शुक्रबार, मंसिर २७, २०७६

    स्कुल-कलेज

    विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ  । धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ । ‘नेपालमा सामाजिक विकास र सामाजिक परिवर्तन¬’ विषयमा विद्यालय शिक्षामा जारी निजीस्तरको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन दुवै पृष्ठभूमिका विद्यार्थी एकै ठाउँ हुनुपर्ने देखाएको हो ।  नेपालमा निजी र..

    विद्यालय नै नआई तलब खान्छन् शिक्षक, विद्यार्थीको भविष्य अन्योलमा

    आईतवार, जेष्ठ ५, २०७६ साल
    जाजरकोट, ५ जेठ । त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् ।  प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् । थापाले अघिल्लो..

    प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्यो, शिक्षक पनि उत्साहित

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    हेटौँडा, ३ जेठ सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो ।  आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ मात्र होइन,..

    त्रिवि सेवा आयोगको खुला परीक्षामा पहुँचवाला र नेताहरू नाम मात्र निस्किएपछि...

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ,  २ जेठ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघ/संगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।  यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।  त्रिवि..

    पाँचथरमा पहिलो पल्ट सिभिल इञ्जिनीयरिङको पढाइ शुरु

    बुधबार, जेष्ठ १, २०७६ साल
    पाँचथर, १ जेठ  पाँचथर जिल्लाको सदरमुकाममा रहेको फिदिम मावि फिदिममा इञ्जिनीयरिङको पढाइ शुरु गरेको छ । जिल्लामा इञ्जिनीयरिङ सेवा पढाइ नहुँदा विद्यार्थी अन्य जिल्ला र राजधानी गएर पढ्न बाध्य थिए । स्थानीयवासीका छोराछोरीले पैसाको अभावका कारण आफूले रुचाएको विषय इञ्जिनीयरिङ यहाँ सहजरुपमै पढ्न पाउने भएका हुन् । फिदिम माविले अब कक्षा ९ बाट १२ कक्षासम्म निःशुल्क इञ्जिनीयर पढाइको व्यवस्था गरेपछि अब विद्यार्थीले..

    शिक्षा विधेयक स्वीकृत, उच्च शिक्षाबाट कोही वञ्चित नहुने नीति

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख । सङ्घीय संसद् राष्ट्रियसभाले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले सरोकारवाला पक्षसँग छलफल नगरिकन कुनै पनि विधेयक तयार गर्न नहुने र..

    विद्यालयको छानो उडाउँदा १ महीनादेखि खुला आकाशमुनि पठनपाठन

    मंगलवार, बैशाख ३१, २०७६ साल
    गलकोट, ३१ वैशाख  ।    बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ ।    यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ ।  पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठनपाठन गराउँदै आएको विद्यालयका..

    एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत, यस्ता छन् आधार !

    आईतवार, बैशाख २९, २०७६ साल
    काठमाडौँ, २९ वैशाख । बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ ।  सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय..

    सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु, विद्यार्थीको ओईरो

    आईतवार, बैशाख २९, २०७६ साल
    गाईघाट, २९ वैशाख  । निजी तथा आवासीय विद्यालयहरुले मात्र विगतमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आइरहेको बेला केही वर्षयता आएर उदयपुर जिल्लामा सरकारी विद्यालयले पनि धमाधम अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने क्रम बढाउँदै लगेका छन् । उदयपुर जिल्लामा सञ्चालन हुँदै आएका ४५६ वटा सरकारी विद्यालयमध्ये अहिले त्रियुगा नगरपालिका, कटारी नगरपालिका, चौदण्डी नगरपालिका र बेलका नगरपालिकाभित्रका सरकारी विद्यालयहरुमध्ये करीब तीन दर्जन सरकारी विद्यालयले अङ्ग्रेजी माध्यमबाट..

    अझै पनि सामुदायिक विद्यालयमा समस्याका चाङ

    आईतवार, बैशाख २९, २०७६ साल
    भरतपुर, २९ वैशाख । सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले भने सरकारी विद्यालयमा समस्या चाङ रहेको गुनासो गरेका छन् ।  चितवन क्षेत्र नं २ (ख) का सांसद विजय सुवेदीले आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र..

    विद्यार्थी सङ्गठनद्वारा शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग

    शुक्रबार, बैशाख २७, २०७६ साल
    काठमाडौँ, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।  अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेललाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गर्नुभएको..

    ३ सय विद्यार्थी अध्ययरत त्रिभुवन क्याम्पस बेलाटारी अलपत्र अवस्थामा

    बिहिवार, बैशाख २६, २०७६ साल
    नवलपरासी, २६ वैशाख  पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी  यतिबेला अलपत्र परेको छ ।  क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो । अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन जारी छ । क्याम्पसमा क्याम्पसप्रमुख नहुनु र सञ्चालक समितिको वैधानिकता नहँुदा खाता सञ्चालन..

    गाउँपालिकाका अध्यक्ष रोकाद्वारा शिक्षा क्षेत्रमा सहयोग

    बिहिवार, बैशाख २६, २०७६ साल
    गलेश्वर, २६ वैशाख ।   नेपालका विभिन्न ठाउँमा स्थानीय तहका  जनप्रतिनिधिको व्यवहार, कार्यशैली र उनीहरुले लिने गरेका सुविधाप्रति आलोचनात्मक टीका टिप्पणी भइरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाका अतिरिक्त अन्य आम्दानीसमेत शैक्षिक क्षेत्रमा सहयोग गरेर उदाहरणीय बनेका छन् ।   जिल्लाको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधा र व्यक्तिगत आम्दानीको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष..

    जिम्मेवारी स्थानीय तह तर शिक्षक भर्ती सेवा आयोगबाट मात्रै !

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र आयोगले विज्ञापन गर्ने बताउनुभयो..

    विश्वविद्यालय १ महीनादेखि ठप्प, विद्यार्थीलाई कडा कारवाहीको माग

    बुधबार, बैशाख २५, २०७६ साल
    चितवन, २५ वैशाख ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो ।  विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ । प्राध्यापकहरुले मुख्य..

    ललितपुरको सरस्वती माविका विद्यार्थीलाई ‘यूनाइटेड सिमेन्ट्स’को कापी-कलम उपहार !

    मंगलवार, बैशाख २४, २०७६ साल
    ललितपुर, २४ बैशाख ।  केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुरको लेलेस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत् नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतका बिभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ ।  हरेक बालबालिकाले व्यवस्थितरुपमा शिक्षा प्राप्त गर्नु अधिकारको विषय भएको कुरालाई मध्यनजर गर्दै सिमेन्टले यस्तो कार्य गरेको समेत विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।  गत साता गोदावरी नगरपालिका प्रमुख..

    विद्यार्थी कम भएपछि पाँच विद्यालय समायोजन

    मंगलवार, बैशाख २४, २०७६ साल
    दमौली, २४ वैशाख ।   विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।   ती विद्यालयलाई नजिकको अन्य विद्यालयमा समायोजन गरिएको व्यास..

    शिक्षक सरुवा फुकुवा, विभागको यस्ता स्वीकृति आवश्यक !

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख ।  शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ ।  शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो । विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको..

    ख्वप कलेज तथा शारदा क्याम्पसद्वारा गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान

    सोमबार, बैशाख २३, २०७६ साल
    भादगाउँ, २३ वैशाख   ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई आइतबार छात्रवृत्ति प्रदान गरिएको छ ।    सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले आर्थिक अवस्था कमजोर भएकै कारण बीचमा पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर..

    'SEE'को प्रश्नपत्र आउट गर्ने २ प्रहरी जवान कारागार

    आईतवार, बैशाख २२, २०७६ साल
    लहान, २२ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ ।  अदालतका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्पक्षका लागि कारागार पठाएको हो । प्रहरी जवानद्वय..

    गुणस्तर वृद्धि गर्न ५ विद्यालय गाभिए, ५५ शिक्षकको सरुवा

    आईतवार, बैशाख २२, २०७६ साल
    भक्तपुर, २२ वैशाख ।   सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्रका पाँच सामुदायिक विद्यालयलाई नजिकका विद्यालयसँग गाभेको छ । विद्यालयको गुणस्तर वृद्धि गर्न नगर शिक्षा समितिले विद्यार्थी नभएका र न्यून विद्यार्थी भएका पाँच विद्यालयलाई नजिकका विद्यालयमा गाभेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।    नगरपालिकाले कम विद्यार्थी भएका नगरपालिकाका वडा नं १ को उपयोगी आधारभूत विद्यालयलाई सिरुटार माध्यामिक विद्यालयमा र वडा नं ३ को बालकोट..

    झापाका ५ सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्यापन

    आईतवार, बैशाख २२, २०७६ साल
    बनियानी, २२ वैशाख  झापाका ५ सामुदायिक विद्यायलमा यसै शैक्षिक सत्र २०७६देखि विभिन्न प्राविधिक विषयमा अध्यापन हुने भएको छ ।सरकारको ‘एक स्थानीय तह एक प्राविधिक शिक्षा’ नीतिअन्तर्गत यहाँका पाँच सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यापन हुन लागेको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख जयनारायण महतले जानकारी दिनुभयो । प्राविधिक विषयमा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशभरका १५० स्थानीय तहमा एकसाथ प्राविधिक विषयको अध्यापन..

    शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा

    आईतवार, बैशाख २२, २०७६ साल
    दमौली, २२ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले..

    गुणस्तर सुधार्न ‘सार्वजनिक विद्यालय सवलीकरण दशक’ घोषणा

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख ।   शहरी क्षेत्रका अभिभावकले निजी विद्यालयमा छोराछोरी पढाउन थालेपछि सरकारले शैक्षिक गुणस्तर सुधार्न ‘सार्वजनिक विद्यालय सवलीकरण दशक’ कार्यक्रम घोषणा गरेको छ । विसं २०७६ देखि २०८५ सम्मलाई ‘सार्वजनिक विद्यालय सवलीकरण दशक¬’ का रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति छ । सङ्घीय संसद्को शुक्रबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा..

    राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा पेश, गुणात्मक फड्को मार्ने दाबी

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुुभएको छ । शिक्षा पत्रकार समूहले शुक्रबार प्रतिवेदनमा टेकेर सङ्घीय शिक्षा विधेयक ल्याउन पनि काम भइरहेको जनाउँदै आगामी १० वर्षभित्र सामुदायिक विद्यालयलाई गुणात्मक फड्कोसहित रुपान्तरण गरिने बताउनुभएको हो ।  सङ्घीय शिक्षा विधेयकले केन्द्र, प्रदेश र स्थानीय तहका..

    अब्बल बन्दैछन् सामुदायिक विद्यालय

    शुक्रबार, बैशाख २०, २०७६ साल
    घोराही, २० वैशाख    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जीवन गौतमले गत वर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यमिक विद्यालयमा भर्ना गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि र शिक्षण सिकाइमा सुधार आउन थालेपछि संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको सङ्ख्या बढेको छ । त्यसमध्ये गौतम पनि एक हुनुहुन्छ..

    अष्ट्रेलियाको अध्यागमनद्वारा नेपाली विद्यार्थीलाई लक्षित नयाँ नियम

    बिहिवार, बैशाख १९, २०७६ साल
    अष्ट्रेलिया, १९ वैशाख । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ ।  अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नुपर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन । अष्ट्रेलियामा..

    बागलुङमा विद्यालय भवन निर्माण

    बिहिवार, बैशाख १९, २०७६ साल
    गलकोट, १९ वैशाख ।  बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको  सुविधा सम्पन्न भवन निर्माण भएको छ । पछिल्लो समय विद्यार्थीहरुको चाप बढ्दै गएपछि विद्यालय भवनको आवश्यकता खड्किएको थियो ।  धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) र नेपाल ट्रस युकेको सहयोगमा रु ३६ लाख ५० हजारको लागतमा सो विद्यालय भवन निर्माण गरिएको हो ।  विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा असहज भएको भन्दै उक्त..

    लेप्चा भाषा पढाउन शिक्षक खोज्दै गाउँपालिका

    बुधबार, बैशाख १८, २०७६ साल
    इलाम, १८ वैशाख लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउन यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा रोङ (लेप्चा जातिको मातृभाषा) भाषा पढाउने भएको छ । बोलीचा लीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो । गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी शुरु गरे पनि शिक्षक अभाव भएपछि आउँदो वर्षदेखि मात्र शुरु गर्ने..

    नमुना विद्यालय कार्यक्रम : सामुदायिक विद्यालयतर्फ बढ्दो आकर्षण

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १७ वैशाख कागेश्वरी मनोहरा न. पा. वडा न ३ स्थित श्री आदर्श माध्यमिक विद्यालयमा नेपाल सरकारको नमुना विद्यालय कार्यक्रम लागुभए पश्चात विद्यार्थीको आकर्षण बढेको छ । कागेश्वरी मनोहरा न. पा. ले विद्यालय यातायातको व्यवस्था गरिदिएपछि निम्न आयस्तर भएका अभिभावकहरु मात्र नभई मध्यम स्तरका अभिभावकहरुले पनि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराई सुविधाको उपयोग गरेका छन् ।  नमुना विद्यालय कार्यक्रमबाट परिक्षित शिक्षक तथा व्यस्थापन..
    Results 847: You are at page 10 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast