बुधबार, आषाढ २४, २०७७

    खेल संसार

    ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’

    मंगलवार, मंसिर २४, २०७६ साल
    कास्की, २४ मङ्सिर १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।  सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर उहाँले सागमा सहभागी खेलाडीले देखाएको प्रदर्शनले निकै हर्षको अनुभूति गराएको र आगामी दिनमा समेत..

    सागको समापन आज : ५ खेलमा प्रतिस्पर्धा हुँदै, रंगशालामा विशेष कार्यक्रम

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौं, २४ मंसिर  नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । आजका सबै खेल काठमाडौंमा..

    तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर   तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले आजका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ ।    भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित..

    प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर   प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नुहुने भएको छ ।    अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उहाँले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले आज पत्रकार सम्मेलन गरी..

    साग फुटबल फाइनल खेलमा नेपाल र भुटान भिड्दै, सबै टिकट बिक्यो !

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री  भइसकेको छ । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ..

    साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

    सोमबार, मंसिर २३, २०७६ साल
    कास्की, २३ मङ्सिर   यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ ।   यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापाले (पुरुष ८९..

    नेपाली महिला फुटबल खेलाडी पराजित हुँदा थामिएन मन्त्रीको आँशु

    सोमबार, मंसिर २३, २०७६ साल
    चिप्लेढुङ्गा, २३ मङ्सिर आज पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो । दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए । खेल शुरु भयो । भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल..

    गौरिकाले जितिन् कीर्तिमानी चौथो स्वर्ण

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर    १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन् ।     गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो ।   सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका..

    बक्सिङमा भूपेन्द्रलाई स्वर्ण, नेपालकाे स्वर्ण ४७ पुग्याे

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  १३औँ साग अन्तर्गत बक्सिङमा भूपेन्द्र थापाले नेपालको लागि  अर्को स्वर्ण जितेको छ । उनले फाइनलमा भारतका मनिष कौशिकलाई अंकका आधारमा हराए । भूपेन्द्रले सन् उनले २०१८ मा भएको कमनवेल्थ गेम्समा रजत पदक विजेता खेलाडीलाई पराजित गरेका हुन् । योसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ । यो सागमा नेपालको स्वर्ण संख्या ५० पुग्ने सम्भावना कायमै छ ।  यसअघि ५४..

    बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  तेह्राँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जित्नुभएको हो । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९..

    साग पुरुष क्रिकेट– नेपाललाई कास्यपदक, ५ विकेटले माल्दिभ्स पराजित

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडोँ, २३ मङ्सिर ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले १६ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आरिफ शेखले..

    तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा, कसको पदक कति ?

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर ।    तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग०मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।    आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत..

    साग खेलकुद नवौं दिन : आज हुँदैछ १३ खेलमा प्रतिस्पर्धा

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौं, २३ मंसिर  १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म ४५ वटा स्वर्ण पदक जितिसकेको छ ।  जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा सोमबार फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा..

    १३औँ साग : पदक जित्दै, इतिहास रच्दै, यि हुन् नेपालका लागि स्वर्ण जित्नेहरु

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडाैं, मंसिर २३ । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको आठौं दिन दुई स्वर्णसहित २२ पदक प्राप्त गरेको छ । आठौं दिन गौरिका सिंहले सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली बन्ने कीर्तिमान समेत बनाएका छन् । आठौं दिन नै सुरु भएको जुडो स्पर्धामा नेपालका लागि देविका खडकाले पहिलो स्वर्ण जितेकी हुन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म..

    नेपाल साग फुटबलको फाइनलमा, बंगलादेश १-० ले पराजित

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौं, २२ मंसिर नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । पहिलो हाफमा..

    साग महिला क्रिकेट : बङ्गलादेशलाई स्वर्ण पदक, श्रीलङ्का २ रनले स्तब्ध

    आईतवार, मंसिर २२, २०७६ साल
    कास्की, २२ मङ्सिर ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत पोखरामा सम्पन्न महिला क्रिकेटमा बङ्गलादेशले स्वर्ण पदक जितेको छ ।   पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा श्रीलङ्कालाई दुई रनले पराजित गरी बङ्गलादेशले स्वर्ण पदक जितेको हो । खेलमा टस हारेर पहिला ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरको खेलमा आठ विकेटको नोक्सानीमा ९१ रन जोडेको थियो ।  जीतका लागि ९२ रनको मध्यम..

    साग : नेपालका २ खेलाडी जुडो खेलको फाइनलमा

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौँ, २२ मङ्सिर ।  राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुग्नुभएको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुग्नुभएको हो । इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।  त्यस्तै पुरुषतर्फ सञ्जीत..

    नेपालले बंग्लादेशसँग बराबर मात्र खेले पनि फाइनल पक्का

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौं, २२ मंसिर ।  तेह्रौ दक्षिण एसियाली खेलकुद साग अन्र्तगत आइतबार हुने पुरुष फुटबल खेलमा डिफेन्डिङ च्याम्पियन नेपालले समूह चरणको अन्तिम खेल आज बंग्लादेश विरुद्ध खेल्दैछ । खेल साँझ ५ः३० बजे खेलिनेछ ।   आजको खेलमा यदि बांग्लादेशले नेपाललाई हराउन सकेको खण्डमा समान सात–सात अंक पुग्ने भएकाले नेपालले जितेको अवस्थामा वा बराबर मात्रै खेलेको अवस्थामा पनि नेपालको फाइनल यात्रा निश्चित हुने देखिन्छ ।..

    ..त्यसपछी खुशीको सीमा रहेन

    आईतवार, मंसिर २२, २०७६ साल
    कास्की, २२ मङ्सिर नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राख्नुभएको थिएन । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक÷दुई विकेट लिने मात्र उहाँको लक्ष्य थियो । तर साग प्रतियोगिताले उहाँलाई विश्वस्तरमा चिनायो । माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान..

    कीर्तिमानी बालोन डी’ओर पछि मेस्सीको ह्याट्रिक, बार्सिलोनाको शानदार जित

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौँ, मंसिर २२ । कीर्तिमानी छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेपछिको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले शानदार प्रदर्शन गरेका छन् । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको छ। ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ । घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि मात्र जितेको छैटौं..

    सागको आठौं दिन आज : १५ खेलमा प्रतिस्पर्धा हुँदै

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज (आइतबार) विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत भूटान पुरुष फु¬टबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै भूटान स्वर्ण पदक नजिक पुगेको हो । यी खेल काठमाडौं पोखरा र जनकपुरमा सञ्चालन..

    तेह्रौँ साग : १ सय ६ स्वर्णसहित भारतको अग्रता कायमै

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, २१ मङ्सिर   तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।  आज शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।    यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४..

    नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षकको जागिर 'चट्' !

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौं, २१ मङ्सिर १३ औँ साग अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीसँग माल्दिभ्सको राष्ट्रिय फुटबल टोलीको २–१ गोलको हारपछि टिमका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई माल्दिभ्स फुटबलले बर्खास्त गरेको छ । शनिबार भएको साग अन्तर्गत पुरुष फुटबलमा खराब प्रदर्शन गरेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो । माल्दिभ्स फुटबलले सामाजिक सञ्जाल फेसबुकबाट प्रशिक्षक पिटरलाई बर्खास्त गरेको जनाएको छ ।..

    महिला क्रिकेटमा नेपाललाई काश्य कदक

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौं, २१ मङ्सिर ।  १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ । नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो । नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले..

    विजेता किरणसिंह बोगटी : लामो दूरीको म्याराथनमा नेपाललाई स्वर्ण

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, मंसिर २१ ।    काठमाडौंमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत ४२ किलोमिटरको म्याराथन दौडमा नेपालले स्वर्ण भित्र्याएको छ ।    उक्त पुरुषतर्फको प्रतिश्पर्धामा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका हुन्।   बोगटीले कुल ४२ किलोमिटरको म्याराथन निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै आफूलाई अब्बल सावित गरे।..

    १३ औं सागको सातौं दिन : १८ खेलमा प्रतिस्पर्धा

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौं, २१ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला रहेको छन् । नेपाली महिला खेलाडीले स्वर्ण पदक मात्र जितेका छैनन्, नयाँ कीर्तिमान समेत कायम गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तर्गत आज सातौं दिन । आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । यी खेल काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन्..

    शुक्रबार नेपालका लागि स्वर्ण जित्ने यी खेलाडीहरु

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौं, २० मङ्सिर १३औं दक्षिण एसियाली खेलकुद साग (साग) मा शुक्रबार नेपालले पाँच स्वर्ण जितेको  छ। नेपालले गल्फबाट २ स्वर्ण जित्दा पौडी, भारोत्तोलन र एथ्लेटिक्सबाट १–१ स्वर्ण जितेको हो।  जससँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ।  एथ्लेटिक्समा गोपीचन्द्र पार्कीलाई स्वर्ण जित्दा भारोत्तोलनमा विकास थापालाई स्वर्णजित्न सफल भए । गल्फमा सुवाष तामाङले व्यक्तिगत विधामा नेपाललाई स्वर्ण दिलाए भने गल्फमा टिम स्वर्ण (शुक्रबहादुर राई, टंकबहादुर..

    गौरिकाले पौडीमा जितिन् दोस्रो स्वर्ण, नेपालको स्वर्ण ४१ पुग्यो

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर  १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले अर्काे स्वर्ण जितेकी छिन् । शुक्रबार सातदोबाटोमा रहेको पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले स्वर्ण हात पारेकी हुन् । उनले २ सय मिटर ब्याक स्ट्रोकमा स्वर्ण जितेकी हुन् । भारतले रजत पदक जित्दा श्रीलंकाले कास्य पदक जितेकाे छ । बिहीबार भएको २ मिटर फ्रिस्टाइलमा गौरिकाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।  ..

    १३औँ साग : भारत्तोलनका विकासले जिते नेपालका लागि ४०औं स्वर्ण

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर  १३ औं साग अन्तर्गत शुक्रबार भएको भारोत्तोलन प्रतिस्पर्धामा नेपालका बिकास थापाले स्वर्ण पदक हात पारेका छन्। थापाले भारत्तोलनको ८९ किलो समूहमा २६९ किलो तौल उचालेर नेपाललाई स्वर्ण दिलाएका हुन् । भारोत्तलनको ८९ किलो समूहमा बंगलादेशका खेलाडीले रजत पदक हात पारे । पाकिस्तानी खेलाडी घाइते भएका कारण उक्त स्पार्धामा कास्य पदक कसैले पनि पाएनन् । विकासको स्वर्णसँगै नेपालले जारी १३ औं..

    १३औँ साग : ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण, कास्य पनि नेपालकै

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौं, २० मंसिर ।  शुक्रवार बिहान सम्पन्न  ५,००० मिटर दौडमा गोपीचन्द पार्कीले जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३७ पुगेको छ। पदकतालिकामा नेपाल दोस्रो स्थानमा छ भने भारत पहिलो छ ।    ५,००० मिटर दौडमा पार्कीले १४ मिनेट ५४ दशमलव २० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी सुनिल दावाले दोश्रो हुँदै रजत जिते । दावाले १४ मिनेट ५५..
    Results 1926: You are at page 7 of 65
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 Next Last
    Weather Forecast