शनिबार, चैत्र २२, २०७६

    स्कुल-कलेज

    रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्ने

    मंगलवार, असोज ९, २०७५ साल
    रुकुम पश्चिम ९, असोज रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्ने भएको छ । नगरपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रतिविद्यार्थी रु तीन लाखदेखि रु चार लाखसम्म आर्थिक सहयोग गर्ने भएको हो ।  नगरपालिकामै आगामी मङ्सिरदेखि शुरु हुने प्राविधिक शिक्षाअन्तर्गत स्टाफ नर्स, स्वास्थ्य सहायक, फार्मेसी र ल्याब असिस्टेन्ट पढ्न चाहने विद्यार्थीलाई आर्थिक सहयोग गरिने नगर प्रमुख विशाल शर्माले..

    शिक्षक सेवा आयोगको परीक्षाका कारण डडेल्धुराका विद्यालय बन्द

    सोमबार, असोज ८, २०७५ साल
    डडेल्धुरा, ८ असोज शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो ।  उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र कैलाली जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ । जिल्लाका धेरैजसो विद्यालय १५ दिनका..

    श्रम छाडेर विद्यालय जान थाले चितवन रत्ननगर नगरपालिकाका बालबालिका

    आईतवार, असोज ७, २०७५ साल
    रत्ननगर, ७ असोज चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जान्थिन्, त्यही दुई बालक र आमाको कमाइले दैनिकी चल्थ्यो ।  श्रीमान्ले अर्काे बिहे गरेर हिँडेपछि दुई बालबालिकाको पालनपोषण र शिक्षा दिने जिम्मेवारी विष्णुकै थियो । त्यसैले उहाँलाई दैनिकीको जोहो गर्न रातदिन भौंतारिनुपथ्र्यो..

    शैक्षिक अवस्था सुधारका लागि दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु

    आईतवार, असोज ७, २०७५ साल
    जाजरकोट, ७ असोज  कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ ।  दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र..

    प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने, कालोकोट र ब्याच अनिवार्य

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज   त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो ।  सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख..

    पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    शुक्रबार, असोज ५, २०७५ साल
    पाल्पा, ५ असोज  ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ ।  गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताए ।  यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको..

    शिक्षा मन्त्रालयद्वारा विशालनगर पुस्तकालयलाई २ लाख अनुदान सहयोग

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कामपा–५, हाँडीगाउँलाई रु दुई लाख अनुदान सहयोग गरेको छ ।  सो रकमबाट पुस्तक–पत्रिकालगायत पठन सामग्री, फर्निचर, कम्प्युटर आदि खरीद गरिने पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । विसं २०१९ मा स्थापित पुस्तकालयले समय समयमा ‘ममता’ नामक अनुसन्धानमूलक पत्रिका प्रकाशनका साथै साहित्यिक, खेलकूद, निबन्ध र चित्रकला प्रतियोगिता आदि कार्यक्रम पनि गर्ने गरेको छ । ..

    तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना

    बुधबार, असोज ३, २०७५ साल
    दमौली, ३ असोज तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०–१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा बढीजसो संस्कृत र धार्मिक पुस्तक छन् । आधुनिक साहित्यका..

    पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने मुख्यमन्त्री गुरुङको भनाई

    मंगलवार, असोज २, २०७५ साल
    पोखरा, २ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताएका छन् ।  संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय समिति कास्कीद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले भौगोलिक अवस्थितिसमेतका आधारमा पोखरा सबैकिसिमका सम्भावनाको स्थल भएको बताए । पोखरामा समयसापेक्ष गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको विकास गरिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ्गले आगामी २० वर्षभित्रमा पोखरालाई दक्षिण..

    संविधान दिवस सन्दर्भ : शिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज  संविधान जारी पछिका तीन वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी, नीतिगत र संरचनात्मक परिवर्तनको आधार तय हुन थालेको छ ।  सङ्घीय संसद्बाट ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ पारितसँगै शिक्षाको मौलिक हक कार्यान्वयन गर्ने कानूनी आधार तय भएको छ भने केन्द्र, प्रदेश र स्थानीय तहबीच शिक्षाको अधिकार बाँडफाँट शुरु भएको छ । शिक्षामा युगानुकूल रुपान्तरणको खाका कोर्न सरकारले शिक्षा,..

    साक्षर भएका जिल्लाहरु आन्तरिक विवादका कारण अझै 'साक्षर घोषणा' हुन सकेनन्

    शुक्रबार, भाद्र २९, २०७५ साल
    काठमाडौँ, २९ भदौ आन्तरिक विवादका कारण साक्षर भएका जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन, जिल्ला शिक्षा अधिकारीको सरुवाको कारणले १० वटा जिल्ला साक्षर घोषणा हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वैकल्पिक तथा अनौपचारिक शिक्षा शाखाका निर्देशक बालकृष्ण गैरेले जानकारी दिए ।  जिल्ला शिक्षा कार्यालय नाम परिवर्तन भएर जिल्ला प्रशासन कार्यालयअन्तर्गत जिल्ला शिक्षा समन्वय एकाइ..

    संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा, स्वीकृति दिन आनाकानी

    बिहिवार, भाद्र २८, २०७५ साल
    कुश्मा, पर्वत, २८ भदौ  जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ ।  संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको अध्ययन गरिँदै आएको भएता पनि उपल्लो तहको प्रमाणपत्र यहाँ नपाइने भएकाले भारतका विभिन्न विद्यालय धाउनुपरेको हो..

    इलाम नगरपालिकामा इलाम जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना !

    बुधबार, भाद्र २७, २०७५ साल
    इलाम, २७ भदौ  इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो ।  नगरको सबै क्षेत्रमा दलित, विपन्न तथा समुदायमा स्थलगत अनुगमन गरेर कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नभएकाले शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको पाइएकाले घोषणा गरिएको नगरप्रमुख महेश बस्नेतले बताए ।  बालबालिका..

    कुप्रथा हटाउन र विद्यालय जान प्रोत्साहित गर्न अब उपलब्ध हुन्छ सेनेटरी प्याड

    मंगलवार, भाद्र २६, २०७५ साल
    कञ्चनपुर, २६ भदौ  किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ ।  रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो ।  रजस्वला हुँदा पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने..

    शिक्षण पद्धतिमा समयानूकल परिवर्तन, शिक्षा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ विद्यार्थीलाई बहुआयामिकरूपले सिकाउन सरकारले कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण (ग्रेड टिचिङ) र बहुकक्षा शिक्षणको विस्तारमा प्राथमिकता दिइने भएको छ ।  शिक्षक र विद्यार्थीको सिकाइ सम्बन्धलाई सहज तुल्याउन र समग्र सिकाइ उपलब्धिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५’ मार्फत आगामी २०७६ वैशाखबाट कक्षा १ देखि ३ सम्म एकीकृत..

    नमूना बन्दै महोत्तरीको सामुदायिक विद्यालय, पठनपाठन व्यवस्थापनले अभिभावक आकर्षित

    सोमबार, भाद्र २५, २०७५ साल
    बर्दिवास, २५ भदौ ‘हेलो…हजुर ! को बोल्नु भएको ?’ मोबाइलमा लगातार घण्टी बजिरहेपछि फोन रिसिभ गर्दै ललिता जयसवालले भनिन्, ‘म बर्दिवासबाट ललिता हजुर !’ ललितालाई उनकी छोरी मधु जयसवाल पढिरहेकी महोत्तरी जिल्लाको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र रम्तेलले फोन गरेका रहेछन् ।  ‘ललिताजी, आज मधु विद्यालय आइनन् नि ! किन होला ?,’ प्रधानाध्यापक रम्तेलले छोरी मधु विद्यालय नपुगेकीमा सोधखोज..

    सिन्धुपाल्चोकको पढाई : ४ शिक्षक, ५ विद्यार्थी, बन्द हुने अवस्थामा

    आईतवार, भाद्र २४, २०७५ साल
    मेलम्ची, २४ भदौ  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । यस विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँछन् । चार शिक्षक भए पनि नियमित हुँदैनन् ।  गोरखा भूकम्पले विद्यालय भवन भत्काएपछि अहिलेसम्म पनि राम्रोसँग पठनपाठन हुन नसकेको स्थानीयले बताएका छन् । स्थानीय प्रेमबहादुर तामाङको दुई कोठे घर भाडामा लिएर अस्थायीरुपमा पढाइ सञ्चालन..

    ३९ औं राष्ट्रिय 'शिक्षा दिवस' तथा ५२औं अन्तर्राष्ट्रिय 'साक्षरता दिवस मनाइदै

    शनिबार, भाद्र २३, २०७५ साल
    काठमाडौँ, २३ भदौ : ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।  यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिले विभिन्न उत्कृष्ट विद्यालय र शिक्षासेवीलाई पुरस्कृत गरिने र विभिन्न शङ्कायमा उत्कृष्ट भई उपाधिप्राप्त विद्यार्थीलाई विद्याभूषणबाट विभूषित गरिने कार्यक्रम..

    पेशागत सेवासुविधा र सुरक्षाको माग गर्दै सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलनको घोषणा

    शुक्रबार, भाद्र २२, २०७५ साल
    काठमाडौँ, २२ भदौ विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।  विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि..

    संविधानको भावनाअनुसार भाषासम्बन्धी कार्य अघि बढ्न सकेन, नेपाली भाषाको प्रयोग घट्दो

    बिहिवार, भाद्र २१, २०७५ साल
    काठमाडौँ, २१ भदौँ  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले बिहिबार आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाएका हुन् । राष्ट्रपति भण्डारीले आयोगको कामका लागि धन्यवाद दिँदै प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई हस्तान्तरण गर्ने बताए । संविधानको भाषासम्बन्धी..

    सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको छ : शिक्षामन्त्री पोखरेल

    बिहिवार, भाद्र २१, २०७५ साल
    काठमाडौँ, २१ भदौ  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनलाई प्राथमिकता दिइएको बताएका छन् ।  पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपी प्रसाईं फाउण्डेशनको बिहिबार आयोजित पुरस्कार वितरण कार्यक्रममा प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता दिएको बताएका हुन् । उनले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्सँग धेरै अपेक्षा गरिएको बताउँदै प्राविधिक जनशक्ति..

    रामपुरका प्राध्यापकद्वारा विश्वविद्यालयमा तालाबन्दी, नियमित कामकारबाही अवरुद्ध

    बुधबार, भाद्र २०, २०७५ साल
    चितवन, २० भदौ  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ ।  विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुईवटा क्याम्पसले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् ।  नेपाल प्रगतिशील..

    सांसदको प्रश्नः ‘५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिले उपलव्ध गराइन्छ ?’

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ  ‘आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?’  प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सञ्जयकुमार गौतमले यो प्रश्न सोधी चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु गरे । सांसदले मौखिक प्रश्न सम्बन्धित मन्त्रीसमक्ष राख्ने र मन्त्रीले जवाफ दिनेक्रम सोमबारदेखि शुरु भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री..

    बढ्दो मोबाइलको प्रयोग सँगै पठन संस्कृतिमा कमी, पाठकको सङ्ख्या घट्दै

    शुक्रबार, भाद्र १५, २०७५ साल
    पोखरा, १५ भदौ  बढ्दो मोबाइलको प्रयोग र पठन संस्कृतिको कमीले पुस्तकालयमा पढ्न जाने पाठकको सङ्ख्या घट्दै गएको छ । प्रविधिका कारण जुनसुकै स्थान विशेषमा नै आवश्यक पर्ने पाठ्यवस्तु मोबाइलमा प्राप्त गर्ने क्रमसँगै दिनानुदिन युवा पुस्तामा देखिएको पठन संस्कृतिको हसका कारण पुस्तकालयमा गरिएको लगानीको अपेक्षित उपयोग हुनसकेको छैन ।  नेपालमा औपचारिक पुस्तकालय स्थापना प्रारम्भ गरेको दुई शताब्दी पार भइसके पनि राज्यले समेत पुस्तकालय..

    पुस्तकालय दिवस : पुस्तक नीतिको अभाव, पुस्तकालयहरु अझै व्यवस्थापन हुन सकेन

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौँ, १४ भदौ  एघारौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइरहँदा पुस्तक नीतिका अभावले पुस्तकालयहरु अझै व्यवस्थापन हुन सकेका छैनन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरेको छ । पुस्तकप्रति पाठकको आकर्षण भइरहेका बेला पुस्तक नीतिको अभावले पुस्तकालय व्यवस्थापनमा भने समस्या देखिएको छ । मन्त्रालयका पुस्तकालय समन्वय तथा अभिलेखालय शाखा प्रमुख यादवचन्द्र निरौलाले पुस्तकालयसम्बन्धी नीति बने..

    नवलपरासीमा ४५ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन

    बुधबार, भाद्र १३, २०७५ साल
    नवलपरासी, १३ भदौ  पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा वर्र्षौदेखि ती सामुदायिक विद्यालय सञ्चालन हुँदै आएका हुन् ।  हालसम्म शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका विद्यालयलाई यस वर्ष शिक्षक भर्ना गर्न बजेट विनियोजन गरिएको इकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए ।  ढकालका अनुसार विद्यालयमा..

    बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारद्वारा २ दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ ।  गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४..

    चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन, सिक्न चाहने स्थानीयवासीलाई समेत अवसर दिइने

    सोमबार, भाद्र ११, २०७५ साल
    खोटाङ, ११ भदौ  जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।  सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो ।  विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ थान..

    संस्कृत माविमा अङ्ग्रेजी पढाइ ! संंस्कृत भाषाप्रति विद्यार्थीको रुचि देखिएन्

    आईतवार, भाद्र १०, २०७५ साल
    पाल्पा, १० भदौ तानसेनस्थित देववाणी साधारण तथा संस्कृत माविमा यस शैक्षिकसत्रमा संस्कृततर्फ विद्यार्थीको भर्ना नै देखिएन । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले असारमा संस्कृत भाषाका लागि भर्ना आह्वान गरेर प्रचार प्रसार गरे पनि विद्यार्थी भर्नादर शून्य बनेको हो । उक्त विद्यालयमा संस्कृत भाषामा अध्ययन अध्यापन हूँदा विसं ०६८ मा विद्यार्थीको सङ्ख्यामा ४२ थियो । माविमा तहमा विद्यार्थी एक सय पनि..

    अमेरिकी नागरिकको छात्रवृत्ति सहयोगबाट रोल्पाली विद्यार्थी लाभान्वित

    आईतवार, भाद्र १०, २०७५ साल
    रोल्पा, १० भदौ  एक अमेरिकी नागरिकको छात्रवृत्ति सहयोगबाट वर्षेनी सयौं रोल्पाली विद्यार्थीले अध्ययन गरिरहेका छन् । अमेरिकी नागरिक डा अगस्त मोनलारले उपलब्ध गराउँदै आएका छात्रवृत्ति रकमबाट जिल्लामा हरेक वर्ष धेरै सङ्ख्यामा विद्यार्थी लाभान्वित भएका छन् । विसं २०३९ मा रोल्पाको थवाङमा विद्यावारिधिका लागि शोध अनुसन्धान गर्न आएकी मोनलारले २०६४ सालदेखि हरेक वर्ष छात्रवृित्त दिँदै आएकि छन् । जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीका..
    Results 886: You are at page 19 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast