खेल संसार
सोमबार, फागुन १४, २०७४ साल

एजेन्सी , १४ फागुन।
इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा साबिकको बिजेता चेल्सीलाई हराउँदै युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ ले हराएको हो।
ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो। खेलको ३२ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३९ औं युनाइटेडका..
सोमबार, फागुन १४, २०७४ साल

एजेन्सी , १४ फागुन।
आइतबार राति भएको फाइनलमा आर्सनललाई ३–० ले हराउँदै म्यानचेस्टर सिटीले इंग्लिश फुटबल लिग कप (काराबाओ) फुटबलको उपाधि जितेको छ।
सिटीलाई उपाधि दिलाउन सिटीका मुख्य खेलाडीहरु सर्जियो अग्यूरो, भिसेन्ट कोम्पानी र डेभिड सिल्भाले समान एक-एक गोल गरे। यो उपाधी सिटीले यो सिजनको पहिलो उपाधि हो । प्रिमियर लिगको उपाधि होड बलियो बनाएको सिटीले यो पाँचौ पटक काराबाओ कपको उपाधि..
आईतवार, फागुन १३, २०७४ साल

काठमाडौँ , १३ फागुन
बिगत केही दिन देखि भारतिय च्यानल स्टार स्पोर्ट्सले पनि बिश्वकप छनोट लाईभ दिने भनेर बिज्ञापन बजाईरहेको छ । यतिबेला नेपाली क्रिकेट फ्यानहरुको चासोको बिषय पनि नेपालको आगामी बिश्वकप छनोटको खेलहरु प्रत्यक्ष टेलिभिजनमा हेर्न पाईन्छ वा पाईदैन भन्ने रहेको छ । उक्त बिज्ञापन हेरेपछि नेपालको खेल हेर्न पाईनेभैयो भनेर धेरैजान खुसि भएको देखिन्छ । तर के वास्तबमै नेपालको..
आईतवार, फागुन १३, २०७४ साल

एजेन्सी , १३ फागुन
तेस्रो तथा अन्तिम टि २० म्याचमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। उसका लागि शिखर धवनले ४० बलमा ४७ रनको पारी खेले भने सुरेश रैनाले २७ बलमा पाँच चौका र एक छक्कासहित ४३ रन बनाए।
खेलमा नियमित कप्तान विराट कोहलीलाई आराम..
शनिबार, फागुन १२, २०७४ साल

काठमाडौँ, १२ फागुन :
नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्मान गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्वघोषित कार्यक्रमअनुसार उनले राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सम्मान स्वरुप जनही रु तीन लाखको चेक हस्तान्तरण गरे ।
प्रधानमन्त्री ओलीले यस किसिमको सम्मानले..
शुक्रबार, फागुन ११, २०७४ साल

काठमाडौँ , ११ फागुन ।
धनगढी प्रिमियर लिग ( डिपिएल ) को अक्सन अनुसार सन्दिप लामिछाने कुनै पनि टिममा परेनन् । आखिर किन बिकेनन् त धनगढी प्रिमियर लिगको अक्शनमा सन्दिप ? के सन्दिपले डिपिएल खेल्दैनन् त ? किर्केट प्रेमी सबैजना आश्चर्यमा परे आखिर किन उन्लाई कुनै टिमले पनि लिएनन् त ? तर वास्तविकता भने अर्कै छ ।
इन्डियन प्रमियर लिग ( आईपिएल..
शुक्रबार, फागुन ११, २०७४ साल

एजेन्सी , ११ फागुन ।
यूइएफए यूरोपा लिगअन्तर्गत एथ्लेटिको बिल्बाओ र स्पार्टाक मस्कोबीचको खेलपुर्व ठुलो दंगा भएको छ जहाँ झडपमा परी एक प्रहरी अधिकृतको मृत्यु भएको हो । त्यही दंगा नियन्त्रण गर्ने क्रममा प्रहरी अधिकृतलाई हृदयघात भएको थियो। हृदयघातका कारणले उनको मृत्यु भएको हो। सान मामेजमा भएको खेलपूर्व दुवै टोलीका समर्थकबीच हुलदंगा भएको थियो। पाँच जना दंगाकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिल्बाओको..
शुक्रबार, फागुन ११, २०७४ साल

काठमाडौं, ११ फागुन ।
अन्तिम १६ मा प्रवेशका लागि बिहीबार राति भएको दोस्रो लेगमा पराजित भए पनि आर्सनल युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको छ । समग्रमा जित निकाल्न सफल हुँदै आर्सनल प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार राति भएको खेलमा स्वीडिस क्लब अस्टरसन्डसँग २–१ गोल अन्तरले पराजित भए पनि आर्सनलले समग्रमा ४–२ गोल अन्तरको जित निकालेको हो । अघिल्लो साता..
शुक्रबार, फागुन ११, २०७४ साल

काठमाडौँ, ११ फागुन :
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ ।
बैंकद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सानिमा विकास बैंकद्वारा बिहीबार आयोजित कार्यक्रमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गर्दै कलाकारद्वय..
बिहिवार, फागुन १०, २०७४ साल

काठमाडौँ , १० फागुन ।
युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभियाले बराबरी खेलेका छन् । बुधबार राति भएको पहिलो लेगमा सेभिया र युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् । सेभियाको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । सेभियाको केहि उत्कृष्ट प्रहार युनाइटेडका गोलरक्षक डेभिड डी गियाले बचाएका थिए..
बिहिवार, फागुन १०, २०७४ साल

काठमाडौँ , १० फागुन ।
दक्षिण अफ्रिकाले सेन्चुरियनमा भएको दोस्रो टी-२० म्याचमा भारतलाई ६ विकेटले हराउँदै शृंखला बराबरीमा ल्याएको छ । दक्षिण अफ्रिकाको यो जीतसँगै तीन खेलको सीरीज १-१ को बराबरीमा पुगेको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८८ रन बनायो। भारतका लागि मनिष पाण्डे र महेन्द्र सिंह धोनीले विष्फोटक ब्याटिङ गर्दै ४ विकेट गुमाउंदै..
बुधबार, फागुन ९, २०७४ साल

मकवानपुर, फागुन ९ ।
विभागीय टोली नेपाल आर्मी हेटौंडामा जारी सुमन भोमजन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
हेटौंडामा बुधबार भएको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लवलाई १–० ले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको छ । खेल अवधीभर मनाङले आर्मीलाई दवावमा राखे पनि ८९ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई उपाधि नजिक र्पुयाएका हुन् ।
आर्मीले उपाधिको लागि बुधबार..
बिहिवार, फागुन १०, २०७४ साल

काठमाडौं, फागुन ९ ।
धनगढीमा हुने धनगढी प्रिमियर लिगका लागि खेलाडी अक्सन भर्खरै सम्पन्न भएको छ जसमा केहि सोचेका खेलाडीमाथि बोली नलाग्दा केहि नया खेलाडीले राम्रो रकम पाए । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको अक्सन (बोलकबोल) मा ६ टिमका लागि ७२ खेलाडीको भाउ लागेको छ। अक्सनमा राष्ट्रिय टिमका खेलाडी बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन महङगा..
बुधबार, फागुन ९, २०७४ साल

काठमाडौं, ९ फागुन ।
स्टार क्रिकेटर विराट कोहलीलाई भेट्न अनुष्का शर्मा दक्षिण अफ्रिका पुगेकी छन् । उनी पछिल्लो एक महिना देखि उन्को आगामी फिल्म ‘सूई धागा’ को सुटिङमा ब्यस्थ थिइन् जस्ले गर्दा कोहलीसंग खासै भेटघाट भएको थिएन । सुटिङबाट फुर्सद मिले लगत्तै उनी विराटलाई भेट्न दक्षिण अफ्रिका पुगेकी हुन् ।
विराट एक महिना देखि दक्षिण अफ्रिकामा क्रिकेट खेलिरहेका छन् । विराटले..
बुधबार, फागुन ९, २०७४ साल

एजेन्सी, फागुन ९ ।
लेग स्पिनर राशिद खानको अलराउण्ड प्रदर्शनसंगै जिम्बाम्बेसँगको अन्तिम एक दिवसीय खेलमा अफगानिस्तानले सानदार जित दर्ता गरेको छ । सोमबार शारजहामा भएको अन्तिम एक दिवसीयमा अफगानिस्तानले जिम्बाम्बेलाई १४६ रनले हरायो। यो विजय पछि अफगानिस्तानले ४-१ले सिरिज आफ्नो पक्षमा पारेको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ९ विकेट गुमाएर २४१ रन बनाएको थियो। जवाफी ब्याटिङ..
बुधबार, फागुन ९, २०७४ साल

काठमाडौ, फागुन ९ ।
हेटौंडामा जारी सुमन बोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरण्का खेलहरु सुरु हुँदै छ ।
आज हुने पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लब र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जित हात पार्दै फाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोलबीचको खेल अपरान्न ३ बजेपछि हेटौंडास्थित फरेष्ट्री खेल मैदानमा सुरु हुनेछ ।
यसअघि हिजो..
बुधबार, फागुन ९, २०७४ साल

एजेन्सी, फागुन ९ ।
च्याम्यिन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लीस क्लब चेल्सीबीचको खेल बराबरीमा सकिएको छ ।
युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरण अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सालाई घरेलु टोली चेल्सीले १–१ गोलको बराबरीमा रोकेको हो । खेलको ६२ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर खेलको ७५ औँ मिनेटमा बार्साका लागि..
बुधबार, फागुन ९, २०७४ साल

पोखरा, ९ फागुन ।
प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको..
बुधबार, फागुन ९, २०७४ साल

इटहरी, ९ फागुन ।
‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि गर्न लागिएको बताए ।
देशका..
बुधबार, फागुन ९, २०७४ साल

खजुरा, बाँके, ९ फागुन ।
विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ ।
आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नारा र मस्कट..
बुधबार, फागुन ९, २०७४ साल

बागलुङ, ९ फागुन :
राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा स्वागत तथा सम्मान गरिएको छ ।
बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित भएका हुन् ।
बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा..
सोमबार, फागुन ७, २०७४ साल

काठमाडौं, फागनु ७ ।
विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३÷३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक(एक लाख रुपैयाँ थप्ने भएको छ ।
क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३÷३ लाख दिने बताए ।
यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक..
सोमबार, फागुन ७, २०७४ साल

काठमाडौँ, ७ फागुन :
जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।
घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित..
सोमबार, फागुन ७, २०७४ साल

काठमाडौँ , ७ फागुन ।
वान डे वर्ल्ड कप क्वालिफायरका खेलहरु आउदो मार्च ४ बाट जिम्वावेमा सुरु हुँदै छ । वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने १० टोलीले आ-आफ्नो टोलीको घोसणा गरेका छन् । दस टिमहरु मध्ये नेपाल सबैभन्दा युवा टोली बनेको छ । नेपाली टोलीको १५ सदस्यीय टोलीको घोसणा गरिएको छ जसको कप्तानी पारस खड्काले गर्ने छन् । नेपाली टोलीको औषत..
सोमबार, फागुन ७, २०७४ साल

काठमाडौँ , ७ फागुन ।
ब्राजिल फुटबल दुनियाँको एक उर्बर भुमि मानिन्छ । यहाँ विश्व जगतका प्रख्यात हस्तीहरुको जन्म भएको छ । तर हिजो भएको एक खेलमा अनौठो घटना भयो । ब्राजिलमा एउटै फुटबल खेलमा रेफ्रीले १० वटा रातो कार्ड र ८ वटा पहेलो कार्ड देखाएका छन्।
ब्राजिलको बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताकामा बाहिया र भिटोरिया क्लबबीचको खेलमा रेफ्रिले कार्डको वर्षा नै गरे..
सोमबार, फागुन ७, २०७४ साल

खोटाङ, ७ फागुन ।
वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ ।
नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्न लागिएको..
सोमबार, फागुन ७, २०७४ साल

काठमाडौँ , ७ फागुन ।
भारतले पहिलो टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ । पहिले टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। दक्षिण अफ्रिकी भूमिमा भारतले टी–२० मा पहिलो पटक २०० रन पुरा गर्ने क्रममा भारतका लागि शिखर धवनले ७२ रन , मनिश पाण्डेले २९ तथा कप्तान विराट कोहलीले २६ रन बनाएका..
आईतवार, फागुन ६, २०७४ साल

काठमाडौ ६ फागुन ।
पिएसजी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग ३–१ ले पराजित भएलगतै धेरै टिकाटिप्पणीहरु भएका थिए । धेरै विश्लेषकहरुले पिएसजीको आलोचना गरेका थिए । तर च्याम्पियन्स लिगको उक्त लयलाई भने पिएसजीले घरेलु लिगमा देखाएको छैन । सनिबार राती भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु लिगमा जितलाई निरन्तरता दिएको छ। फ्रेन्च लिग वान फुटबल..
आईतवार, फागुन ६, २०७४ साल

काठमाडौ ६ फागुन ।
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पाँचौ चरणको खेलमा हडर्स्फिल्ड टाउनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो। हडर्स्फिल्ड टाउनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन रोमेरो लुकाकुले दुई गोल गरेका थिए ।
खेलको पहिलो हाफको तेस्रो मिनेटमै गोल गर्दै लुकाकुले युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसैगरी पहिलो..
आईतवार, फागुन ६, २०७४ साल

काठमाडौ ६ फागुन ।
आईबारलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । गएराति भएको खेलमा बार्साले आईबारलाई उसैको मैदानमा २–० ले पराजित गरेको हो । बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले एक एक गोल गरे ।
जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान..
Results 1744: You are at page 49 of 59