बुधबार, चैत्र १९, २०७६

    स्कुल-कलेज

    अब अभिभावकविहीन बालबालिकालाई स्थानीय तहले आधारभूत तहसम्मको शिक्षा दिने

    शनिबार, भाद्र ९, २०७५ साल
    काठमाडौँ, ९ भदौ  अभिभावकको पहिचान नभएका बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्यरुपमा उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने भएको छ । कुनै स्थानीय तहको भौगोलिक क्षेत्रभित्र अभिभावक पहिचान नभएका वा पत्ता नलागेका बालबालिका भएमा त्यस्ता बालबालिकाको पठनपाठन तथा त्यससँग सम्बन्धित अन्य कुराको व्यवस्था गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने गरी कानूनी प्रबन्ध हुन लागेको हो । आधारभूत तह भन्नाले कक्षा १ देखि..

    नयाँ पुस्ताको माग अनुरूपको शिक्षा र गुणात्मक अपरिहार्य : शिक्षामन्त्री पोखरेल

    बिहिवार, भाद्र ७, २०७५ साल
    जनकपुरधाम, ७ भदौ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिएका छन् ।  जयगोविन्द साह अध्ययन केन्द्रद्वारा बिहिबार यहाँ आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता भएको धारणा राखे ।  मन्त्री पोखरेलले अब विद्यालयमा राजनीति र ट्रेड युनियनको कुरा नगरी प्राविधिक शिक्षाको संस्कृति निर्माणतर्फ उन्मुख हुनु जरुरी छ भने ।  उनले..

    शुक्लाफाँटा नगरपालिका स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा ४९ विद्यार्थी पढाउन ५ शिक्षक

    बुधबार, भाद्र ६, २०७५ साल
    कञ्चनपुर, ६ भदौ  शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् ।  नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ । पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ,..

    शिक्षा राज्यको प्राथमिकतामा पर्नुपर्ने, नगरप्रमुखद्वारा तलब भत्ताबाट विद्यार्थीलाई सहयोग

    सोमबार, भाद्र ४, २०७५ साल
    पोखरा, ४ भदौ  शिक्षा क्षेत्रमा राज्यको कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुनुपर्ने माग गरिए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।  क्षेत्रीय शिक्षा निर्देशनालयद्वारा सोमबार यहाँ आयोजित शैक्षिक सुधार, सुशासन, विकास र समसामयिक चासो विषयमा सञ्चार क्षेत्रसँगको सहकार्य सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले शिक्षा राज्यको प्राथमिकतामा हुनुपर्ने बताए । कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक डा भोजराज शर्मा काफ्लेले..

    अभिभावकको रोजाई निजी विद्यालय ! सामुदायिक विद्यालयमा शिक्षक ४, विद्यार्थी ३

    आईतवार, भाद्र ३, २०७५ साल
    डडेल्धुरा, ३ भदौ  कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् ।  गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताए । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले..

    अब झनै सजिलो ! सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढाइ हुने

    आईतवार, भाद्र ३, २०७५ साल
    पाल्पा, ३ भदौ : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो । सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो ।  विद्यालय व्यवस्थापन समितिका..

    ने.क.पा.को विद्यार्थी संगठनको नाम ‘अनेरास्ववियू’ हुने, ४९९ सदस्यीय केन्द्रीय कमिटी

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । शुक्रबार बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिए । यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम रहेका थिए ।  नेतृत्वमा अझै सहमति हुन सकेको छैन..

    अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालयलाई कारबाही गरी बन्द गरिने

    शुक्रबार, भाद्र १, २०७५ साल
    महेन्द्रनगर, धनुषा १ भदौ  अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् ।  जिल्ला प्रशासन कार्यालयको शिक्षा विकास तथा समन्वय इकाइले बिहीबार एक सूचना जारी बन्द गर्न निर्देशन दिएकाले गैर कानूनी रुपले सञ्चालित त्यस्ता विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।  उक्त इकाइका उपसचिव तथा निमित प्रमुख मिहिलाल यादवले त्यस्ता..

    कालीगण्डकीले कक्षाकोठा बगाएपछि पठनपाठनमा समस्या

    बिहिवार, श्रावन ३१, २०७५ साल
    कोप्चेपानी, म्याग्दी, ३१ साउन  कालीगण्डकीले कक्षाकोठा बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ ।  बुधबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चालनमा समस्या भएको हो । बिहीबारदेखि शुरु हुने पहिलो त्रैमासिक परीक्षाको अवधिलाई स्थानीयवासी टेकबहादुर बोहोराले घर उपलब्ध गराएका छन् । नियमित पठनपाठन र प्रशासनिक कामका लागि भवनको अभावले समस्या..

    साझा प्रकाशनद्वारा एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । प्रकाशन लेखापरीक्षकको बुधबार बसेको बैठकले आव २०६८-०६९ देखि आव २०७४-०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए । अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०६३-०६४ देखि आव २०६७-०६८ सम्मको कार्यालयले गरेको लेखापरीक्षण..

    सामुदायिक विद्यालयलाई प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति

    बुधबार, श्रावन ३०, २०७५ साल
    दाङ, ३० साउन  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले दाङका दशवटा सामुदायिक विद्यालयलाई यसपटक प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको छ ।  यसरी अनुमति पाउने बिद्यालयहरुमा मावि सेन्टर तुलसीपुरमा सूचना प्रविधि, गुरुजजुर मावि रक्षाचौरमा बाली विज्ञान, अमर मावि उरहरीमा पशु विज्ञान जन कल्यान मावि दूधराशमा सिभिल इञ्जिनियरिङ, सरस्वती मावि काठेकोलमा घोराहीमा सूचना प्रविधि, रहेका छन् ।  त्यसैगरी पद्यमोदय नमूना मावि घोराहीमा अटोमोबाइल इञ्जिनियरिङ,..

    पुनःनिर्माणमा ढिलाइ हुँदा त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालय व्यवस्थापनमा समस्या

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन  त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालयको मर्मत तथा पुनःनिर्माणमा ढिलाइ हुँदा पुस्तक व्यवस्थापनमा समस्या देखिएको छ ।  विसं २०७२ को भूकम्पले पुस्तकालय भवन क्षतिग्रस्त भएको थियो । पुस्तकालय पुनःनिर्माण समयमै नहुँदा किताब, पत्रपत्रिका तथा पुराना संगृहीत पाठ्य सामग्री अव्यवस्थित छन् । भूकम्पका कारण केही महिना पुस्तकालय बन्द भएको थियो । छानाबाट पानी चुहिने तथा मुसा, कीराले किताब काट्ने समस्या बढ्दै गएको..

    शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि सहकार्य, विज्ञ समूह गठन

    सोमबार, श्रावन २८, २०७५ साल
    पर्वत २८ साउन   पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाडौँ विश्व विद्यालयसँग सहकार्य गरीने भएको छ ।  कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्य गर्ने निष्कर्ष निकालेका हुन् ।  कुस्मा नगरपालिका र फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा गरिएका छुट्टाछुट्टै कार्यक्रममा दुवै नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको अवस्था, आवश्यकता तथा..

    गुणस्तरीय शिक्षा र आवासीय विद्यालय भएपछि गाउँमै फकिए विद्यार्थी

    शुक्रबार, श्रावन २५, २०७५ साल
    मनाङ, २५ साउन  गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन् ।  गुणस्तरीय शिक्षा आजको अवश्यकता महसुस गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी..

    विद्यार्थी र प्राध्यापकको आन्दोलन फिर्ता पछि कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

    मंगलवार, श्रावन २२, २०७५ साल
    चितवन, २२ साउन : कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ ।  विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो ।  विश्वविद्यालयको कार्यकारी परिषद्ले गत असार २० गते निजी आठ क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको..

    पश्चिम नवलपरासी सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

    सोमबार, श्रावन २१, २०७५ साल
    नवलपरासी, २१ साउन  पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।  सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हुँदै आएपछि माथिल्लो कक्षा अध्ययनका लागि विद्यार्थी भारतका विभिन्न विद्यालयमा जान बाध्य भएका हुन् ।  सुस्तामा कक्षा ६ पछि अध्ययनको व्यवस्था नहुँदा विद्यार्थी अध्ययनका लागि भारतीय विहार..

    जापानमा बस्ने नेपाली विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै ज्ञापनपत्र बुझाए

    शनिबार, श्रावन १९, २०७५ साल
    काठमाडौं, साउन १९ ।  जापानमा बस्ने नेपाली विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी एक ज्ञापनपत्र बुझाएका छन् । नेपाल–जापान विद्यार्थी समाज, नेपालका महासचिव रहेका कृष्ण प्रसाद भुसाल लगायतको टोलीले प्रधानमन्त्री ओलीसँग भेट गरी जापानमा बस्ने नेपाली विद्यार्थीहरुको विविध समस्या समाधानका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।  समाजले विशेष गरेर अध्ययन तथा अन्य प्रयोजनले जापान पुगेका नेपाली नागरिकसँग सरोकार राख्ने विभिन्न..

    कक्षा १२ को परीक्षाफल सार्वजनिक, जम्मा परीक्षार्थी मध्ये ३५.२ प्रतिशत विद्यार्थी उत्तीर्ण

    बिहिवार, श्रावन १७, २०७५ साल
    भक्तपुर, १७ साउन  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।   परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने..

    समाजवाद उन्मुख शिक्षा नीति तर्जुमा गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आग्रह

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गरेका छन् ।  आयोगको बुधबारको पहिलो बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले विगतमा विभिन्न आयोग बनेको र प्रतिवेदन तयार भएको सन्दर्भमा त्यसलाई ध्यान दिँदै समाजवाद उन्मुख शिक्षा नीति तर्जुमा गर्न आग्रह गरेका हुन् ।  गत असार ३२ गते गठन पुनःगठन..

    कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै, पहिलो पटक ग्रेडिङ सिस्टममा

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौं, १६ साउन  कक्षा १२ को परीक्षाफल बुधबार आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले नतिजा प्रकाशनको सबै तयारी लगभग सकेको बताउँदै यसवर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ सिस्टममा प्रकाशित गर्न लागिएको समेत जनाएको छ । यसअघि कक्षा ११ को नतिजा ग्रेडिङ सिस्टममा प्रकाशित भइसकेको छ । बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि..

    ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सञ्चालन नगर्न शिक्षा मन्त्रालयको निर्देशन

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन नगर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परामर्श सेवा सञ्चालनका लागि उक्त संस्थाले अनुमति नलिएको हुनाले काम रोक्न निर्देशन दिइएको जानकारी दिए । संस्थाले केही दिनअघि पत्रकार सम्मेलन गरी शुक्रबारदेखि परामर्श सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो ।  उनले परामर्श सेवा सञ्चालन अनुमतिविना नै सेवा..

    कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुँदै, नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने भएको छ । मंगलबार सार्वजनिक गर्ने भनिएपनि बोर्डले भोलिमात्रै सार्वजनिक गर्न लागेको हो । गएको वैशाखमा लिएको कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक भनिएपनि मिसिङको संख्या बढी भएकाले भोलि मात्रै प्रकाशित गर्न लागिएको बोर्डले भनेको छ । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक..

    "बाल हिंसा–परिचय र रोकथाम" नाराका साथ किड्जी प्रि-स्कुलद्वारा 'आइ केयर' कार्यक्रम संचालन

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन किड्जी प्रिस्कुलको नेपालको लागि प्रन्चाईजीसंग संयुक्त रुपमा 'आइ केयर' कार्यक्रम सम्पन्न भएको छ । स्थापना को ३ वर्षमा नै किड्जी प्रि-स्कुलका स्कुलहरु, रविभवन, बौद्ध, बानेश्वर, सातदोबाटो, सानेपा, ज्ञानेश्वोर र ताहाचलमा सफलता पुर्बक संचालन भइसकेको छ । यस संस्था नेपालका उत्कृष्ट प्रि स्कुल हरु मध्ये एक हुन सफल भएको संस्थापक्षको दाबी रहेको छ   । वर्षको २ चोटी हुने शिक्षक तालिममा यसपाली..

    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बर्दियामा पनि सञ्चालन

    आईतवार, श्रावन १३, २०७५ साल
    नेपालगन्ज, १३ साउन  कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सीप क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरु गरिएको छ ।  सो कार्यक्रम बाँके जिल्लामा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई यही साउन महिनादेखि बर्दियामा पनि कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो ।  नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक..

    खुला विश्वविद्यालयका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ : मुख्यमन्त्री राउत

    शुक्रबार, श्रावन ११, २०७५ साल
    महेन्द्रनगर, ११ साउन प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले खुला विश्वविद्यालय आजको आवश्यकता रहेको बताएका छन् । नेपाल खुला विश्वविद्यालयका शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा उनले भने, “सबैले पढ्न पाउनुपर्ने वर्तमान युगको चाहना र आवश्यकतालाई पूर्ति गर्न नेपाल खुला विश्वविद्यालय सहायक हुनेछ । ” मुख्यमन्त्री राउतले विभिन्न व्यस्तताका कारण औपचारिक कक्षामा सहभागी हुन नपाउने विद्यार्थीका लागि खुला विश्वविद्यालय लाभादायी हुने बताउँदै यो..

    'कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्छ'

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् ।  प्रधानमन्त्री निवासमा बुधबार भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उनले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउछन् ।  अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “चाहिएको..

    सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दीको माग, न्याय दिन आग्रह

    मंगलवार, श्रावन ८, २०७५ साल
    सुर्खेत ८ साउन  कर्णाली प्रदेशका विद्यालयका कर्मचारीले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना गर्न माग गरेका छन् ।  नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले सोमबार कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको दरबन्दी सिर्जनाको माग गरेका हुन् । उनीहरुले विद्यालय कर्मचारीलाई निजामती वा शिक्षकसरह पदीय हैसियत तथा सेवा सुविधा निर्धारण गर्न माग राखेका छन् ।  राजधानी सुर्खेत वीरेन्द्रनगरमा भेला भएका..

    विद्यालय उमेर समूहका २० प्रतिशत बालश्रमिकप्रति नगरपालिकाको ध्यान गएन

    सोमबार, श्रावन ७, २०७५ साल
    गुलरिया, बर्दिया, ७ साउन  बारबर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् ।  ‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने मूल नाराका साथ गत असार २८ गते चालू शैक्षिकशत्रमा नगरपालिकाभरिका सबै बालबालिका विद्यालयमा भर्ना गराएर उक्त नगरपालिकालाई नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर..

    निजी मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न युवा तथा विद्यार्थीको माग

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन : युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् ।  युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को आइतबार  बसेको बैठकले नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रुपमा गरिएको संवैधानिक सुनिश्चितको प्रावधानअनुसार निजी क्षेत्रबाट..

    रत्ननगर नगरपालिकाद्वारा मुसहर–माझीलाई उच्चशिक्षाका लागि आर्थिक सहयोग

    आईतवार, श्रावन ६, २०७५ साल
    रत्ननगर, चितवन, ६ साउन  रत्ननगर नगरपालिकाले यहाँको मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएको छ ।  नगरभित्र रहेका मुसहर माझी विद्यार्थीले चाहेमा स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।  नगरसभाबाट पारित भए पनि अहिलेसम्म मुसहर माझीले नगरपालिकाको उक्त सेवा लिन नसकेको जानकारी दिँदै उनले भने, “भर्खरै एक दुईजना प्लस टुसम्म पुगेका..
    Results 886: You are at page 20 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast