सोमबार, असोज ६, २०७६

    खेल संसार

    ट्वेन्टी–२० महिला विश्वकप : नेपाल युएईसँग ५ रनले पराजित

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौं, मंसिर ७ ।  थाइल्याण्डको बैंककमा जारी ट्वेन्टी–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । एसिया क्षेत्रको छनोट प्रतियोगिता अन्तर्गत् बिहीबार भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो । खेलमा युएईले प्रस्तुत् गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धा्रित् २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमात्र जोड्न सक्यो । योसँगै..

    आइसिसी महिला विश्वकमा नेपाल युएईसँग पाँच रनले पराजित

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौँ, ७ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।  बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो ।  टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी रनको लक्ष्य पाएको नेपाल २० ओभरमा..

    मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिस बिजयी

    बिहिवार, मंसिर ७, २०७४ साल
    पर्वत, मंसिर ७  ।  तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको बुधबारको  उद्घाटन खेलमा कोलकाताको सुभाषचन्द्र ब्वाइज क्लबलाई नेपाल पुलिस क्लबले ४–० गोलले पराजित गरेको छ ।  १०औं  मिनेटमा पुलिसका फरवार्ड तीर्थ रानाले गोल गर्दै पुलिसलाई खेलमा अग्रता दिलाएका थिए । रानाले फेरी  १७ आंै मिनेटमा गोल गरे अनि पुलिसलाई २–० को अग्रता दिलाए । खेलको २४ औं मिनेटमा रवि पासवानको क्रसमा भोला सिलवालले उत्कृष्ट..

    मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको तेस्रो संस्करण आजबाट शुरु

    बुधबार, मंसिर ६, २०७४ साल
    काँकडभिट्टा, ६ मंसिर । मोफसलकै सर्वाधिक राशिको ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’को तेस्रो संस्करण आजबाट शुरु भएको छ ।  काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको सो प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् ।  मेची नेत्रालय मुख्य प्रायोजक, मेची बस व्यवसायी संघ र नरेन्द्र मेचे सहप्रायोजक रहेको उक्त प्रतियोगितामा विजेतालाई रु आठ लाख एक हजार र उपविजेतालाई रु चार लाख एक..

    विश्वकप टी–२० महिला छनोट : नेपाले आज हङकङसँग पनि अंक बाड्यो

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं, मंसिर ५ ।  थाइल्याण्डको बैंककमा जारी ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटको एशियाली छनौटमा नेपालले आज हङकङसँग पनि अंक बाँडेको छ ।  बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् । वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा  हिजो घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो ।  ६ टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ ।..

    आज सताक्षीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङदी क्लब बीच प्रतिस्पर्धा हुदै

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं  मंसिर ५ ।  झापाको शिव सताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल अन्तर्गत आयोजक सताक्षीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङदी क्लब बीच प्रतिस्पर्धा हुदै छ ।  फाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोलीको खेल दिउँसो हुने छ । यस अघि हिजो भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ ।  आर्मीले झापा ११ लाई..

    चन्द्रागिरी गोल्डकपमा आज उपाधि भिडन्त हुदै

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौं मंसिर ५ ।  राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज फ्रेन्ड्स क्लबले हिमालयन शेर्पाको सामना गर्दै छ ।  उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल नैकाप स्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा दिउँसो २ बजे पछि सुरु हुने छ ।  प्रतियोगितामा ललितपुरको एनआइबिएल फ्रेन्ड्स क्लबले सीएमजी संकटा क्लबलाई..

    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर दोस्रो साता गर्ने तयारी

    मंगलवार, मंसिर ५, २०७४ साल
    मंसिर ५, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मंसिर दोस्रो साता आयोजना गर्ने तयारी गरेको छ । असोजमा जिल्ला स्तरीय र मंसिर पहिलो साता क्षेत्रीय प्रतियोगिता गर्ने राखेपले जनाएको छ । प्रतियोगिताको मिति भने अब बस्ने परिषद्को बोर्ड बैठकले निर्णय गर्ने राखेप सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए । राष्ट्रिय प्रतियोगिता तयारीबारे जानकारी दिन नेपालगन्जमा सोमबार आयोजित पत्रकार..

    दोस्रो सताक्षी गोल्डकपमा आज झापा ११ र आर्मी बीच प्रतिस्पर्धा हुदै

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौं मंसिर ४ ।  झापाको शिव सताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा सोमबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदै छ । सोमबार दिउसो हुने पहिलो सेमिफाइनल खेलमा झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुदै छ । पोखरा ११ लाई हराउँदैै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो भने आर्मीले सशस्त्र प्रहरीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।  यस अघि..

    त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौँ, ४ मंसिर ।  नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज(नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ ।  गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ ।  नेपालमा खेलकुद पर्यटनको..

    चन्द्रागिरी गोल्डकपमा आज हिमालयन शेर्पा र आर्मी बीच प्रतिस्पर्धा हुदै

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौं मंसिर ३ ।  राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा आइतबार दोस्रो सेमिफाइन अन्तर्गत हिमालयन शेर्पा र विभागीय टोली त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुदै छ ।  फाइनल प्रवेश गर्ने दाउका साथ उत्रने यी दुइ टोली बीचको खेल नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा दिउँसो हुने छ ।  यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लबलाई १–० ले स्तब्ध पार्दै ललितपुरको एनआइबिएल फ्रेन्ड्स क्लब..

    नेपाललाई स्वर्ण पदक

    शनिबार, मंसिर २, २०७४ साल
    काठमाडौँ, २ मंसिर  अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।  त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ..

    चन्द्रागिरी गोल्डकपमा आज हिमालयन शेर्पाले एपिएफको सामना गर्दै

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौं मंसिर १ । राजधानीमा  जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार  हिमालयन शेर्पा क्लबले विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्दै छ ।  जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल नैकापको खेल मैदानमा दिउँसो हुनेछ ।  यस अघि हिजो भएको खेला संकटा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले विभागीय टोली नेपाल पुलिसलाई २–०ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको..

    फेरी टुट्यो सपना, नेपाल सेमिफाइनलबाटै बाहिरियो

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौं, १ मंसिर  । नेपाल अफगानिस्तानसँग ७ विकेटले हार्दै एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । समूह चरणमा भारतलाई हराएको नेपालले बंगलादेशसँग भने त्यति राम्रो प्रदर्शन गरेको थिएन। टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जोड्दा अलआउट भएर दिएको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टायो । खेल केहि बेर वर्षाका कारण रोकिन पुगेको थियो, वर्षा रोकिएपछि  खेल सुरु..

    एसिसी यु–१९ : अफगानिस्तानसामु नेपालद्वारा १ सय ४ रनको लक्ष्य प्रस्तुत

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौं । एसिसी यु–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले निकै बलियो मानिएको आफ्नो प्रतिद्वन्द्वी अफगानिस्तानसामु जम्मा १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै जम्मा १०३ रन मात्रै बनायो ।  नेपालका तर्फबाट अनिलकुमार साहले अर्धसतक प्रहार गरे भने अन्य कुनै पनि व्याट्सम्यान चल्न सकेनन् । जम्मा ५७ बल खेलेका अनिलले उनले..

    सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग भिड्ने

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौँ, ३० कार्तिक ।  एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ ।  मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् ।  समूह ‘ए’ मा..

    रुसमा हुन लागेको विश्वकप २०१८ मा सहभागी हुने ३२ भाग्यशाली टोली

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौं, कात्तिक ३०। आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । अन्तरमहादेशीय प्ले–अफ अन्तर्गत बिहीबार बिहान भएको खेलमा पेरुले न्युजिल्याण्डलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि आयोजक रुससहित विश्वकपमा सहभागी हुने ३२ टिमको टुंगो लागेको हो ।  यसरी छनौट हुनेमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । इजिप्ट, नाइजेरिया, इरान,..

    रुसमा हुने विश्वकप छनोटको अन्तिम खेल आज हुदै

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौ ३० कार्तिक ।  रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलका लागि अन्तिम छनोट खेल आज हुदैछ । अन्तिम छनोट खेलमा पेरु र न्यूजिल्याण्ड भिड्दैछन् । पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तरमहादेशीय प्ले अफ्को पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । गएराति भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएको छ..

    रियल मड्रिड छोड्ने रोनाल्डोको चाहाना

    बुधबार, कार्तिक २९, २०७४ साल
    एजेन्सी, कात्तिक २९। फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेको बताइएको छ । रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफूले यो सिजनको अन्त्यसँगै क्लब छोड्न चाहेको स्पेनिस सञ्चार माध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका द सनले जनाएको हो । तर सार्वजनिक रुपमा भने रोनाल्डोले आफू रियल मड्रिडमा खुशी रहेको बताउने गरेका छन् । तर स्पेनिस टेलिभिजन एल चिरिन्गुइतोमा काम..

    यु १९ एसिया कप : नेपाल सेमिफाइनलमा, भारत बाहिरियो

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौं, कात्तिक २८। मलेसियामा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको छ ।  समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।    मंगलबार..

    नेपालले आज फिलिपिन्सको सामना गर्दै

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौ २८ कार्तिक ।   राजधानीमा जारी एएफसी एसिया कप छनोट फुटबलमा नेपालले मङगलबार फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ  । खेल ललितपूरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ ।  खेलबाट अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय टिमबाट पुन खेल्दैछन् । चाँडै नै संन्यास लिने तयारीमा रहेका अनिल गुरुङ पनि टीममा समेटिएका छन् । अनिलले फिलिपिन्सको खेलसँगै अन्तर्रा्ष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने बताइसकेका छन्..

    यू–१९ एसिया कप : नेपालद्वारा मलेसिया ८ विकेटले स्तब्ध

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौं, कात्तिक २८। मलेसियामा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा दुई विकेट जाँदा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए ।  यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६..

    यु – १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

    आईतवार, कार्तिक २६, २०७४ साल
    काठमाडौं, कात्तिक २६। मलेसियामा जारी यू १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई पराजित गरेको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।  १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित..

    नेइमारले देखाए फेरि बार्सिलोनामा फर्कने इच्छा

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    एजेन्सी, कात्तिक २४। विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमार जुनियरले आफू बार्सिलोनामा फर्कन तयार रहेको बताएका छन् । केही दिन अघि फ्रेन्च लिगमा एक खेल प्रतिबन्धमा परेका नेइमार बार्सिलोना गएका थिए ।बार्सिलोना गएका बेला मेस्सी, स्वारेज र पिकेलाई भेटेका नेइमारले बार्सिलोना फुटबल क्लबका अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरे पनि खेलाडीको भने आलोचना गरेका छैनन् ।  नेइमारले मेस्सी, स्वारेज र पिकेलाई भेट्दै ‘के तिमीहरु..

    एसीसी यू १९ एसिया कपमा अफगानिस्तान र श्रीलंकाद्वारा विजयी शुरुवात

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौं, कार्तिक २४ ।  मलेसियामा आजबाट शुरु भएको एसीसी यू १९ एसिया कपमा अफगानिस्तान र श्रीलंकाले विजयी शुरुवात गरेका छन्। समूह बी अन्तर्गत आज विहान भएको खेलमा अफगानिस्ताले पाकिस्तानलाई तथा श्रीलंकाले युएईलाई समान ७ विकेटले पराजित गरेका हुन् । केही समय अघि मात्र टेष्ट मान्यता पाएको अफगानिस्तानले पाकिस्तानलाई ५७ रनमा अलआउट गरेको हो । पाकिस्तानी इनिङ्स ध्वस्त बनाउन अफगानिस्तानका मुजिव उर रहेमानले घातक..

    राइनो गोल्डकपमा संकटा क्लब र विभागीय एपीएफबीच प्रतिस्पर्धा हुँदै

    बिहिवार, कार्तिक २३, २०७४ साल
    नवलपरासी कार्तिक २३ । नवलपरासीमा जारी दोस्रो राइनो गोल्डकप फुटबलको उपाधिका लागि आज संकटा क्लब र विभागीय टोेली एपीएफ बीच प्रतिस्पर्धा हुदै छ ।  उपाधी भिडन्त कोल्हुवास्थित स्थानीय खेल मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ । पहिलो सेमिफाईनलमा ब्वाईज युनियनलाई २–० ले हराउँदै संकटाले उपाधी यात्रा तय गरेको हो ।  एपिएफले भने दोस्रो सेमिफाईनलमा कास्की ११ लाई ३–० ले हराउँदै संकटासँगको भेट पक्का गरेको..

    विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि २६ सदस्यीय टोलीको घोषणा

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौं, कात्तिक २२ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ ।  अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो ।   मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई..

    यु १९ एसिया कप छनौट चरणबाट बाहिरियो, ओमनसँग ५–० ले पराजित

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौं, कात्तिक २२। यू १९ एशिया कप फुटबल छनौट चरणको सबै खेलमा नेपाल पराजित भएको छ । नेपाल छनोट चरणको अन्तिम खेलमा पनि बुधबार ओमनसँग पराजित भएको हो ।  किर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । पहिलो हाफमा तीन गोल खाएको नेपालले दोश्रो हाफमा थप दुई गोल खाएको थियो ।    नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले..

    एसिसी एसियाकपका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौ २१ कार्तिक ।  एसीसी एसियाकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली यू १९ टोली मङगलबार मलेसिया जाँदैछ । आगामी नोभेम्बर ११ देखि २० सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली मङगलबार राति त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।   १५ खेलाडी र ५ अफिसियलसहितको टोली राती ११ बजेर ५५ मिनेटमा काठमाण्डौबाट मलेसियाका लागि प्रस्थान गर्ने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी..

    भारत र न्युजिल्याण्डबीचको तेस्रो तथा निर्णायक ट्वान्टी–ट्वान्टी क्रिकेट आज हुँदै

    मंगलवार, कार्तिक २१, २०७४ साल
    एजेन्सी, कार्तिक २१। भारत र न्युजिल्याण्डबीचको तेस्रो तथा निर्णायक ट्वान्टी २० क्रिकेट मङगलबार हुँदैछ । खेल केलरास्थित ग्रीनफिल्ड अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती सवा ७ बजे सुरु हुनेछ । तीन म्याचको सिरिज १–१ को बराबरीमा रहेकाले दुबै टोली सिरिज कब्जा गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रृंखला अन्र्तगत पहिलो म्याच घरेलु टोलीले जितेको थियो भने दोस्रो खेलमा भ्रमणकारी टोली बिजयी हुँदै सिरिजमा..
    Results 1569: You are at page 51 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast