएको छ ।  वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो । वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय..

    यार्सागुम्बा संकलनका कारण डोल्पाका विद्यालयमा दिवाखाजाको ३३ लाख गुम्यो

    सोमबार, जेष्ठ २८, २०७५ साल
    दुनै, डोल्पा, २८ जेठ हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् ।  सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा विद्यार्थी पनि नियमित कक्षा छाडेर वर्षभरिको पढाइ खर्च जुटाउन आफ्ना अभिभावकसँगै पछि लाग्छन् ।  बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको समयमा..

    शिक्षक पढाउने बिद्यार्थी पढ्ने र कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्ने

    सोमबार, जेष्ठ २८, २०७५ साल
    फलेवास, पर्वत, २८ जेठ   पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए ।  कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् ।  शिक्षकका दैनिक..

    पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहामा ५ विद्यार्थी बेहोस

    आईतवार, जेष्ठ २७, २०७५ साल
    लहान, २७ जेठ  पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आईतबार सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् ।  कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।  यस्तै, विगत..

    भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले गरे विधार्थीलाई यस्तो आग्रह .....

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेको छ । थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गरे ।   विदेशमा जति समय काम गरिन्छ त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने..

    नगरपालिकाभित्र विद्यार्थी संख्या अति न्यून भएपछि सामुदायिक विद्यालय गाभिदै

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    तुलसीपुर, २४ जेठ तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ ।  लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो ।  पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए ।  उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई..

    पोखरा विश्वविद्यालयमा हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ ।  नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिए ।  ‘‘नेपालमा बढ्दो मात्रमा जलविद्युत् परियोजना बनिरहेका छन् तर ती परियोजनका लागि आवश्यक जनशक्ति प्रर्याप्त नभएकोले विदेशबाट..

    शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थिति : स्वास्थ्यकर्मी

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ महिनौँदेखि तलब नपाएर विद्यालयमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।  छिटोभन्दा छिटो तलव सुविधाको व्यवस्था गर्न माग गर्दै विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरूले आन्दोलन शुरु समेत गरेका छन् ।  गाउँपालिका, नगरपालिकाका प्रमुखलाई पटकपटक..

    'आर्थिक विपन्नता र सामाजिक विकृतिका कारण विद्यार्थी विद्यालयमा टिक्दैनन्'

    सोमबार, जेष्ठ २१, २०७५ साल
    काठमाडौँ, २१ जेठ विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उनले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु भएको जानकारी दिए । विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले बालबालिका विद्यालयमा किन भर्ना भएनन् भन्ने जाकारी लिन..

    इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थाले

    सोमबार, जेष्ठ २१, २०७५ साल
    ललितपुर, २१ जेठ  विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् ।  लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर आयआर्जन गर्न थालेको सहायक प्रधानाध्यापक रवीन्द्र थापाले बताए ।  विद्यालयले चार वर्ष पहिलेदेखि कक्षा ९ बाट प्राविधिक विषयअन्तर्गत यो विषयको पढाइ शुरु गरेको थियो । अहिले कक्षा १२ सकेको पहिलो ब्याच विद्यालय सकाएको सहायक..

    प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि बबिताले पढ्न पाइन्

    आईतवार, जेष्ठ २०, २०७५ साल
    महोत्तरी, २० जेठ  प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् ।  शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको सीमा थिएन् ।  दलित समुदायकी बबिताको घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि भाइबहिनीलाई मजदूरी गरेर पनि पालनपोषण गर्दै आएकी थिइन् । स्थानीय आधारभूत विद्यालयमा..

    मेडिकल कलेजको अवस्था नाजुक, विद्यार्थीको भविष्य अन्योलमा

    शनिबार, जेष्ठ १९, २०७५ साल
    जनकपुरधाम, १९ जेठ जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।  सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन्..

    पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    रुकुम, १८ जेठ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो ।  केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिए । उनले अन्य विद्यार्थीसमेत..

    माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साता

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    भक्तपुर, १७ जेठ कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।  परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिए । उनले भने, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा..

    बजेटको अख्तियारी प्राप्त नहुँदा शैक्षिक कार्यक्रमहरु प्रभावित

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    जाजरकोट, १७ जेठ जिल्ला शिक्षा कार्यालय खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा शिक्षाका कामकाज प्रभावित भएका छन् ।  समयमा अख्तियारी नआउँदा जाजरकोटसहित देशैभरका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन—२०७४ अनुसार २०७४ चैत २८ गते पछि जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा परिणत भएपछि साविकका जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन भइरहेका आव ०७४÷०७५..
    Results 886: You are at page 22 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast