शनिबार, चैत्र २२, २०७६

    स्कुल-कलेज

    विश्वविद्यालयको आदेश अवज्ञा गर्दै पठनपाठन

    आईतवार, फागुन १९, २०७५ साल
    चितवन, १९ फागुन कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको निर्देशन अवज्ञा गर्दै सम्बन्धन पाएका छ निजी क्याम्पसले पठनपाठन प्रक्रिया शुरु गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशानुसार भर्ना गरी पठनपाठन प्रक्रिया शुरु गरेको जनाएका छन् ।  विश्वविद्यालयले सम्बन्धन दिएका आठमध्ये जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस..

    तीन गाउँपालिकामा पाठ्यपुस्तक अभाव नहुने

    आईतवार, फागुन १९, २०७५ साल
    हुम्ला, १९ फागुन हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमा नै पाठ्यपुस्तक भित्रिएका छन् ।  हिमाली जिल्लालगायत देशका अधिकांश जिल्लामा फागुनबाट शैक्षिक सत्र शुरु हुने गर्दछ । हुम्लामा फागुन २ गतेबाट शैक्षिक सत्र शुरु भएको छ ।..

    हाम्रो नेपालमा : एक सिङ्गो विद्यालयमा जम्मा ३ शिक्षक !

    शुक्रबार, फागुन १७, २०७५ साल
    बर्दिया, १७ फागुन गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा एउटा शिक्षकको भागमा छ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ ।  उक्त विद्यालयमा १८ जना विद्यार्थी मात्र अध्ययनरत छन् । तीन जना शिक्षक मात्र रहेको उक्त विद्यालयमा एक शिक्षकको भागमा छ विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ ।  कुनै समयमा ३०० भन्दा बढी विद्यार्थी हुँदा शिक्षक अभावले एक शिक्षकले ६०÷७९ विद्यार्थीलाई एउटै कक्षामा अटाइ नअटाइ राखेर..

    शैक्षिक सत्र शुरु तर विद्यालय बन्द, ढोकाभन्दा माथिसम्म हिउँ

    शुक्रबार, फागुन १७, २०७५ साल
    हुम्ला, १७ फागुन  हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् ।  हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । जिल्लामा भारी हिमपात भई विद्यालय परिसरसँगै झ्याल ढोकाभन्दा माथिसम्म हिउँ जमेपछि विद्यालय नखोलिएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख वर्षबहादुर फडेराले जानकारी दिनुभयो ।  सात वटा गाउँपालिका रहेको हुम्लामा छ वटा गाउँपालिकामा रहेका विद्यालयले..

    विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई ५ वर्ष कैद

    बिहिवार, फागुन १६, २०७५ साल
    पर्वत, १६ फागुन  आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।  जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो ।  विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी..

    गोरखाको बारपाकमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

    बुधबार, फागुन १५, २०७५ साल
    गोरखा, १५ फागुन गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटमा रु तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ ।  भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको ताकुकोटमा रहेको सूर्य ज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) गोरखाको समन्वयमा उक्त विद्यालयको..

    काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् ।  काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) विद्यालय रहेकामा ९१ वटा मात्र सामुदायिक विद्यालय छन्..

    त्रिविविमा बेथितिको चाङ, विद्यार्थीको उत्तरपुस्तिका नै हराएपछि...

    मंगलवार, फागुन १४, २०७५ साल
    साँखु, १४ फागुन  त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो ।  परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।  पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४..

    कृषि विश्वविद्यालयमा १ सय जनाका लागि जागिर खुल्यो (विज्ञापनसहित)

    आईतवार, फागुन १२, २०७५ साल
    चितवन, १२ फागुन  चितवन स्थीत रामपुर कृषि तथा वनविज्ञान विश्वविद्यालयमा  अधिकृतदेखि असिस्टेन्ट सम्म जागिर खुल्यको छ ।  विभिन्न पदमा एक सय कर्मचारीको माग गरेको छ । विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको हो ।  १. कृषि अधिकृत - २ जना २. सहायक प्रशासक - ५ ३. लेखा अधिकृत - ८ ४. ल्याब टेक्निसियन - १६  ५. जुनियर टेक्निसियन - २ ६. लेखापाल - ८ ७...

    यसवर्ष समयमै पुग्यो जुम्लामा पाठ्यपुस्तक, विद्यार्थी दंग

    शुक्रबार, फागुन १०, २०७५ साल
    खलङ्गा, १० फागुन : विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो ।  नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै फागुन १५ सम्ममा जुम्लाका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यले डिपो कार्यालयले माघ मसान्तमै पाठ्यपुस्तक उठाएपछि समयमै यो वर्ष जुम्लामा..

    बर्मास्थित बौद्ध विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति !

    बिहिवार, फागुन ९, २०७५ साल
    लुम्बिनी, ९ फागुन : म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित विश्वविद्यालयका पदाधिकारीले दिएका छन् ।  म्यान्मामा रहेको प्रसिद्ध विश्वविद्यालय स्टेट परियति शासन युनिर्भसिटी, याङ्गुन, अन्तर्राष्ट्रिय बुद्धिस्ट थेराबाद मिसिनरी युनिर्भसिटी याङ्गुन र स्टेट..

    निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय, गुणस्तर अझ अब्बल

    बुधबार, फागुन ८, २०७५ साल
    रामपुर, ८ फागुन  सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ ।  रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक विद्यालय हिजोआज अभिभावक र विद्यार्थी दुबैको रोजाइ बन्न थालेको छ । प्रशस्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्थी निशान..

    बिचल्लीमा परेका हजारौ नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।  ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न..

    सामुदायिक विद्यालयलाई ‘पोथीले चल्ला छोपेजस्तो’ संरक्षण चाहिन्छ : माथेमा

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन  शिक्षाविद् केदारभक्त माथेमा सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएर कुखुराको ‘पोथीले चल्ला छोपेजस्तो’ गरी संरक्षण दिनुपर्ने बताउनुभएको छ ।  शिक्षा पत्रकार समूहको १९औँ वार्षिकोत्सव कार्यक्रममा त्रिविका पूर्वउपकुलपति माथेमाले सामुदायिक विद्यालयको गुणस्तर खस्कनु र विज्ञान, गणित तथा अङ्ग्रेजीजस्ता विषयमा सिकाइ उपलब्धि न्यून हुनुमा राज्यले प्राथमिकता दिन नसकेकाले हो भन्नुभयो । उहाँले भन्नुभयो, “हुन त सरकारको पर्याप्त स्रोत छैन तर शिक्षाको मौलिक..

    सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो, शिक्षाको गुणस्तर राम्रो

    आईतवार, फागुन ५, २०७५ साल
    रामपुर, ५ माघ  पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ ।  सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् ।  रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय गुणस्तरीय पढाई हुन थालेपछि अहिले सो विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइ बनेको छ । प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय..

    जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन

    शुक्रबार, फागुन ३, २०७५ साल
    चौतारा, ३ फागुन  सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ ।  स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ ।  त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा सम्बन्धन प्राप्त भएपछि मूल विषय अङ्ग्रेजी र नेपालीमा कक्षा सञ्चालन..

    अस्ट्रेलिया पुगेका सयौं नेपाली विद्यार्थी अन्यौलमा !

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन हाल चालिस हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् । नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं नेपाली विद्यार्थीहरू गलत सल्लाह र सुझावका कारण पछिल्लो चरणमा ह्वात्तै बढेको नेपाली विद्यार्थीहरू डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेको स्पष्ट भएको छ । बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गर्ने निकाय र विषयमा..

    एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ ।  मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उहाँले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री पोखरेलले एसइईको प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र..

    “विधिले आफ्ना सबै सन्तानलाई समान रुपले हेर्छ ।”

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २७ माघ : सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आइतबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो ।  एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो ।  “सानी छोरीले गीत..

    प्रधानाध्यापकको एक मुड्कीले अस्पताल पुर्याएपछि ...

    शुक्रबार, माघ २५, २०७५ साल
    फिदिम, २५ माघ पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।  विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक..

    हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

    बिहिवार, माघ २४, २०७५ साल
    डोल्पा, २४ माघ   हिमाली जिल्ला डोल्पामा बिहीवार बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।  हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।  “यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,” जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले..

    ‘विप्लव’को शैक्षिक हड्तालका कारण देशरभर पढाइ प्रभावित

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौँ, २४ माघ  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण बिहिबार देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।  नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।  अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ..

    प्राध्यापक र विद्यार्थीको विरोधपछि एमएस्सी पशु विज्ञान विषयको भर्ना रद्द

    बुधबार, माघ २३, २०७५ साल
    चितवन, २३ माघ  कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ ।  विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा रद्द गरेको जनाएको हो । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भर्ना कमिटिको निर्णयअनुसार माघ ५ गते लिइएको प्रवेश परीक्षा रद्द गरी फागुन ७ गते पुनःपरीक्षा लिइने..

    मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण : राष्ट्रपति

    मंगलवार, माघ २२, २०७५ साल
    रत्ननगर, २२ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो ।  “शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील..

    विद्यालय परिसरमा महिलाको शव फेला, पहिचान हुन सकेन

    मंगलवार, माघ २२, २०७५ साल
    भीमदत्तनगर, २२ माघ   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा मंगलबार बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५-५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।  शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिनुभयो । सोमबार पनि..

    आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।  कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो ।  नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौँको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिने भएको हो । स्थानीय विषयवस्तु, आवश्यकता र..

    चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित, माध्यमिक तहमै प्राविधिक बिषय !

    सोमबार, माघ २१, २०७५ साल
    इलाम, २१ माघ  चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन ।  इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ ।  इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी..

    कर्णालीका छात्रालाई लक्षित ‘छोरीबुहारी छात्रवृत्ति’, डेढ करोड बजेट छुट्याइयो

    सोमबार, माघ २१, २०७५ साल
    सुर्खेत, २१ माघ  कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सरकारी स्कूल पढेका र कर्णाली प्रदेशका स्थायी बासिन्दालाई छोरीबुहारी छात्रवृत्ति प्रदान गरिनेछ, यसबाट गरीब परिवारका छात्रालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बन्न मद्दत पुग्ने छ । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु..

    जनता बैंक र टिच-फर-नेपालबीच सम्झौता, शैक्षिक गुणस्तर बढाउने लक्ष्य

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौं, माघ २० ।  देशको शैक्षिकस्तर बढाउन सहायता पुर्याउने उद्देश्यसहित जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच एक सम्झौता भएको छ । शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य गर्न बैंकले आइतबार उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गर्नुभयो ।    यस्तो छ सम्झौता   सम्झौता अनुसार बैंकले..

    अन्तत: रुकुमकोटमा बन्द भएका विद्यालय र सरकारी कार्यालय खुले

    आईतवार, माघ २०, २०७५ साल
    रुकुम (पूर्व), २० माघ रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।  सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिनुभयो ।  सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार साँझ र आाइतबार बिहान जिल्ला आन्दोलन चलिरहेको ठाउँ रुकुमकोटमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ..
    Results 886: You are at page 15 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast