बुधबार, कार्तिक ६, २०७६

    स्कुल-कलेज

    शिक्षामा २० प्रतिशत बजेट माग, सामुदायिक विद्यालयको गुणस्तर सुधार कार्यक्रम

    बुधबार, जेष्ठ ९, २०७५ साल
    काठमाडौँ, ९ जेठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताएका छन् ।  सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको बुधबार ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने हुन्छ, त्यो कसरी सम्भव हुन्छ भन्ने बारेमा सरकार प्रयत्नशील रहन्छ भने । उनले यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल गरिदिन सरोकार भएकाहरुसँग..

    बुद्ध शिक्षाका विषयमा निबन्ध प्रतियोगिताको आयोजना हुँदै

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    काठमाडौँ, ८ जेठ लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौंले संयुक्त रुपमा ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्दैछ ।  निबन्ध विसं २०७५ असार मसान्तभित्र पठाइसक्नुपर्नेछ भने एकहजार पाँच सयदेखि दुई हजार शब्दसम्मको हुनुपर्नेछ ।  निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार दिइने छ..

    “पढने इच्छा छ, स्कूल टाढा छ” पढाइ छोड्न बाध्य छन् बालबालिका

    सोमबार, जेष्ठ ७, २०७५ साल
    बागलुङ, ७ जेठ तमानखोला गाउँपालिका–६ पात्लेका १४ वर्षीय प्रेम सिरपालीले भने । कक्षा ४ सम्म गाउँकै मालिका प्राविमा अध्ययन गरेका सिरपालीको विद्यालय यात्रा कक्षा ५ मा पुगेर रोकियो ।  कक्षा ५ पढ्न डेढ घण्टा हिँडेर नर्जा गाउँको विष्णु आविमा पुग्ने सिरपालीले बीचमै विद्यालय छोडे । “बिरामी भएर हिँड्न नसकेपछि पढाइ छोडेँ”, उनले भने, “घरमा सबैले पढ भन्छन्, मलाई पनि पढ्न मन छ..

    अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयद्वारा नेपालीलाई छात्रवृत्ति दिने घोषणा

    आईतवार, जेष्ठ ६, २०७५ साल
    काठमाडौँ, ६ जेठ अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयले प्रतिभाशाली एवं जेहेन्दार नेपाली विद्यार्थीलाई वार्षिक शुल्कमा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।  उक्त विश्वविद्यालयको बिजनेश स्कूलका डिन प्रा जेन हेमिल्टनले आइतबार पत्रकार सम्मेलन गरेर पूर्वस्नातक, स्नातक र स्नातकोत्तर तहमा जेहेन्दार विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म एकमुष्ट छात्रवृत्ति प्रदान गरिने बताए  ।  हाल उक्त विश्वविद्यालयमा ११६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी..

    निजी विद्यालय छाडेर सरकारीतिर: विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

    आईतवार, जेष्ठ ६, २०७५ साल
    गाईघाट, उदयपुर, ६ जेठ : केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए ।  तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ ।  पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको..

    म्याग्दीस्थित तातोपानी कुण्डको आम्दानीबाट सरस्वती माविका शिक्षकलाई तलब !

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    बेनी, म्याग्दी, ३ जेठ प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा रहेको तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा बिरामीले स्नान गरेबापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो । समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यमिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब..

    हाकु क्षेत्रमा रहेको जलविद्युत् कम्पनीले विद्यालयलाई कम्प्यूटर वितरण

    बुधबार, जेष्ठ २, २०७५ साल
    रसुवा, २ जेठ हाकु क्षेत्रमा जलविद्युत् सञ्चालन गर्ने एक निजी कम्पनीले प्रभावित क्षेत्रका विद्यालयलाई मंगलबार कम्प्यूटर वितरण गरेको छ ।  जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली वान जलविद्युत् आयोजनाले हाकु, राम्चे र धुञ्चे क्षेत्रका १७ वटा विद्यालयलाई ९८ वटा कम्प्यूटर वितरण गरेको छ ।  विद्यालयमा प्राप्त सहयोगस्वरुप प्राप्त कम्प्यूटरले कम्प्यूटरको सिकाईमा छात्रछात्रालाई ससाना उमेरबाटै क्षमता अभिवृद्धि गराउन..

    तेह्रथुमको आठराई गाउँसभाबाट माध्यमिक शिक्षा ऐन पारित

    मंगलवार, जेष्ठ १, २०७५ साल
    आठराई, तेह्रथुम, १ जेठ तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ ।  नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ पारित गर्दै आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४ निर्माण गरेको हो ।  गाउँपालिकाको स्थानीय अध्यापन अनुमतिपत्र, विद्यालय खोल्न अनुमति, माध्यमिक शिक्षाको प्रकार, विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर..

    सरकारी स्वीकृतबिना भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

    सोमबार, बैशाख ३१, २०७५ साल
    दमक, ३१ वैशाख रासस सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ ।  दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले सोमबार स्कूल अनुगमन गरेको थियो । अनुगमनपछि समितिले..

    काठमाडौँ विश्वविद्यालयले पर्वतका दुई विद्यालय केयुको अनलाइन मास्टर डिग्री सेन्टर शुरु गर्ने

    आईतवार, बैशाख ३०, २०७५ साल
    फलेवास, पर्वत, ३० वैशाख काठमाडौँ विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने भएको छ ।  जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा अनलाइन मास्टर डिग्री कक्षा सेन्टर स्थापना गर्ने भएको हो । काठमाडौँ युनिभर्सिटीको स्कूल अफ एजुकेशनले अनलाइन मास्टर डिग्री कार्यक्रममा आदर्श र भवानी विद्यापीठ विद्यालयलाई सेन्टर स्थापना गर्न सम्झौता गरेको हो ।  कार्यक्रम काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशन..

    दिल्पाका संस्थापक शिक्षासेवी कृष्णभक्त अधिकारी सम्मानित

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ, २७ वैशाख अन्नपूर्ण भूतपूर्व विद्यार्थी समाज (अभूविस), काठमाडौँ र अन्नपूर्ण उच्च शैक्षिक केन्द्र सहयोग समितिले अन्नपूर्ण उच्च मावि, दिल्पा, भोजपुरका संस्थापक सदस्य कृष्णभक्त अधिकारीलाई बुधबार यहाँ सम्मान गरेको छ ।  दिल्पा, भोजपुरका शिक्षासेवी अधिकारीले २००८ सालमा दिल्पा बाहुनगाउँमा शिशुकक्षा सञ्चालनको शुरुवात गरी शिक्षक कुबेर चापागाँईसमेत भएर अध्यापन शुरु गरेका थिय भने २०१० मा हालको अन्नपूर्ण उमाविको संस्थापक सदस्यका रुपमा रहेका थिए..

    नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा

    बुधबार, बैशाख २६, २०७५ साल
    जाजरकोट, २६ वैशाख नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ । प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिश आएपछि नगरपालिकाका शिक्षा शाखाले यहाँका १४ वटा विद्यालयलाई नमूना विद्यालय बनाउने घोषणा गरेको हो ।  नमूना विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको छ । एक मावि र १३ वटा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीले जानकारी..

    विदेशको कमाइले स्वदेशको सामुदायिक विद्यालयलाई आर्थिक सहयोग

    मंगलवार, बैशाख २५, २०७५ साल
    पोखरा, २५ वैशाख जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गरेका छन् ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै आएका सूर्य गुरुङले माछापुच्छ्रै गाउँपालिका भिडाबारीमा सञ्चालित बराह माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सो रकम उपलब्ध गराएका हुन् ।  विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमा दाता सूर्य गुरुङकी आमा कुमारी गुरुङ, बहिनी..

    सबै बालबालिकालाई शिक्षा दिन विशेष भर्ना अभियान थालिने : प्रधानमन्त्री ओली

    सोमबार, बैशाख २४, २०७५ साल
    काठमाडौँ, २४ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गर्नुभयो ।  तीनदिने उच्चस्तरीय बैठकमा यस क्षेत्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।  बैठकमा सबै बालबालिकालाई विद्यालय पढ्न पाउने अवसर कसरी सिर्जना गर्ने र विद्यालय भर्ना भएका ती बालबालिकालाई कसरी गुणस्तरीय..

    बालबालिकाले अध्ययन गर्ने मदरसामा कम्प्युटर शिक्षाको अध्यापन शुरु

    सोमबार, बैशाख २४, २०७५ साल
    नवलपरासी, २४ वैशाख पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ ।  प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो । मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो पटक यस्तो शिक्षा सञ्चालन गरेको छ ।  विसं २०६५ मा धार्मिक विद्यालय मदरसाका रुपमा स्थापना..

    नमूना विद्यालयको चर्चामा रहेपनि, २२ शिक्षकलाई तलब दिनभने दाताकै भरपर्नुपर्ने अवस्था !

    आईतवार, बैशाख २३, २०७५ साल
    सुरुङ्गा, २३ वैशाख कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो..

    प्रधानमन्त्री ओलीको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौँ, २३ वैशाख : त्रिभुवन विश्वविद्यालयको आइतबारको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थिगित भएको छ ।  त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिए ।  शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए । उनले भने, “यो बैठक कुलपतिले बोलाएको हो, उनले शिक्षा मन्त्रीमार्फत..

    निजी विद्यालयमा बढाइएको शुल्क फिर्ताको सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौँ, २२ वैशाख : नेपाल सरकार र सरोकार भएका संगठनका प्रतिनिधिबीच शनिबार भएको वार्तामा निजी विद्यालयमा बढाइएको शुल्क समायोजन गर्ने पाँच बुँदे सहमतिसँगै विद्यार्थी संगठनको आन्दोलन फिर्ता भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, आन्दोलनरत विद्यार्थी संगठन, निजी विद्यालयका सञ्चालक, अभिभावक संगठनका प्रतिनिधि र काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रतिनिधिबीचको वार्तामा सो पाँच बुँदे सहमति भएको हो ।  सहमतिमा संस्थागत विद्यालय शुल्क..

    कक्षा ८ को परीक्षामा ०.४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि नवलपरासीका शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का

    बिहिवार, बैशाख २०, २०७५ साल
    नवलपरासी, २० वैशाख  पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ ।  यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ ।  शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले उचित रणनीति अघि बढाएर शैक्षिक गुणस्तरीयता प्रदान गर्न नसक्ने शिक्षकको..

    नेपाल-जापान विद्यार्थी समाजको दोश्रो वार्षिकोत्सव सम्पन्न, महासचिवमा भुसाल सर्वसम्मत

    बुधबार, बैशाख १९, २०७५ साल
    काठमाडौं, बैशाख १८ ।  नेपाल जापान विद्यार्थी समाजको दोश्रो वार्षिक उत्सव एवम् बृहत् कार्यक्रम सम्पन्न भएको छ । समाजका प्रमुख चेतन पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास, जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथिकारुपमा आमन्त्रित थिए ।  उक्त अवसरमा समाजको रिक्त रहेको महासचिव पदमा कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक कृष्ण प्रसाद भुसाल सर्वसम्मतले नियुक्त भएका थिए । यस अघि जापानको..

    सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने प्रणालीको अब छिट्टै अन्त्य हुने

    सोमबार, बैशाख १७, २०७५ साल
    बुटवल, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताएका छन् ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई  लुम्बिनीमा सम्बोधन गर्दै उनले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागिएको जानकारी दिए ।  विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने, “बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२..

    शिक्षित नेपाल अभियान् : पहिलो चरणमा करीब साढे चार लाख विद्यार्थी भर्ना

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आइतबारबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो । दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी गराए। पहिलो चरणमा मन्त्रालयले स्वतः स्फूर्तरुपमा विद्यार्थीलाई विद्यालय आउन..

    कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी परिक्षामा सहभागी

    शुक्रबार, बैशाख १४, २०७५ साल
    भक्तपुर, १४ वैशाख : माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा शुक्रबार बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा..

    म्याग्दीमा लायन्स क्लबले विद्यालय भवन बनाउदै, विद्यार्थीको पढाई सहज हुने

    शुक्रबार, बैशाख १४, २०७५ साल
    म्याग्दी, १४ वैशाख : मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु ४ करोड ५० लाखमा भवन बनाइदिने भएको छ ।  जिल्लामा नेतृत्व, व्यक्तित्व विकाससँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु दुई करोड २५ लाख..

    एकसय रुपैयाँमा पढ्न सकिने गुणस्तरीय स्कूल भोजपुरमा सञ्चालन

    शुक्रबार, बैशाख १४, २०७५ साल
    भोजपुर, १४ वैशाख कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ ।  समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए ।  विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा..

    कक्षा १२ र ११ को परीक्षाको सबै तयारी पूरा, देशभर १ हजार ५१ परीक्षा केन्द्र निर्धारण

    शुक्रबार, बैशाख १४, २०७५ साल
    भक्तपुर, १३ वैशाख : देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने..

    शैक्षिक सत्र सगै विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द

    बिहिवार, बैशाख १३, २०७५ साल
    रामपुर, पाल्पा, १३ वैशाख पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ । सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाललगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  सो ठाउँका अभिभावक, शिक्षक,..

    क्यानडाका नागरिकले गरे सोलुखुम्बुको विकट गाउँको माविलाई ल्यापटप सहयोग

    बिहिवार, बैशाख १३, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, १३ वैशाख : हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ ।  कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताए । उनका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण गरेका हुन् ।  विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका क्यानेडियन नागरिक..

    भीमदत्तनगरस्थित दुई निजी विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी

    बिहिवार, बैशाख १३, २०७५ साल
    भीमदत्तनगर, १२ वैशाख विद्यार्थी भर्नाको चाप बढिरहेका बेला बुधबार कञ्चनपुरको भीमदत्तनगरस्थित दुई निजी विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेको छ ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विद्यालयबाटै कापी, कलमको व्यापार गरेको भन्दै यहाँस्थित इन्टरनेशनल पब्लिक स्कुल र होली चिल्ड्रेन एकेडेमीमा तालाबन्दी गरेको हो । विद्यार्थी संगठनले दुवै विद्यालयको लेखा तथा प्रशासन शाखामा तालाबन्दी गरेपछि विद्यार्थी भर्ना कार्य प्रभावित बनेको विद्यालय प्रशासनले जनाएको..

    मुसहर समुदायका बालबालिका विद्यालय जाने, धुर्मुस सुन्तली १०० बालबालिका भर्ना गर्दै

    बुधबार, बैशाख १२, २०७५ साल
    महोत्तरी, १२ वैशाख : वर्षौदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन् ।  गौशाला नगरपालिका– ७ मनहर्वास्थित मुसहर समुदायका एकसय बालबालिका नजिकै रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना हुने भएका हुन् ।  सो वस्तीमै पुगी बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षित बनाउनुपर्ने सन्देश यहाँका सञ्चारकर्मीले बस्तीमै गएर समय समयमा सन्देश सम्प्रेषण गरेपछि..
    Results 818: You are at page 21 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast