खेल संसार
बुधबार, असोज २२, २०७६ साल

काठमाडौं, २२ असाेज ।
ओमानमा जारी पाँच देशीय टी ट्वान्टी क्रिकेट अन्तर्गत आज नेपालले टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ ।
नेपाली समय अनुसार सवा ११ बजे हुने खेलमा नेपाल आयरल्याण्डविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा रहेको छ ।
जारी प्रतियोगितामा नेपाल अपराजित टोली हो । पहिलो खेलमा हङ्कङलाई चार विकेटले हराएको नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि चार विकेटकै रोमाञ्चक जित निकालेको थियो ।
सिरिज जित्नका..
बुधबार, असोज २२, २०७६ साल

काठमाडौं, २२ असाेज ।
महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा बुधबार नेपाल र भारतसँग भिड्ने भएकाे छ । भुटानमा आयोजना हुने महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा आज नेपाल र भारतबीच प्रतिस्प्रधा हुने भएकाे हाे ।
असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ। फाइनल असोज २८ गते हुनेछ।
बुधबारदेखि असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि..
मंगलवार, असोज २१, २०७६ साल

एजेन्सी, २१ असोज
पाकिस्तानका व्याट्सम्यान उमर अकमल टी–ट्वान्टी क्रिकेटमा १० पटक शून्य रनमा आउट हुने पहिलो व्याट्सम्यान बनेका छन्।
यसअघि सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने रेकर्ड पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदिको नाममा रहेको थियो। अफ्रिदी ८ पटक शून्य रनमा आउट भएका थिए।
उमर अकमलको भन्दा पनि उनलाई टिममा बोलाउने प्रशिक्षक मिस्बाहको बढी आलोचना भइरहेको छ।..
सोमबार, असोज २०, २०७६ साल

काठमाडौं, २० असाेज ।
केही वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् करण केसी । उनलाई फास्ट बलरको रुपमा टिममा राख्ने गरिएको छ ।
तर, उनको बलिङको स्तरमा अहिलेसम्म पनि प्रश्न उठ्ने गर्छ । हुन पनि धेरै म्याचहरुमा उनी खर्चिला र विकेटविहिन हुने गरेका छन् ।
बरु करणले आफ्नो ब्याटबाट नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण जित दिलाएको गर्विलो क्षण छ । गत वर्ष १४..
सोमबार, असोज २०, २०७६ साल

काठमाडौं, २० असाेज ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज नेदरल्यान्डसँग भिड्ने भएकाे छ ।ओमानमा पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्ने भएकाे हाे ।
पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा हुनेछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।
आइतबार हङकङविरुद्धको खेलमा विनोद..
आईतवार, असोज १९, २०७६ साल

काठमाडौं, १९ असोज
ओमानमा भइरहेको पेन्टागुलर टी–२० सिरिजमा हङकङमाथि नेपालले ४ विकेटको रोमाञ्चक जित निकालेको छ।
टस जितेर पहिले फिल्डिङ गरेको नेपाललाई हङकङले १२६ रनको विजय लक्ष्य दिएको थियो। नेपालले १९औँ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।
सुरुवाती ब्याटिङ धर्मराएको नेपालको इनिङ विनोद भण्डारी र आरिफ शेखले सम्हालेका थिए। नेपाललाई जित दिलाउनका लागि विनोदले नटआउट अर्धशतक बनाए। उनले ४८ बलमा ३ छक्का र..
आईतवार, असोज १९, २०७६ साल

काठमाडाैं, १९ असाेज ।
इंग्लीस प्रिमियर लिगमा आइतबार चार खेल हुँदैछन्। आज चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीजस्ता बलिया टोली मैदान उत्रँनेछन्।
प्रिमियर लिगमा आठौं चरणको खेल जारी रहँदा अहिलेसम्मको अंकतालिका अनुसार २४ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।
१६ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने समान १४–१४ अंक भएका लेस्टर सिटी र क्रिस्टल प्यालेस गोल अन्तरका आधारमा तेस्रो र चौथो..
शनिबार, असोज १८, २०७६ साल

काठमाडौँ, १८ असोज
इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ६ ओटा खेल हुँदैछन् ।
यो सिजनको सात ओटै खेलमा अपराजित रहेर शीर्षस्थानमा रहेको लिभरपुलले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । त्यसअघि सवा पाँच बजे ब्राइटन र टोटनह्याम खेल्नेछन् ।
त्यस्तै बर्नले र एभर्टन, लिभरपुल र लेस्टर, नर्विच सिटी र एस्टोन भिल्ला तथा वाटफोर्ड र सेफिल्डको खेल राति पौने आठ बजे हुनेछ ।
राति सवा १० बजे..
शुक्रबार, असोज १७, २०७६ साल

काठमाडौँ, १७ असोज
आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने तय 'द हन्ड्रेड' (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) को ड्राफ्टमा नेपालका युवा लगेस्पिनर सन्दीप लामिछाने परेका छन्।
आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका विदेशी खेलाडी पर्न सफल भएका छन्। ड्राफ्टमा सन्दीपसहित १६५ जना विदेशी खेलाडी छन्।
२० अक्टोबरमा हुने ड्राफ्टमा तलबको आधारमा खेलाडीलाई ७ क्याटागोरीमा वर्गीकरण गरिएको छ।..
शुक्रबार, असोज १७, २०७६ साल

काठमाडौँ, १७ असोज
नेपाल, सिंगापुर र जिम्बावे सम्मिलित त्रिकोणीय टी–२० अन्तर्राष्ट्रिय सिरिज जिम्बावेले जितेको छ।
जिम्बावेले शुक्रबार भएको अन्तिम खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सिरिज जितेको हो।
नेपाललाई २ खेल र सिंगापुरलाई १ खेलमा हराएको जिम्बावे ६ अंक सहित शीर्ष स्थानमा रह्यो।
जिम्बावेविरुद्धका दुवै खेलमा पराजित नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो। दोस्रो खेलमा भने वर्षाले रद्द भएको थियो।
नेपाल ३ अंकसहित दोस्रो हुँदा..
बिहिवार, असोज १६, २०७६ साल

धनगढी, १६ असाेज ।
सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग 'डिपिएल' को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।
धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् ९राखेप० र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त..
बुधबार, असोज १५, २०७६ साल

काठमाडौँ, १५ असोज
सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा आज हुने भनिएको सिंगापुर र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
नेपाली समय अनुसार सवा पाँच बजे खेल सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेलमा टस समेत हुन सकेन । खेल रद्द भएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् । यो नतिजासँगै नेपालले चार खेलबाट तीन अंक जोडेको छ भने सिंगापुरले..
बुधबार, असोज १५, २०७६ साल

काठमाडाैं, १५ असाेज ।
त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल आज घरेलु टाेली सिंगापुरसँग भिड्ने भएकाे छ । नेपालले आफ्नो अन्तिम तथा चौथो खेलमा आज घरेलु टोली सिंगापुरसँग खेल्ने भएकाे हाे ।
खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन..
बुधबार, असोज १५, २०७६ साल

काठमाडाैं, १५ असाेज ।
स्पेनिस क्लब रियाल म्याड्रिडका पुर्व सहकर्मीद्धय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुआइनको गोलको सहयोगमा इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ ।
घरेलु मैदान टुरिनमा मंगलबार राति भएको खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनमाथि ३–० को सहज जित निकालेको हो । अर्को एक गोल फेडरिको बर्नाडडेस्चीले गरे ।
खेलको १७औं मिनेटमा हिगुआइनको गोलबाट घरेलु टोलीले पहिलो हाफमा..
मंगलवार, असोज १४, २०७६ साल

काठमाडौँ, १४ असोज
त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।
मंगलबार सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा नेपालमाथि जिम्बावेले ४० रनको जित हात पारेको हो।
यसअघि पहिलो खेलमा पनि जिम्बावले नेपाललाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गरेपछि नेपालले २ अंक जोडेको थियो। मंगलबार जिम्बावेसँग पराजित भएसँगै नेपालको सिरिज जित्ने लक्ष्य कमजोर बनेको छ।
अब नेपालले बुधबार..
मंगलवार, असोज १४, २०७६ साल

काठमाडौँ, १४ असोज
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले जिम्बाब्वेबाट १६१ रनको लक्ष्य पाएको छ ।
सिंगापुरको इन्डियन एसोसियशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।
नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भयो । नेपालका लागि सन्दीप लामिछानेले जिम्बावेको खाता नखुल्दै विकेट लिन सफल भए । जिम्बाब्वेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै..
मंगलवार, असोज १४, २०७६ साल

काठमाडौं, १४ असोज ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन्..
सोमबार, असोज १३, २०७६ साल

काठमाडौँ, १३ असोज
नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आइसिसीकै सल्लाह र निर्देशनानुसार काम भइरहेको बताउँदै अध्यक्ष चन्दले आइसिसीको अक्टोबरमा बस्ने बैठकले क्यानमाथिको प्रतिबन्ध छिट्टै हट्नसक्ने आज यहाँ आयोजित एक कार्यक्रममा बताउनुभयो ।
क्रिकेट विकासका लागि गृहकार्य थालिएको भन्दै अध्यक्ष चन्दले भन्नुभयो, “निलम्बन फुकुवाको लागि..
सोमबार, असोज १३, २०७६ साल

काठमाडौँ, १३ असोज
सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ ।
सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले..
सोमबार, असोज १३, २०७६ साल

काठमाडाैं, १३ असाेज ।
जिलियन सुपरस्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० सँग आफ्नो सम्बन्ध राम्रो रहेको र क्लबका लागि ज्यानै दिन तयार रहेको अभिव्यक्ति दिएका छन् ।
पीएसजीका लागि पछिल्ला ४ लिग खेलमध्य ३ खेलमा निर्णायक गोल गरेका नेयमार सिजनको सुरुवातमा बार्सिलोना जाने हल्ला चलेको थियो । नेयमारकै आग्रहमा बार्सिलोनाले औपचारिक प्रस्ताव पनि राखेको थियो, तर पीएसजीले उक्त प्रस्ताव स्वीकार..
आईतवार, असोज १२, २०७६ साल

काठमाडौं, १२ असोज ।
माउरिजियो सारीको युभेन्ट्सले सिरि एमा अपराजित यात्रालाई जारी राखेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले स्पाललाई २–० ले हराउँदा क्रिस्टियानो रोनल्डोले गोल गरेका छन् ।
मिरालिम प्ययानिचले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पाउलो डिबेला र रोनाल्डोले दोस्रो हाफमा गोल गर्ने मौका पाएका थिए । तर, सफल भएनन् ।
अन्तत: डिबेलाको सहयोगमा रोनाल्डोले खेल सकिन १२..
शनिबार, असोज ११, २०७६ साल

काठमाडौँ, ११ असोज
नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो ।
आज राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी पाण्डेले १५ मत पाउनुभयो । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी हुनुभयो । क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ..
शनिबार, असोज ११, २०७६ साल

काठमाडौँ, ११ असोज
सिंगापुर विरुद्ध कप्तान पारस खड्काले बिस्फोटक ब्याटिङ गरेका छन् । कप्तान खड्काले ४९ बलमा शतक पूरा गरे ।
टी-२० मा खड्काकाे पहिलाे सतक हाे । १५२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान खड्काले शतक बनाउँदा ९ छक्का र ७ चौका प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले तीन विकेटको क्षतिमा १५१ रन बनाएको थियो ।
नेपालका लागि करण..
शनिबार, असोज ११, २०७६ साल

काठमाडाैं, ११ असाेज ।
इंग्लीस प्रिमियर लिगमा शनिबार ८ खेल हुँदैछन्। आज म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम र चेल्सीजस्ता बलिया टोली मैदान उत्रँनेछन्।
प्रिमियर लिगमा छैठौं चरणको खेल सम्पन्न भइसक्दा अहिलेसम्मको अंकतालिका अनुसार १८ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।
१३ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। समान ११–११ अंक भएका लेस्टर सिटी, आर्सनल र वेस्ट ह्याम गोल अन्तरका आधारमा क्रमश तेस्रो चौथो र पाँचौं..
शनिबार, असोज ११, २०७६ साल

काठमाडौँ, ११ असोज ।
काठमाडौंमा जारी नेपाल क्रिकेट संघ (क्यान)को अहिले जारी निर्वाचन क्रममा ६ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
क्यान निर्वाचनमा महिला सदस्यसहित प्रदेश नम्बर २, ४, ५, ६ र ७ का लागि एक/एक जनाको मात्र उम्मेदवारी परेकाले निर्वाचन कमिटीले निर्विरोध निर्वाचित घोषणा गरेको हो ।
क्यानको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको केन्द्रीय चुनाव आज भइरहेको हो ।
निर्वाचन कमिटीका अनुसार मतदानको..
शुक्रबार, असोज १०, २०७६ साल

काठमाडौँ, १० असोज
सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।
नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा जिम्बावेले ५ विकेटले पराजित गर्यो।
नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बावेले १८.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
जिम्बावेका लागि रायन ब्रुलले नटआउट ४१ रन र रिचमड मुटुम्बानीले नटआउट ४० रनको योगदान दिए। उनीहरुबीच छैटौं विकेटका लागि ६९ रनको..
शुक्रबार, असोज १०, २०७६ साल

काठमाडौं, १० असोज
सिंगापुरमा सुरु भएको त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जिम्बावेलाई एक सय ३३ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।
नेपालको पालीमा दीपेन्द्र सिंह एेरीले सर्वाधिक ४० रन बनाए। कप्तान पारस खड्का १८ र सन्दीप जोरा १७ रनमा आउट भए। ओपनर इशान पान्डेले चार..
शुक्रबार, असोज १०, २०७६ साल

काठमाडौं, १० असाेज ।
काठमाडौंमा आजबाट नेपाल क्रिकेट संघ 'क्यान' को साधारण सभा शुरु भएको छ । सधारण सभाको मुख्य एजेन्डा क्यानको १७ सदस्यीय कार्यसमिति गठन गर्नु हो । शनिबारका लागि क्यानको निर्वाचन तोकिएको छ ।
शुक्रबार साधारण सभा शुरु भएको छ । ओपनिङ शर्तमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव रमेश कुमार सिलवाल, आईसीसीको प्रतिनिधि मोहम्मद..
शुक्रबार, असोज १०, २०७६ साल

काठमाडौं, १० असाेज ।
आज नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज जिम्बाबेविरुद्ध खेल्ने भएकाे छ ।
खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । आईसीसी टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा जिम्बाबे र नेपाल पहिलो पटक भिड्दैछन् ।
सिंगापुर क्रिकेट बोर्डले आगमी अक्टोर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी..
बिहिवार, असोज ९, २०७६ साल

काठमाडौं, ९ असोज
सिंगापुरमा शुक्रबारदेखि सुरु हुने टी–२० त्रिकोणात्मक सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।
इण्डियन एसोसिएसन क्रिकेट मैदानमा शुक्रबार साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । बलियो टिम जिम्बाब्वेलाई पराजित गर्दै जित हात पार्ने लक्ष्यमा नेपाली टिम रहेको छ ।
डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ ।..
Results 1758: You are at page 6 of 59