सोमबार, चैत्र १७, २०७६

    खेल संसार

    विश्व टी–२० छनोट : नेपालको ३ खेलमा लगातार जित, अब भूटानसँग प्रतिस्पर्धा गर्ने

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौँ, २२ असोज  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ ।  यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।  असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया,..

    पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता, अब विदेशी खेलाडीलाई भित्र्याउन सहज हुने

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौं, २२ असोज   पोखरा प्रिमियर लिग (पिपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले मान्यता दिएको छ । पिपिएल आयोजकले आइसीसीले माग गरेको आवश्यक कागजात र अन्य प्रक्रियाहरु सबै पूरा गरेपछि आइसीसीले यो लिगलाई मान्यता दिएको छ ।  यो लिगले आइसीसीको मान्यता पाएसँगै अब विदेशी खेलाडीलाई भित्र्याउन सहज हुनेछ । आइसीसीले मान्यता दिएको खेलमा विदेशी खेलाडी आउँदा उनीहरुको देशको क्रिकेट बोर्डले समेत उनीहरुलाई सहजै अनुमति दिनेछ..

    राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि गलकोटमा शुरु

    सोमबार, असोज २२, २०७५ साल
    बागलुङ, २२ असोज नेपाल  भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ ।  गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न..

    साफ यु-१८ महिला च्याम्पियनसिप फुटबल : बङ्गलादेशसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २१ असोज : साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ ।  भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा जमाएको हो ।  बङ्गलादेशका लागि मसुरा पर्विनले गोल गरिन् । उनले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै बङ्गलादेशको लागि निर्णायक सावित भयो । समूह ‘बी’ मा रहेको नेपाल..

    नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित, सन्दिपकाे अर्काे किर्तीमान, करण केसीको अलराउण्ड प्रदर्शन

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  करण केसीको अलराउण्ड प्रदर्शनसँगै नेपालले टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि सहज जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा..

    टि-२० विश्वकप छनोट : नेपालद्वारा थाइल्याण्डलाई १७३ रनको लक्ष्य प्रस्तुत

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सर्वाधिक नटआउट ४० रन बनाए। मात्र १४ बल खेलेका करणले ४ छक्का..

    विश्वकप छनोट : थाइल्याण्ड र नेपालको खेल शुरु, पहिला ब्याटिंग गर्दै नेपाल

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  टी ट्वान्टी विश्व कप छनोट अन्तर्गतको एसिया बीको छनोट प्रतियोगिता हाल मलेसियामा भइरहेको छ ।  मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आईतबार थाइल्याण्डको सामना गर्दै छ। आइतबार लगातार दुई खेल जितेर तेस्रो स्थानमा रहेको नेपाल र अंका तालिकामा दोस्रो स्थानमा रहेको थाइल्याण्डबीच खेल शुरु भएको छ । मलेसियाको वायुमास ओभल मैदानमा..

    साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : उपाधिका लागि आज नेपाल र बंगलादेशबीच भीडन्त

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, असोज २१ । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच उपाधीका लागि प्रतिस्पर्धा हुँदैछ । राजधानी थिम्पुको चाङलिमिथाङस्थित रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार बेलुका सात बजेदेखि शुरु हुनेछ । यसअघि सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनल पुगेको थियो । त्यस्तै, बंगलादेशले पनि आयोजक भुटानलाई ४–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो..

    पन्ध्रौँ धर्मश्री प्रतियोगिता : मिलनविक्रम सिजापतिले जिते शारीरिक सुगठनको उपाधि

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज : पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले हात पारेका छन् ।  नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको उक्त प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले उक्त तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । फाइनल राउण्डमा सिजापतिले छ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै सिजापतिले रु पाँच लाख प्राप्त गरेका छन्..

    शानदार प्रदर्शन ! नेपालकाे लगातार दाेस्राे जित, मलेसिया ८ विकेटले पराजित

    शनिबार, असोज २०, २०७५ साल
    काठमाडौँ, २० असोज मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ अन्तरगत नेपाल र मलेसियाबीचको खेलमा घरेलु टोलीले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको थियो । यसअन्तर्गत एशिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो । मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा एक..

    मलेसियाले दियो नेपाललाई १ सय १ रनको लक्ष्य, नेपालकाे खराव सुरूवात

    शनिबार, असोज २०, २०७५ साल
    काठमाडौँ, २० असोज मलेसियाले दिएकाे १०१ रनकाे लक्ष्य पक्ष्याएकाे नेपालले पनि सुरुवात राम्रो गर्न सकेन । मात्र चार रन हुदा ओपनर अनिल शाह मात्र एक रनमा आउट भए । त्यसपछि विनोद भण्डारी १२ रनमा आउट भएपछि नेपालले ३२ रनको दोस्रो विकेट गमायो ।   १ सय १ रनको लक्ष्य मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ अन्तरगत नेपाल र मलेसियाबीचको खेलमा घरेलु टोलीले नेपाललाई १..

    साफ यू–१८ महिला फुटबलको सेमिफाइनलमा आज नेपाल–भारत भिड्दै

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज : भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो  आज नेपालले भारतको सामना गर्दैछ ।  नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।  आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै..

    विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोद्वारा यौन शोषणको आरोप अस्वीकार

    बिहिवार, असोज १८, २०७५ साल
    लास भेगास, १८ असोज  विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् ।  रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् । “मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको..

    लायन्स क्लब अफ पोखरा पिस सिटीले छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्ने

    बिहिवार, असोज १८, २०७५ साल
    पोखरा, १८ असोज  लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ ।  स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक..

    म्यानमारमाथि नेपालको शानदार जीत, १०२ बल बाँकी छँदै ८ विकेटले हरायो

    बुधबार, असोज १७, २०७५ साल
     काठमाडौँ, १७ असोज  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि भएको खेलमा नेपालले म्यानमारमाथि शानदार जीत हासील गरेको छ । खेलमा पहिला व्याटिङ गरेको म्यानमार सबै विकेट गुमाउँदै मात्र २९ रन बनाएको थियो । त्यसको जवाफमा व्याटिङ गरेको नेपालले मात्र २ विकेटको क्षतीमा १०२ बल बाँकी छँदै आफ्नो लक्ष्य पार गरेको थियो ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न..

    नेपाल र म्यानमार एक-आपसमा भिड्दै, पहिला व्याटिङ उत्रिएको म्यानमारको फितलो सुरुवात

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि भएको खेलमा अहिले नेपालले र म्यानमार भिडिरहेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे सुरु भएको खेलमा म्यानमारले आफ्नो महत्वपूर्ण विकेट गुमाइसकेको छ ।   नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो..

    आइसिसी विश्व टी–२० क्रिकेट छनोट : नेपाल आज म्यानमारसँग भिड्दै

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले बुधबार म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।  नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा नेपालले..

    एसीसी यू– १९ एसिया कपमा नेपालको सान्त्वना जीत, अन्तिम खेलमा युएई ३ विकेटले पराजित

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौं, १६ असोज एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जीत दर्ता गरेको छ । शुरूका दुई खेलमा भारत र अफगानिस्तानसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो । २ सय ६९ रनको विजयी लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ८९ रनको योगदान गरे..

    सभासमारोहमा देखिने राजनीतिका खेलाडी पोखरामा टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै

    मंगलवार, असोज १६, २०७५ साल
    पोखरा, १६ असोज अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै छन् ।  उमेर ६४ वर्ष पुगिसकेका उनी अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुन्छन् । सोमबार सम्पन्न ५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।..

    यु–१९ एसिया कप क्रिकेट : युएईले नेपाललाई दियो २ सय ६९ रनको लक्ष्य

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौं, असोज १६ ।  बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईका बिरुद्ध ब्याटिङ गरिरहेको छ ।  बंगलादेशको क्रिरा शिख मैदानमा भैरहेको सो खेलमा यसअघि युएईले नेपालबिरुद्ध २ सय ६८ रनको योगफल तयार पारेको थियो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन..

    यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबल : नेपाल र बङ्गलादेशको खेल आज

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौँ, १६ असोज : भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् ।  दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।  गोल अन्तरका..

    आइटिएफ सर्किट ४ टेनिस प्रतियोगिता : कमल र दिलीपबीच उपाधि भिडन्त

    मंगलवार, असोज १६, २०७५ साल
    पोखरा, १६ असोज  पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ ।  कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित सो प्रतियोगिताको सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्वीपसिंह ढोंढीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै मोहन्तीले नेपालका महेश श्रेष्ठलाई ७–६,..

    यु १९ एसिया कप : सिनियर टिममा जस्तै ब्याटिङ नै कमजोर, नेपाल समूह चरणबाटै बाहिरियो

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौं, १५ असोज १९ वर्षमुनिको एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपाल सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित भएको हो । समूह ए मा रहेको नेपालले अन्तिम खेल युएईसँग खेल्न बाँकी नै रहे पनि भारत र अफगानिस्तानले दुई दुई खेल जितेपछि नेपाल बाहिरिएको हो । सिनियर टिममा जस्तै नेपाली युवा टोलीमा..

    यु–१९ एशिया कप क्रिकेट : नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौँ, १५ असोज  बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ ।  बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए ।  यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले..

    विश्वको सर्वाधिक उचाइमा अवस्थित जुम्लाको छुमचौरमा खेलमैदान बन्दै

    सोमबार, असोज १५, २०७५ साल
    जुम्ला, १५ असोज :  जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरमा खेलकूद मैदान बनाउन..

    शहीद स्मारक ए डिभिजन लिग : सङ्कटाले सरस्वती युथ क्लबलाई हरायो

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौँ, १४ असोज : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको लिगको पहिलो चरणको दोस्रो खेलमा सङ्कटाले सरस्वतीलाई १–० गोल अन्तरले हराएका थिए । जीतसँगै सङ्कटाले लिगमा शीर्ष तीन अङ्क जोडेको छ ।  सङ्कटाको जीतमा लक्ष्मण रुचालले गोल गरे..

    चितवनले पेनाल्टी तिर्दै पोखरा प्रिमियर लिगमा शक्तिलाई भित्र्यायो

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौं, १४ असोज चितवन राइनोजले (पेनाल्टी) जरिवना तिर्दै पोखरा प्रिमियर लिग (पीपीएल) मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ । २ लाख १० हजार बेस प्राइजमा २५ प्रतिशत पेनाल्टी तिर्दै चितवनले कुल २ लाख ६२ हजार ५०० मा शक्तिलाई भित्र्याएको हो । आइतबार भएको अक्सनमा सुरुमा शक्तिमाथि कुनै पनि टिमले बोली लगाएको थिएन । तर, चितवनले विस लिष्टअन्तर्गत अक्सनमा खर्च गर्नुपर्ने रकम सकिएपछि पेनाल्टीमा..

    ४ वर्षको पर्खाई : शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु

    शनिबार, असोज १३, २०७५ साल
    काठमाडौँ, १३ असोज  चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ ।  घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग शनिबारदेखि शुरु हुन लागेको हो ।  रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ ।  प्रतियोगिताको उद्घाटन खेलमा शनिबार..

    बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज  बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको..

    पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १ सय ९७ खेलाडीहरु सूचीकृत

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् ।  पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड..
    Results 1910: You are at page 40 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast