शनिबार, मंसिर २८, २०७६

    खेल संसार

    एएफसी यू–१६ : कुवेतसँगकाे छनोट खेलमा बराबरीमै राेकियाे नेपाल

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदाै । कुवेतसँग एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल बराबरीमा रोकेको छ । सोमबार राति भएको खेलमा बलियो टोलीको रुपमा रहेको कुवेतसँग नेपालले १–१ गोलको बराबरी खेलेको हो । जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि दिपेश राईले खेलको ७४ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । उता खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टी मार्फत..

    'अक्टोबरमा आइसिसीले नेपालको निलम्बन फुकुवा गर्दै' !

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौँ, ३० भदौ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का उपाध्यक्षा इमरान ख्वाजाले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन आगामी अक्टोबरमा फुकुवा हुने विश्वास व्यक्त गरेका छन्। ख्वाजाले सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालसँग काठमाडौंमा छलफल गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने संकेत गरेका हुन्। 'क्यानको जिल्ला र प्रादेशिक समितिको निर्वाचन सकिएकोमा मलाई खुसी लागेको छ। अब हामी केन्द्रीय समितिको निर्वाचन गर्ने चरणमा छौं। राष्ट्रिय खेलकुद..

    क्रिकेट संघको विवादमा नयाँ सहमति, असोज दोस्रो साता क्यान निर्वाचन

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौं, ३० भदौ ।  नेपाल क्रिकेट संघ क्यानको निर्वाचन असोज दोस्रा साता हुने तय भएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषदसँगकै समन्वयमा गठिन आइसिसी स्वतन्त्त कमिटीले ३ र ४ असोजमा क्यानको निर्वाचन गर्ने जनाएको थियो। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालबीच सोमबार काठमाडौंमा भएको वार्तामा नयाँ सहमति जुटेको हो । अब..

    एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने, ४८ राष्ट्र सहभागी

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौँ, ३० भदौ ।  जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।  साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले..

    बलिया टोलीलाई उछिन्दै सेभिल्ला ला लिगाको शीर्ष स्थानमा

    सोमबार, भाद्र ३०, २०७६ साल
     काठमाडौं, ३० भदौ ।  ला लिगाको आइतबारको खेलमा जित हात पार्दै सेभिल्ला अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । आइतबारको खेलमा आलाभेजमाथि १–० को जित हात पार्दै सेभिल्ला बलिया मानिएका टोलीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो।   आलाभेजको घरेलु मैदानमा भएको खेलमा सेभिल्लाको जितका लागि ३७औं मिनेटमा जोन जोर्डनले गरेको गोल निर्णायक बन्यो । ४ खेल खेल्दा १० अंक बनाई सेभिल्ला..

    सन्दीपले मेल्वर्न स्टार्सबाट पुनः ‘बीग बास लिग’ खेल्ने

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौं, २९ भदौ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यो सिजन पनि मेलबर्न स्टार्सबाटै अस्ट्रेलियाको बिग ब्यास लिग खेल्ने भएका छन् । सन्दीप र क्लबबीच सम्झौता भएको उनका नेपाली म्यानेजर रमन सिवाकोटीले पुष्टि गरे । गत सिजन मेलबर्नले नै सन्दीपलाई लिगमा डेब्यू गराएको थियो । मेलवर्नले ६० हजार डलरमा आबद्ध गरेको थियो । यो सिजन त्यो भन्दा बढी रकममा सम्झैता भएको बताइएको छ ।..

    खेलकूदमन्त्रीद्वारा पोखरास्थित निर्माणाधीन रङ्गशाला निरीक्षण

    आईतवार, भाद्र २९, २०७६ साल
    कास्की, २९ भदौ युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरास्थित निर्माणाधीन फुटबल रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले हालसम्म भएको कामको प्रगतीबारे जानकारी लिनुभयो ।  नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को महिला फुटबल प्रतियोगिता उक्त रङ्गशालामा सञ्चालन हुने भएकाले आगामी कात्तिक १५ गतेभित्र काम सम्पन्न गर्न मन्त्री विश्वकर्माले निर्माण कम्पनीका परियोजना..

    स्पेनिस ला लिगा :भ्यालेन्सियामाथि बार्सिलोनाकाे सानदार जीत

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडाैं, २९ भदाै ।   फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५–२ को सानदार जीत निकालेको छ । घरेलु मैदान नोउक्याम्पमा शनिबार राति भएको बार्सिलोनाको प्रभावशाली जितमा युवा मिडफिल्डर अंशुमाने फाती, फ्रान्की डि जोङ र जेरार्ड पिकेले गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियो र म्याक्सिमिलियानो गोमेजले गोल गरे । खेलको दोस्रो मिनेटमा नै युवा मिडफिल्डर फातीको गोलबाट..

    आज प्रिमियर लिगमा सात खेल हुँदै, यस्ताे छ खेल तालिका

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडाैं, २८ भदाै । आज इंग्लीस प्रिमियर लिगमा ७ खेल हुँदै छन् । आज अर्थात शनिबारदेखि पाँचौ चरणका खेलहरु सुरु हुन लागेका हुन्। आज हुने खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, चेल्सीजस्ता बलिया टोली प्रतिस्पर्धागर्नेछन्। सबै क्लबले ४–४ खेल खेलिसक्दा अहिलेसम्मको अंकतालिका अनुसार लिभरपुल १२ अंकसहित शीर्ष स्थानमा छ। १० अंक भएको सिटी दोस्रो स्थानमा छ भने लेस्टर सिटी ८ अंकसहित तेस्रो स्थानमा छ। यस्ताे छ..

    अन्तत: ब्राजिलियन सुपरस्टार नेयमार पीएसजी मै रहने पक्का

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदाै । पछिल्लाे समय ब्राजिलियन सुपरस्टार नेयमार बार्सिलोना जाने चर्चा निकै चुलिएकाे थियाे । तर, अन्तत: उनी पीएसजीमा रहने पक्का भएकाे छ । नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन 'पीएसजी' को लिग खेल खेल्ने टोलीमा समेटिएका हुन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेयमार अब नियमित खेल्ने पक्का गरे । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन्..

    ओलम्पिक चुनाव आजः नेकपाकै जीवनराम र उमेशलालको लडाइँ

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदौ ।  नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदै छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक कमिटी (ओसीए) को प्रतिनिधि निर्वाचनका लागि आइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पनि औपचारिक जानकारी भइसकेको छ । अध्यक्ष जीवनराम श्रेष्ठले चुनावका लागि सबै तयारी पूरा भएको जनाए । अन्तर्राष्ट्रिय प्रतिनिधिका रूपमा ओसीएका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक विनोद तिवारी..

    महिला टी-२० क्रिकेटकाे वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौँ, २७ भदौ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वेन्टी क्रिकेटको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको टी-ट्वेन्टीको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ । अघिल्लो वरीयतामा नेपाल १४औं स्थानमा रहेको थियो । पपुवा न्यू गिनीको वरीयता बढेपछि नेपाल एक स्थान तल झरेको हो  । नयाँ वरीयताअनुसार नेपालले १९ खेलबाट १२८ रेटिङ अंक पाएको..

    नेयमार आएको भए म एकदम खुसी हुन्थें : मेस्सी

    शुक्रबार, भाद्र २७, २०७६ साल
    एजेन्सी,  २७ भदौ । बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले नेयमार टोलीमा आएको भए बार्सिलोनाको लक्ष्य प्राप्तिका लागि समेत निकै सहज हुने अभिव्यक्ति दिए ।  मेस्सीले अघिल्लो साता बन्द भएको ट्रान्सफर विन्डोमा नेयमार बार्सिलोना आएको भए आफू निकै खुसी हुने बताएका हुन् । ‘नेयमार आएको भए म एकदम खुसी हुन्थें । जसरि नेयमारले पछिल्लो पटक क्लब छाडे, त्यसलाई लिएर केहि व्यक्ति दुखी हुनु जायज हो..

    नेपाल उपविजेता, सावित्रा सर्वाधिक गोलकर्ता

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, भदौ २६ नेपाल कीर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ । बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो । मध्यान्तरअघिको खेलमा उज्वेकिस्तानले १–० गोलको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औं मिनेटमा पहिलो गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो । उज्वेकिस्तानले खेलको ५४औं तथा ६४औं मिनेटमा गोल गरेको हो । नेपालका..

    सीपीएल : बार्बाडोसको जितमा सन्दीप ‘म्यान अफ द म्याच’, लिए ३ विकेट

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौं, २६ भदौ। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारिवियन प्रिमियर लिग (सीपीएल)मा उत्कृष्ट प्रदर्रशन गरेकम छन् । सन्दीपको म्यान अफ द म्याच प्रर्दशनमा बार्बाडोस ट्राईडेन्टसले क्यारेवियन प्रिमियर लिग २०१९ मा पहिलो जित हात पारेको हाे । विहीबार विहान सम्पन्न खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले हराउँदै बार्बाडोसले पहिलो जित हात पारेको हो । १ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स ..

    एसिसी यू–१९ एशिया कप क्रिकेट : नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    बुधबार, भाद्र २५, २०७६ साल
    काठमाडौँ, २५ भदौ ।  श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित..

    विश्वकप फुटबल छनोट : नेपालद्वारा चाइनिज ताइपेई २–० गोलअन्तरले पराजित

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।  ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । नेपालले शुुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल..

    यू–१९ एशिया कप क्रिकेट : नेपालको सान्त्वना जित

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १६० रनले पराजित गरेको छ ।  श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो । २८६ रनको विजय लक्ष्य पछ्याएको यूएई ३४ दशमलव चार..

    विश्वकप २०२२ छनोटः नेपाललाई आस जगाउने अवसर

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ ।  नेपालभन्दा बलियो टिम हो कुवेत । तर नेपालले खाडी मुलुकविरुद्ध ७–० को हार बेहोर्ने सोचिएको थिएन । फिफा वरीयतामा १० स्थानमाथिको टिमविरुद्ध त्यो फराकिलो हारले नेपाली फुटबललाई स्तब्ध बनाएको छ । विश्वकप २०२२ छनोटको दोस्रो खेलमा मंगलबार चाइनिज ताइपेईको सामना गर्दा नेपालले कुवेत यात्राको नतिजाबाट उक्सिने प्रयास गर्नेछ । ‘केही कारण हामी कुवेतविरुद्ध असफल भएका थियौं,’ प्रि–म्याच प्रेस कन्फ्रेन्समा..

    साफ यू–१८ : राष्ट्रिय फुटबल टोली पोखरातर्फ

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली सोमबार पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत,..

    सर्वोच्च अदालतको आदेशसँगै एनओसीकोे निर्वाचनको बाटो खुला

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौँ, २२ भदौ   सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुला गरेको छ । न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले आज यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको हो ।    सर्वोच्च अदालतको आदेशसँगै एनओसीको यही भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन स्थगित भएको थियो ।..

    यू–१९ एशिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौँ, २२ भदौ  श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।  कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाउँदै २६१ रन बनायो । दुई सय ६२ रनको विजय लक्ष्य बङ्गलादेशले चार बल..

    बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ : पवन र सन्दीपको अर्धशतक, २६२ रनको लक्ष्य

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौं, २२ भदौ । श्रीलंकामा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले‍ बंगलादेशलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।   टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो। नेपालका लागि सन्दीपले ३७ बलमा ३ छक्का र ३ चौकासहित ५६ रनको अर्धशतकीय पारी खेले। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय..

    पोखरा रङ्गशालाको ४० प्रतिशत काम सम्पन्न

    शनिबार, भाद्र २१, २०७६ साल
    कास्की, २१ भदौ    पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकिएको छ ।    आगामी डिसेम्बर १ देखि ९ सम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि सागअघिनै तयार पार्नुपर्ने बाध्यता छ ।    पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कात्तिक १५ भित्रमा मैदान तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै निर्माण कार्यले तीव्रता..

    मालिङ्गाको एकै खेलमा ४ कीर्तिमान

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौं, २१ भदौ । श्रीलंकाका बलर लासिथ मालिङ्गाले एकै खेलमा चारवटा कीर्तिमान बनाएका छन् । न्यूजिल्याण्डसँगको तेश्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा ४ बलमा लगातार ४ विकेट लिँदै मालिङ्गा दुईपटक ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका हुन् । यससँगै उनी ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा एक सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । उनले ट्वेण्टी–ट्वेण्टीका ७६ खेलमा १ सय ४ विकेट लिएका छन् ।..

    यू–१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ ।  १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभारमा नौ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । श्रीलंकाले ३३ ओभर ४ बलमा ५विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालले अब दोस्रो खेलमा आइतबार..

    यू–१९ एसिया कप : श्रीलंकाविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ । १९ वर्ष मुनीको एशिया कप क्रिकेट बिहिबारदेखि श्रीलंकामा सुरु भएको छ ।  शुक्रबार नेपाले पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । नेपालले श्रीलंकालाई अहिलेसम्म हराउन सकेको छैन । घरेलु टोलीविरुद्व नेपाल जित निकालेर सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।..

    कुबेत विरुद्ध नेपाल, काे परे प्लेइङ ११ मा ?

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौँ, १९ भदौ कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच केहीबेरमा खेल हुँदैछ । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार १०ः४५ बजेबाट शुरु हुनेछ । कुवेतविरुद्ध मैदान उत्रने नेपाली टोलीको अग्रपंक्ति विमल घर्ती मगरले सम्हाल्नेछन् । किरण लिम्बुको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदैछ ।   नेपालको प्लेईङ –११ फरवार्ड : विमल घर्तिमगर गोलकिपर : किरण चेम्जोङ डिफेन्डर..

    नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौँ, १९ भदौ   नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ ।    यही भदौ १७ गते सर्वोच्च अदालतले..

    यू–१९ एशिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरू, नेपालको खेल भोलि

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौं, १९ भदौ ।    १९ वर्ष मुनीको एशिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।     एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।   समूह बी मा रहेको नेपालले भने नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग भोलि खेल्नेछ।  यो समूहमा आयोजक श्रीलंकासँगै नेपाल,..
    Results 1765: You are at page 8 of 59
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 Next Last
    Weather Forecast