मंगलवार, चैत्र २५, २०७६

    खेल संसार

    यु १९ एसिया कप : नेपाल सेमिफाइनलमा, भारत बाहिरियो

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौं, कात्तिक २८। मलेसियामा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको छ ।  समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।    मंगलबार..

    नेपालले आज फिलिपिन्सको सामना गर्दै

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौ २८ कार्तिक ।   राजधानीमा जारी एएफसी एसिया कप छनोट फुटबलमा नेपालले मङगलबार फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ  । खेल ललितपूरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ ।  खेलबाट अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय टिमबाट पुन खेल्दैछन् । चाँडै नै संन्यास लिने तयारीमा रहेका अनिल गुरुङ पनि टीममा समेटिएका छन् । अनिलले फिलिपिन्सको खेलसँगै अन्तर्रा्ष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने बताइसकेका छन्..

    यू–१९ एसिया कप : नेपालद्वारा मलेसिया ८ विकेटले स्तब्ध

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौं, कात्तिक २८। मलेसियामा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा दुई विकेट जाँदा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए ।  यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६..

    यु – १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

    आईतवार, कार्तिक २६, २०७४ साल
    काठमाडौं, कात्तिक २६। मलेसियामा जारी यू १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई पराजित गरेको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।  १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित..

    नेइमारले देखाए फेरि बार्सिलोनामा फर्कने इच्छा

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    एजेन्सी, कात्तिक २४। विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमार जुनियरले आफू बार्सिलोनामा फर्कन तयार रहेको बताएका छन् । केही दिन अघि फ्रेन्च लिगमा एक खेल प्रतिबन्धमा परेका नेइमार बार्सिलोना गएका थिए ।बार्सिलोना गएका बेला मेस्सी, स्वारेज र पिकेलाई भेटेका नेइमारले बार्सिलोना फुटबल क्लबका अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरे पनि खेलाडीको भने आलोचना गरेका छैनन् ।  नेइमारले मेस्सी, स्वारेज र पिकेलाई भेट्दै ‘के तिमीहरु..

    एसीसी यू १९ एसिया कपमा अफगानिस्तान र श्रीलंकाद्वारा विजयी शुरुवात

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौं, कार्तिक २४ ।  मलेसियामा आजबाट शुरु भएको एसीसी यू १९ एसिया कपमा अफगानिस्तान र श्रीलंकाले विजयी शुरुवात गरेका छन्। समूह बी अन्तर्गत आज विहान भएको खेलमा अफगानिस्ताले पाकिस्तानलाई तथा श्रीलंकाले युएईलाई समान ७ विकेटले पराजित गरेका हुन् । केही समय अघि मात्र टेष्ट मान्यता पाएको अफगानिस्तानले पाकिस्तानलाई ५७ रनमा अलआउट गरेको हो । पाकिस्तानी इनिङ्स ध्वस्त बनाउन अफगानिस्तानका मुजिव उर रहेमानले घातक..

    राइनो गोल्डकपमा संकटा क्लब र विभागीय एपीएफबीच प्रतिस्पर्धा हुँदै

    बिहिवार, कार्तिक २३, २०७४ साल
    नवलपरासी कार्तिक २३ । नवलपरासीमा जारी दोस्रो राइनो गोल्डकप फुटबलको उपाधिका लागि आज संकटा क्लब र विभागीय टोेली एपीएफ बीच प्रतिस्पर्धा हुदै छ ।  उपाधी भिडन्त कोल्हुवास्थित स्थानीय खेल मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ । पहिलो सेमिफाईनलमा ब्वाईज युनियनलाई २–० ले हराउँदै संकटाले उपाधी यात्रा तय गरेको हो ।  एपिएफले भने दोस्रो सेमिफाईनलमा कास्की ११ लाई ३–० ले हराउँदै संकटासँगको भेट पक्का गरेको..

    विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि २६ सदस्यीय टोलीको घोषणा

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौं, कात्तिक २२ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ ।  अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो ।   मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई..

    यु १९ एसिया कप छनौट चरणबाट बाहिरियो, ओमनसँग ५–० ले पराजित

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौं, कात्तिक २२। यू १९ एशिया कप फुटबल छनौट चरणको सबै खेलमा नेपाल पराजित भएको छ । नेपाल छनोट चरणको अन्तिम खेलमा पनि बुधबार ओमनसँग पराजित भएको हो ।  किर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । पहिलो हाफमा तीन गोल खाएको नेपालले दोश्रो हाफमा थप दुई गोल खाएको थियो ।    नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले..

    एसिसी एसियाकपका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौ २१ कार्तिक ।  एसीसी एसियाकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली यू १९ टोली मङगलबार मलेसिया जाँदैछ । आगामी नोभेम्बर ११ देखि २० सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली मङगलबार राति त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।   १५ खेलाडी र ५ अफिसियलसहितको टोली राती ११ बजेर ५५ मिनेटमा काठमाण्डौबाट मलेसियाका लागि प्रस्थान गर्ने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी..

    भारत र न्युजिल्याण्डबीचको तेस्रो तथा निर्णायक ट्वान्टी–ट्वान्टी क्रिकेट आज हुँदै

    मंगलवार, कार्तिक २१, २०७४ साल
    एजेन्सी, कार्तिक २१। भारत र न्युजिल्याण्डबीचको तेस्रो तथा निर्णायक ट्वान्टी २० क्रिकेट मङगलबार हुँदैछ । खेल केलरास्थित ग्रीनफिल्ड अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती सवा ७ बजे सुरु हुनेछ । तीन म्याचको सिरिज १–१ को बराबरीमा रहेकाले दुबै टोली सिरिज कब्जा गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रृंखला अन्र्तगत पहिलो म्याच घरेलु टोलीले जितेको थियो भने दोस्रो खेलमा भ्रमणकारी टोली बिजयी हुँदै सिरिजमा..

    बंगलादेश गएको नेपाली यू १९ टोली आज स्वदेश फर्किदै

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौं, कार्तिक २०। एसीसी अण्डर १९ एसियाकप क्रिकेटको साताव्यापी अभ्यास खेलका लागि बंगलादेश गएको नेपाली यू १९ टोली आज स्वदेश फर्किदैछ । बंगलादेशी अण्डर १९ टोलीसँग मैत्रीपूर्ण ३ वटा वान डे खेल खेली नेपाली टोली सोमबार स्वदेश फर्कन लागेको हो । टोली अपरान्ह सवा ४ बजे काठमाडौं आइपुग्ने नेपाली टोलीका टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । बंगलादेशी अण्डर १९ टोलीसँग खेलेका ३..

    बंगलादेशसँगको तेस्रो अभ्यास खेलमा नेपाली यू १९ टोली ६ विकेटले विजयी

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौं, कात्तिक १९। बंगलादेशको १९ वर्षमुनिको क्रिकेट टिमसँगको तेश्रो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली ६ विकेटले विजयी भएको छ । बंगलादेशले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४६ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पुरा र्गयो । नेपालको जितमा मोहम्मद आसिफ शेखले ९० रनको योगदान दिए । ८८ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै..

    प्रिमियर लिगमा आज राति चार खेल हुदै

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौं, कात्तिक १९ ।  इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति उपाधि दावेदार टोलीहरुबीच प्रतिस्पर्धा हुदै छ । आइतबार राति हुने  पहिलो खेलमा चेल्सी र म्यान्चेस्टर युनाईटेड बीच प्रतिस्पर्धा हुने छ ।  आइतबारैै हुने दोस्रो खेलमा म्यान्चेस्टर सिटीले आर्सनलको सामना गर्ने छ । यस्तै टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्दा एभर्टन र वाट्फोर्ड आमने–सामने हुनेछन् । यसअघि शनिबार राति भएको खेलमा लिभरपुलले वेष्ट..

    तेस्रो राइनो गोल्डकपमा सशस्त्र प्रहरी र देशभक्त युथ क्लब भिड्दै

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौ १९ कार्तिक ।  नवलपरासीमा जारी तेस्रो राईनो गोल्डकप फुटबलको तेस्रो क्वार्टरफाईनलमा आइतबार विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र देशभक्त युथ क्लबबिच प्रतिस्पर्धा हुँदैछ । नवलपरासीको कोल्हुवास्थित स्थानीय खेल मैदानमा खेल अपरान्ह ३ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा वीरगञ्ज फुटबल क्लबलाई २–० ले हराउँदै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।   देशभक्त युथ क्लब, आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिलाई..

    मेस्सीले जिते मानहानीको मुद्दा, सामाजिक संस्थालाई गरे ८३ हजार डलर सहयोग

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    एजेन्सी,कात्तिक १७ ।  स्पेनिस क्लब बार्सिलोनाका अर्जे्न्टिनी स्ट्राइकर लियोनल मेस्सीले आफूमाथि मानहानी भएको मुद्दा जितेका छन् । उनले मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग गरेका छन् ।  सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएको थियो । फाइनलमा १–० ले जर्मनीसँग हारेको खेलमा मस्ेसी प्रतियोगिताकै..

    नेपाली युवा टोली पहिलो अभ्यास खेलमा पराजित

    बिहिवार, कार्तिक १६, २०७४ साल
    काठमाडौं, कात्तिक १६ ।  एसिया कपको तयारीका लागि बंगलादेशमा रहेको नेपाली यु–१९ क्रिकेट टोली पहिलो अभ्यास खेलमा घरेलु टोलीसँग पराजित भएको छ । तीनओटा अभ्यास खेल खेल्न बंगलादेश पुगेको नेपाली टोली बिहीबार सम्पन्न पहिलो खेलमा बंगलादेशको यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन जोडेको थियो । नेपालका लागि..

    टि–२० विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

    बिहिवार, कार्तिक १६, २०७४ साल
    काठमाडौं, १६ कात्तिक ।  आइसीसी महिला टि–२० विश्वकपको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा ३ बैकल्पिकसहित १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, पुरुष टोलीका प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित छनौट समिटिले नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीका सदस्यहरुमा..

    थ्री स्टार र ग्लासियर यू–१८ राष्ट्रिय भलिबलको क्वाटरफाइनलमा प्रवेश

    बुधबार, कार्तिक १५, २०७४ साल
    काठमाडौं कार्तिक १५।  थ्री स्टार एकेडेमी र ग्यासियर कलेज राजधानीमा जारी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ बुधवार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँबसपार्क्स्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको प्रिक्वाटरफाइनल खेलमा बुढानिलकण्ठको थ्री स्टारले झापा विद्यालय भलिबल कमिसनलाई २५–२१, २५–१५ को सोझो सेटमा हराएको हो ।  त्यस्तै कोटेश्वरको ग्लासियर कलेजले धादिङको एड्भान्स एकेडेमीलाई २५–१०, ३१–२९ को सेटमा हराउँदै अन्तिम..

    यु–१९ एसिया कप छनौटमा नेपाल किर्गिस्तानसँग पराजित

    मंगलवार, कार्तिक १४, २०७४ साल
    काठमाडौं, कार्तिक १४। एएफसी यू–१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा मङ्गलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० ले पराजित भएको हो ।  खेलको २१ औँ मिनेटमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदा २–० ले पराजित भयो । यो जितसँगै किर्गिस्तानले भने तीन अंक जोडेको छ ।  समूह..

    यू–१९ क्रिकेट टोलीको घोषणा, जितेन्द्र र रासिद नयाँ अनुहार

    सोमबार, कार्तिक १३, २०७४ साल
    काठमाडौं, १३ कार्तिक ।  एसीसी यू–१९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । जम्मा १८ सदस्यीय टोलीमा जितेन्द्र सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् । यसअघि टिममा परिसकेका सन्दिप जोरा र बिक्रम भुसाल भने बैकल्पिकमा परेका छन् ।  नेपाली टोलीको कप्तानमा यसअघि झैं दिपेन्द्रसिंह ऐरीले निरन्तरता पाउनेछन् । टिमका अन्य सदस्यमा रोहित पौडेल, सन्दिप लामिछाने, सन्दिप..

    कीर्तिपुरस्थित क्रिकेट रंगशाला अब ‘अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय’ बन्दै !

    बिहिवार, असोज २६, २०७४ साल
     काठमाडौं असोज २६ । विशेषगरी नेपालका क्रिकेट प्रेमीहरुलाई खुशीको खबर प्राप्त भएको छ ।  अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा नेपालकै क्रिकेटको इतिहास बोकेको कीर्तिपुरस्थित टीयू ग्राउण्ड भनेर समेत परिचित क्रिकेट ग्राउण्ड अब अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय बन्ने पक्का भएको छ ।  रंगशाला अब अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय बनाउनका लागि थप जग्गा चाहिने भएको हुँदा त्यसका लागि आवश्यक थप जमिन कीर्तिपुर नगरपालिकाले उपलब्ध गराउने छ ।..

    अष्ट्रेलियाबासी नेपाली सञ्जीव चौधरी बने 'स्टेट च्याम्पियन'

    मंगलवार, असोज १७, २०७४ साल
    सिड्नी ।  अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरी आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन घोषित भएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको उक्त प्रतिस्पर्धामा चौधरीले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जिते भने पुरुषतर्फको खुल्ला स्पर्धामा उनले सिल्भर सुरक्षित गरे ।  यसअघि समेत विभिन्न मेडलहरुमा अधिपत्य जमाइसकेका चौधरीले गतवर्ष  हंगेरीमा आयोजित विश्व फिटनेश च्याम्पियनसिपमा समेत..

    अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि गोरखपुरका शैलेशलाई

    सोमबार, असोज १६, २०७४ साल
    नवलपरासी, असोज १६ । नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि उत्तर प्रदेश, गोरखपुरका शैलेश पहलवानले जितेका गरेका छन् । आइतबार सम्पन्न प्रतियोगिताको उपविजेता भारतकै बहराइचका राधे पहलवान  बने ।  प्रतियोगितामा पहिलो स्थान हासील गर्न सफल शैलेशले नगद रु पाँच हजार सहित मेडल प्राप्त गरे भने दोश्रो हुने राधे पहलवानले नगद रु तीन हजार सहित मेडल पाएका थिए ।  दशैँको अवसर पारेर नवदुर्गा..

    यु–१८ साफ च्याम्पियनशीप : नेपालले माल्दिभ्सलाई २–० ले हरायो

    शुक्रबार, असोज ६, २०७४ साल
    काठमाडौं, असोज ६ । १८ वर्षमुनीकाहरुको साफ च्याम्पियनशीप अन्तर्गत शुक्रबार माल्दिभ्स बिरुद्ध भएको खेलमा नेपालले शानदार २–० गोल अन्तरको जीत निकालेको  छ । नेपाललाई जीततर्फ लैजाने क्रममा रोमन लिम्बुले खेलको ७ औँ मिनेटमा तथा रेजिन सुब्बाले ५७ औँ मिनेटमा गोल गरेका थिए ।  यसअघि भएको आफ्नो पहिलो खेलमा नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित हुन बाध्य भएको थियो । राष्ट्रिय टोली..

    १३औं सागमा जम्मा २५ खेलको आयोजना हुने, कराँते पनि समावेश

    बुधबार, असोज ४, २०७४ साल
    काठमाडौं । डेढ वर्षपछि नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जम्मा २५ खेलको निर्णय भएको छ । नेपालको पदक जित्ने सम्भावना ठानिएको खेल कराँतेलाई पनि उक्त विधाहरुमा स्थान मिलेको हो । तुर्कमेनिस्तानको अस्गाबतमा मंगलबार सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले कराँते, बास्केटबल, फेन्सिङ र गल्फ समावेश गर्दै कुल २५ खेलको आयोजना गर्ने निर्णय गरेको हो । नेपाल ओलम्पिक..

    बेलायतको ‘बेन नेभिस अल्ट्रा’ दौडमा नेपालकी मीरा राई प्रथम

    आईतवार, असोज १, २०७४ साल
    १ असोज, काठमाडौं ।  नेपाली अल्ट्रा धाविका मिरा राईले बेलायतको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । राईले निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै महिलातर्फ पहिलो भएकी हुन् । समग्र प्रतियोगितामा भने मिरा छैटौं भएको आयोजकले जनाएको छ । त्यस्तै, पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले जम्मा १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए । पुरुष र..

    एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि नेपाललाई, हङकङ ५ विकेटले निराश

    आईतवार, असोज १, २०७४ साल
    १ असोज, काठमाडौं ।  एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि नेपालले जितेको छ । यससँगै च्याम्पियन नेपाल एशिया कप क्रिकेटका लागि पनि छनौट भएको छ । यसअघि हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ । हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३–३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्द्र सिंह ऐरीको खातामा १–१  विकेट आयो ।  टस हारेर पहिले ब्याटिङको निम्तो..

    नेपाल एसीसी यू–१९ 'इआर' को फाइनलमा प्रवेश, १० विकेटको जीत

    शनिबार, भाद्र ३१, २०७४ साल
    ३१ भदौ, काठमाडौं ।  मलेशियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा घरेलु टोली मलेशियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार मलेशियामा भएको सेमिफाइनलमा घरेलु टोलीले प्रस्तुत गरेको १ शय २२ रनको सामान्य लक्ष्य नेपालले २३ दशमलव १ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेट्टाउन सफल भएसँगै फाइनलको यात्रा सुनिश्चित बनेको हो । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरद्धय..

    एसीसी यु–१९ : सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह ‘ए’ विजेता

    बिहिवार, भाद्र २९, २०७४ साल
    २९ भदौ, काठमाडौं ।  मलेशियामा जारी एसीसी यु–१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै समूह विजेता बन्न सफल भएको छ ।  सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा पवन सर्राफले ६ विकेट लिएका थिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए भने किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह..
    Results 1910: You are at page 63 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast