खेल संसार
आईतवार, आषाढ १०, २०७५ साल

मस्को, रूस, १० असार :
विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिले अन्तरले जितेको छ ।
यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ ।
शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल र मिची बाट्सुयायीले एक गोलको योगदान गरेका..
शनिबार, आषाढ ९, २०७५ साल

ब्रोनिट्सी, रूस, ९ असार :
क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ ।
“यो विल्कुल गलत हो,” अर्जेन्टिनी फुटबल समूहका अधिकारीले बताए ।
“खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन्,”..
शुक्रबार, आषाढ ८, २०७५ साल

काठमाडौं, ८ असार
विश्वकपमा गत शनिबार अर्जेन्टिना समूह ‘डी’ को पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो ।
बिहीबार राति क्रोएसियासँग ३-० ले हार्न पुग्यो । अर्जेन्टिनाको यो हारसँगै मेस्सीका फ्यानहरु निराश बनेका छन् । किनभने विश्वकप विजेताको दाबेदार अर्जेन्टिना समूह चरणबाटै बाहिरिने पो हो कि भन्ने चिन्ता मेस्सीका फ्यानहरुमा देखिएको छ ।
बिहीबार क्रोएसियासँगको हारपछि अब नकआउट चरणमा जाने अर्जेन्टिनाको सम्भावना कमजोर..
शुक्रबार, आषाढ ८, २०७५ साल

काठमाडाैं, ८ असार
अहिले अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । गएराति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै सबैकाे नजरमा रहेका लियाेनल मेस्सीबाट अाश मारेका छन् ।
गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हाे । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ ।
क्रोएशियाबिरुद्ध मेस्सीको टोली अर्जेन्टिनाको प्रदर्शन बिर्सनलायक..
बिहिवार, आषाढ ७, २०७५ साल

एजेन्सी, मस्को, ७ असार
ब्राजिलियन स्टार नेइमार अभ्यासमा फर्किएका छन् । यसअघि मंगलबारको अभ्यास खेलमा उनको गोलीगाठामा चोट लागेपछि अभ्यास छोडेका थिए।
रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका उनी घाइते भएका थिए।
पहिलो खेलमा ब्राजिलका लागि गोल गरेका फिलिप कौउन्टिन्होले नेयमारले खुट्टामा पीडा महसुस गरेको स्वीकार गरे पनि मामिला गम्भीर नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले..
बुधबार, आषाढ ६, २०७५ साल

मस्को, ६ असार :
विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ ।
रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए ।
खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो ।
शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि..
बुधबार, आषाढ ६, २०७५ साल

एजेन्सी, ६ असार
ब्राजिलियन स्टार नेयमारले रूसमा जारी विश्वकप फुटबलका आगामी खेल गुमाउनसक्ने भएका छन्।
विश्वकपको पहिलो खेलको क्रममा उनीमाथि भएका १० फलबाट केही घाइते भएका नेइमार अभ्यासको क्रममा दायाँ खुट्टाको दुखाई बढेकाले ब्राजिलको आगामी खेलमा उनी अनुपस्थित हुनसक्ने आशंका बढेको हो।
स्विट्जरल्याण्डसँगको खेलको क्रममा १० पटक नेयमारमाथि फाउल भएको थियो। मंगलबारको अभ्यासमा खुट्टाको औलामा दुखाइ बढेपछि हातले अनुहार छोपेको तस्बिरसहित अन्तर्राष्ट्रिय सञ्चार..
मंगलवार, आषाढ ५, २०७५ साल

मस्को, ५ असार :
विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।
खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो ।
कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै..
सोमबार, आषाढ ४, २०७५ साल

मस्को, ४ असार
अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् ।
शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ ।
अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए ।
पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा..
आईतवार, आषाढ ३, २०७५ साल

मस्को, रूस, ३ असार :
फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।
अर्जेन्टिनाका सर्गियो अग्युरोले खेलको १९ औँ मिनेटमा गोल गरेर आफ्ना समर्थकलाई खुशी तुल्याए । तर उक्त खुशीलाई आइसल्याण्डले धेरै समय रहन दिएन ।
खेलको २३ औँ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार..
शनिबार, आषाढ २, २०७५ साल

तेहरान, २ असार (रासस/एएफपी) :
इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् ।
रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताएका छन् ।
तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए..
शुक्रबार, आषाढ १, २०७५ साल

एजेन्सी, १ असार
रसियामा बिहिबारबाट सुरू भएको २१ औं फिफा विश्वकप फुटबलमा शुक्रबार दुई युरोपेली जायन्ट स्पेन र पोर्चुगल भिड्दैछन्।
ग्रुप 'बी'को यस भीडन्तलाई समूह चरणकै रोमाञ्चाक र प्रतिष्पर्धात्मक खेल मानिएको छ।
पछिल्लो पटक यी दुई आइबेरियन छिमेकी सन् २०१० को विश्वकपमा एकअर्कासँग भिडेका थिए, जसमा स्पेनले पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जीत हासिल गर्दै पोर्चुगललाई घर पठाइदिएको थियो।
८ वर्षपछि विश्वकपको फुटबल मैदानमा फेरि..
बिहिवार, जेष्ठ ३१, २०७५ साल

एजेन्सी, ३१ जेठ
बिहिबारबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे।
‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
बिहिबार राति ८:४५ बजे रुस र साउदी..
बिहिवार, जेष्ठ ३१, २०७५ साल

बर्दिवास, ३१ जेठ
महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् ।
महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो ।
बिहिबार साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसायीले रक्त सञ्चार केन्द्रको निर्माणाधीन भवनलाई सहयोग पुर्याउन लागेका हुन् । विश्वकप फुटबलको..
बुधबार, जेष्ठ ३०, २०७५ साल

काठमाडौँ, ३० जेठ
सन् २०२६ मा हुने विश्वकप फुटबल संयुक्त रुपमा तीन देशले आयोजना गर्ने भएका छन् ।
अायाेजनाकाे अगुवाइ अमेरिकाले गर्ने भएकाे छ भने क्यानडा र मेक्सिकोमा पनि विश्वकप आयोजना हुनेछ । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।
फिफा कंग्रेसमा भएको मंगलबार भएकाे मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र..
बुधबार, जेष्ठ ३०, २०७५ साल

एजेन्सी, ३० जेठ
विश्वकप सुरू हुन १ दिन अघि स्पेनले आफ्ना प्रशिक्षकलाई पदबाट बर्खास्त गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनिस फुटबल संघले युलेन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको हो।
उनलाई मंगलबार मात्रै स्पेनिस क्लब रियल मेड्रिडले विश्वकपपछि लागू हुने गरी प्रशिक्षक नियुक्त गरेको थियो।
च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको पाँच दिनपछि मे ३१ मा रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएका थिए।..
बुधबार, जेष्ठ ३०, २०७५ साल

एजेन्सी,३० जेठ
अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेका छन् ।
अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए।
सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए। विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल रिसोर्टमा बस्नेछ।
पाँचतार सो होटलमा एक..
मंगलवार, जेष्ठ २९, २०७५ साल

काठमाडौं, २९ जेठ
रुसमा यो साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा मात्र विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् ।
डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि..
मंगलवार, जेष्ठ २९, २०७५ साल

काठमाडौँ, २९ जेठ
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता-कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उनले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट देशलाई विश्वमा चिनाउन सकिने बताए ।
पार्टीका प्रशिक्षण विभाग प्रमुख भूवन पाठकले मानिसको क्रुरतालाई..
सोमबार, जेष्ठ २८, २०७५ साल

एजेन्सी, २८ जेठ
अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ।
अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए।
सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए। विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल रिसोर्टमा बस्नेछ।
पाँचतार सो होटलमा एक..
सोमबार, जेष्ठ २८, २०७५ साल

एजेन्सी,२८ जेठ
यसअघि सन् २०१० को विश्वकपमा उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गरेको थियो । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे ।
‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको..
आईतवार, जेष्ठ २७, २०७५ साल

काठमाडौं, २७ जेठ
विश्वकप फुटबलको तयारीको रुपमा भएको मैत्रीपूर्ण खेलमा स्पेनले ट्युनिसियामाथि १-० को साँघुरो जित निकालेको छ ।
रुसको क्रासोन्दरमा भएको खेलमा सब्सिटिच्युट इयागो आस्पासले अन्तिम समयतिर गरेको गोलको मद्धतमा स्पेनले ट्युनिसिया माथि जित दर्ता गरेको हो ।
बलियो मानिएको स्पेनिस टोलीले औसत मानिएको ट्युनिसियालाई हराउन धेरै संघर्ष गर्नुपरेको थियो । रुसमा हुने विश्वकपमा इंग्ल्याण्डको पहिलो प्रतिस्पर्धी ट्युनिसियाका नैम स्लिटीले ६ यार्ड..
शुक्रबार, जेष्ठ २५, २०७५ साल

काठमाडौँ,२५ जेठ
फिफाले विश्व फुटबलको वरीयता सार्वजनिक गरेको छ।
रुस विश्वकप सुरुहुनु अघि फिफाले निकालेको वरीयतामा जर्मनीले पहिलो नम्बर यथावत राखेको छ भने नेपाल तीन स्थान सुधार गरेको छ। त्यस्तै विश्वकप आयोजक रुस विश्वकप खेल्ने मध्ये सबै भन्दा तल्लो वरीयतामा रहेको छ।
त्यस्तै पाँचौमा मेस्मीको अर्जेन्टिना, छैटौँमा विट्जरल्याण्ड तथा सातौँमा फ्रान्स रहेका छन्। त्यस्तै लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लिदै आठौँ स्थानमा छ..
बिहिवार, जेष्ठ २४, २०७५ साल

काठमाडौँ, २४ जेठ
विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ।
विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो।
२०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक धरौटीमा रिहा भएका थिए।
विभिन्न अन्तर्राष्ट्रिय खेलमा म्याच..
बिहिवार, जेष्ठ २४, २०७५ साल

भोजपुर, २४ जेठ :
विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा शुक्रबार खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ ।
राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टँुडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन..
बुधबार, जेष्ठ २३, २०७५ साल

एजेन्सी,२३ जेठ
अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ ।
अर्जेन्टिना र इजरायलबीच शनिबार जेरूसेलममा विश्वकप अन्तर्गत अभ्यास खेल हुने तय भएको थियो । अलजजिराले अर्जेनिटिनी खेलकुद समाचार साइट मिनुटउनोलाई उद्धृत गर्दै 'हिंसा, आलोचना तथा धम्की'का कारण खेल रद्ध गरेको जनाएको छ।
हालसम्म सन् १९८६ यता अर्जेन्टिना तथा इजरेलबीच विश्वकप पूर्व चार मैत्रीपूर्ण खेल खेलेका छन्।
इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक..
मंगलवार, जेष्ठ २२, २०७५ साल

सुर्खेत, २२ जेठ
यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ ।
उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति..
सोमबार, जेष्ठ २१, २०७५ साल

काठमाडौं, २१ जेठ
विश्वकप २०१८ आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदै छ । त्यति नै यसको रौनकले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको गफ सुरु हुन थालेको छ ।
को कुन टिमको समर्थक एक अर्काप्रति बहस शुरु हुन थालेको छ । विश्वकपको उपाधि कुन टिमले जित्ला ? कसले गोल्डेन बुट पाउला ? सुनको बल कस्ले जित्ला ? आफुले समर्थन गरेको..
आईतवार, जेष्ठ २०, २०७५ साल
.JPG)
पोखरा, २० जेठ
अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । उनले रु एक..
शनिबार, जेष्ठ १९, २०७५ साल

पोखरा, १९ जेठ
युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए..
Results 1758: You are at page 42 of 59