मंगलवार, चैत्र १८, २०७६

    खेल संसार

    प्रिमियर लिगमा आजराति क्रिष्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुँदै

    बिहिवार, पौष १३, २०७४ साल
    लन्डन, पुस १३ ।  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत विहीबार राति क्रिष्टल प्यालेस र आर्सनलबीच प्रतिस्पर्धा हुँदै छ ।   यसअघि गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो  ।  जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो पारेको छ..

    फाल्गुनन्द गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै

    बिहिवार, पौष १३, २०७४ साल
    पाँचथर, पुस १३ । पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै छ ।  आज हुने पहिलो सेमिफाइनल खेलमा रुपन्देही ११ र सुनसरी ११ बीच प्रतिस्पर्धा हुनेछ । यी दुवै टोली प्रतियोगिताको फाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रदै छन् ।  खेल दिउसो साढे २ बजे पछि सदरमुकास्थित फिदिम माविको खेल मैदानमा हुनेछ । सुनसरी ११ ले..

    पोखरामा १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

    बुधबार, पौष १२, २०७४ साल
    पोखरा, १२ पुस ।  राष्ट्रिय खेलकुद परिषद् कप अन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता नेपाल ह्याण्डबल संघको तत्वा वधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा हुन लागेको हो ।  प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुष टोली..

    विभागीय टोली नेपाल आर्मी र मोरङ ११ बीच प्रतिस्पर्धा हुँदै

    बुधबार, पौष १२, २०७४ साल
    पाँचथर, पुस १२ । पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनलको खेल हुँदै छ ।  आज विभागीय टोली नेपाल आर्मी र मोरङ ११ बीचप्रतिस्पर्धा हुनेछ । यी दुइ टोली प्रतियोगिताको सेमिफाइल प्रवेश गर्ने दाउका साथ मैदान उत्रदै छन् ।  खेल दिउसो साढे २ बजे पछि सदरमुकास्थित फिदिम माविको खेल मैदानमा हुनेछ । यसअघि हिजो भएको  खेलमा रुपन्देही ११  सेमिफाइनलमा..

    विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, १२ पुस । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान पक्का पारेको हो । विराटनगरका बाबर हायतले अर्धशतक प्रहार गरेभने कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान दिए । पहिलो क्वालिफायरमा विराटनगरसँग हार व्यहोरे पनि भैरहवाले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । बुधबार पोखरा..

    पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

    बुधबार, पौष १२, २०७४ साल
    पोखरा, १२ पुस  ।  राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।  नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुष टोली सहभागी हुने बुधबार ..

    ईपीएलमा आजबाट प्लेअफ सुरु, विराटनगर र भैरहवा भिड्दै

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज बुधबारबाट प्लेअफ चरणका खेलहरु हुँदैछन् । लिग चरणको शीर्षस्थानमा रहेको विराटनगर वारियार्स र दोस्रो स्थानको भैरहवा भिड्दै छन् । खेल ९ बजे सुरु भएको छ । क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजयी टोलीबीच बिहीबार फाइनलमा प्रवेश गर्न दोस्रो क्वालिफायरमा भिडन्त हुने छ  । तेस्रो र चौथो स्थानका ललितपुर प्याट्रीयट्स र पोखरा राइनोज..

    रुपन्देही ११ नवौँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

    मंगलवार, पौष ११, २०७४ साल
    पाँचथर, पुस ११ । रुपन्देही ११ नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।  पाँचथरको फिदिममा जारी प्रतियोगितामा युके फुटवल क्लव दार्जी्लिङलाई ३–१ ले हराउँदै रुपन्देही सेमिफाइनलमा पुगेको हो । रुपन्देहीको जितमा रेजिन सुव्वाले २ र सुनिल खड्काले १ गोल गरे । फाइनल प्रवेशका लागि रुपन्देहीले बिहीबार सुनसरी ११ सँग खेल्नेछ । अन्तिम क्वार्टरफाइनलमा बुधबार नेपाल आर्मी र मोरङ ११ ले खेल्नेछन्..

    इपिएल क्रिकेट प्रतियोगितामा अन्तिम चारमा पुग्न सफल टोली

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, पुस ११ । विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज र ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको अन्तिम ४ मा पुगेका छन् । बुधबारको पहिलो खेलमा विराटनगर र भैरहवा तथा दोश्रो खेलमा ललितपुर र पोखरा खेल्नेछन् । विराटनगर र भैरहवाबीचको खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले ललितपुर र पोखराबीचको विजेतासँग प्लेअफ खेल्नेछ ।  प्रतियोगिताका ६ टोलीमध्ये काठमाडौं किंग्स इलेभेन..

    पोखरालाई खेलकुदको शहर बनाउने सरकारको योजना

    मंगलवार, पौष ११, २०७४ साल
    पोखरा, ११ पुस । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताएका छन् ।  पोखरा रंगशालामा आज मंगलबारदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च गर्न लागिएकोे जानकारी दिए ।  सो अवसरमा मन्त्री केसीले नेपाल..

    इङ्गलिस प्रिमियर लिगमा आजराति ९ खेल हुँदै

    मंगलवार, पौष ११, २०७४ साल
    एजेन्सी, पुस ११ ।  इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आजराति ९ खेल हुँदैछन् । आज राति हुने पहिलो खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडको सामना गर्नेछ । आजै राति हुने दोस्रो खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले बर्न्लेसँग प्रतिस्पर्धा गर्दा तेस्रो स्थानको चेल्सीले ब्राईटनको सामना गर्ने छ ।  यस्तै लिभरपूल र स्वान्सी सिटीबीच प्रतिस्पर्धा हुँदा टोटनह्याम हट्सपर र साउथह्याम्पटन आमने सामने..

    फाल्गुनन्द गोल्डकपमा रुपन्देही ११ र दार्जिलिङबीच प्रतिस्पर्धा हुँदै

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं पौष ११ । पाँचथरको फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज रुपन्देही ११ र यूके एफसी दार्जिलिङ बीच प्रतिस्पर्धा हुँदै छ ।  यी दुइ टोली प्रतियोगिताको सेमिफाइल प्रवेश गर्ने दाउका साथ मैदान उत्रदै छन् । खेल खेल दिउसो साढे २ बजे पछि सदरमुकास्थित फिदिम माविको खेल मैदानमा हुनेछ ।  यसअघि हिजो भएको खेलमा विर्तामोड युनाइटेड झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको..

    एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्स विजयी

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, ११ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्स विजयी भएको छ । चितवन टाइगर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायरमा स्थान बनाएको छ भने पोखरा राइनोज अन्तिम खेल अघि नै इलिमिनेटर राउण्डमा पुगेको छ । पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान १५–१५ रन..

    विराटनगर वारियर्सको रोमाञ्चक जित, पाँचौँ खेलमा पनि विजयी

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौं, पुस १०। एभरेष्ट प्रिमियर लिग क्रिकेटमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलाभेनलाई ८ रनले हराएको छ । १ सय ४८ रनको लक्ष्य पाएको काठमाडौंलाई १ सय ३९ रनमा अलआउट गर्दैै विराटनगरले ८ रनको जित हात पारेको हो ।  विराटनगरको यो लगातार पाँचौँ जित हो । विराटनगर प्रतियोगितामा अहिलेसम्म एक खेल पनि नहार्ने एकमात्र टिम हो । काठमाडौंका लागि कप्तान फारविज मेहरुफले ४२..

    आयोजक फिदिम र विर्तामोड युनाइटेड बीच प्रतिस्पर्धा हुँदै

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौं पौष १० । पाँचथरको फिदिममा जारी नवौं  रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक फिदिम स्पोर्टिङ क्लब र विर्तामोड युनाइटेड फुटबल क्लब झापा बीच प्रतिस्पर्धा हुँदै छ ।  प्रतियोगिताको सेमिफाइल प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोलीबीचको खेल दिउसो साढे २ बजे पछि  सदरमुकास्थित फिदिम माविको खेल मैदानमा हुनेछ ।  आयोजक बाई पाएर क्वार्टरफाईनलमा प्रबेश गरेको हो भने बिर्तामोडले ताप्लेजुङको मिसन..

    विराटनगर वारियर्सको पाँचौं जित, काठमाडौं किङ्स-११ ८ रनले पराजित

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौं, १० पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) को साेमबार भएकाे पहिलो खेलमा विराटनगर वारियर्सले लगातार ५ औं पटक विजयी भएको छ । वारियर्सले काठमाडौं किङ्स ११ लाई ८ रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा  सम्पन्न  खेलमा १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं किङ्स ११ निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३९ रनमै समेटिएपछी विराटनगरले खेल ८ रनले जितेको हो..

    २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पुस ११ देखि

    सोमबार, पौष १०, २०७४ साल
    पोखरा, १० पुस । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।  प्रतियोगिताबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार गुरुङले प्रतियोगितामा महिला तथा पुरुषतर्फ पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चलको टिमसहित नेपाल पुलिस क्लब,..

    खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुँदै

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं, पुस ९ ।  खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ । खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।  बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा ४० लिग खेल..

    राखेप च्याम्पियनसिप आजबाट सुरु हुँदै, २९ खेलका चार हजार ८२ खेलाडी सहभागी हुने

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं, ९ पुस । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘राखेप च्याम्पियनसिप’ आजदेखि सुरु हुँदै छ । च्याम्पियनसिपमा २९ खेलका चार हजार ८२ खेलाडीले कुल दुई हजार एक सय २७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा फुटबल, भलिबल, कराँते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, गल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो खो, बक्सिङ, स्क्वास, उसु, टेबलटेनिस, ह्यान्डबल,  ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की,..

    'फारवेष्ट पशुपति कप' फुटबलको उपाधी आयोजक फारवेष्ट क्लबलाई

    आईतवार, पौष ९, २०७४ साल
    धनगढी, ९ पुस । धनगढीमा भएको तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको विजेता आयोजक पशुपति फारवेष्ट युवा क्लब बनेको छ । स्थानीय खेलकुद रंगशालामा शनिबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले पिएफए अत्तरियालाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै विजेता बनेको हो ।  निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १५ मिनेट समय थप गरिएको थियो ।..

    एभरेष्ट प्रिमियर लिग (इपिएल)क्रिकेटमा पोखरा राइनोज विजयी

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ७ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो ।  यस खेलसँगै चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा..

    फिफा बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ७ पुस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो ।  दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५,..

    एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा विजयी

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौँ, ६ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई चार विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जित हात पारेको हो । भैरहवाले यसअघि भएको पहिलो खेलमा काठमाडौँ किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो । टस हारेर..

    इपीएलमा भैरहवाको विजयी सुरुवात, विराटनगर वारियर्सको दोस्रो जित

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं, पुस ५ । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्सले विजयी सुरुवात गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै भैरहवाले विजयी सुरुआत गरेको हो । काठमाडौंले दिएको ११९ रनको विजय लक्ष्य भैरहवाले १६ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा र्गयो । पुनित विष्टले अविजित रहँदै ४२ तथा..

    इएफएल कपमा राति चेल्सी र बर्नमाउथ तथा म्यानचेस्टर सिटी र ब्रिस्टोल सिटी भिड्ने

    बुधबार, पौष ५, २०७४ साल
    एजेन्सी, पौष ५ ।  इएफएल कप फुटबल अन्तर्गत आज राति क्वाटरफाइनलका दुइ खेल हुदै छन् । आज राति हुने पहिलो खेलमा चेल्सी र बर्नमाउथ आमने सामने हुनेछन् भने आजै राति हुने दोस्रो खेलमा म्यानचेष्टर युनाइटेड र ब्रिस्टोल सिटी भिड्नेछन् ।  यसअघि गएराति भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी प्रतियोगिताकोे सेमिफाइनलमा प्रवेश गरेका छन् । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–०..

    'हेरिटेज ट्रेल रेस—२०१८' आगामी माघ १ गतेदेखि जुम्लामा हुँदै

    बुधबार, पौष ५, २०७४ साल
    जुम्ला, ५ पुस : आगामी माघ १ गतेदेखि जुम्लामा राष्ट्रियस्तरको १२ किलोमिटरको ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस— २०१८’ सञ्चालन हुने भएको छ ।  कर्णाली स्पोर्ट्स् क्लब, जुम्लाको आयोजना तथा जेआर कर्णाली बोर्डिङको प्रायोजनमा ट्रेल रेस—२०१८ सञ्चालन हुने कुरा बुधबार भएको पत्रकार भेटघाट कार्यक्रम सार्वजनिक गरिएको हो ।  जुम्लाका खेलाडीले अल्ट्रा म्याराथुनलगायत विभिन्न एथ्लेटिक्स खेलमा भाग लिएर राष्ट्रिय ख्याति बनाइसकेको र त्यस्ता खालका खेल..

    एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोज विजयी, चितवन टाइगर्स पराजित

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौँ, ४ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।  पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौका हाने । सुनिल धमलाले अविजित ४६..

    वर्ल्ड मार्सल आर्ट पिस कप—२०१७ मा नेपाली खेलाडीलाई दुई स्वर्ण

    मंगलवार, पौष ४, २०७४ साल
    सल्लेरी, सोलुखुम्बु, ४ पुस ।  वर्ल्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ ।  मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पारेका मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी रानापालले जानकारी दिए ।  यस्तै, सञ्जु महर्जनले दुईवटा..

    इपिएल टि–ट्वान्टी क्रिकेट : ललितपुर प्याट्रियट्स ७ विकेटले विजयी

    सोमबार, पौष ३, २०७४ साल
    काठमाडौँ, ३ पुस ।  राजधानीमा आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौँ किङ्स इलाभेनलाई सात विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो ।  ललितपुरका लागि भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजित..

    आर्मीका बस्नेतले जिते ‘नेपो रोटा मिनी म्याराथन’को उपाधि

    सोमबार, पौष ३, २०७४ साल
    चितवन, पुस ३ ।  चितवनमा पहिलोपटक आयोजित ‘नेपो रोटा मिनी म्याराथन–२०१७’ को उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले जितेका छन् । नारायणगढ रोटरी क्लबको आयोजनामा सोमबार आयोजित म्याराथनमा निर्धा्रित् १५ किलोमिटरको दूरी ४४ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । उनले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । ४५.३९ मिनेटमा दूरी पूरा गर्दै सशस्त्र प्रहरीकाका गोपीचन्द्र..
    Results 1910: You are at page 60 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast