बुधबार, चैत्र २६, २०७६

    खेल संसार

    इटहरी गोल्डकपमा आज झापा ११ र मनाङबीच प्रतिस्पर्धा हुँदै

    आईतवार, माघ ७, २०७४ साल
    काठमाडौं, माघ ७ ।  सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज झापा ११ र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।  जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोलीबीचको खेल दिउसो इटहरी रंगशालमा हुनेछ । यस अघि हिजो भएको खेलमा ललितपुरको थ्रीस्टार क्लबले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  थ्रीस्टारले विभागीय टोली शसस्त्र प्रहरीको एपिएफलाई २–१ले..

    मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सम्पूर्ण तयारी पुरा

    शुक्रबार, माघ ५, २०७४ साल
    सुनसरी, माघ ५ ।  सुनसरीको इटहरीमा शनिबार (भोलि)देखि सुरु हुने प्रथम मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने्छिन् । भारत र भुटानका १ र १ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् । शनिबारको उद्घाटन खेलमा थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको..

    इलाम जिल्ला फुटबल संघको अधिवेशनमा तीन पूर्व खेलाडी सम्मानित

    शुक्रबार, माघ ५, २०७४ साल
    मंगलबारे, इलाम ५ माघ ।  जिल्ला फुटबल संघ इलामको छैटौं अधिवेशन तथा साधारणसभाको अवसरमा तीनजना पूर्व खेलाडीलाई सम्मान गरिएको छ ।  बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पूर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका–७ का राम खत्री तथा सूर्योदय नगरपालिकाका बालकृष्ण राईलाई सम्मान गरिएको हो ।  उनीहरुलाई पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङले सम्मान पत्रसहित खादा ओडाएर सम्मान गरेका  थिए ।  यसै, अवसरमा..

    फिफा वरियतामा नेपाल ६ स्थान सुधार गर्दै १ सय ६५ औं स्थानमा

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौं, माघ ४ ।  विश्व फुटबलकको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वर्षको पहिलो वरीयतामा नेपालले ६ स्थान सुधार गरेको छ। २०१८ जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १६५औँ स्थानमा उक्लेको हो। दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत ३ स्थान सुधार गर्दै १०२औँ स्थानमा उक्लेको छ। यसैगरी ५ स्थान सुधार गरेको माल्दिभ्स १५०औँ स्थानमा उक्लेको छ। एक स्थान..

    मोरङमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु

    बिहिवार, माघ ४, २०७४ साल
    मोरङ, माघ ४  बिहीबारदेखि विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपूर रंगशाला र जुट मिलमा रहेको कोर्टमा  प्रतियोगिता सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गरेका हुन् ।  प्रतियोगितामा पाँच विकास केन्द्र र दुई विभागीय  जनपथ र शसस्त्र प्रहरीका  खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८..

    कोपा डेल रेमा मेस्सी पेनाल्टीमा चुके, बार्सिलोना स्तब्ध

    बिहिवार, माघ ४, २०७४ साल
    एजेन्सी, माघ ४ ।  स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत् क्वार्टरफाइनलको पहिलो लेगको खेलमा उपाधि दाबेदार टोलीहरु बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित भएका छन् । बिहीबार बिहान सम्पन्न खेलमा बार्सिलोनालाई स्पानुयलले १–० ले स्तब्ध पारेको हो । स्पानुयलको मैदानमा भएको खेलमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो । ८८औं मिनेटमा घरेलु टोलीका लागि ओस्कार..

    एफए कप फुटबल प्रतियोगितामा आजराति चेल्सी र नर्वीच सिटीबीच प्रतिस्पर्धा हुँदै

    बुधबार, माघ ३, २०७४ साल
    काठमाडौं, माघ ३ ।  एफए कप फुटबल प्रतियोगिता अन्तर्गत आजराति चेल्सी र नर्वीच सिटीबीच प्रतिस्पर्धा हुँदै  छ । नर्वीच सिटीको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि आज राती रि प्ले हुन लागेको हो । यसअघि गएराति भएको खेलमा लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । पहिलो खेल बराबरीमा सकिएपछि दुबै टोलीले दोस्रो चरणमा भएको रि प्ले..

    पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी

    मंगलवार, माघ २, २०७४ साल
    काठमाडौं, माघ २ ।  पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको छ । २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डलाई जिताउन कोलिन डी ग्राण्डहोमले ७४, कोलिन मुनरोले ५६ र हेनरी निकोल्सले ५२ रन बनाए । न्युजिल्याण्डको हमिल्टनमा पहिले व्याटिङ गरेको पाकिस्तानले मोहम्मद हाफिजको ८१ रनको मद्धतमा २ सय ६२ रन बनाएको..

    मंगलबारदेखि मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुँदै

    सोमबार, माघ १, २०७४ साल
    मेलम्ची, १ माघ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।  ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो ।  मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगितामा देशभरबाट इच्छुक फुटबल टोलीले सहभागिता जनाउने कार्यक्रम संयोजक सुरेन श्रेष्ठले बताए । माघ ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि अहिलेसम्म..

    इङ्ग्लिस प्रिमियर लिगमा आज राति दुइ खेल हुँदै

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौं, पुस ३० ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति दुइ खेल हुँदैछ । आज राति हुने पहिलो खेलमा आर्सनलले बर्नमाउथको सामना गर्ने छ ।  आजै राति हुने दोस्रो खेलमा म्यान्चेस्टर सिटीले लिभरपुलसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । यसअघि गएराति भएको खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले पराजित गरेको छ ।  आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे..

    विभागीय टोली एपिएफ र आयोजक सुदूरपश्चिम बीच प्रतिस्पर्धा हुने

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौं, पौष ३० । कैलालीको धनगढीमा जारी दोस्रो सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक सुदूरपश्चिम र  विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ बीच प्रतिस्पर्धा हुँदै छ ।  खेल दिउँसो धनगढी रंगाशालामा सुरु हुनेछ । यी दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरिक्षत गर्ने दाउमा हुनेछ ।  यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी प्रतियोगिताको फाइनलमा..

    साफ यू–१५ गल्र्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली आज ढाका प्रस्थान गर्दै

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं, पौष २८ ।  बंगलादेशमा हुने साफ अण्डर १५ गल्र्स च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली आज आयोजना स्थल बंगलादेश प्रस्थान गर्दैछ ।  २३ खेलाडी सहितको नेपाली टोली आज अपरान्ह बंगलादेशको ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।  भारत, बंगलादेश, भुटान र नेपाल गरी ४ राष्ट्र सहभागी प्रतियोगीताको उद्घाटन खेलमा नेपालले आगामी आईतबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।  दोस्रो खेलमा..

    आज रुपन्देही ११ र मनाङ मस्र्याङदी क्लब बीच प्रतिस्पर्धा हुने

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं, पौष २८ ।  कैलालीको धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज रुपन्देही ११ र मनाङमस्र्याङदी  क्लब बीच प्रतिस्पर्धा हुँदै छ ।  प्रतियागिताको सेमिफाइनमा प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल दिउसो हुनेछ । यस अघि हिजो भएको खेलमा त्रिभुवन आर्मी सेमिफाइनमा प्रवेश गरेको छ ।  विभागीय टोली आर्मीले ललितपुरको थ्रीस्टार क्बललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम..

    तयार भयो हेटौँडामा राष्ट्रिय स्तरको क्रिकेट मैदान

    शुक्रबार, पौष २८, २०७४ साल
    हेटौँडा, २८ पुस ।  मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ ।    मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।     करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान..

    राष्ट्रिय महिला लिग फुटबलको उपाधि विभागीय टोली एपिएफद्वारा कब्जा

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौं, पौष २७ । राजधानीमा भएको राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।  सुपरलिग अन्तर्गत बिहीबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।  उपाधिसँगै एपीएफले २ लाख नगद पुरस्कार हात पारेको छ । एपिएफका लागि सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरिन् । सुपरलिगमा भएका तीन खेलमध्ये सबै..

    आज थ्रीस्टार र विभागीय टोली आर्मीबीच प्रतिस्पर्धा हुने

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौं, पौष २७ ।  कैलालीको धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज ललितपुरको थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुँदै छ ।  प्रतियागिताको सेमिफाइनमा प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल दिउसो हुनेछ । यस अघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनमा प्रवेश गरेको छ ।  विभागीय टोली एपीएफले सीमजी संकटा क्बललाई २–० ले..

    राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा पुलिस र सशस्त्र प्रहरी विजयी

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौं, पौष २५ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा आज नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् । एन्फा कम्पलेक्स सातदोबाटोमा भएका खेलमा पुलिसले सुदुरपश्चिमलाई १–० ले र एपीएफले आर्मीलाई २–१ ले हराएको हो । पुलिसलाई जिताउन एक मात्रै गोल रुपा थापा मगरले गरिन् । एपीएफको जितमा भने अनिता केसी र अनिता बस्नेतले गोल गरिन् । सुपरलिगमा..

    आज भुटानी क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौं, पौष २५ ।  कैलालीको धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आज ड्रकस्टार भुटार र अग्नि रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदै छ ।  प्रतियागिताको क्वाटरफाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल दिउसो हुनेछ । यस अघि हिजो भएको खेला थ्रीस्टार क्लब प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ ।  १४ महिना पछि खेल संसारमा पुनरागमन गरेको ललितपुरको थ्रीस्टार क्लबले रमपम झापा..

    आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

    मंगलवार, पौष २५, २०७४ साल
    पोखरा, २५ पुस : सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।  यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष..

    थ्रीस्टार धनगढीमा जारी खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पुस २४। १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराएर अन्तिम ८ मा पुगेको छ । थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले २ तथा मार्टिनले १ गोल गरे । झापाका लागि कर्ण लिम्बूले १ गोल फर्काए । थ्रीस्टार क्लबले १४ महिनापछि पहिलो प्रतियोगिता खेलेको हो..

    बाह्रौं दक्षिण एशियाली 'सेभेन–ए साइड' फुटबल प्रतियोगिता पुस २९ गतेदेखि पोखरामा हुने

    सोमबार, पौष २४, २०७४ साल
    पोखरा, २४ पुस : बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ ।  नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडी सहभागी हुने सो प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं नेपाल सेभेन–ए साइड फुटबल फेडरेसनका अध्यक्ष नवीन पुनले जानकारी दिए ।  उनका अनुसार पोखरा..

    जापानको टोक्योमा फेब्रुअरी ११ का दिन दोस्रो हिमालयन गोल्डकप हुँदै

    सोमबार, पौष २४, २०७४ साल
    टोक्यो, पौष २३ ।  ‘फुटबल फर फ्रेनसीप’ भन्ने नाराका साथ आगामी फेब्रुअरी महिनामा दोस्रो हिमालयन गोल्डकप फुटसल प्रतियोगिता हुने भएको छ ।  हाइजिमा युथ क्लबको आयोजनामा जापानको टोक्योमा हुने प्रतियोगिता यही फेब्रुअरी ११ तारीखमा सन्चालन गर्ने तयारी छ । प्रतियोगिताका लागि अहिले टीम दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।  प्रतियोगितामा सहभागिता जनाउन इच्छुक फुटबल क्लबले यही जनवरी ३१ तारीखसम्ममा टीम दर्ता गराउन  सक्ने क्लबका..

    कौटिन्हो बार्सिलोना जाने, आधिकारीक जानकारी आज दिइने

    आईतवार, पौष २३, २०७४ साल
    एजेन्सी, पौष २३ । इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्होले अब स्पेनिस क्लव बार्सिलोनाबाट खेल्ने भएका छन् ।  बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको हो । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर आज सम्ममा आधिकारिक हुनेछ । सम्झौताका लागि कौटिन्हो गएराती नै बार्सिलोना पुगेको बताइएको छ । बार्सिलोनाका अर्का ब्राजिलियन खेलाडि नेयमार गत अगष्टमा..

    पुर्वान्चालको ईटहरीमा राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु हुदै

    आईतवार, पौष २३, २०७४ साल
    इटहरी, २३ पुस ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गरेका छन् ।  नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसहित १८७ एथलेटिक्स खेलाडीको प्रतियोगितामा सहभागिता छ..

    आज सिएमजी संकटा र धरान बीच प्रतिस्पर्धा हुने

    आईतवार, पौष २३, २०७४ साल
    काठमाडौं पौष २३ ।  कैलालीको धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज सिएमजी संकटा क्लब काठमाडौं र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।  प्रतियोगितामा क्वाटरफाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यि दुइ टोलीबीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विभागीय टोली एपीएफ क्वाटरफाइनमा प्रवेश गरेको छ ।   पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले..

    कन्चनपुरको भीमदत्तमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

    शुक्रबार, पौष २१, २०७४ साल
    भीमदत्तनगर, पुस  २१। कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ ।  कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ ।  खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ । प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख खर्च हुने अध्यक्ष पाण्डेयले..

    आइसिसी विश्व लिग क्रिकेटका लागि २१ सदस्यीय खेलाडी टोली छनोट

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस : नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ ।  फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो ।  छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी,..

    राष्ट्रिय लिग महिला फुटबलमा विभागीय टोली पुलिस र मध्यमाञ्चल विजयी

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौं, पुस १८ ।  राजधानीमा जारी राष्ट्रिय लिग महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र मध्यमाञ्चल विकास क्षेत्र विजयी भएका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई २–१ ले पराजित र्गयो । मंगलबारै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चल विकास क्षेत्रलाई ४–० ले हरायो । खेलमा मध्यमाञ्चलका लागि सविता मगरले दुई तथा रश्मीकुमारी घिसिङ र मेनुका नगरकोटीले..

    प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी

    आईतवार, पौष १६, २०७४ साल
    एजेन्सी ।  जारी प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेका छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाहले दुई गोल गरे । खेलको तेस्रो मिनेटमै लेस्टर सिटीका जेमि भार्डिले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । उनले खेलको ५२ औं तथा ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यी गोल प्रिमियर लिगमा उनको १६ औं र १७..

    इपिएल क्रिकेट : फाइनलमा विराटनगर र भैरहवा भिड्ने

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस । सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली विराटनगर वारियर्स र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच हुने सो खेल हुँदै छ ।  विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ्, जुन नेपाली क्रिकेट इतिहासमा नै सर्वाधिक पुरस्कार..
    Results 1912: You are at page 59 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast