शनिबार, चैत्र २२, २०७६

    स्कुल-कलेज

    विद्यार्थी भर्ना अभियान प्रभावकारितामा शंका

    बुधबार, बैशाख ४, २०७६ साल
    वैशाख, ४ वैशाख विद्यालय जाने उमेर पुगेका बालबालिका स्कुल नगई घरमा नै बस्न थालेको तथ्यांक सार्वजनिक हुन थालेपछि सरकारले केही वर्षदेखि यसलाई अभियानकै रुपमा विद्यार्थीलाई विद्यालय ल्याउने अभियान सञ्चालन गरेको छ । गतवर्ष पनि प्रधानमन्त्री स्वयम् कर्णालीमा पुगेर एउटा गरिब बालकको अभिभावकत्व ग्रहण गरी अभियान सञ्चालन गरे पनि विद्यालय जाने उमेर भएका ९१ हजार विद्यार्थी विद्यालयबाहिर रहेको तथ्यांक सार्वजनिक भएपछि यस..

    क्याम्पसलाई पुस्तक सहयोग, गुणस्तरीय शिक्षामा जोड

    सोमबार, बैशाख २, २०७६ साल
    बेझाड, २ वैशाख    गण्डकी सामाजिक गुठी काठमाडौँले चापाकोट क्याम्पसलाई पुस्तक सहयोग गरेको छ । गुठीले आइतबार रु १६ लाख ५० हजार मूल्य बराबरको साहित्य र अन्य विषयका पुस्तक क्याम्पसलाई सहयोग गरेको हो ।    विभिन्न व्यक्ति तथा सामाजिक सङ्घ संस्थाको सहयोगमा सङ्कलित पुस्तक तथा खेलकूदका सामग्री क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरिएको गुठीका सदस्य कृष्ण आचार्यले बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद आचार्यले क्याम्पसमै..

    विद्यालय भर्ना अभियानलाई सफल पार्न स्थानीय तहलाई निर्देशन

    शनिबार, चैत्र ३०, २०७५ साल
    काठमाडौँ, ३० चैत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आगामी सोमबारबाट हुने विद्यालय भर्ना अभियानलाई सफल गराउन निर्देशन दिएको छ ।  मन्त्रालयको सचिवस्तरीय बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई सरकारले सञ्चालन गर्ने ‘विद्यालय भर्ना अभियान’ लाई सफल पार्न निर्देशन दिएको छ ।  मन्त्रालयले वैशाख १५ गतेसम्म हरेक स्थानीय..

    एसइईमा भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

    सोमबार, चैत्र २५, २०७५ साल
    लहान, २५ चैत्र  माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।  गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा..

    त्रिविको स्‍नातकोत्तरमा ‘प्राइभेट’ पढ्नेलाई यसवर्ष अन्तिम मौका

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौं, २४ चैत  परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षका लागि गत साता परीक्षा फारामको लागि आवेदन खुल्ला गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीले यो वर्ष पनि ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन पाउने भएका छन् ।  बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन विषयमा मात्र प्राइभेटतर्फ परीक्षा..

    कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन

    आईतवार, चैत्र २४, २०७५ साल
    दमौली, २४ चैत  प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणाबमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मार्फत् मङ्सिर २ गतेबाट नै पढाइ शुरु भइसकेको उक्त शिक्षालयको शनिबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्नुभएको हो । सो अवसरमा मन्त्री गुरुङले दक्ष जनशक्ति भए..

    त्रिविमा अनलाइन परीक्षा फारम, मार्कसिट आफैँ प्रिन्ट, ट्रान्सक्रिप्टमा स्टार चिह्न नहुने

    शनिबार, चैत्र २३, २०७५ साल
    काठमाडौं, २३ चैत्र ।  त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने जनाएको छ ।  जनअन्शार अहिले स्नातक तह प्रथम वर्ष पढिरहेका विद्यार्थीले अनलाइनमार्फत् फारम भर्ने छन् । त्यस्तै, अहिले क्याम्पसले नै भरिदिने व्यवस्था गरेको अनलाइन फाराम विद्यार्थीले आफैँले भर्नसक्ने छन् । अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँ प्रिन्ट गरेर समेत लिन सक्ने बताइएको छ..

    डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

    शुक्रबार, चैत्र २२, २०७५ साल
    डोल्पा, २२ चैत नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १०० बालबालिका शैक्षिक सत्र शुरु भएको दुई महीना वितिसक्दा पनि पाठ्यपुस्तकबिना नै अध्ययन गर्न बाध्य भएका हुन् । महादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरीद गरेर ढुवानी नगर्दा बालबालिका नयाँ..

    प्रदेश २ मा एसईईको प्रश्नपत्र खरिदबिक्री गर्ने शिक्षकसहित ६ जना सार्वजनिक

    बिहिवार, चैत्र २१, २०७५ साल
    सप्तरी चैत २१ प्रदेश २ मा एसईईको प्रश्नपत्र खरिदबिक्री गर्ने ६ जना लाई बिहीबार सीआईबीले सार्वजनिक गरिएको  छ । नेपाल प्रहरीले एक जना शिक्षक र दुई प्रहरी जवानसहित ६ जनाविरुद्ध एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा कारबाही थालेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटना विवरण सार्वजनिक गरेको हो । प्रदेश २ प्रहरीको..

    स्तरीय शिक्षासँगै ३ वर्षमा ३ गुणा बढी विद्यार्थी

    बिहिवार, चैत्र २१, २०७५ साल
    पोखरा, २१ चैत   अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ ।   विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो । विद्यार्थी सङ्ख्या घट्दै जानथाले पछि शैक्षिक वर्ष २०७४ मा जम्मा ८२ विद्यार्थी रहेको विद्यालयमा गुणस्तरीयता अभिवृद्धि,..

    प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले सार्वजनिक गर्दै

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौं, २१ चैत ।  एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले बुधबार सार्वजनिक गर्दैछ । प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको थियो ।  जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो । यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरुसँग सोधपुछ..

    त्रिविको अब ट्रान्सक्रिप्ट २४ घण्टामा, परीक्षाफल ३ महीनामै

    बुधबार, चैत्र २०, २०७५ साल
    काठमाडौँ, २० चैत  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो ।  त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि  स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको..

    छोराको स्मृतिमा विद्यालयलाई ५ लाख सहयोग

    मंगलवार, चैत्र १९, २०७५ साल
    गलकोट, १९ चैत जिल्लाको बागलुङ नगरपालिका–६ लहरेपिपल माध्यमिक विद्यालयलाई यहाँका एक शिक्षाप्रेमीले छोराको स्मृतिमा रु पाँच लाख सहयोग प्रदान गर्नुभएको छ । पञ्चकोट भान्सका शिवप्रसाद सापकोटाले छोरा कृष्णप्रसाद सापकोटाको स्मृतिमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।  विद्यालयले आगामी शैक्षिक सत्रदेखि आवासीय सुविधासहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सञ्चालन गरेको सहयोग अभियानमा छोराको स्मृतिमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानध्यापक..

    त्रिविका विद्यार्थी सगरमाथा चढ्ने तयारीमा, कीर्तिमान राख्ने लक्ष्य !

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत् विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भएका शेर्पा मानवशास्त्र केन्द्रीय विभागमा शोधपत्र गर्दै गरिरहेका विद्यार्थी हुनुहुन्छ ।  शेर्पाले सगरमाथाको शिखर चुम्ने विश्वविद्यालयको पहिलो छात्रका रुपमा विश्व कीर्तिमान कायम राख्ने लक्ष्य राख्नुभएको छ । त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाँले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सगरमाथा आरोहणको शुभकामना..

    प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत   प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । बोर्डको सोमबार बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।  हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड बैठकले जिल्ला परीक्षा समन्वय समितिलाई..

    ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

    सोमबार, चैत्र १८, २०७५ साल
    गोरखा, १८ चैत गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ ।  भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।  फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका..

    प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने सिआइबीको दाबी

    आईतवार, चैत्र १७, २०७५ साल
    सप्तरी, १७ चैत  प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ ।  यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरुसँग सोधपुछ गरिरहेको जनाउँदै दुई-तीन दिनमै पत्ता लाग्ने दाबी गरेको छ । अनुसन्धानमा खटिनुभएका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले भन्नुभयोे, “तीव्रताका साथ अनुसन्धान..

    प्रदेश २ को एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौं, १५ चैत ।     प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने शिक्षामन्त्री गिरिराजमणिा पोखरेलले पत्रकार  सम्मेलनमार्फत् जानकारी गराएका छन् ।                 लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२मा एसईईका बाँकी सबै परीक्षा स्थगित गरिएको छ ।  शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै..

    प्रदेश २ मा फेरी प्रश्नपत्र बाहिरियो, परीक्षा स्थगित, रौतहटमा राजमार्ग अवरुद्ध

    शुक्रबार, चैत्र १५, २०७५ साल
    जनकपुर, १५ चैत ।  प्रदेश २ मा शुक्रबारका लागि तय भएको सामाजिक विषयको  एसईई परीक्षा स्थगित गरिएको छ । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो । परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि..

    एसईईको प्रश्नपत्र 'लिक' : ४ सदस्यीय छानबिन समिति गठन

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौं, १४ चैत  राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन गरेको छ ।  बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो ।  बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए..

    सिद्धलेक गाँउपालिकाका माध्यमिक विद्यालयहरुको अनुगमन

    बिहिवार, चैत्र १४, २०७५ साल
    धादिङ, १४ चैत नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो ।  भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्थाबारे अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र यसको प्रयोगबारे अवलोकन गरिएको..

    एसइई परीक्षा : २ निरीक्षक निष्कासित, ११ परीक्षार्थीको परीक्षा रद्द !

    बुधबार, चैत्र १३, २०७५ साल
    लहान, १३ चैत  माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत बुधबार सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई निष्कासित गरिएको छ । एघार परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।  परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेकाले परीक्षा अनुगमन टोलीले चन्द्र मावि र सारस्वर मावि परीक्षा केन्द्रका निरीक्षकलाई निष्कासित गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख डोलराज पाण्डेले जानकारी दिनुभयो । परीक्षाको मर्यादा विपरित कार्य..

    जुम्लामा शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

    बुधबार, चैत्र १३, २०७५ साल
    खलङ्गा, १३ चैत   जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।    बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् ।    शैक्षिकस्तर न्यून भएका बालबालिकालाई पढाइ शिविरमार्फत उनीहरुको सिकाइ..

    अब १० वर्ष भित्र निजी क्षेत्रका विद्यालय हटाउनुपर्ने प्रस्ताव

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौं, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले मंगलबार समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको प्रतिवेदनमा सरकारी विद्यालयको सुधार गर्ने वित्तिकै निजी क्षेत्रका विद्यालयको आवश्यक्ता नै नपर्ने निष्कर्ष निकालिएको छ । शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा पेश गरिएको उपसमितिका संयोजक श्रेष्ठले जानकारी दिए । प्रतिवेदनमा..

    आदर्श माध्यमिक विद्यालय लायकूको निर्माणाधीन नयाँ भवन शिलान्यास

    मंगलवार, चैत्र १२, २०७५ साल
    भक्तपुर, १२ चैत मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको शिलान्यास गरिएको छ ।  प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा आज विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । लायकूअर्थात् तलेजु दरबार परिसरमा रहेको उक्त विद्यालयमा परम्परागत एवं मल्लकालीन शैलीमा विद्यालय भवनको निर्माण हुने छ ।  मध्यपुरथिमि नगरपालिकाको रु एक करोड..

    ब्रेललिपिका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या

    सोमबार, चैत्र ११, २०७५ साल
    हुम्ला, ११ चैत बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन  समस्या भएको छ ।  प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरुलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरुलाई सहयोगीको भरमा परीक्षा दिनुपर्ने वाध्यता रहेको छ ।  जिल्लाको मानसरवर मावि परीक्षा केन्द्रबाट ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका..

    निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी

    सोमबार, चैत्र ११, २०७५ साल
    डोटी, ११ चैत जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थी हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित भएको सामुदायिक विद्यालयका शिक्षकको दाबी छ ।  विगतकोभन्दा केही फरक तथा शिक्षाको गुणस्तर पनि राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्न थालेको भूमिराज मावी सलेनाका पूर्वप्रधानाध्यापक जगतबहादुर बलायरले बताउनुभयो ।  उहाँले भन्नुभयो, “यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइ तथा..

    शान्तिपूर्णरुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म सहभागी

    सोमबार, चैत्र ११, २०७५ साल
    भक्तपुर, १० चैत : देशभर आइतबार एकैसाथ शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा देशभर शान्तिपूर्णरुपमा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म पहिलो दिन आइतबार अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको र देशभर शान्तिपूर्ण, सौहार्द वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।  देशभर एक हजार ९६९ परीक्षा केन्द्रमा कुनै अप्रिय घटना..

    कलेजको लापरवाही ! इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

    आईतवार, चैत्र १०, २०७५ साल
    नवलपरासी, १० चैत  कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गौडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।  विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो र पाँचौँ सेमेस्टरको प्रोजेक्ट वर्कको..

    एसइई परीक्षा हुँदै, आज अङ्ग्रेजी, ४ लाख ७५ हजार परीक्षार्थी

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा  पहलो दिन अङ्ग्रेजी विषयको परीक्षा हँुदै छ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय..
    Results 886: You are at page 13 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast