आईतवार, भाद्र १, २०७६

    स्कुल-कलेज

    हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

    बिहिवार, माघ २४, २०७५ साल
    डोल्पा, २४ माघ   हिमाली जिल्ला डोल्पामा बिहीवार बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।  हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।  “यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,” जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले..

    ‘विप्लव’को शैक्षिक हड्तालका कारण देशरभर पढाइ प्रभावित

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौँ, २४ माघ  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण बिहिबार देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।  नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।  अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ..

    प्राध्यापक र विद्यार्थीको विरोधपछि एमएस्सी पशु विज्ञान विषयको भर्ना रद्द

    बुधबार, माघ २३, २०७५ साल
    चितवन, २३ माघ  कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ ।  विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा रद्द गरेको जनाएको हो । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भर्ना कमिटिको निर्णयअनुसार माघ ५ गते लिइएको प्रवेश परीक्षा रद्द गरी फागुन ७ गते पुनःपरीक्षा लिइने..

    मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण : राष्ट्रपति

    मंगलवार, माघ २२, २०७५ साल
    रत्ननगर, २२ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो ।  “शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील..

    विद्यालय परिसरमा महिलाको शव फेला, पहिचान हुन सकेन

    मंगलवार, माघ २२, २०७५ साल
    भीमदत्तनगर, २२ माघ   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा मंगलबार बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५-५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।  शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिनुभयो । सोमबार पनि..

    आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।  कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो ।  नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौँको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिने भएको हो । स्थानीय विषयवस्तु, आवश्यकता र..

    चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित, माध्यमिक तहमै प्राविधिक बिषय !

    सोमबार, माघ २१, २०७५ साल
    इलाम, २१ माघ  चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन ।  इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ ।  इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी..

    कर्णालीका छात्रालाई लक्षित ‘छोरीबुहारी छात्रवृत्ति’, डेढ करोड बजेट छुट्याइयो

    सोमबार, माघ २१, २०७५ साल
    सुर्खेत, २१ माघ  कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सरकारी स्कूल पढेका र कर्णाली प्रदेशका स्थायी बासिन्दालाई छोरीबुहारी छात्रवृत्ति प्रदान गरिनेछ, यसबाट गरीब परिवारका छात्रालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बन्न मद्दत पुग्ने छ । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु..

    जनता बैंक र टिच-फर-नेपालबीच सम्झौता, शैक्षिक गुणस्तर बढाउने लक्ष्य

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौं, माघ २० ।  देशको शैक्षिकस्तर बढाउन सहायता पुर्याउने उद्देश्यसहित जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच एक सम्झौता भएको छ । शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य गर्न बैंकले आइतबार उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गर्नुभयो ।    यस्तो छ सम्झौता   सम्झौता अनुसार बैंकले..

    अन्तत: रुकुमकोटमा बन्द भएका विद्यालय र सरकारी कार्यालय खुले

    आईतवार, माघ २०, २०७५ साल
    रुकुम (पूर्व), २० माघ रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।  सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिनुभयो ।  सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार साँझ र आाइतबार बिहान जिल्ला आन्दोलन चलिरहेको ठाउँ रुकुमकोटमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ..

    कृषि पढ्ने विद्यार्थीको कोटा बढाइदिन चीनसँग मन्त्रीको आग्रह

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गर्नुभएको छ ।  आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलाई उहाँले पछिल्लो दिनमा निकै थोरै सङ्ख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेकाले त्यो सङ्ख्या बढाउन आग्रह गर्नुभएको हो ।  आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढाउन सके..

    विद्यार्थीहरुको आन्दोलन : मङ्गलबारदेखिको बन्दले भीमदत्तनगरको जनजीवन प्रभावित

    बुधबार, माघ १६, २०७५ साल
    भीमदत्तनगर, १६ माघ  कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।  सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्द गर्दै आएका हुन् । बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको..

    न्यून दृष्टियुक्त कक्षा : समयमै पुस्तक नआउँदा समस्या, शिक्षक भन्ने विद्यार्थी सुन्ने !

    मंगलवार, माघ १५, २०७५ साल
    लमही, १५ माघ सामान्य विद्यार्थीको पुस्तक वैशाखमै आइपुग्छन्, तर फरक क्षमता भएका न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ गर्छन् ।  पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत् विद्यार्थी रामप्रसाद विकले बताउनुभयो । “अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ”, उहाँले भन्नुभयो, “तर हामीजस्ता न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक ढिला आउँछ ।” यसरी पुस्तक..

    राष्ट्रिय परीक्षा बोर्ड : कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, १४ माघ  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ भने कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ ।परिक्षाको सामय बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ । ..

    विभिन्न क्याम्पसअगाडि नेविसङ्घको विरोध, विद्यार्थीहरु पक्राउ, यस्तो छ काङ्ग्रेसको ‘प्लानिङ’

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ  संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध जनाएको छ । नेविसङ्घले आईतबार बिहान उपत्यकाका त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि विरोध गरेको हो ।  नेविसङ्घका नेता दीपक भट्टराईले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोध जनाएको बताउनुभयो । “काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व..

    तनहुँको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु

    शनिबार, माघ १२, २०७५ साल
    दमौली, १२ माघ : चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहँुको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ ।  व्यास नगरपालिकाभित्रका सामुदायिक, संस्थागत विद्यालय, कलेज तथा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई महर्षि वेदव्यास र पराशरको बारेमा जानकारी दिने उद्देश्यले उक्त पुस्तकको पढाइ शुरु गरिएको व्यास नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख अम्बिका..

    शिक्षा आयोग प्रतिवेदन : सामुदायिक विद्यालय क्षेत्र उत्साहित, निजी असन्तुष्ट

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौँ, ११ माघ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनबाट सामुदायिक विद्यालय क्षेत्र उत्साहित र निजी विद्यालय क्षेत्र आलोचक देखिएका छन् । सामुदायिक विद्यालयलाई गुणस्तरीय र निजी विद्यालयलाई सेवामुखी बनाउन सिफारिशसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २५ सदस्यीय आयोगले यही माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको प्रतिवेदन अध्ययनका क्रममा छ । सो आयोग गत असार ३२ गते मन्त्रिपरिषद्को निर्णयबाट..

    कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित, भर्ना प्रक्रिया नियमसम्मत भएको उल्लेख

    शुक्रबार, माघ ११, २०७५ साल
    चितवन, ११ माघ कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो । गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको..

    ८ वर्षदेखि निर्माण रोकिएको एउटा विद्यालयको नालीवेली, सम्बन्धित निकाय मौन

    मंगलवार, माघ ८, २०७५ साल
    झापा, ८ माघ  ।  झापाको मेचीनगर नगरपालिका—११, मंगलीस्थित बलभद्र माध्यमिक विद्यालयको भवन निर्माण कार्य आठ वर्षदेखी अलपत्र अवस्थामा छ । सम्बन्धित निकायले समेत चासो नदेखाएका कारण भवनको निर्माण अपुरै छ । आठ बर्ष अघिबाट निर्माणकार्य सुरु गरिए पनि निर्माण व्यवसायीको चरम लापरबाहीले भवन निर्माणको काम अझैँ सम्पन्न हुन सकेको छैन । भारतीय दुताबासको ३ कडोर २८ लाख रुपैयाँको अनुदान सहयोगमा तत्कालिन जिल्ला..

    भक्तपुर नगरपालिकामा गरीब जेहेनदार विद्यार्थीलाई ५ लाख शैक्षिक ऋण दिने

    शनिबार, माघ ५, २०७५ साल
    भादगाउँ, ५ माघ   भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ ।  स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो ।  निर्देशिका अनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी..

    मन्त्रिपरिषद्को स्वीकृतीपछि प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि कार्यदल गठन

    सोमबार, पौष ३०, २०७५ साल
    हेटौंडा, ३० पुस : प्रदेश नं ३ सरकारले विश्वविद्यालय स्थापनाका लागि सामाजिक विकासमन्त्री युवराज दुलालको नेतृत्वमा कार्यदल गठन गरेको छ ।  सो कार्यदलको सदस्य सचिवमा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख खेम भुषाल रहनुभएको छ । कार्यदलको सदस्यमा प्राध्यापक डा युवराज सङ्ग्रौला, प्राध्यापक डा रमेशप्रसाद भट्टराई, प्राध्यापक डा हरिकृष्ण श्रेष्ठ, प्राध्यापक डा अञ्जना सिंह र प्रा जगतकुमार श्रेष्ठ रहनुभएको छ ।  कार्यदल गठन गर्नेसम्बन्धी..

    अब योगको शिक्षा लिन भारत जानु नपर्ने ! त्रिविमा खुल्यो १ बर्षे योगविज्ञान बिषयमा अधिस्नातक

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुस योगको शिक्षा लिन भारत नै जानु पर्ने अवस्था अब अन्तय भएको छ ।  अब त्रिभुवन विश्वबिद्यालय अनर्गत रहेर १ बर्षे योग विज्ञान बिषयमा अधी स्नातक अर्थात Post Graduation Degree (PGD) पढ्न पाइने भएको छ ।  इच्छुक विद्यार्थीहरुले सम्बन्धित नम्बरमा कल गरेर थप जानकारी लिनसक्नेछन् । थप जानकारीका लागि योगाचार्य सुबोध सिम्खडासँग संपर्क गर्न पनि सकिनेछ । सम्पर्क नम्बर : ०१४३३४२७२..

    निजी कलेजको भर्ना अवैधानिक, विश्वविद्यालयले मान्यता दिदैन : उपकुलपति ढकाल

    शुक्रबार, पौष २७, २०७५ साल
    चितवन, २७ पुस  कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपती प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताउनुभएको छ ।  सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा क्याम्पसले पत्रिकामा विज्ञान प्रकाशन गरेर भर्ना प्रक्रिया अघि बढाएका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि सूचना प्रकाशन गरेका हुन्..

    विद्यार्थी टिकाउनको लागि दिवा खाजाको व्यवस्था, स्वास्थ्य एवं पोषणमा सुधार

    बिहिवार, पौष २६, २०७५ साल
    महोत्तरी, २६ पुस  सामुदायिक विद्यालयमा ससाना विद्यार्थी टिकाउनको लागि गौशाला नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ ।  नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको समयमा दिवा खाजाको प्रबन्ध गरेको हो ।  विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि बालबालिकामा स्वास्थ्य एवं पोषणमा सुधार हुनुको साथै शिक्षामा लक्षित समूहको सुधार र नियमित रुपमा विद्यालय आउने बानी बस्ने नगरप्रमुख शिवनाथ महतोले..

    विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान फेरि चल्दै

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो ।  अभियानले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको..

    अङ्ग्रेजी विद्यालयको नामले अभिभावक अन्योलमा, अब नेपाली भाषामै लेख्न लगाइने

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस  काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे बताउनुभयो ।  “अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल देखियो”, उहाँले भन्नुभयो, “त्यसैले यस विषयमा अभिभावकलाई सहज गराउन..

    काठमाडौंका साँखु, चाँपकोबोट, नाङ्गेभारे लगायत क्षेत्रका स्कूल–स्कूलमा प्रहरी, यस्तो छ कारण...

    बिहिवार, पौष १९, २०७५ साल
    साँखु, १९ पुस : केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४/७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  आफन्त र परिचितबाटै हिंसा..

    साक्षर अभियान शुरु भएपनि ८० हजार नागरिक अझै ‘औँठाछाप’

    बुधबार, पौष १८, २०७५ साल
    बाँके, १८ पुस  कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् ।  साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको भेटिएको छ । यस्तै तत्कालीन नौबस्ता गाविसमा पनि निरक्षरको सङ्ख्या धेरै रहेको..

    शिक्षकका दलीय सङ्गठन खारेज गराउँदै उच्चस्तरीय आयोग, राजनीतिमालागे पद नरहने कानूनी प्रबन्ध !

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  सामुदायिक विद्यालयका शिक्षकलाई पेशागतरुपमा जिम्मेवार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ । आयोगले शिक्षामा अति राजनीतिकरणले गुणस्तरमा गम्भीर नकारात्मक असर परेको ठहरसहित कुनै पनि विद्यालय शिक्षकले कुनै पनि राजनीतिक दलको पार्टी सदस्यता तथा पदाधिकारी हुन नपाउने र भएमा शिक्षक पद स्वतः नरहने गरी कानूनी प्रबन्ध गर्न सुझाएको हो ।  “दलैपिच्छेको शिक्षक युनियनले शिक्षाको..

    सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सरकारीभन्दा निजी क्षेत्रप्रति आकर्षित [फोटोसहित]

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस  त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले सरकारी सेवाभन्दा निजी क्षेत्रप्रति आकर्षण देखाएका छन् ।  त्रिविको ४४ औँ दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याएर विभिन्न पदक र पुरस्कार पाएकाले निजी क्षेत्रप्रति आकर्षण देखाएका हुन् । उनीहरुले सरकारी सेवा सीमित हुने भन्दै निजी क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् ।  समारोहमा ‘लोकराज ज्ञवाली स्वर्ण पदक’ प्राप्त गर्नु भएका प्रभा त्रिपाठीले सरकारी सेवाभन्दा निजी..
    Results 746: You are at page 11 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast