बुधबार, कार्तिक ६, २०७६

    स्कुल-कलेज

    सत्तारुढ नेकपाका विद्यार्थी संगठनले लगाए त्रिविमा ताला

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत सत्तारुढ दल निकटका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । गण्डकी मेडिकल कलेज र किस्ट कलेजमा भइरहेको मनपरिलाई टुलुटुलु हेरेर बसेको भन्दै सत्तारुढ नेकपाका दुई विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनले त्रिविमा तालाबन्दी गरेका हुन् । मेडिकल कजेजमा भाइरहेको मनपरिलाई हेरेर बसेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन कार्यालयका साथसाथै परीक्षा नियन्त्रण कार्यालय तालाबन्दी गरिएको अनेरास्ववियुका..

    बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो ।  उहाँका अनुसार विकास, प्रबन्धन, सुशासन र चेतनालगायत विषयवस्तु समेटिएको पाठक्रम तयार गरी आगामी..

    अब नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिइने

    सोमबार, चैत्र ४, २०७५ साल
    ललितपुर, ४ चैत  ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ ।  नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।  महानगर क्षेत्रभित्र १८२ निजी..

    अङ्ग्रेजी माध्यममा पढाइ शुरु, विद्यार्थी सङ्ख्या ह्वातै बढ्यो

    सोमबार, चैत्र ४, २०७५ साल
    पोखरा, ४ चैत  अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ ।  चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ,..

    चितवनमा प्रहरीले खोल्यो प्रदेश स्तरीय विद्यालय, नयाँ वर्षबाट पठनपाठन

    आईतवार, चैत्र ३, २०७५ साल
    चितवन, ३ चैत  प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ ।    नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ ।  शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो..

    अष्ट्रेलियाका हजारौ विद्यार्थीद्वारा प्रदर्शन, यस्तो छ कारण..

    शुक्रबार, चैत्र १, २०७५ साल
    क्यानबेरा, अष्ट्रेलिया, १ चैत अष्ट्रेलियाका हजारौ विद्यार्थीहरुले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् ।  जलबायु परिवर्तनसम्वन्धी समस्या न्यूनिकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको छ ।  देशभरी झण्डै ५० ठाउँमा विद्यार्थीहरुले बृहत ¥याली निकालेर वातावरण संरक्षणको पक्षमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् ।  जलवायु प्रदुषणको विषयमा ध्यानाकर्षण गराउदै विद्यार्थीहरुले प्रदर्शन गरेको सन् २०१८ नोभेम्बर पछिको यो दोस्रो पटक..

    एसइईमा ३४ परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

    शुक्रबार, चैत्र १, २०७५ साल
    पाल्पा, १ चैत   आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ ।  विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् ।  नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१..

    विद्यालयमा बालबालिकालाई शारीरिक तथा मानसिक सजाय

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन    विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ ।    साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार महीनामा विभिन्न सञ्चारमाध्यममा चार वटा शारीरिक सजायका घटना सार्वजनिक भएका छन् । यी सजायका..

    प्याब्सनको नेतृत्वमा सहमति, पुरी अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ, २९ फागुन : निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन० को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।  नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई हलमा प्रस्तुत गरिने तयारी भएको छ ।..

    कोरियाली भाषा परीक्षा आगामी जेठमा, कोटा पनि बढ्यो

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलबार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।  आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै..

    भूकम्पमा क्षतिग्रस्त भएकामध्ये ४ हजार विद्यालय पुनःनिर्माण

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी..

    प्याब्सनको १४औँ महाधिवेशन, विद्यालयलाई सेवामुखी बनाउन पहल

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन  निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ ।  निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको अभिभावक र विद्यार्थीको आलोचना भएपछि सरकारले भविष्यमा सेवामुखी रूपमा मात्र निजी विद्यालय खोल्न पाउने नीति ल्याउने तयारी गरेकाले विद्यालय सञ्चालकमा लगानीको सुरक्षाको प्रश्न उठेको हो । सरकारले समाजवदोन्मुख संविधान कार्यान्वयनका..

    कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ विद्यार्थी

    सोमबार, फागुन २७, २०७५ साल
    मुग्लिन, २७ फागुन  चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् ।  विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन् । तर नियमित रुपमा भने २० जनाको हाराहारीमा विद्यालय आउँछन् ।  अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा आउने..

    साक्षरता कार्यक्रम चलाउँदै ललितपुरको शुभतारा विद्यालय

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन ललितपुरको शुभतारा विद्यालयले ३० औँ स्थापना दिवसका अवसरमा समुदायस्तरमा रोजगारमूलक तालीम र सीपका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  सानोपाबाट लामाटारको १२० रोपनी जग्गाको नवनिर्मित विद्यालय भवनमा सामुदायिक पुस्तकालय स्थापनाका साथै साक्षरता कार्यक्रम सञ्चालनको तयारी गरिएको विद्यालयका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले जानकारी दिनुभयो । आगामी चैत २ गते विद्यालयको स्थापना दिवसमा मेला आयोजना गरी सङ्कलित रकमबाट..

    कालिका र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच समझदारी

    आईतवार, फागुन २६, २०७५ साल
    चिप्लेढुङ्गा, २६ फागुन  पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ । ‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’ विषयक पोखरामा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन दुई देशका क्याम्पसबीच समझदारी भएको हो ।  समझदारी पत्रमा (एमओयू) क्याम्पस प्रमुख बालाकृष्ण शर्मा र एण्डालास विश्वविद्यालयका प्रतिनिधि डा मास्कोटा डेल्फीले हस्ताक्षर गर्नुभएको हो ।  कालिका सामुदायिक क्याम्पस..

    विद्यालयमा छात्रा बेहोश, अभिभावकले गराए विद्यालय परिवर्तन

    शुक्रबार, फागुन २४, २०७५ साल
    डोटी, २४ फागुन  जिल्लाको सायल गाउँपालिका ६ खातीवडाका पुरन साउदले छोरी रिङ्कुलाई पढ्दै गरेको दल्लेकस्थित हिमालय आधारभूत विद्यालयबाट छुटाएर अर्को विद्यालयमा सार्नुभएको छ ।  उक्त विद्यालय जाँदा छोरी काँप्ने (देउता आउने) भएकीले उहाँले सो विद्यालयबाट निकालेर गोलदेउला एकेडेमीमा भर्ना गर्नुभएको हो । “त्यो विद्यालयमा पढ्दा मेरो छोरी धैरै पटक काँपेकीले उनलाई अर्को विद्यालयमा भर्ना गरेँ” उहाँले भन्नुभयो ।  साउदका अनुसार नयाँ विद्यालयमा पनि..

    अब रामपुर त्रिभुवन विश्वविद्यालयमा इञ्जिनीयरिङ पढाइ

    बिहिवार, फागुन २३, २०७५ साल
    चितवन, २३ फागुन  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो ।  सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले त्यहाँ पढाउँदै आएको कृषि क्याम्पस स्थानान्तरण गरेको थियो । दुई विश्वविद्यालयबीचको विवाद समाधानका..

    विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

    बिहिवार, फागुन २३, २०७५ साल
    लमही, २३ फागुन  नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नियुक्त गरेका कार्यपरिषद्का सदस्यलाई अनुमोदन नगरी टुङ्गिएको विश्वविद्यालयका प्रशासक डा हिमलाल पन्थीले बताउनुभयो ।  सभामा उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले कार्यकारी परिषद्मा..

    विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन भएनन्

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन  ललितपुर महानगरपालिकाभित्रका विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन हुनसकेका छैनन् ।  विद्यालय समायोजनपछि कार्यरत शिक्षकको समेत समायोजन गर्नुपर्ने भएकाले समायोजन गर्न नसकिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले तीन वर्ष पहिले महानगरपालिका (साविक उपमहानगरपालिका) भित्रका चार सामुदायिक विद्यालय समायोजन गरेको थियो ।  महानगरपालिका आफैँले भने कुनै पनि विद्यालय समायोजन नगरेको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादूर क्षेत्रीले बताउनुभयो ।..

    रामलिला महोत्सवबाट प्राप्त रकमले प्राविधिक शिक्षालय स्थापना

    बुधबार, फागुन २२, २०७५ साल
    बैतडी, २२ फागुन  रामलिला महोत्सवबाट प्राप्त रकमले बैतडीको एक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ शुरु गरेको छ ।  दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मणिलेक माविले रामलिला महोत्सवबाट प्राप्त रकमले तीन वर्षे डिप्लोमाअन्तर्गत आइएससी एजी बाली विज्ञानको पढाइ शुरु गरेको हो ।  ग्रामीण क्षेत्रका बालबालिकाको प्राविधिक शिक्षामा पहुँच पु¥याउने उद्देश्यले बाली विज्ञानको पढाइ शुरु गरिएको सो विद्यालयले जनाएको छ । प्राविधिक शिक्षालय स्थापनाका लागि सहयोग संक्कलन गर्ने..

    शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ ।  काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ ।  प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको..

    शिक्षाको पहुँच वृद्धि गर्न सके विभेद अन्त्य हुने चैतन्य मिश्रको भनाई

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन शिक्षाको पहुँच वृद्धि गर्नसकेमा मुलुकमा देखिएका सबै खालका विभेद अन्त्य गर्न सकिनेमा जोड दिइएको छ ।  प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आज प्रा डा चैतन्य मिश्रले ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ मा गरेको छलफलमा सबै नागरिकमा शिक्षाको सहज पहुँच पु¥याउन सकेमा समाजका जातीय र छुवाछूतजन्य विभेद अन्त्य हुने बताउनुभयो ।  “समाजका सबै खालका विभेद अन्त्य गर्न नागरिकको समृद्धि जरुरी छ,..

    विश्वविद्यालयको आदेश अवज्ञा गर्दै पठनपाठन

    आईतवार, फागुन १९, २०७५ साल
    चितवन, १९ फागुन कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको निर्देशन अवज्ञा गर्दै सम्बन्धन पाएका छ निजी क्याम्पसले पठनपाठन प्रक्रिया शुरु गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशानुसार भर्ना गरी पठनपाठन प्रक्रिया शुरु गरेको जनाएका छन् ।  विश्वविद्यालयले सम्बन्धन दिएका आठमध्ये जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस..

    तीन गाउँपालिकामा पाठ्यपुस्तक अभाव नहुने

    आईतवार, फागुन १९, २०७५ साल
    हुम्ला, १९ फागुन हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमा नै पाठ्यपुस्तक भित्रिएका छन् ।  हिमाली जिल्लालगायत देशका अधिकांश जिल्लामा फागुनबाट शैक्षिक सत्र शुरु हुने गर्दछ । हुम्लामा फागुन २ गतेबाट शैक्षिक सत्र शुरु भएको छ ।..

    हाम्रो नेपालमा : एक सिङ्गो विद्यालयमा जम्मा ३ शिक्षक !

    शुक्रबार, फागुन १७, २०७५ साल
    बर्दिया, १७ फागुन गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा एउटा शिक्षकको भागमा छ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ ।  उक्त विद्यालयमा १८ जना विद्यार्थी मात्र अध्ययनरत छन् । तीन जना शिक्षक मात्र रहेको उक्त विद्यालयमा एक शिक्षकको भागमा छ विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ ।  कुनै समयमा ३०० भन्दा बढी विद्यार्थी हुँदा शिक्षक अभावले एक शिक्षकले ६०÷७९ विद्यार्थीलाई एउटै कक्षामा अटाइ नअटाइ राखेर..

    शैक्षिक सत्र शुरु तर विद्यालय बन्द, ढोकाभन्दा माथिसम्म हिउँ

    शुक्रबार, फागुन १७, २०७५ साल
    हुम्ला, १७ फागुन  हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् ।  हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । जिल्लामा भारी हिमपात भई विद्यालय परिसरसँगै झ्याल ढोकाभन्दा माथिसम्म हिउँ जमेपछि विद्यालय नखोलिएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख वर्षबहादुर फडेराले जानकारी दिनुभयो ।  सात वटा गाउँपालिका रहेको हुम्लामा छ वटा गाउँपालिकामा रहेका विद्यालयले..

    विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई ५ वर्ष कैद

    बिहिवार, फागुन १६, २०७५ साल
    पर्वत, १६ फागुन  आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।  जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो ।  विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी..

    गोरखाको बारपाकमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

    बुधबार, फागुन १५, २०७५ साल
    गोरखा, १५ फागुन गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटमा रु तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ ।  भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको ताकुकोटमा रहेको सूर्य ज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) गोरखाको समन्वयमा उक्त विद्यालयको..

    काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् ।  काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) विद्यालय रहेकामा ९१ वटा मात्र सामुदायिक विद्यालय छन्..

    त्रिविविमा बेथितिको चाङ, विद्यार्थीको उत्तरपुस्तिका नै हराएपछि...

    मंगलवार, फागुन १४, २०७५ साल
    साँखु, १४ फागुन  त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो ।  परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।  पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४..
    Results 818: You are at page 12 of 28
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last
    Weather Forecast