मंगलवार, चैत्र १८, २०७६

    खेल संसार

    भोलिबाट मोदी नदीमा कायाकिङ प्रतियोगिता शुरु हुने

    बिहिवार, मंसिर १४, २०७४ साल
    १४  मंसिर, पोखरा ।  कास्कीको मोदी नदीमा कायाकिङ प्रतियोगिता हुने भएको छ । कास्कीको मोदी नदीको करिव ३ सय मिटर क्षेत्रमा प्रतियोगिता हुन लागेको हो । नेपाल कायक एण्ड क्यानोन क्लब र विरेठाँटी क्यानोनिङको सयुक्त आयोजनामा मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगीतामा देश तथा विदेशका करिब ४० खेलाडीले सहभागी जनाउनेछन् । एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल..

    साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौँ, १३ मंसिर ।  दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।  महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।  त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते..

    इङ्लिस प्रिमियर लिगमा आज राति ४ खेल हुदै

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौं, मंसिर १३ ।  इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आज राति ४ खेल हुँदैछ । लिग अन्तर्गतको आज राति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी र साउथह्याम्पटन बीच प्रतिस्पर्धा हुने छ ।  आजै राति हुने दोस्रो खेलमा चेल्सीले स्वान्सी सिटीको सामना गर्नेछ भने तेस्रो खेलमा आर्सनलले हडस्फिल्ड टाउनसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै चौथो खेलमा स्टोक सिटी र लिभरपुल आमने सामने हुनेछन् ।..

    डोपिङ काण्डमा मुछिएका थप ५ जना रुसी खेलाडिमाथि आजीवन प्रतिबन्ध

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौ १२ मंसिर ।  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले डोपिङ काण्डमा मुछिएका थप ५ जना रुसी खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।  रुसका डोपिङ काण्डबारे अनुसन्धान गरिरहेको कमिटिले थप ५ जनालाई ओलम्पिक प्रतियोगितामा आजीवन सहभागिता जनाउन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।  रुसी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउनुअघि प्रतिबन्धित औषधी सेवन गरेको आरोप लागेपछि कमिटिले सन् २०१६ यता छानविन गरिरहेको छ ।  रुसी खेलाडीहरुले सन् २०११ देखि..

    युएई विरुद्व खेल्ने नेपाली टोली घोषणा, टोलीमा शक्ति समावेश सुशील बाहिर

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौं मंसिर ११। वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध डिसम्वरमा हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटिले खेलाडी छनोट गरेको हो । राष्ट्रिय टिमका लागि दोस्रो चरणमा २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली..

    क्वालिफायरमा छनोट हुन नसकेको नेपाल हङकङलाई हराउँदै तेस्रो बन्न सफल

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौं मंसिर ११ ।  ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपाल थाइल्याण्डमा जारी आइसीसी वुमन्स टी–२० वर्ल्डकप क्वालिफायर एसियामा तेस्रो स्थान हात पार्न सफल भएको छ । तेस्रो स्थानको लागि आज विहान भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो । नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो । बैंककस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले..

    इङ्गिलस प्रिमियर लिगमा आज राति तीन खेल हुदै

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौ १० मंसिर ।  इङ्गिलस प्रिमियर लिग फुटवलमा आज राति तीन खेल हुदै छ । आज राति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले हडर्स्फिल्ड टाउनसँग प्रतिस्पर्धा गर्नेछ ।  दोस्रो खेलमा बर्नालेले आर्सनलको सामना गर्नेछ भने तेस्रोमा साउथ ह्याम्पटन र एभर्टन आमने सामने हुनेछन् । यसअघि गएराति भएको खेलमा चेल्सी र लिभरपूल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा दुवै टोलीले १–१..

    आइसीसी महिला टी– २० विश्वकप छनोटमा नेपालद्वारा चीन ५० रनले पराजित

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौं मंसिर १० ।  थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले चीनलाई पराजित गरेको छ । आज विहान भएको खेलमा नेपालले चीनलाई  ५० रनले पराजित गरेको हो ।  नेपालले चीनलाई पराजित गरे पनि अर्काे खेलमा युएईले मलेसियालाई पराजित गरेपछि नेपालको शीर्ष दुईमा रहदै ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना भने सकिएको छ । नेपाललाई शीर्ष दुईमा पुग्न चीनलाई हराउनु पर्ने..

    अग्नि रुपन्देही -११ लाई पछी पार्दै हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा

    आईतवार, मंसिर १०, २०७४ साल
    मंसिर १०, काठमाडौं । मेची नेत्रालय काँकडभिट्टा गोल्ड कप फुटबलअन्तर्गत हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले  अग्नि रुपन्देही -११ लाई सडन डेथमा पराजित गर्दै  सेमिफाइनलमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि अन्तिम निर्णयका लागि टाइब्रेकर गरिएको थियो । टाइब्रेकरमा पनि ५–५ गोलको बराबरी भएपछि सडन डेथमार्फत हारजित निश्चित गरियो । मनाङका अनिल गुरुङ, विमल बस्नेत, सुजल श्रेष्ठ, हेमन गुरुङ, डोना थापा, विक्रम..

    आइसीसी महिला टि-२० विश्वकप छनोटमा नेपालद्वारा मलेसिया पराजित

    शुक्रबार, मंसिर ८, २०७४ साल
    ८ मंसिर, काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनोट खेलमा नेपालले मलेसियालाई पराजित  गरेको छ । आज शुक्रवार बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै आफ्नो पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । नेपालका लागि..

    फिफा बरियतामा नेपाल ६ स्थान माथि उक्लन सफल

    शुक्रबार, मंसिर ८, २०७४ साल
    ८ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ। फिफाले बिहिबार जारी गरेको वरियता सूचीमा नेपाल १७० औं स्थानमा पुगेको हो । सार्क वरियतामा नेपालतेस्रो स्थानमा छ, नेपाललाई भारतले र माल्दिभ्सले पछि पारेका हुन् । सार्क क्षेत्रको पहिलो स्थानमा रहेको भारत वरियतामा १०५ औं स्थानमा छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १५७..

    ट्वेन्टी–२० महिला विश्वकप : नेपाल युएईसँग ५ रनले पराजित

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौं, मंसिर ७ ।  थाइल्याण्डको बैंककमा जारी ट्वेन्टी–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । एसिया क्षेत्रको छनोट प्रतियोगिता अन्तर्गत् बिहीबार भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो । खेलमा युएईले प्रस्तुत् गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धा्रित् २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमात्र जोड्न सक्यो । योसँगै..

    आइसिसी महिला विश्वकमा नेपाल युएईसँग पाँच रनले पराजित

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौँ, ७ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।  बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो ।  टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी रनको लक्ष्य पाएको नेपाल २० ओभरमा..

    मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिस बिजयी

    बिहिवार, मंसिर ७, २०७४ साल
    पर्वत, मंसिर ७  ।  तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको बुधबारको  उद्घाटन खेलमा कोलकाताको सुभाषचन्द्र ब्वाइज क्लबलाई नेपाल पुलिस क्लबले ४–० गोलले पराजित गरेको छ ।  १०औं  मिनेटमा पुलिसका फरवार्ड तीर्थ रानाले गोल गर्दै पुलिसलाई खेलमा अग्रता दिलाएका थिए । रानाले फेरी  १७ आंै मिनेटमा गोल गरे अनि पुलिसलाई २–० को अग्रता दिलाए । खेलको २४ औं मिनेटमा रवि पासवानको क्रसमा भोला सिलवालले उत्कृष्ट..

    मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको तेस्रो संस्करण आजबाट शुरु

    बुधबार, मंसिर ६, २०७४ साल
    काँकडभिट्टा, ६ मंसिर । मोफसलकै सर्वाधिक राशिको ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’को तेस्रो संस्करण आजबाट शुरु भएको छ ।  काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको सो प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् ।  मेची नेत्रालय मुख्य प्रायोजक, मेची बस व्यवसायी संघ र नरेन्द्र मेचे सहप्रायोजक रहेको उक्त प्रतियोगितामा विजेतालाई रु आठ लाख एक हजार र उपविजेतालाई रु चार लाख एक..

    विश्वकप टी–२० महिला छनोट : नेपाले आज हङकङसँग पनि अंक बाड्यो

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं, मंसिर ५ ।  थाइल्याण्डको बैंककमा जारी ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटको एशियाली छनौटमा नेपालले आज हङकङसँग पनि अंक बाँडेको छ ।  बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् । वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा  हिजो घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो ।  ६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ ।..

    आज सताक्षीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङदी क्लब बीच प्रतिस्पर्धा हुदै

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं  मंसिर ५ ।  झापाको शिव सताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल अन्तर्गत आयोजक सताक्षीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङदी क्लब बीच प्रतिस्पर्धा हुदै छ ।  फाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोलीको खेल दिउँसो हुने छ । यस अघि हिजो भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ ।  आर्मीले झापा ११ लाई..

    चन्द्रागिरी गोल्डकपमा आज उपाधि भिडन्त हुदै

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं मंसिर ५ ।  राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज फ्रेन्ड्स क्लबले हिमालयन शेर्पाको सामना गर्दै छ ।  उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल नैकाप स्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा दिउँसो २ बजे पछि सुरु हुने छ ।  प्रतियोगितामा ललितपुरको एनआइबिएल फ्रेन्ड्स क्लबले सीएमजी संकटा क्लबलाई..

    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर दोस्रो साता गर्ने तयारी

    मंगलवार, मंसिर ५, २०७४ साल
    मंसिर ५, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मंसिर दोस्रो साता आयोजना गर्ने तयारी गरेको छ । असोजमा जिल्ला स्तरीय र मंसिर पहिलो साता क्षेत्रीय प्रतियोगिता गर्ने राखेपले जनाएको छ । प्रतियोगिताको मिति भने अब बस्ने परिषद्को बोर्ड बैठकले निर्णय गर्ने राखेप सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए । राष्ट्रिय प्रतियोगिता तयारीबारे जानकारी दिन नेपालगन्जमा सोमबार आयोजित पत्रकार..

    दोस्रो सताक्षी गोल्डकपमा आज झापा ११ र आर्मी बीच प्रतिस्पर्धा हुदै

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौं मंसिर ४ ।  झापाको शिव सताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा सोमबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदै छ । सोमबार दिउसो हुने पहिलो सेमिफाइनल खेलमा झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुदै छ । पोखरा ११ लाई हराउँदैै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो भने आर्मीले सशस्त्र प्रहरीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।  यस अघि..

    त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौँ, ४ मंसिर ।  नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज(नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ ।  गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ ।  नेपालमा खेलकुद पर्यटनको..

    चन्द्रागिरी गोल्डकपमा आज हिमालयन शेर्पा र आर्मी बीच प्रतिस्पर्धा हुदै

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौं मंसिर ३ ।  राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा आइतबार दोस्रो सेमिफाइन अन्तर्गत हिमालयन शेर्पा र विभागीय टोली त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुदै छ ।  फाइनल प्रवेश गर्ने दाउका साथ उत्रने यी दुइ टोली बीचको खेल नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा दिउँसो हुने छ ।  यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लबलाई १–० ले स्तब्ध पार्दै ललितपुरको एनआइबिएल फ्रेन्ड्स क्लब..

    नेपाललाई स्वर्ण पदक

    शनिबार, मंसिर २, २०७४ साल
    काठमाडौँ, २ मंसिर  अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।  त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ..

    चन्द्रागिरी गोल्डकपमा आज हिमालयन शेर्पाले एपिएफको सामना गर्दै

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौं मंसिर १ । राजधानीमा  जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार  हिमालयन शेर्पा क्लबले विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्दै छ ।  जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल नैकापको खेल मैदानमा दिउँसो हुनेछ ।  यस अघि हिजो भएको खेला संकटा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले विभागीय टोली नेपाल पुलिसलाई २–०ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको..

    फेरी टुट्यो सपना, नेपाल सेमिफाइनलबाटै बाहिरियो

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौं, १ मंसिर  । नेपाल अफगानिस्तानसँग ७ विकेटले हार्दै एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । समूह चरणमा भारतलाई हराएको नेपालले बंगलादेशसँग भने त्यति राम्रो प्रदर्शन गरेको थिएन। टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जोड्दा अलआउट भएर दिएको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टायो । खेल केहि बेर वर्षाका कारण रोकिन पुगेको थियो, वर्षा रोकिएपछि  खेल सुरु..

    एसिसी यु–१९ : अफगानिस्तानसामु नेपालद्वारा १ सय ४ रनको लक्ष्य प्रस्तुत

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौं । एसिसी यु–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले निकै बलियो मानिएको आफ्नो प्रतिद्वन्द्वी अफगानिस्तानसामु जम्मा १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै जम्मा १०३ रन मात्रै बनायो ।  नेपालका तर्फबाट अनिलकुमार साहले अर्धसतक प्रहार गरे भने अन्य कुनै पनि व्याट्सम्यान चल्न सकेनन् । जम्मा ५७ बल खेलेका अनिलले उनले..

    सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग भिड्ने

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौँ, ३० कार्तिक ।  एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ ।  मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् ।  समूह ‘ए’ मा..

    रुसमा हुन लागेको विश्वकप २०१८ मा सहभागी हुने ३२ भाग्यशाली टोली

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौं, कात्तिक ३०। आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । अन्तरमहादेशीय प्ले–अफ अन्तर्गत बिहीबार बिहान भएको खेलमा पेरुले न्युजिल्याण्डलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि आयोजक रुससहित विश्वकपमा सहभागी हुने ३२ टिमको टुंगो लागेको हो ।  यसरी छनौट हुनेमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । इजिप्ट, नाइजेरिया, इरान,..

    रुसमा हुने विश्वकप छनोटको अन्तिम खेल आज हुदै

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौ ३० कार्तिक ।  रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलका लागि अन्तिम छनोट खेल आज हुदैछ । अन्तिम छनोट खेलमा पेरु र न्यूजिल्याण्ड भिड्दैछन् । पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तरमहादेशीय प्ले अफ्को पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । गएराति भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएको छ..

    रियल मड्रिड छोड्ने रोनाल्डोको चाहाना

    बुधबार, कार्तिक २९, २०७४ साल
    एजेन्सी, कात्तिक २९। फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेको बताइएको छ । रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफूले यो सिजनको अन्त्यसँगै क्लब छोड्न चाहेको स्पेनिस सञ्चार माध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका द सनले जनाएको हो । तर सार्वजनिक रुपमा भने रोनाल्डोले आफू रियल मड्रिडमा खुशी रहेको बताउने गरेका छन् । तर स्पेनिस टेलिभिजन एल चिरिन्गुइतोमा काम..
    Results 1910: You are at page 62 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast