बुधबार, चैत्र १९, २०७६

    खेल संसार

    साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली फुटबल टोली ढाका जाँदै

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का..

    एशियाली खेलकूद : जुडोमा नेपालको पदकविहीन अवस्था

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ ।  आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । शुक्रबार सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित..

    एशियाली खेलकूद : जुडोमा खराब प्रदर्शन, भलिबलमा पराजित

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौँ, १४ भदौ  एशियाली खेलकूदअन्तर्गत बिहिबार भएको जुडोमा नेपालले खराब प्रदर्शन गरेको छ ।  बिहिबार भएको खेलमा दक्षिण एशियायली खेलकूद (साग) की स्वर्ण पदक धारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन् । त्यस्तै मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पनि पराजित भए । खत्री आयोजक इण्डोनेसियाकी खेलाडीसँग १–० ले पराजित भएकी हुन् । मनिता राउण्ड अफ ३२ को खेलमा भियतनामकी..

    यूएईसँग पनि हार्‍यो नेपाल, अब एसिया कप खेल्ने सम्भावना कति ? यस्तो छ समिकरण ...

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौं, १४ भदौ, मलेसियामा जारी एसिसि एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। बिहिबार आफ्नो दोस्रो खेलमा युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटिएको छ। नेपालका लागि सुवास खकुरेलले अर्धसतकीय पारी खेले पनि अन्य ब्याट्मेन टिक्न नसक्दा लगातार दोस्रो हार व्यवहोर्दै छनोट सम्भावना कमजोर भएको हो। नेपालका लागि खकुरेलले ९७ बल खेल्दै..

    एशिया कप छनोट : युएई विरुद्धको खेलमा सुवास खकुरेलकाे अर्धसतक

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौं, १४ भदौ एशिया कप छनोट अन्तर्गत युएई विरुद्धको खेलमा नेपालका ओपनर सुवास खकुरेलले अर्धसतक बनाएका छन् । राष्ट्रिय टिमबाट दोस्रो एकदिवसिय खेल खेलिरहेका सुवासले युएई विरुद्ध ९४ बलमा अर्धसतक पुर्याए । नेदरल्याण्ड्स विरुद्धको खेलबाट अन्तराष्ट्रिय एकदिवसिय खेलमा डेब्यु गरेका सुवासले एशिया कप छनोटमा ओमान विरुद्धको खेलमा राम्रो खेल्न सकेका थिएनन् । उनि मात्र चार रनमा आउट भएका थिए । बिहिबार पनि नेपालको..

    एशिया कप क्रिकेट : युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य, सन्दीपलेलिए सर्वाधिक ४ विकेट

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौँ, १४ भदौ  एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५,..

    एसिया कप छनोट : नेपाल–यूएइबीचको खेल शुरु, नेपालले टस जितेर फिल्डिङ रोज्यो

    बिहिवार, भाद्र १४, २०७५ साल
    काठमाडौँ, १४ भदौ : एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ ।  मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।  पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र..

    एसिया कप छनोटः नेपाललाई पहिलाे खेलमा नै झट्का, ओमानसंग ७ विकेटले पराजित

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौं, १३ भदौ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको हार व्यहोरेको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय २१ रन बनायो । ओपनल अनिल शा लाई आराम दिएर सुवास खकुरेललाई मौका..

    अन्तत: सकियो पदकको खडेरी ! एसियन गेम्सको पाराग्लाइडिङमा नेपाललाई रजत

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौं, १३ भदौ एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ ।  एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८औं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको हो । प्रतियोगितामा स्वर्णपदक..

    नेपाललाई तेस्रो सफलता, सन्दिप लामिछानेको थ्रोमा रन आउट, जितको सम्भावना कति !

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौं, १३ भदौ  मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले तेस्रो विकेट गुमाएको छ। यसअघि सन्दिपकै बलमा रन आउट भएको थियो भने पारस खड्काले पहिलो विकेट लिएका थिए।  नेपालका लागि ३७ औं ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दिप लामिछानेले बाउन्ड्री एरियाबाट फालेको थ्रो सिधै विकेटमा लगाउँदै तेस्रो विकेट लिएका हुन् ।..

    एशिया कप क्रिकेट : नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य, सागर पुनले गरे उत्कृष्ट ब्याटिङ

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ  एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बुधबार ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित..

    एशिया कप छनोट : नेपालद्वारा ओमानका सामु जितका लागि २ सय २२ रनको लक्ष्य प्रस्तुत (स्कोर सहित)

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ : एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल शुरुमा ब्याटिङ गरेको हो  ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले  ५०  ओभरमा २२१   रन जोड्दै ९   विकेट गुमाएको हो  । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् ।..

    एशिया कप छनोट : पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै, ओमानको कसिलो फिल्डिंग

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ : एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत ४४  ओभरमा १७२  रन जोड्दै ४  विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा..

    एसियन गेम्स : नेपालको पदकविहीन यात्रा कायमै, पदक जित्ने आशा झनै कम

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ    इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ ।    एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको..

    एएफसी यू–१६ महिला च्याम्पियनसिप - २३ खेलाडी बन्द प्रशिक्षणमा

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ ।  नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण थालेको नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले जानकारी दिए ।  बन्द प्रशिक्षणमा सावित्री किसान, पूजा..

    साफका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, विराज महर्जनको कप्तानी

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ : बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।  नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गरेका हुन्  ।  यसअघि भएको साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । भदौ ३० गतेसम्म हुने च्याम्पियनसीपको..

    गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण शुरू, आगामी दुई वर्षमा सक्ने लक्ष्य

    सोमबार, भाद्र ११, २०७५ साल
    ललितपुर , ११ भदौ  गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहुउद्देश्यीय रङ्गशाला निर्माण शुरू भएको छ ।  गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ।” रङ्गशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको..

    एशिया कप क्रिकेट प्रतियोगिता : नेपाली टोली मलेसियातर्फ प्रस्थान

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौँ, ११ भदौ  एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली सोमबार मलेसियातर्फ प्रस्थान गरेको छ ।  एशिया कप छनोट खेल सोमबारदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली सोमबार मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई..

    एसियन गेम्समा पहिलोपटक 'तास': भारतीय महिलाहरू प्रतिस्पर्धामा

    सोमबार, भाद्र ११, २०७५ साल
    - बीबीसी, भारत  पचास वर्षको हुँदासम्म हेमा देवडा दिल्लीमा छोराहरूको स्याहार वा पूर्वपेट्रोलियम मन्त्री रहेका श्रीमान् मुरली देवडासँग देशदौडाहामा व्यस्त हुन्थिन्। अहिले ६७ वर्षको उमेरमा हरेक शनिवार घरमा साथीहरूसँग सधैं खेल्ने गरेको खेलमा भारतको प्रतिनिधित्व गरिरहेकी छन्। साथै उनकी साथी ७९ वर्षिया रीता चोकसी इण्डोनेसियामा भइरहेको एसियन गेम्सको एकजना सबैभन्दा पाको प्रतिस्पर्धी हुन्। देवडा र चोकसीले एसियन गेम्समा सहभागी हुन पाइएला भन्ने कहिल्यै कल्पनासम्म..

    नेपाली खेल पदाधिकारीको लापरवाही : खेलाडी प्रतियोगिताबाट वञ्चित

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ  दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् ।  इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल..

    श्रीलङ्कामा नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित, १७६ रनको बिशाल अन्तरले विजयी

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ : एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ ।  शुक्रबार त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनाएपछि प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो । त्यसपछि खेल..

    एशियाली खेलकूद : भलिबलमा नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ  इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ शुक्रबार भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ ।  समूह ‘डी’ मा रहेको नेपाल शुक्रबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि..

    नेपाली राष्ट्रिय क्रिकेट टोली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन : ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ   एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए ।..

    एशियाली खेलकूद : नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ  इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल शुक्रबार पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ ।  समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि शुक्रबारको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताए ।  एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र..

    एशियाली खेलकूद : दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर [तालिका सहित]

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ      इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।    भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।    महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८..

    तेस्रो टेस्ट क्रिकेट : भारतद्वारा इङ्ल्यान्ड २ सय ३ रनले पराजित, बाँकी २ खेल साउथाम्टन र लन्डनमा हुने

    बुधबार, भाद्र ६, २०७५ साल
    नटिङ्घम, ६ भदौ :  भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ ।  जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए । त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट..

    पुरुष भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीद्वारा नयाँ राष्ट्रिय कीर्तिमान !

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले बुधबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।  त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।  यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५ को..

    १८ औँ एशियाली खेलकूद : भलिबलमा नेपाल पराजित, नेपालको दोस्रो खेल भदौ ८ गते

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ ।  भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।  हारका बाबजुद नेपालले..

    रनिंग मेशिन “उसैन बोल्ट” को म्यान्चेस्टरबाट खेल्ने सपना साकार होला ?

    बुधबार, भाद्र ६, २०७५ साल
    गसफोर्ड, अस्ट्रेलिया, ६ भदौ : विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् ।  हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लीगमा रहेको म्यारिनर्स टीमले..

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् ।  अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा छन् । एशियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट..
    Results 1910: You are at page 43 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast