बिहिवार, असोज ३०, २०७६

    खेल संसार

    दक्षिण कोरियामा आजबाट शीतकालिन ओलम्पिक शुरु हुँदै, हिउँमा खेलिने १५ खेल समावेश

    शुक्रबार, माघ २६, २०७४ साल
    एजेन्सी, माघ २६ ।  शीतकालिन ओलम्पिक खेलकुदको २३ औं संस्करण दक्षिण कोरियाको प्योङचाङ शहरमा आज शुरु हुँदैछ । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न १५ खेल समावेश गरिएको छ । विश्वभरका झण्डै ३ हजार खेलाडीले १०२ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्नेछन् । शीतकालिन ओलम्पिकको यो संस्करण संसारमा असहलेसम्मकै चिसो ओलम्पिक बन्ने मौसम पूर्वानुमानहरुले देखाएका छन् । अल्पेन्सीयाको एउटा छानो नभएको रंगशालामा हुने..

    नेपालले आज ओमानको सामना गर्दै, नेपाल दोस्रो जितको खोजीमा

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौं, माघ २६ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ओमनको सामना गर्नेछ । नामिबियामा जारी प्रतियोगितामा नेपाल लागातार दोस्रो जितको खोजीमा छ ।  नेपाल र ओमनबीचको खेल दिउसो सवा १ बजे पछि सुरु हुनेछ । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो । ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले हारेको थियो । नामिबियाको..

    नामिबिया विरुद्ध नेपालको 'रोमाञ्चक' जीत, बसन्त रेग्मी बने ‘नायक’

    शुक्रबार, माघ २६, २०७४ साल
    काठमाडौं, माघ २६ ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आयोजक राष्ट्र नामिबिया बिरुद्ध रोमाञ्चक जीत निकाल्दै विजयी सुरूवात गरेको छ । यसअघि पहिले व्याटिङमा उत्रिएको घरेलु टोली नामिबियाले नेपालका सामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  नामिबियाले दिएको सो लक्ष्यलाई नेपालले ४९.३ ओभरमा पुरा गर्दै प्रतियोगितामा विजयी सुरूवात गरेको हो । खेलको सुरुवातबाटै धराशायी बनेको नेपालको ब्याटिङलाई..

    नेपाललाई छैटौ झड्का, करन केसी ३ रन बनाएर आउट

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ । सुरूमै विकेट गुमाएको नेपालले अहिलेसम्म ६ वटा विकेट गुमाईसकेको छ  । अन्तिम विकेटको रुपमा करन केसी व्यक्तिगत ३ रन बनाउदै पेभिलियन फर्किएका छन् ।  २५ ओभर खेल भईसक्दा  नेपाली टिमको ५७ रन  भएको छ र ६ विकेट गुमाईसकेको छ..

    नेपाललाई पाचौ झड्का , दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट

    बिहिवार, माघ २५, २०७४ साल
      काठमाडौँ, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ । सुरूमै विकेट गुमाएको नेपालले अहिलेसम्म ५ विकेट गुमाईसकेको छ  । २० ओभर खेल भईसक्दा  नेपाली टिमले ५० रन  भएको छ र ५ विकेट गुमाईसकेको छ  । त्यसैगरि नेपालले १३.४ ओभरमा तेस्रो विकेटको रुपमा आरिफ शेखलाई सुन्यमै गुमाएको थियो  ।    नेपाली टिमले..

    नेपालको दोस्रो विकेट झर्यो, कप्तान पारस खड्का आउट

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ। सुरूमै विकेट गुमाएको नेपालले १२ औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको छ। ३५ बल खेलेका खड्काले १९ रन बनाएका थिए। विलियम्सको बलबाट आउट हुनअघि उनले २ चौका प्रहार गरेका थिए। यसअघि दोस्रो ओभरको पहिलो बलमा ओपनर..

    कोहलीले फेरी तोडे किर्तिमान, भारतको जीत

    बिहिवार, माघ २५, २०७४ साल
    भारतिय कप्तान विराट कोहलीको ३४ औँ शतकको मद्दतले एकदिवसीय शृंखलाको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई १२४ रनको विशाल अन्तरले पराजित गरेको छ । कोहलीले अविजित रहँदै १ सय ६० रन बनाउँदा भारतले पहिलो ब्याटिङ गर्दै ३ सय ३ रन बनाएको थियो । भारतले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३०३ रन बनाएको थियो। १ सय ५९ बलको सामना गर्दै..

    म्याक्सवेलको अलराउण्ड प्रदर्शन, अष्ट्रेलियाको इंग्ल्याण्डमाथी ५ विकेटको जित

    बिहिवार, माघ २५, २०७४ साल
      ग्लेन म्याक्सवेलको शानदार अलराउण्ड प्रदर्शनको मदतमा अष्ट्रेलियाले त्रिदेशीय सिरिज अन्तरगत इंग्ल्याण्डमाथि ५ विकेटको जित हात पारेको छ । त्रिकोकाणत्मक टी–२० शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य अस्ट्रेलियाले मात्र १८.३ ओभरमा सफलतापूर्वक पछ्यायो । शृंखलामा अस्ट्रेलियाको यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डमाथि जित हात पारेको थियो । खेलमा..

    नामिबिया १३८ मै अलआउट,

    बिहिवार, माघ २५, २०७४ साल
    आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नामिबियाले नेपालसामू १३९ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ । विन्डहोकमा सुरुमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोली नामिबियालाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो । उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको..

    बुढासुब्बामा आज थ्रीस्टार र भारतको दुर्गापुर स्टील क्लबबीच प्रतिस्पर्धा हुँदै

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौं, माघ २५ ।  सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा दोस्रो सेमिफाइनल अन्तर्गत आज ललितपुरको थ्रीस्टार क्लब र भारतको दुर्गापुर स्टील क्लबबीच प्रतिस्पर्धा हुँदै  छ ।   प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुई टोलीबीचको खेल धरान रंगशालामा अपरान्ह ३ बजे पछि हुनेछ ।  यस अघि हिजो भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको..

    आइटीएफ जुनियर (यु–१८) टेनिस प्रतियोगिता नेपालको चुनौती समाप्त

    बिहिवार, माघ २५, २०७४ साल
      काठमाडौँ, २४ माघ  नेपाल आइटीएफ जुनियर अठार वर्षमुनि (यु–१८)  टेनिस  प्रतियोगिताको  सर्किट–१ मा  नेपालको चुनौती आज समाप्त भएको छ ।  सिंगल्स र डबल्स दुवै स्पर्धामा पराजित भएपछि नेपाली खेलाडीको चुनौती समाप्त भएको हो । पुरुष एकलमा भारतका जैशविन सिडानाले नेपालका प्रणव खनाललाई ६–३ र ६–० सेटले पराजित गरे ।  भारतका वंश भग्तानीले लाओसका फाथिकोन कन्याफनलाई ६–२ र ६–१, भारतका प्रशन्न प्रवीण बगाडेले थाइल्यान्डका..

    आइसीसी डिभिजन–२ क्रिकेट : नेपालले आयोजक नामिबियासँग प्रतिश्पर्धा गर्दै

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौं, माघ २५ ।  आइसीसी डिभिजन–२ अन्र्तगतको खेलमा नेपालले आज आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहनका लागि नेपाली क्रिकेट टोलीलाई बिहीबारको खेलमा जित्नैपर्ने दबाब देखिन्छ । नेपाली क्रिकेट टोलीले प्रतियोगिता भर आफूलाई बलियोरुपमा उभ्याउनका लागि बिहिबार आयोजकसँगको पहिलो खेल जित्नुपर्ने देखिन्छ ।  प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले जिम्बाबेमा आयोजना हुन गइरहेकोे एकदिवसीय बिश्वकप क्रिकेट खेल्न पाउने छ..

    एफए कपमा आजराति टोटनह्याम हट्सपरले न्युपोर्ट काउण्टीको सामना गर्दै

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं, माघ २४ ।  एफए कप फुटबल प्रतियोगिता अन्तर्गत आज राति टोटनह्याम हट्सपरले न्युपोर्ट काउण्टीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको चौथो चरणको रि प्लेमा यी दुइ टोली आमने सामने हुन लागेका हुन् ।  यस अघि गएराति भएका खेलमा प्रिमियर क्लवहरु स्वान्सी सिटी र हडर्स्फिल्ड टाउन एफए कप फुटबल प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेका छन् ।  गएराती भएका चौथो चरणका रि प्लेमा आ–आफ्ना प्रतिद्धन्दीलाई पाखा..

    २० औ बुढासुब्बा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं, माघ २४ ।  सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै छ ।  आज हुने पहिलो सेमिफाइनल खेलमा सिएमजी संकटा क्लब र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुई टोलीबीचको खेल धरान रंगशालामा अपरान्ह ३ बजे पछि हुनेछ ।  यस अघि हिजो भएको खेलमा ललितपुरको..

    शिवम् न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजकलाई

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौं, माघ २३ ।  राजधानीमा सम्पन्न पहिलो शिवम् न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक न्यू डायमन्ड एकेडेमीले जितेको छ । नयाँबसपार्क्स्थित ढोरपाटन स्पोर्टस् क्लबको मैदानमा मंगलबार भएको प्रतियोगिताको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यू डायमन्डले उपाधि रक्षा गरेको हो । न्यू डायमन्डले खेल २४–२६, २५–२३, २८–२६ र २५–२३ ले जितेको हो । न्यू डायमन्डले..

    चेल्सीको लज्जास्पद हार , वाटफोर्डसँग ४-१ ले पराजित

    मंगलवार, माघ २३, २०७४ साल
    इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती भएको खेलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ । ट्रोय डीनीले ४२ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ८२ औं मिनेटमा इडेन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काएका थिए । अन्तिम समयमा चेल्सी सम्हालिन नसक्दा लगातार तीन गोल खायो । वाट्फोर्डले खेलको अन्त्यतिर ६ मिनेटभित्र तीन..

    बुढासुब्बामा आज थ्रीस्टार र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदै

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौं, माघ २३ ।  सुनसरीको धरानमा जारी २० औँ बुढासुब्बा गोल्डकप फुटबलको अन्तिम क्वारफाइनलमा आज थ्रीस्टार क्लब र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ ।  घरेलु मैदानमा शानदार कमब्याक गरेको ललितपुर क्लब थ्रीस्टार र राष्ट्रिय टोलीका केही खेलाडी अनुबन्धन गरेको सुदुरपश्चिम ११ दुबै टोली सहज जितसहित अघिल्लो चरणमा स्थान बनाउने प्रयासमा रहेका छन् ।  धरान रंगशालामा दिउँसो ३ बजे हुने खेलको निर्णयसँगै प्रतियोगिताको सेमिफाइनल..

    ह्यारी केनको अन्तिम मिनेटको पेनाल्टीसँगै टोटनहृयामले लिभरपुलसँग बराबरी खेल्यो

    सोमबार, माघ २२, २०७४ साल
    एजेन्सी । टोटनहृयानका निकै आश गरिएका खेलाडि हृयारी केनले अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै प्रिमियर लिगमा लिभरपुलसँगको हार जोगाएका छन् । खेल निकै रोमाञ्चक भएको थीयो जहाँ इन्जुरी टाइमको पहिलो मिनेटमा नै गोल गर्दै मोहम्मद सलाहले लिभरपुललार्इ २-१ को आग्रता दिलाएर जित नजिक पुर्‍याएका थिए । तर, केनको पेनाल्टीसँगै खेल २-२ को बराबरीमा सकिएको छ । लिभरपुल जितका लागि केही सेकेण्ड मात्र..

    फागु पूर्णिमाको दिन लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुँदै

    सोमबार, माघ २२, २०७४ साल
    कपिलवस्तु, माघ २२ ।  कपिलवस्तुको लुम्बिनीमा आउँदो फागु पूर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ । भगवान गौतम बुद्धको जन्मस्थलमा मार्च एक तारिखका दिन अन्तराष्ट्रिय स्तरको शान्ति म्याराथन हुने भएको हो । जसमा फुल, हाफ र पाँच किलोमिटरको दौड हुनेछ । जसमा फुल म्याराथन ४२ किलोमिटरको हुनेछ भने हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । म्याराथन कुदानबाट सुरु भई गोटिहावा, कपिलवस्तु,..

    आर्सनलले एभर्टन लाई ५–१ गोल अन्तरले हरायो, रामसीको ह्याट्रिक

    आईतवार, माघ २१, २०७४ साल
    २१ माघ, आहा खबर । शनिबार भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल तथा एभर्टन बिचको खेलमा आर्सनल भारी अन्तर्गतले बिजयी भएको छ । आर्सनलकै घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई आरोन रामसीको ह्याट्रकको मद्दतमा ५–१ गोल अन्तरले पराजित गर्यो । रामसीले छैटौ मिनेटमै पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसपछि उन्ले १९ औं र ७४ औं मिनेटमा..

    बुढासुब्बामा आज आयोजक धरान र दुर्गापुर स्टील कोलकत्ताबीच प्रतिस्पर्धा हुँदै

    आईतवार, माघ २१, २०७४ साल
    काठमाडौं, माघ २१ ।  सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक धरान फुटबल क्लब र दूर्गापुर स्टील कोलकत्ताबीच प्रतिस्पर्धा हुँदै छ ।  जित आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल धरान रंगशालमा दिउसो हुनेछ ।  यसअधि हिजो भएको खेलमा सिएमजी संकटा क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । संकटाले..

    पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिनेछ :राखेप सदस्य सचिव विष्ट

    आईतवार, माघ २१, २०७४ साल
    पोखरा, २१ माघ ।   राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिने  बताएका  छन् ।  खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिए । आगामी दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी..

    कञ्चनपुरका चन्द र धामीको जोडीद्वारा ब्याडमिन्टनको उपाधि कब्जा

    शुक्रबार, माघ १९, २०७४ साल
    भीमदत्तनगर, १९ माघ (रासस)। कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।   कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो ।  पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१० ले जित्दै अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा चन्द र धामीको जोडीले २१–१२..

    आहा रारामा आज नेपाल पुलिसले धरान क्लबको सामना गर्ने

    बिहिवार, माघ १८, २०७४ साल
    पोखरा, माघ १८ ।  कास्कीको पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल अन्तर्गत विभागीय टोली नेपाल पुलिस र धरान फुटबल क्बल बीच प्रतिस्पर्धा हँदै छ ।  जित आफ्नो पक्षमा पादै प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ ।  यस अघि हिजो भएको खेलमा ललितपुरको थ्रीस्टार क्लब..

    मुलपानीको अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको विवाद साम्य, निर्माण कार्य सुचारु हुँदै

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौं, माघ १७ ।  अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला मुलपानी निर्माणको प्रक्रिया अब अघि बढ्ने भएको छ । रंगशालाको जग्गा विवाद हटेपछि निर्माणको काम अघि बढ्ने भएको हो ।  क्रिकेट मैदानमा ५२ आना जग्गाको मुआब्जाको विषयमा स्थानीयसँग कुरा नमिलेको कारण निर्माणको काम भएको थिएन । स्थानीयलाई राष्ट्रिय खेलकुद परिषद र सरकारले अर्को जग्गा दिने सहमती गरेपछि रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ। स्थानीय, नापी..

    आहा रारामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै

    बुधबार, माघ १७, २०७४ साल
    पोखरा, माघ १७ ।  कास्कीको पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदै छ ।  आज हुने पहिलो सेमिफाइनल खेलमा ललितपुरको थ्रीस्टार क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जित आफ्नो पक्षमा पादै प्रतियोगिताको फाइनलमा स्थान बनाउने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ ।  यस..

    आहा रारामा विभागीय टोली नेपाल पुलिस र मनाङबीच प्रतिस्पर्धा हुने

    मंगलवार, माघ १६, २०७४ साल
    पोखरा, माघ १६ ।  कास्कीको पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली नेपाल पुलिस र मनाङ मस्र्याङदी क्लबीच प्रतिस्पर्धा हुँदै छ ।  जीत आफ्नो पक्षमा पार्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने दाउका साथ मैदान उत्रने यी दुवै टोलीबीचको खेल अपरान्ह ३ बजे पछि सुरु हुनेछ । यस अघि हिजो भएको खेलमा ललितपुरको थ्रीस्टार क्बल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ..

    यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तान २ सय २ रनले पराजित, भारत फाइनलमा

    मंगलवार, माघ १६, २०७४ साल
    काठमाडौं, माघ १६ ।  आफ्नो चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई २ सय २ रनको बिशाल हार चखाउँदै भारत न्यूजील्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । यससँगै उपाधिका लागि अब विश्व क्रिकेटका दुई महारथीहरु भरत र अष्ट्रेलिया भिड्ने पक्का भएको छ । अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । न्यूजील्याण्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा ९ विकेट..

    अष्ट्रेलिया यू १९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

    सोमबार, माघ १५, २०७४ साल
    एजेन्सी, माघ १५। अष्ट्रेलिया १९ वर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । न्यूजिल्याण्डमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया फाईनल प्रवेश गरेको हो । १ सय ८२ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । अष्ट्रेलियाका जेम्स इडवार्डसले ७२ रन बनाए । अफगानस्तानका कुईस अहमदले २ विकेट लिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले इकराम अलि..

    विधान संशोधनपछि नेपालको निलम्बन फुकुवा गर्ने आईसीसीको आश्वासन

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।   अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरे आगामी जुनमा नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको छ । कार्यबाहक अध्यक्ष इमरान ख्वाजाले नेपाल आएर सल्लाहकार समूहसँग विधानबारे छलफल गरेका छन् । सल्लाहकार समूहले बनाएको विधानमा निर्वा्चित क्यानको साधारणसभाले संशोधन गरेपनि आईसीसीले मानेको छैन । २७ बुँदेमा संशोधन गरेकोमा सल्लाहकार समूहका अन्य सदस्यहरुले पनि विरोध गरेका छन् । स्रोतका..
    Results 1622: You are at page 48 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast