बुधबार, कार्तिक ६, २०७६

    स्कुल-कलेज

    निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन देउसीभैलो, साढे ४ लाख रकम उठ्यो

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    गलेश्वर, २३ कात्तिक : विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले रु चार लाख ५३ हजार जुटाएको छ ।  मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर सो रकम जुटाइएको र सो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न..

    सहयोगको पर्खाइमा दलित विद्यालय, कक्षा ३ सम्मको उक्त विद्यालयमा हाल १ सय १ विद्यार्थी अध्ययनरत्

    आईतवार, कार्तिक १८, २०७५ साल
    रोल्पा, १८ कात्तिक समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा स्थापना गरिएको जनएकता आधारभूत विद्यालयमा आर्थिक स्रोत अभाव हुँदा सञ्चालनमा समस्या हुँदै आएको हो । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल १०१ विद्यार्थीले अध्ययन गर्छन् ।..

    शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह, २ देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, १५ कात्तिक  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताएका छन् ।  नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग बिहिबार सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा सहयोग मिलेको बताए ।  दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले..

    गुणस्तरीय शिक्षाका लागि छलफल, ‘विकासमा जनताको साथ चाहिन्छ’

    बुधबार, कार्तिक १४, २०७५ साल
    बाजुरा, १४ कात्तिक  बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तरको बाधकका रूपमा रहेका सवालको पहिचानका लागि जिल्ला बाहिर गएर पढ्ने विद्यार्थीसँग मङ्गलबार छलफल गरेको छ ।  माध्यामिक तहको शिक्षा आर्जन गर्दाको अनुभव र जिल्ला बाहिर गएर उच्च शिक्षा आर्जन गरेको अनुभव आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताए । छलफल अन्यन्त्र पढ्न गएका विद्यार्थीको सिकाइ र अनुभवलाई प्रयोग गर्ने उद्देश्यले आयोजना गरिएको..

    अस्ट्रियाको यस्तो स्कुल जहाँ पढाइ र गृहकार्य दुवै 'सेक्स' दिईन्छ

    सोमबार, कार्तिक १२, २०७५ साल
    एजेन्सी, १२ कार्तिक अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कूल छ, जहाँ विद्यार्थीहरुलाई व्यवहारि रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही वर्षदेखि सञ्चालनमा रहेको उक्त स्कूलको नाम ‘भियना सेक्स स्कूल’ हो । स्कूलका अनुसार यहाँ विद्यार्थी भर्ना गरी सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ । उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो..

    त्रिभुवन विश्वविद्यालयद्वारा ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक त्रिविले ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारम भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो ।  विजयदशमीको लामो बिदाका कारणले गर्दा उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ । त्रिविले दशैँ बिदालाई दृष्टिगत गर्दै २०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरिएको छ । ..

    ५१ वर्षीय शिक्षाविद् भोलाप्रसाद दाहालको अमेरिकामा निधन, हृदयाघात भएको अनुमान

    मंगलवार, असोज ३०, २०७५ साल
    काठमाडौँ, ३० असोज : शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।  एक कार्यक्रमका लागि अमेरिका गएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उनको परिवारले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापनसमेत..

    प्रदेश नं ३ का सांसदको यस्तो उदाहरणीय काम, छोरीको जन्मदिनका अवसरमा छात्रवृत्ति !

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज  प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०÷१० हजार छात्रवृत्ति प्रदान गरेका हुन् । यसैगरी निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई समेत जन्मदिनको अवसरमा सङ्कलित भएको रकम प्रदान गरिएको छ । कागेश्वरी मनोहरा वडा..

    विद्यालय व्यवस्थापनमा बजेट विनियोजन, असोज २७ गतेसम्म भत्ता वितरण कार्य चल्ने

    शुक्रबार, असोज २६, २०७५ साल
    नेपालगञ्ज, २६ असोज बाँकेको खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि, प्रावि तथा मदरसामा शिक्षक अनुदानका लागि बजेट विनियोजन गरिएको छ । खजुरा गाउँपालिकाले शिक्षक व्यवस्थापनअन्तर्गत करीब रु ७९ लाख ४३ हजार बजेट विनियोजन गरेको हो । शिक्षक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निसार अलि दर्जीको संयोजकत्वमा कार्यदल गठन गरिएको स्रोत व्यक्ति टङ्क दाहालले जानकारी दिए । दाहालका अनुसार छ वटा मावि, १० आधारभूत,..

    पारदर्शी छैन निजी विद्यालयका शिक्षकको सुविधा, अभिभावक मागे जति शुल्क तिर्न बाध्य

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज  निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन ।  सामुदायिक विद्यालयको तुलनामा निजी (संस्थागत) विद्यालयका विद्यार्थीको नतिजा राम्रो हुनुमा भूमिका खेल्ने तिनै शिक्षक श्रमको उचित सम्मान नभएको गुनासो गर्दै आएका छन् । कतिपय राम्रा र महँगा भनिएका निजी विद्यालयमा शिक्षकको सुविधा आकर्षक भए पनि आम निजी..

    सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढ्दै

    मंगलवार, असोज २३, २०७५ साल
    तुलसीपुर, २३ असोज  तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।  जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनक्नु छ । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ । कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो । अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको..

    साँफेबगरको सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना मावि अब्बल बन्दै

    सोमबार, असोज २२, २०७५ साल
    अछाम, २२ असोज  साँफेबगर नगरपालिका–१ कालिमाटीस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना मावि अब्बल बन्दै गएको छ ।  सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय बर्सेनी पुरस्कृत हुँदै गएको छ । पछिल्लो समय सूर्यचन्द्र मावि विद्यार्थी, अभिभावक र आम सरोकारवालाको आकर्षणको केन्द्र बनिरहेको छ । विद्यालयको परीक्षाफल ५० प्रतिशतभन्दा माथि नै रहेको प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले बताए । “आर्थिक अवस्था कमजोर भएका..

    तलब नपाएपछि शिक्षकले गरे विद्यालयमा तालाबन्दी, १ हजार विद्यार्थीको भविष्य अन्धकारमा

    आईतवार, असोज २१, २०७५ साल
    लहान, २१ असोज लामो  समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।  दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।  नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए ।  शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका..

    शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले डिजिटल बोर्डबाट पढाइ

    शुक्रबार, असोज १९, २०७५ साल
    रुकुम, पश्चिम, १९ असोज  आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र वडा नं ९ राडीको शहीद स्मृति नमूना माविमा हाल डिजिटल बोर्डबाट पढाइ थालिएको हो ।  सञ्चार र आधुनिक प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाललाई परीक्षणका रूपमा..

    इलामका निजी तथा आवासीय विद्यालयलाई वृद्धि गरिएको शुल्क नलिन आदेश

    बिहिवार, असोज १८, २०७५ साल
    मङ्गलवारे, १८ असोज इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।  विराटनगर उच्च अदालत इजलास इलामले चालू शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन बुधबार फैसला गरेको अदालतका उपरजिष्ट्रार विश्वजन सिंजापतिले जानकारी दिए । अदालतको फैसलाअनुसार निजी विद्यालयले बढेको शुल्क फिर्ता गर्नुपर्छ..

    विद्यालयको उल्लेखनीय शैक्षिक गुणस्तर ! पहिले विद्यार्थी खोज्दै, अहिले रोज्दै

    बुधबार, असोज १७, २०७५ साल
    कास्की, १७ असोज  पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ ।  कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि घरघरमा खोज्दै हिँड्नुपर्ने अवस्था थियो । अहिले विद्यार्थीको चाप धान्न नसकेर रोजेर भर्ना लिनुपर्ने अवस्था छ । सामुदायिकमा शैक्षिक गुणस्तर खस्केर नीजि विद्यालयप्रतिको आकर्षण बढिरहेको बेला शीतलादेवी भने उत्कृष्ट नतिजाको कारणले सरकारी मूल्याङ्कनमा सर्वोत्कृष्ट..

    कर्मचारी युनियनको हडतालले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौँ, १६ असोज  नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।  कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौँमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र मंगलबार दुई दिन देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । शिक्षक र कर्मचारीको..

    कृषि तथा वन विश्वविद्यालय खोल्ने निर्णयसँगै रामपुर क्याम्पस सङ्कटमा

    सोमबार, असोज १५, २०७५ साल
    चितवन, १५ असोज  मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय (कृविवि) खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रुपमा परिचित उक्त क्याम्पस सङ्कटमा परेको हो ।  पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णय गरेसँगै उक्त क्याम्पस विस्तापित हुन पुगेको छ । सरकारले उक्त क्याम्पसमा रहेको..

    प्रेममा असफल, मानसिक तनाव ! आत्महत्या गर्ने क्रम बढेसँगै जीवन जिउने कला सिक्दै विद्यार्थी

    सोमबार, असोज १५, २०७५ साल
    बाँके, १५ असोज  गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु (नाम परिवर्तन) ले केही महिना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव ।  त्यस्तै केही समयको अन्तरालमा सोही प्रकृतिका घटना वारबर्दिया नगरपालिका जब्दीगाउँका र नेउलापुर गोविन्दपुरमा पनि दोहोरियो ।  पछिल्लो समय यी र यस्तै घटना भइ किशोरावस्थाका छात्रछात्रा बरालिने, कुलतमा फस्ने, बीचैमा पढाइ छाड्ने, मानसिक तनावको सिकार..

    सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान, विद्यार्थीलाई पढाउँदै प्रहरी

    आईतवार, असोज १४, २०७५ साल
    चितवन, १४ असोज  जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो ।  प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध दुव्र्यसन, साइबर अपराध तथा मानव बेचबिखन, मदिरा सेवन..

    पुस्तकालयले पूर्ण सेवा सूचारु गर्न नसक्दा रित्तै हात फर्कन्छन् पाठक

    बुधबार, असोज १०, २०७५ साल
    ललितपुर, १० असोज  हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य हुने गर्दछन् । भूकम्पका समयमा भवन क्षतिग्रस्त भएपछि पुस्तकालयले पूर्ण सेवा सूचारु गर्न नसक्दा पाठक रित्तो हात फर्कन बाध्य भएका हुन् ।  विसं २०७२ मा गएको विनाशकारी भूकम्पले पुस्तकालय लथालिङ्ग बनेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताए । पुस्तकालय सार्ने ठाउँ नहुँदा पहिले बाल शाखा रहेको पुरानो भवनमा सीमित हुनु परेको..

    गाईघाटमा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

    मंगलवार, असोज ९, २०७५ साल
    गाईघाट, ९ असोज तत्कालीन सगरमाथा अञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रुपमा २०४४ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट मोतिगडामा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस अब प्रदेश नं १ को विश्वविद्यालय बनाउने तयारी शुरु भएको छ ।  गत आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले त्रियुगा जनता बहुमुखी क्याम्पसको नवांै साधारणसभाको उद्घाटन गर्दै सो क्याम्पसलाई प्रदेश नं १ को..

    रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्ने

    मंगलवार, असोज ९, २०७५ साल
    रुकुम पश्चिम ९, असोज रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्ने भएको छ । नगरपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रतिविद्यार्थी रु तीन लाखदेखि रु चार लाखसम्म आर्थिक सहयोग गर्ने भएको हो ।  नगरपालिकामै आगामी मङ्सिरदेखि शुरु हुने प्राविधिक शिक्षाअन्तर्गत स्टाफ नर्स, स्वास्थ्य सहायक, फार्मेसी र ल्याब असिस्टेन्ट पढ्न चाहने विद्यार्थीलाई आर्थिक सहयोग गरिने नगर प्रमुख विशाल शर्माले..

    शिक्षक सेवा आयोगको परीक्षाका कारण डडेल्धुराका विद्यालय बन्द

    सोमबार, असोज ८, २०७५ साल
    डडेल्धुरा, ८ असोज शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो ।  उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र कैलाली जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ । जिल्लाका धेरैजसो विद्यालय १५ दिनका..

    श्रम छाडेर विद्यालय जान थाले चितवन रत्ननगर नगरपालिकाका बालबालिका

    आईतवार, असोज ७, २०७५ साल
    रत्ननगर, ७ असोज चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जान्थिन्, त्यही दुई बालक र आमाको कमाइले दैनिकी चल्थ्यो ।  श्रीमान्ले अर्काे बिहे गरेर हिँडेपछि दुई बालबालिकाको पालनपोषण र शिक्षा दिने जिम्मेवारी विष्णुकै थियो । त्यसैले उहाँलाई दैनिकीको जोहो गर्न रातदिन भौंतारिनुपथ्र्यो..

    शैक्षिक अवस्था सुधारका लागि दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु

    आईतवार, असोज ७, २०७५ साल
    जाजरकोट, ७ असोज  कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ ।  दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र..

    प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने, कालोकोट र ब्याच अनिवार्य

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज   त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो ।  सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख..

    पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    शुक्रबार, असोज ५, २०७५ साल
    पाल्पा, ५ असोज  ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ ।  गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताए ।  यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको..

    शिक्षा मन्त्रालयद्वारा विशालनगर पुस्तकालयलाई २ लाख अनुदान सहयोग

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कामपा–५, हाँडीगाउँलाई रु दुई लाख अनुदान सहयोग गरेको छ ।  सो रकमबाट पुस्तक–पत्रिकालगायत पठन सामग्री, फर्निचर, कम्प्युटर आदि खरीद गरिने पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । विसं २०१९ मा स्थापित पुस्तकालयले समय समयमा ‘ममता’ नामक अनुसन्धानमूलक पत्रिका प्रकाशनका साथै साहित्यिक, खेलकूद, निबन्ध र चित्रकला प्रतियोगिता आदि कार्यक्रम पनि गर्ने गरेको छ । ..

    तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना

    बुधबार, असोज ३, २०७५ साल
    दमौली, ३ असोज तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०–१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा बढीजसो संस्कृत र धार्मिक पुस्तक छन् । आधुनिक साहित्यका..
    Results 818: You are at page 16 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast