बुधबार, चैत्र १९, २०७६

    स्कुल-कलेज

    उमेर नपुगी विवाह गरेपछि विद्यालय छाड्न बाध्य हुँदै छात्रा, कस्तो होला भविष्यको यात्रा !

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस ।  उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो..

    देशभरका शिक्षाविद् बुटवलमा जुट्दै - पाठ्यक्रमका विषयमा बहस, सरकारसँग जमेर छलफल

    सोमबार, पौष २, २०७५ साल
    खस्यौली, २ पुस  बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ । अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।  यस जमघटको लागि तयारी समिति गठन गर्दै बुटवल उपमहानगरपालिकाले वृहत शैक्षिक सङ्गोष्ठी नाम दिएको कार्यक्रम मुलुकमा पहिलो पटक हुन लागेको दाबी गरिएको छ ।  सीपमूलक विषयसहितको अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र..

    निःशुल्क खाजा वितरण हुन थालेपछि विद्यार्थीको आकर्षण, सङ्ख्यामा वृद्धि भएर ३० पुग्यो

    आईतवार, पौष १, २०७५ साल
    गलकोट, १ पुस  बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।  बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको बालविकास केन्द्रले जनाएको छ ।  जिल्ला सदरमुकाममा बसोवास गदै आएका मजदूर, ठेला व्यापारी,..

    विराट मेडिकल कलेजको ब्रम्हलुट, सरकारी एमबीबीएस छात्रवृत्तिमै १५ लाख असुल्दै

    शुक्रबार, मंसिर २८, २०७५ साल
    विराटनगर, २८ मङ्सिर विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा नि:शुल्क एबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले नि:शुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार र शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । काठमाडौं विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ ।..

    सुन्दा अचम्म लाग्ने ! एउटै कोठामा ४ वटा कक्षा सञ्चालन, बालबालिका नाङ्गै खुट्टा विद्यालय आउँछन् !

    शुक्रबार, मंसिर २८, २०७५ साल
    धादिङ, २८ मङ्सिर एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।  कुचुक्क परेको सानो कोठा । सबै चेपाङ समुदायका बालबालिका नाङ्गै खुट्टा विद्यालय आउने गर्छन् ।..

    गाउँपालिकाभित्रका बाल विकास केन्द्रमा ३१ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण

    बिहिवार, मंसिर २७, २०७५ साल
    सल्यान २७, मङ्सिर कपुरकोट गाउँपालिकाले गाउँपालिकाभित्रका बाल विकास केन्द्रमा ३१ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बाल विकास केन्द्रको क्षमता अभिवृद्धि तथा बाल सिकाइमा सुधार ल्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । बाल विकास केन्द्र अनुगमन गर्दा केन्द्रमा धेरै समस्या देखिएपछि गाउँपालिकाले शैक्षिक सामग्री हस्तान्तरण गरेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । “बालबालिका बाल विकास केन्द्रमा आएर आफूखुशी खेल्ने,..

    अत्याधिक मात्रामा बढेको जाडोको कारण विद्यार्थीलाई कठिनाइ

    बुधबार, मंसिर २६, २०७५ साल
    हुम्ला, २६ मङ्सिर मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ ।  स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिए । “चिसोका कारण विद्यार्थीलाई लेख्न र बस्न समस्या भएको छ,” उनले भने, “चिसो..

    एपेक्स कलेजका विद्यार्थीद्वारा जाडोमा डोल्पाका लागि जुत्ता सङ्कलन अभियान

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर    डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन् ।    एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् ।     ‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष समेत रहेकी विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता सङ्कलन अभियान..

    चितुवाको आक्रमणबाट बच्न विद्यार्थीलाई सचेतना कार्यक्रम, आक्रमण गर्ने चितुवा भेटिएन

    सोमबार, मंसिर २४, २०७५ साल
    दमौली, २४ मङ्सिर  चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि डिभिजन वन कार्यालय तनहुँले भानु नगरपालिका क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।  कार्यालयले चितुवाको बानी व्यवहार, क्रियाकलाप र मानिसलाई आक्रमण गर्ने अवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम शुरु गरेको हो । कार्यालयका प्रमुख केदार बरालले चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा दुई बालक र एक बालिकाको मृत्यु भएपछि विद्यालयस्तरमा पुगेर यसबाट..

    विद्यालयहरुमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन गराउन बोर्डको आग्रह

    बिहिवार, मंसिर २०, २०७५ साल
    काठमाडौँ, २० मङ्सिर  पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।  बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिए । बोर्डले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून सङ्काय, डीनको कार्यालय र पूर्वाञ्चल, पोखरा,..

    सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला, कामकाज ठप्प

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर  सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।  कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपुर्याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए ।  उनीहरुले यही..

    जनप्रतिनिधिद्वारा पाएको पारिश्रमिकबाट विद्यालयलाई ३ लाख ५० हजारको चेक हस्तान्तरण

    बुधबार, मंसिर १९, २०७५ साल
    म्याग्दी, १९ मङ्सिर  म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गरेका छन् ।  मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गरेका हुन् । विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।  अध्यक्ष रोकाले उपलब्ध गराएको रकम भवन निर्माणका लागि १५ आना जग्गा खरिद गर्दा..

    सरकारसँग वार्ता, माग सम्बोधनको आश्वासन, शिक्षक महासङ्घको घोषित आन्दोलन स्थगित

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर : सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।  महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको..

    क्यान्सरपीडित विद्यार्थीको उपचारका लागि विद्यालयको सहयोग

    मंगलवार, मंसिर १८, २०७५ साल
    तेह्रथुम, १८ मङ्सिर  तेह्रथुमको म्याङलुङ नगरपालिका–२ स्थित सिंहवाहिनी माविले क्यान्सरपीडित एक विद्यार्थीलाई उपचारका लागि सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत पिप्लेका क्यान्सरपीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकबाट सङ्कलित रु एक लाख ६६ हजार ४० सहयोग गरेको हो ।  सो रकम मंगलबार विद्यालयले क्यान्सरपीडित खत्रीका बुबा लोकबहादुर खत्रीलाई हस्तान्तरण गरेको छ । खुट्टामा सामान्य चोट लागे पनि..

    प्रदेश नं ५ - आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा एउटै पाठ्यक्रम र पोशाक

    सोमबार, मंसिर १७, २०७५ साल
    बुटवल, १७ मंसिर निजी र सामुदायिक विद्यालयबीचको अन्तर घटाउन, एकरूपता ल्याउन एवं एकै खालको शिक्षा प्रदान गर्न भन्दै विद्यालयमा एउटै पाठ्यक्रम र पोसाकको तयारी गरेको हो ।  प्रदेश सरकारले यहाँका सबै विद्यालयमा एकै किसिमको पाठ्यक्रम र पोसाक लागू गर्ने तयारी गरेको छ ।  सामाजिक विकास मन्त्री सुदर्शन बरालले निजी विद्यालयले आफूखुसी राख्ने पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई नियन्त्रण गर्न पनि यस्तो अवधारणा ल्याइएको..

    महिनावारी हुँदा छात्राहरू अनुपस्थित हुने क्रम बढेपछि विद्यालयद्वारा सेनेटरी प्याड वितरण !

    सोमबार, मंसिर १७, २०७५ साल
    दमौली, १७ मङ्सिर महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।  महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि उक्त संस्थाले विद्यालयमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्राहरुलाई धुन मिल्ने सेनेटेरी प्याड वितरण गरेको हो ।  पोखरा डेज संस्थाद्वारा उपलब्ध गराइएको..

    त्रिभुवन विश्वविद्यालयमा अब मास्टर्सको प्राइभेट परीक्षा दिन नपाइने, खुला विश्वविद्यालयलाई दिने तयारी

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौं, १६ मंसिर  त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (मास्टर्स) मा प्राइभेट परीक्षा दिन रोक्ने भएको छ ।  परीक्षा नियन्त्रक पुष्पराज जोशीले  यस्तो परीक्षा सञ्चालन गर्ने जिम्मा अब खुला विश्वविद्यालयलाई दिइने बताए। ‘मास्टर्सका सबै विषयमा सेमेष्टरमा पढाइ हुन्छ, वार्षिक प्रणालीको प्राइभेट परीक्षा अब टियूले लिनु हुँदैन भनेर परीक्षा फाराम रोकेका छौं,’ नियन्त्रक जोशीले भने ‘खुला विश्वविद्यालयलाई यो परीक्षा कसरी सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको छ।’ त्रिविअन्तर्गतको..

    ६५ विद्यालयका शिक्षक आन्दोलित, पठन-पाठन प्रभावित, विगत ५ महीनादेखिको बाँकी तलब माग

    शुक्रबार, मंसिर १४, २०७५ साल
    सल्यान, १४, मङ्सिर : जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।  मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापेर फर्किएका छन् । परिषद् समयमा हुन नसक्दा नगरपालिकाभित्र रहेका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५..

    अब बालीविज्ञान पढ्न शहर बजार धाउन नपर्ने, पर्वतमै शुरु भयो बालीविज्ञान विषय !

    बुधबार, मंसिर १२, २०७५ साल
    पर्वत १२ मङ्सिर प्राविधिक शिक्षा पढ्नका लागि वर्षेनी लाखांैँ रुपियाँ खर्चेर शहर बजार जान बाध्य यहाँको एक विकट गाउँमा बाली विज्ञान विषयको कक्षा शुरु भएको छ ।  महाशिला गाउँपालिकामा पहिलो पटक प्राविधिक धारतर्फको बालीविज्ञान विषयको पढाइ शुरु भएको हो । महाशिला–५ स्थित महेन्द्रज्योति माविमा बालीविज्ञान विषयमा सञ्चालित कक्षाको हालै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन् ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले..

    महिलाद्वारा सञ्चालित दाङको एक विद्यालयमा बालबालिकाको आकर्षण

    मंगलवार, मंसिर ११, २०७५ साल
    लमही, ११ मङ्सिर   महिला चुलोचौकोमै सीमित हुँदा हिंसा बढिरहेका बेला दाङको एक विद्यालयलाई शिक्षिकाले मात्रै सञ्चालन गरेकी छिन् ।    कुनै समय विद्यार्थी अभावमा बन्द भएको विद्यालयलाई महिलाकै सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको थियो । महिला नेतृत्व तहमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रमलाई चिर्दै घोराही उपमहानगरपालिका–३ बेलुवामा रहेको रात्रि प्राथमिक विद्यालयलाई महिला शिक्षकले मात्रै सञ्चालनमा ल्याएका हुन् ।    महिलाले पनि अवसर पाएमा नेतृत्व तहमा रहेर..

    सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

    सोमबार, मंसिर १०, २०७५ साल
    राजविराज, १० मङ्सिर  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा विद्यालयका एक छात्रा र एक छात्र गरी छ जनालाई पुरस्कार वितरण गरिएको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए..

    गुनासोको सम्बोधन : अब रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

    सोमबार, मंसिर १०, २०७५ साल
    काठमाडौँ, १० मङ्सिर : एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ ।  गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन शाखास्थित हेल्लो सरकारमा फोन गरेर ‘मोरङको विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा निःशुल्क उपलब्ध हुुनुपर्ने रिटोटलिङ फारम क्याम्पस प्रशासनले नराख्ने भएकाले..

    स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि शिक्षाका कर्मचारी नहुँदा काममा बाधा

    आईतवार, मंसिर ९, २०७५ साल
    जाजरकोट, ९ मङ्सिर  स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा निकै समस्या परेको छ ।  नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्षअघि गठन भएका स्थानीय तहमा शिक्षाका कर्मचारीहरु नपठाउँदा शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको ठूलीभेरी नगरपालिका जुफाल डोल्पाले जनाएको छ ।  नेपालको संविधान, २०७२..

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्सहरु आज बन्द हुने

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ,७ मङ्सिर  : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।  विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निधन भएको..

    दीपज्योति प्राथमिक विद्यालयद्वारा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम विद्युत् जडानमा उपयोग

    बिहिवार, मंसिर ६, २०७५ साल
    राँझा, ६ मङ्सिर बाँकेको राप्तीपारी फत्तेपुरस्थित दीपज्योति प्राथमिक विद्यालयले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम विद्युत् जडानमा उपयोग गरेको छ ।  राप्ती सोनारी गाउँपालिका–६ मा पर्ने उक्त विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले चार दिनसम्म मोहनपुर, हब्रवा, पदनाह, विशम्वरपुर र जोरैया गाउँमा देउसीभैलोे खेलेर सङ्कलन गरेको रु ६२ हजार ६१५ले विद्यालयमा विद्युत् जडान गरिएको प्रधानाध्यापक वीरबहादुर बुढाले बताए । “विद्यालयमा विद्युत् नभएका..

    पुस्तकालय भवन निर्माणका लागि जापानीद्वारा ४ लाख सहयोग

    बुधबार, मंसिर ५, २०७५ साल
    बेझाड , ५ मङ्सिर जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।  पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि रु चार लाख आर्थिक सहयोग गरेका हुन् । साथै विद्यालयको भूइँबसाइ र ¥याक निर्माणका लागि उनले रु..

    विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा, कानमा तेल हाल्दै प्रशासन !

    मंगलवार, मंसिर ४, २०७५ साल
    साँखु, ४ मङ्सिर  काठमाडौँको थलीस्थीत कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । वार्षिक उत्सव कार्यक्रममा आज विद्यार्थीले क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् । क्याम्पसका स्ववियु सभापति पल बज्रर्चायले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै स्रोतसाधनका साथै विषयगत शिक्षकको माग गरिएको..

    औषधिको रूपमा प्रयोग गरिने किउँ टिप्न विद्यार्थी विद्यालय बन्द गरेर जङ्गल तिर

    मंगलवार, मंसिर ४, २०७५ साल
    धादिङ, ४ मङ्सिर  औषधिको रूपमा प्रयोग गरिने किउँ (काफल) टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार-पाँच घण्टा टाढा जङ्गलमा किउँ टिप्न ठूलो समूह बनाएर गएपछि गाउँका विद्यालय खाली भएका हुन् ।  विद्यार्थी मात्र होइन, गाउँका हिँड्न र काम गर्न सक्ने जति युवा अहिले सबै किउँ फल टिप्नका लागि जङ्गल गएर उतै रात..

    सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द !

    सोमबार, मंसिर ३, २०७५ साल
    पर्वत, ३ मङ्सिर जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत जिल्लामा भने यसको विपरीत देखिएको छ ।  निजी विद्यालय बन्द भएर सामुदायिक विद्यालयमा गाभिने क्रम दक्षिण पर्वतको बिहादी गाउँपालिकामा शुरु भएको हो । गाउँपालिकाले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि निजी विद्यालय..

    माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षक नहुँदा लाखौं मूल्यका कम्प्युटर थन्किए

    आईतवार, मंसिर २, २०७५ साल
    बर्दिवास, २ मङ्सिर महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् ।  विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका हुन् । कम्प्युटर देखेर विद्यार्थी सिक्न उत्सुक रहे पनि शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताए ।  उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा लाखौं मूल्यका कम्प्युटर..
    Results 886: You are at page 17 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast